• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
बहुउपयोगी ड्रोन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

समर्पण श्री

बहुउपयोगी ड्रोन
फाल्गुन १७, २०७६

मन्त्री क्वार्टरमा ड्रोन क्यामेरा ड्रोन भेटिएको आधा घण्टामा गृहमन्त्री क्वार्टरमा पुगेर प्रहरीको सर्वदलीय बैठक’ ‘ड्रोनलाई अनुसन्धानका लागि विभागमा पठाइयो’ तत्कालीन स्वास्थ्यमन्त्री रामजनम चौधरीको पुल्चोकस्थित क्वार्टरमा ड्रोन खसेपछि अनलाइनहरूमा सनसनीपूर्ण समाचार फैलिए । २०७२ साल चैतको यो घटनाले प्रहरीलाई चिन्तित बनायो । स्वास्थ्यमन्त्रीको जासुसीका लागि कुनै गिरोह सक्रिय भएको अनुमान सामाजिक सञ्जालमा फैलियो । सामाजिक सञ्जालमा सरकारलाई गाली बर्सन थाल्यो– ‘सरकार स्वास्थ्य मन्त्रीको समेत सुरक्षा गर्न असक्षम छ, सुरक्षा व्यवस्था फितलो भयो ।’ 

त्यतिबेला नेपालमा ड्रोनबारे धेरै मानिस अनभिज्ञ थिए । त्यसैकारण घटना रहस्यपूर्ण बन्न पुगेको थियो । अनुसन्धानका क्रममा थाहा भयो, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन अध्ययन गर्दै गरेका विक्रान्त कार्कीले परीक्षणका लागि उक्त ड्रोन उडाएका रहेछन् । 

विक्रम सम्झन्छन्, ‘हामीले कति धेरै खोज्यौं तर भेटेनौं । त्यत्रो खर्चमा बनाइएको ड्रोनले कसैलाई लागेर दुर्घटना नहोस् भन्ने कामना गर्दैै घर गएँ ।’ ड्रोन बनाउन सिक्दै गरेका उनले ३ लाख खर्च गरेर विदेशबाट नेपाल भित्र्याएका थिए । परीक्षणका क्रममा हुरी चलेपछि ड्रोन अनियन्त्रित भएर हरायो । उनीहरूले प्रहरीलाई खबर गरे । तर, प्रहरीले चासो देखाएन । 

उनी बेलुका घर पुग्दा समाचार भाइरल भइसकेको थियो । नजिकैको रूखमा ठोक्किएर ड्रोन स्वास्थ्यमन्त्रीको क्वार्टरमा झरेको रहेछ । लगत्तै विक्रान्तले प्रहरीलाई फोन गरेर आफ्नो ड्रोनबारे बताए । प्रहरीले भने– ‘धन्न ! हामी त ड्रोन कसैले जासुसी गर्न पठाएको हो कि भनेर तनावमा थियौं । भोलि आएर भेट्नुस् ।’

भोलिपल्ट उनी महानगरीय प्रहरी प्रभाग पुगे । केरकारपछि उनलाई अनुसन्धान विभाग पठाइयो । अनुसन्धानका एक कर्मचारीले उनलाई सोधे, ‘यो ड्रोनमा मेमोरीचाहिँ कहाँ हुन्छ ?’ त्यसपछि उनले थाहा पाए– अनुसन्धान गर्नेलाई नै ड्रोनबारे आवश्यक जानकारी रहेनछ । अनुसन्धानपछि ड्रोन प्राप्त गर्न उनलाई करिब एक महिना लाग्यो । 

विभिन्न देशले युद्ध र अझ विशेष गरी आतंक फैलाउन ड्रोन प्रयोग गरिरहेका थिए । त्यसैले गलत प्रयोग नहोस् भनेर २०७२ सालमै कार्यविधि बनाइयो । अहिले नेपालमा यसको प्रयोग विभिन्न क्षेत्रमा भइरहेको छ । इन्जिनियरिङ पढ्दै गरेका केही युवा ड्रोनको निर्माण र परीक्षणमा सक्रिय छन् । फोटोग्राफी, भिडियोग्राफी तथा चलचित्रमा यसको बढी प्रयोग भइरहेको छ । तथापि यसको प्रयोग विभिन्न क्षेत्रमा भइरहेको छ । 

‘ड्रोनलाई सुरुमा आधुनिक चंगाको रूपमा प्रयोग गरियो । पछि फोटोग्राफी, भिडियोग्राफीमा,’ वैज्ञानिक महावीर पुन भन्छन्, ‘यसबाट अन्य उपयोगी काम पनि गर्न सकिन्छ भन्ने थाहा भएपछि यसको द्रुत विकास भइरहेको छ ।’

मेडिकल क्षेत्रमा उपयोगी

गत जेठ १९ मा क्षयरोगी पत्ता लगाउन नमुना संकलनका लागि ड्रोन परिचालन गर्ने ड्रोट्स (ड्रोन अप्टिमाइज्ड थेरापी सिस्टम) कार्यक्रम प्यूठान नगरपालिकाले थाल्यो । बिजुवारस्थित होटल आयुष्माबाट ड्रोनमा खकारको सांकेतिक नमुना राखेर नगरपालिकाको कार्यालयमा अवतरण गराइएको थियो ।

विराट नेपाल मेडिकल ट्रस्ट (बीएनएमटी) नामक गैरसरकारी संस्था र जिल्ला स्वास्थ्य कार्यालयले संयुक्त रूपमा सुरु गरेको परियोजनाअन्तर्गत ड्रोनले स्वर्गद्वारी र प्युठान नगरपालिकाका दुर्गम भेगका बिरामीको खकार संकलन गरी क्षयरोग भए/नभएको पत्ता लगाएर उपचार गर्ने नगरपालिकाले जनाएको थियो ।

यसैगरी पहाडी जिल्लाहरूमा मेडिकल क्षेत्रका लागि ड्रोनको परीक्षण हुन थालेको छ । वैज्ञानिक पुनको पहलमा १७ महिनादेखि राष्ट्रिय आविष्कार केन्द्रले मेडिकल ड्रोनको उत्पादन गरिरहेको छ । ‘गाउँघरको स्वास्थ्य केन्द्रमा आवश्यक औषधि नहुने अवस्था, रगतको नमुना पुर्‍याउन एक–दुई दिन नै लाग्ने हुन्छ । यही कारण मेडिकल ड्रोन उत्पादन गर्ने सोच आएको हो । केही महिनाभित्रै प्रयोगमा समेत आउँछ,’ वैज्ञानिक पुनले भने । 

इनोभेटिभ घर नेपालले पनि मेडिकल क्षेत्रमा उपयोगी ड्रोन निर्माण गरिरहेको छ । सन् २०१३ मा विक्रान्तसहित इलेक्ट्रोनिक्स कम्युनिकेसन, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्निनियरिङलगायतका विषय पढिरहेका विद्यार्थीले अध्ययनका क्रममा संस्था स्थापना गरेका थिए, जसले मेडिकल, खेलकुद र कृषिक्षेत्रमा उपयोगी ड्रोन निर्माणमा काम गरिरहेको छ ।

संस्थाले बनाएका ड्रोन बिक्रीसमेत भइरहेको बताउँदै उनी भन्छन्, ‘खेलकुद क्षेत्रमा हामीले नेपाल ड्रोन रेसिङ लिक (डीआरएल) गराइरहेका छौँ । अन्य क्षेत्रमा केही ड्रोन बनाएर परीक्षणसमेत गरिसकेका छौं । कार्गो ड्रोन बनाइसक्यौं । अब छिट्टै मेडिकलका क्षेत्रमा अन्य प्रयोजनका ड्रोन निर्माण गर्दैछौं ।’

उनका अनुसार कार्गो ड्रोनले एकपटकमा ३० जनाभन्दा बढी बिरामीको रगत, दिसा, पिसाब आदिका नमुना बोक्न सक्नेछ, जसले रिपोर्टको हार्ड कपी वा एक्स–रे ड्रोनमार्फत नै सम्बन्धितलाई पठाउन सक्छ । 

अब एयर दमकल

मधुकाले आगलागी हुँदा आगो निभाउने र फसेका मान्छेको उद्धार गर्ने ड्रोन बनाउँदैछ, जसमा फायर बल र हाई लेभलको क्यामेरा समावेश हुन्छ । ‘फायर बल आगोमा पुगेपछि पड्किन्छ र आगो निभ्छ । त्यस्तै त्यहाँ फसेको मान्छेलाई क्यामेराको मद्दतले हेरेर उद्धार गर्छ, जसमा उद्धारमा आवश्यक औषधि, अक्सिजन, लाइफ ज्याकेट, खानेकुरा पनि हुन्छ’, शिवाकोटीले बताए । 

 

पर्यटनमा प्रभावकारी

केही वर्षअघि लाङटाङ घुम्न जाँदा एउटा अन्डाको ३ सयमा किन्नुपरेपछि शिवाकोटीले पर्यटन ड्रोनको अवधारणा ल्याएका छन् । त्यस्ता क्षेत्रमा यातायात अभाव हुँदा सामान महँगो पर्नु स्वाभाविक थियो । त्यसका लागि उनीहरूले २० केजी सामान बोक्ने ड्रोन बनाएका छन् । 

त्यसैगरी हिमाली क्षेत्र र निकुञ्जमा जाने पर्यटक उद्धार गर्ने ड्रोन पनि उनीहरूले निर्माण गर्दैछन् । यही शैलीको ड्रोन नेपाल इनोभेटिभ घरले पनि निर्माण गरिरहेको छ । 

नीतिगत अड्चन

ड्रोनको अवैध प्रयोग बढ्न सक्ने भन्दै सरकारले ड्रोन कार्यविधि, २०७२ जारी गर्‍यो । तर, त्यसले ड्रोन प्रयोगलाई झन्झटिलो बनाएको कार्की र शिवाकोटी दुवैको गुनासो छ । विभिन्न समयमा नियमविपरीत ड्रोन उडाएको भन्दै केही पक्राउ समेत परेका छन् । 

कार्यविधिमा धार्मिक तथा सांस्कृतिक सम्पदा, सुरक्षा संवेदनशील स्थान र हवाई मार्गमा असर गर्न तथा व्यक्तिगत गोपिनीयतामा असर गर्ने गरी ड्रोन उडान गर्न नपाइने सर्त छ । अनुमति लिने व्यक्ति वा संस्थाले ड्रोनको विवरण, उद्देश्य, उडान समयको अनिवार्य विवरण सम्बन्धित सबै निकायमा पेस गनैपर्छ । साथै सुरक्षा निकाय तथा संवेदनशील क्षेत्रको एक किलोमिटर क्षेत्रमा पनि उडान गर्न नपाइने नियम छ । स्थानीय प्रशासनको रोहवरमा मात्रै उडान गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

कृषिमा अझ आवश्यक 

गत शनिबारदेखि दाङको बेलझुन्डीमा सुरु भएको प्रदेश एक्स्पोमा मुख्य आकर्षण थियो— एग्रिकल्चर ड्रोन । प्रदेश नं. ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले मल र विषादी छर्ने उक्त ड्रोन पहिलो पटक दाङमा भित्र्याएको थियो । त्यस्तो ड्रोन सबै किसानको घरमा पुर्‍याउने योजना बनाउने मन्त्री आरती गिरी बताएकी छिन् । 

काठमाडौंस्थित मधुका ड्रोन सर्भिसेसले यस्तो ड्रोन उत्पादन गरिरहेको छ । उक्त ड्रोनले १० जनाले दिनभरि लगाउने काम एक घण्टामै गर्न सक्ने कम्पनीको दाबी छ । २५ केजी उचाल्न सक्ने ५ फिटको उक्त ड्रोन किसानले समेत सहजै चलाउन सक्ने गरी एपको विकास पनि गरिरहेको इन्जिनियर तथा संस्थाका प्रोपाइटर शम्भु शिवाकोटीले जानकारी दिए । उनका अनुसार एपले कहाँ–कहाँ औषधि हाल्नुपर्ने हो जानकारी दिन्छ । मधुकाले अहिले ७ लाखमा त्यस्तो ड्रोन बेचिरहेका छ । 

सार्वजनिक स्थलमा ड्रोन उडाउन नीतिगत बाधा भएपछि आफूहरूले कृषि क्षेत्रमा सहज हिसाबले प्रयोग गर्न सकिन्छ भनेर काम गरेको शिवाकोटी बताउँछन् । उनी भन्छन्, ‘यो खेतमा उडाइन्छ र १५ फिट भन्दा माथि उडाउनु पर्दैन ।’ 

मधुकाले ड्रोनको दोस्रो भर्सनमा काम गरिरहेको छ । उनी भन्छन्, ‘जसले सबै अवस्था जाँच गरेर उड्न तयार हुन्छ । समस्या आएमा अटोमेटिक ल्यान्डिङ हुन्छ ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik