• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
ध्वनि रेकर्डको  नयाँ युग
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

समर्पण श्री

ध्वनि रेकर्डको  नयाँ युग
फाल्गुन २७, २०७६

 

विश्वमा हाल एक दिनमै हजारौं गीत रेकर्ड र उत्पादन हुने गर्छन् । त्यसैले ध्वनि रेकर्ड हाम्रो एउटा स्वाभाविक प्रक्रियाजस्तो भइसकेको छ । अहिले रेकर्डेड आवाजको दुनियाँ अर्कै भइसकेको महसुस गर्न सकिन्छ । पछिल्लो समय आएका ध्वनि संग्रहणका नयाँ प्रविधिले रेकर्ड विधिमै नयाँपन भित्र्याइरहेका छन् । सन् १९८३ यतालाई हेर्ने हो भने संगीत वा ध्वनि रेकर्ड तथा संरक्षणका नयाँ उपकरणमा क्रान्ति नै भएको मान्न सकिन्छ । 

त्यसयता सिडी र डिजिटल अडियोसँगै नयाँ उपकरणले तीव्रता पाएका छन् । १९९६ मा आएको ‘एमपी–३’ लामो समय प्रचलनमा आयो । अहिले पनि यसको प्रयोग देख्न सकिन्छ । यसलाई गुणस्तर र भरपर्दो रेकर्ड माध्यम मानिन्छ । सन् १९९९ मा आएको डिजिटल मनिटर्सले अर्को सुविधा थपिदियो । यसमा मिडिया प्लेयर र लाइब्रेरी दुवै समावेश थिए । आइट्युन्सले विकास गरेको यो प्रविधिमार्फत् कम्पनीले प्रयोगकर्ताहरूलाई संगीत डाउनलोड गर्न, व्यवस्थित गर्न र असंख्य फाइल भण्डारण गर्न अनुमति दिएको छ ।

२००६ मा आएको ‘मेजर ट्रान्जिक्सन’ले विशाल टावर रेकर्डहरू, जसले सेभिङ र अभिलेखमा महत्त्वपूर्ण भूमिका खेल्यो । वर्तमान समयमा अडियो सुरक्षित गर्न मेमोरी, पेनड्राइभ वा अनलाइन एपहरूलगायत विभिन्न माध्यमको प्रयोगसमेत गरिन्छ । युट्युबको विकास भएसँगै युट्युबमा समेत सामग्री सुरक्षित राख्न थालिएका छन् । ध्वनि रेकर्डिङ र संरक्षणको प्रशस्त विकल्प र मार्ग पहिल्याउन हामीलाई कुनै समस्या छैन । यद्यपि, गीत रेकर्डको सुरुवाती चरणतर्फ फर्कने हो भने हामीलाई अनौठो लाग्छ । 

रेकर्डको प्रारम्भिक समयतर्फ फर्कने हो भने विश्वको सबैभन्दा पहिलो रेकर्ड गीतबारे जान्नु जरुरी छ । फ्रान्सका नागरिक एडवार्ड लियोन स्कट डे मार्टिनभिलले पहिलो पटक आफैंले आविष्कार गरेको फोनाटोग्राफमार्फत आवाज रेडर्क गरेका थिए । 

सन् १८६० अप्रिल ९ मा उनले आवाज रेकर्ड गरेका थिए । फ्रेन्च भाषामा रेकर्ड गरिएको गीत ‘जुनेलीमा’(अ क्लियर द ले लुन) पहिलो रेकर्डेड गीत हो । फोनाटोग्राफले ध्वनिलाई तरंगहरूको चित्रमा रूपान्तरण गर्‍यो, जुन कागज वा गिलासमा कुँदिएको थियो । तर, यसको ध्वनि पछाडि सुन्न सकिने थिएन र पुन: उत्पादन गर्न सकिने थिएन । फोनोग्राफको आविष्कारपश्चात् भने ध्वनिवेभ ग्राफिक्सलाई फेरि सुन्न सकिने अडियो फाइलमा ट्रान्सक्रिप्सन गर्न सकिने व्यवस्था भयो । 

१८७७ मा फोनोग्राफ आविष्कार भइसकेपछि रेकर्डका प्रविधिको सुरुवात भएको मान्न सकिन्छ । त्यसयता वाक्स सिलिन्डर, फ्ल्याट डिस्क, आरएसी भिक्टर, मास प्रोडक्सन, रेडियो ब्रोडकास्ट हुँदै विविध प्रविधिको विकास हुँदै गयो । 

हाल डिजिटल युगसम्म आइपुग्दा ध्वनि रेकर्डिङले विभिन्न युग पार गरेको छ । विज्ञहरू भन्छन्— भविष्यमा फेरि सुन्नका लागि ध्वनि रेकर्डिङको थालनी गरिएको हो । वैज्ञानिकहरूका अनुसार ध्वनि अमूर्त (छुन र देख्न नसकिने) कुरा हो । यही अमूर्त कुरालाई रेकर्डिङ गर्ने विभिन्न विधि तथा चरण यस्ता थिए :

एकस्टिक तथा मेकानिकल युग

यो रेकर्डिङ विधि सन् १८९० देखि १९२५ सम्म प्रचलनमा आएको पाइन्छ । त्यस अवधिमा सबै ध्वनि रेकर्डिङ माइक्रोफोन वा विद्युतीय प्रवद्र्धनबिना मेकानिकल माध्यमद्वारा गरिएका थिए । 

१९२५ अघि ध्वनि रेकर्डिङका लागि गायक र वाद्यवादक ‘हर्न’को सामु बसेर प्रत्यक्ष प्रस्तुति दिन्थे, जसबाट ध्वनि तरंग संकलित भएर डायाग्राममा पुग्थ्यो । ध्वनि तरंगहरूको ऊर्जाले डायाग्राममा कम्पन आउँथ्यो । 

जसले गर्दा खाली ‘मोम’ घुमाउने सिलिन्डर वा डिस्कमा तरङ्गहरू आउँथे । यो विधिमा कुनै इलेक्ट्रोनिक नियन्त्रण थिएन । त्यो समय यही विधिबाट गीत रेकर्ड गरिनु ठूलो कौशल मानिन्थ्यो । तर, यो रेकर्डिङ विधिको रेकर्ड दायरा सीमित थियो ।

विद्युतीय युग

यो समयमा इलेक्ट्रिकल रेकर्डिङ वैज्ञानिक प्रयोग र नवीनताको परिणामका रूपमा देखा पर्‍यो । यस विद्युतीय विधिले एकस्टिक विधिलाई ‘रिप्लेस’ गरेको थियो ।

सुरुमा कोलम्बिया रेकर्ड कम्पनी र भिक्टर टकिङ मेसिन कम्पनीले सन् १९२४ मा यसको प्रयोग गरेका थिए । यसले ध्वनिको गुणस्तरमा सुधार गर्‍यो । यो चरणमा ध्वनि इलेक्ट्रोनिक डिभाइसमा रेकर्ड गरिन्थ्यो, जसमा माइक्रोफोन, एम्प्लिफियरलगायतका फरक उपकरणको प्रयोग गरिन्थ्यो । 

विद्युतीय माइक्रोफोनले गायकहरूको प्रदर्शन शैलीमा नाटकीय परिवर्तन ल्यायो, इलेक्ट्रोनिक प्रवद्र्धनले धेरै क्षेत्रमा व्यापक प्रभाव पार्‍यो, जसले रेडियो, सार्वजनिक ठेगाना प्रणाली र इलेक्ट्रोनिक रूपमा विकासलाई सहज बनायो ।

यही नै बेला ध्वनि प्रदान गर्ने व्यावहारिक विधि प्रयोगमा आए । यस चरणका प्रविधि यस्ता थिए, जसमा अडियो स्रोतहरू एकसाथ सुन्न सकिन्थे । 

यस चरणमा सम्मिश्रित ध्वनिको सबभन्दा प्रसिद्ध उदाहरणहरूमध्ये एक जोनी वेइसमुलर अभिनीत टार्जन फिल्महरूको श्रृंखलाका लागि बनाइएको प्रख्यात ‘टार्जन चिल्ला’ हो । यद्यपि, यो टेक्नोलोजीले समूहको प्रत्यक्ष प्रदर्शनमा भने परिवर्तन ल्याउन सकेन । यो १९४५ सम्म रह्यो । 

चुम्बकीय युग

सन् १९५० मा जर्मनीमा चुम्बकीय टेप रेकर्डिङ आविष्कार निर्माण भएपछि अडियो रेकर्डिङमा नयाँ परिवर्तन देखा पर्‍यो । यो सन् १९४५ देखि १९७६ सम्मको चरणमा प्रयोगमा आएको प्रविधि हो । 

यो प्रविधि १९३० को दशकमा आविष्कार गरिएको थियो, तर दोस्रो विश्वयुद्धको अन्त्यसम्म जर्मनीमा मात्र सीमित रह्यो । चुम्बकीय टेपले अडियो विश्वसनीयतामा अर्को छलाङ मार्‍यो । १९५० पछि चुम्बकीय टेप द्रुत गतिमा रेडियो र संगीत उद्योगहरूमा अडियो मास्टर रेकडिर्ङको मानक माध्यम भयो, र घरेलु बजारका लागि पहिलो हाई–फाई रेकर्डिङको विकासको कारण भयो । 

संगीतका लागि मल्टिट्रयाक टेप रेकर्डिङको विकास भयो । ध्वनिका लागि डिस्कको अन्त्य भयो । चुम्बकीय टेपले रेकर्डिङ प्रक्रियाको मौलिक आकार पनि ल्यायो । यसले पहिलेको तुलनामा धेरै लामो अवधिसम्म सम्भव हुने रेकर्डिङ बनायो र यसले रेकर्डिङ इन्जिनियरहरूलाई पनि निकै सहज बनाइदियो । 

टेपमा कैद गरिएको आवाज सजिलैसँग हेरफेर गर्न, सम्पादन गर्न र डिस्क रेकर्डिङमा असम्भव हुने कुरा यसले सम्भव बनायो । १९५० को दशकमा ठूला ‘भर्चुअल’ आवाजहरू र यन्त्रहरू निर्माण गरेको थियो । चुम्बकीय टेपले लोकप्रिय संगीत र अन्य विधाहरूको परिष्कारमा दु्रत विस्तारलाई बढावा दियो । 

डिजिटल अर्थात् नवीन युग

सन् १९७५ यता डिजिटल प्रविधिमार्फत् ध्वनिको संग्रह गरिने गरिएको छ । हालको चरण डिजिटल युगमा छ, जुन रेकर्डिङको इतिहासमा परिवर्तनको सबैभन्दा ठूलो फड्को हो । जापानी इलेक्ट्रोनिक्स कर्पोरेसन सोनीले १९७० को दशकमा पहिलो पटक पीसीएम एन्कोडर पिसीएम–१ अडियो युनिटको साथ प्रयोग गर्‍यो । 

सन् १९७९मा अघिल्ला प्रविधिहरूको विपरीत यसले ध्वनि रेकर्ड भइरहेको निरन्तर एनालगलाई कब्जा गर्‍यो । यस अवधिमा धेरै अल्पकालीन हाइब्रिड स्टुडियो र उपभोक्ता टेक्नोलोजी देखा परे । उदाहरणका लागि डिजिटल अडियो टेप वा डाटा, जसले मानक चुम्बकीय टेपमा डिजिटल सिग्नल नमुना रेकर्ड गर्न थाले । 

सोनीले आफ्नो नयाँ डिजिटल रेकर्डिङ प्रणालीको विकासलाई प्रस्तुत गरी फिलिप्सको साथ आजको सबैभन्दा उन्नत उपभोक्ता अडियो ढाँचा डिजिटल कम्प्याक्ट डिस्क (सीडी)को प्रयोग गर्‍यो । 

२० औं शताब्दीको अन्त्यसम्ममा कम्प्याक्ट डिस्कले उपभोक्ता अडियो बजारमा लगभग पूर्ण रूपमा प्रभुत्व जमाएको थियो । यसको पछिल्लो दशकमा कम्प्युटिङ टेक्नोलोजीमा द्रुत विकासले अडियो रेकर्डिङ इतिहासको सबैभन्दा महत्त्वपूर्ण युग बनायो, जसले फाइल आकारलाई ठूलो मात्रामा कम गर्‍यो ।

अडियो र अन्य डिजिटल मिडिया फाइलहरूको व्यापक इजाजतपत्र वितरण हुन थाल्यो । उच्च गतिमा डिजिटल मिडिया फाइलहरूको ठूलो खण्डहरू अपलोड गर्ने र डाउनलोड गर्ने काम नेपस्टर र बिटटोरन्ट जस्ता फ्री–वेयर टेक्नोलोजीले गरे । तीव्र इन्टरनेट सिग्नल र डाटा भण्डारणले उपकरणहरूमा लगातार सुधार भयो । 

सन् २००० पछिदेखि संगीत प्रसारण सेवाहरूले लोकप्रियता पाएका छन् । स्ट्रिमिङ अडियोलाई श्रोताले अडियो फाइलहरू डाउनलोड गर्न वा आफ्नै स्वामित्व लिन आवश्यक पर्दैन । स्ट्रिमिङ सेवाहरूले संगीत सुन्ने वैकल्पिक विधि प्रदान गर्छन् । यससँगै ध्वनि रेकर्डिङका थुप्रै र विशाल प्रविधिहरू भित्रिरहेका छन् । 

ऐजेन्सीको सहयोगमा

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik