• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
सन् २०२० मा  निर्माण हुने प्रविधिहरू
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सन् २०२० मा  निर्माण हुने प्रविधिहरू
माघ १०, २०७६

आकाशमा उड्ने कार

दक्षिण कोरियाली अटो कम्पनी हुन्डाई र एपमा आधारित ट्याक्सी सेवा कम्पनी उबरले उड्ने कार बनाउनका लागि साझेदारीको घोषणा गरेका छन् । अमेरिकाको लस भेगासमा भएको कन्ज्युमर इलेक्ट्रोनिक शो (सीईएस)– २०२० मा यी दुई कम्पनीले एयरक्राफ्टको अवधारणा सार्वजनिक गरेका थिए । यी कम्पनीहरूले बनाउन लागेको फ्लाइङ कारको कन्सेप्ट नासाबाट प्रेरित डिजाइनमा आधारित छ, जुन इलेक्ट्रिक हुनेछ । उक्त शोमा कम्पनीहरूले निर्माण गर्न लागेको कारको नमुनासमेत सार्वजनिक गरिएको थियो । हाल यो कार निर्माणका लागि यी दुवै कम्पनी मिलेर काम गरिरहेका छन् ।

अहिले हुन्डाईले उबरसँग मिलेर पर्सनल एयर भेइकल मोडल एस–११ मा काम गरिरहेको छ । यो कार निर्माण भइसकेपश्चात् करिब २ हजार फिटसम्मको उचाइमा उडान र २ सय ९० किलोमिटर प्रतिघण्टाको स्पिडमा १ सय किलोमिटरसम्म यात्रा गर्न सकिनेछ । इलेक्ट्रिक डिजाइनअनुसार बनेको यो कार चार्ज गर्नका लागि ५ देखि ७ मिनेट समय लाग्नेछ । प्रारम्भमा पाइलटको व्यवस्थासहित निर्माण हुने यो कारलाई बिस्तारै बिना पाइलटको बनाउने कम्पनीहरूले बताएका छन् । यो कारको क्याबिनमा ४ जनासम्मले यात्रा गर्न सक्नेछन् । यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले आपत्कालीनका लागि प्यारासुटको समेत व्यवस्था गर्ने बताएको छ । यी दुई कम्पनीले यो विमानलाई सन् २०२० को अन्त्यमा सार्वजनिक गर्ने योजना बनाएका छन् । 

टुथब्रस टेक

कोलगेटको प्लाक्लेस प्रो कम्पनीले मानिसको दाँत १० सेकेन्डमै सफा गर्न मिल्ने टुथब्रस टेक निर्माण गर्ने भएको छ । यो ब्रसले मात्र १० सेकेन्डमै मानिसका सबै दाँत सफा गर्ने काम गर्छ । यो ब्रस बक्समा माउथगार्डका रूपमा लगाउन मिल्ने किसिमको छ, जुन ब्रिस्टलले भरिएको हुनेछ, जसले एकै समयमा मानिसको दाँतमा भएको फोहोर सफा गर्ने काम गर्छ । यो ब्रसले ५ सेकेन्डसम्म मानिसको अगाडिको दाँतलाई र बाँकी ५ सेकेन्ड फेरि दायाँ–बायाँ दाँत भएको स्थानलाई सफा गर्छ । कम्पनीले यो ब्रसको मूल्य १ सय ९ युरो तोकेको छ । नेपालमा यो ब्रसको मूल्य भने १३ हजार ७ सय ५ रुपैयाँ पर्नेछ । यो ब्रस मार्चको अन्तिममा उपलब्ध हुने कम्पनीले बताएको छ ।

पानीमा चल्ने बाइक

अमेरिकाको लसभेगासमा भएको कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा पानीमा पनि चलाउन सकिने इलेक्ट्रिक बाइकको लन्च गरिएको छ । न्युजिल्यान्डको स्टार्टअप मन्टा–५ कम्पनीले निर्माण गरेको यो बाइकलाई हाइड्रो फोइलर एक्सई–१ नाम दिइएको छ । स्टार्टअप मन्टा–५ ले बताएअनुसार यो इलेक्ट्रिक बाइकलाई नदीनाला, तालतलैया तथा समुद्रमा चलाउन सकिन्छ । पानीमा मात्र चल्ने यो बाइकलाई कार्बन फाइबर, ४ सय ६० वाटको इलेक्ट्रिक मोटर, एयरक्राफ्ट ग्रेड आल्मुनियम तथा टायरको स्थानमा हाइड्रोफाइल जडान गरी निर्माण गरिएको छ । यो बाइक पानीमाथि १९ किलोमिटर प्रतिघण्टाको स्पिडमा चलाउन सकिन्छ भने यसको स्पिडलाई राइडरले प्याडलको माध्यमबाट बढाउन र घटाउन सक्नेछन् । बाइक हल्का भएकाले यसलाई सजिलै एक स्थानबाट अर्काे स्थानमा लैजान पनि सकिन्छ । यो बाइक जून महिनादेखि बेलायतमा बिक्री वितरणमा आउनेछ । करिब ८ हजार पाउन्ड मूल्य निर्धारण गरिएको बाइकको नेपाली मूल्य करिब ९ लाख रुपैयाँ पर्नेछ । 

एमआई ब्यान्ड–५

शाओमी कम्पनीको एमआई ब्यान्ड ४ गत वर्ष सर्वाधिक बिक्री भएपछि कम्पनीले यो वर्ष आफ्नो नयाँ प्रोडक्टका रूपमा एमआई ब्यान्ड–५ लन्च गर्ने भएको छ । यो कम्पनीले निर्माण गरेको एमआई ब्यान्ड–४ सन् २०१९ मा फिटनेस ट्रयाकरहरूमध्ये सबैभन्दा धेरै बिक्री हुने डिभाइस बनेको थियो । शाओमी कम्पनी र यसको सहायक कम्पनी हुआमी अहिले एमआई ब्यान्ड–५ निर्माण कार्यमा लागिरहेका छन् । यो डिभाइस चीनमा आगामी जून महिनामा लन्च हुने अपेक्षा गरिएको छ । अब आउने फिटनेस ट्रयाकर डिभाइसमा १ दशमलव २ इन्चको डिस्प्ले हुनेछ, जुन एमआई ब्यान्ड–४ को तुलनामा ठूलो हो । एमआई ब्यान्ड–५ अघिल्लो मोडलको तुलनामा बढी विकसित र टिकाउ हुने बताइएको छ । यो ब्यान्डको चिनियाँ मूल्य १ सय ७९ चिनियाँ युआन तोकिने अनुमान गरिएको छ, तर इन्टरनेसनल भर्सनको मूल्य भने त्योभन्दा बढी हुने कम्पनीले बताएको छ ।

आईफोनको एसई–२ 

एप्पल कम्पनीको मोबाइल फोन आईफोन–११ प्रो बजारमा आएसँगै अहिले आईफोन एसई–२ को चर्चाले आईफोन लभरहरूलाई तरंगित बनाएको छ । कम्पनीले यो फोनलाई सन् २०२० भित्र लन्च गर्ने तयारी गरेको छ, जुन आईफोन एसईको अपग्रेड भर्सनका रूपमा लन्च हुने बताइएको छ । एप्पलले यस्तै प्रकृतिको फोन चार वर्षअघि सन् २०१६ मा पनि सार्वजनिक गरेको थियो । केही समयअघि कम्पनीले यसको मोडलको फोटो तथा भिडियो पनि सार्वजनिक गरेको थियो ।

उक्त सार्वजनिक आईफोनको फोटो र भिडियो हेरेपछि धेरैले यसलाई आईफोन–८ को जस्तो डिजाइनमा आउला भन्ने आँकलन गरेका छन् । आईफोन प्रयोगकर्ताहरूले  एप्पलले आईफोन–९ को नामले समेत सार्वजनिक गर्न सक्ने अनुमान गरेका छन् । आईफोन एसई–२ मा आईफोन–११ प्रोको जस्तै फ्रस्टेड ग्लास र स्टेन लेस स्टिल फ्रेम हुनेछ भने सिंगल रियर क्यामरा, थिक बेजल्स तथा टच आइडी बटन राखिनेछ । ४ दशमलव ७ इन्चको आईपीएस एलईडी रेटिना डिस्प्ले हुने मोबाइलमा सिंगल क्यामरा सेटअप हुनेछ ।

यसका साथै एसई–२ मा थिक बेजल्स, सर्कुलर बटन तथा फिंगरप्रिट सेन्सर पनि राखिने बताइएको छ । त्यस्तै यो फोनमा ए–१३ बायोनिक प्रोसेसर र ३ जीबी र्‍याम हुनेछ । आईफोन एसईको तुलनामा यो आईफोन मोटो र ठूलो हुने अनुमान गरिएको छ । यो आईफोनको पछाडिको भाग सिसाले बन्ने हुनाले यसमा वायरलेस चार्जिङ फिचर्सको सुविधा हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik