• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
चन्द्रमामा नयाँ खोज
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

चन्द्रमामा नयाँ खोज
चैत्र २, २०७६

मानिसले पहिलो पटक चन्द्रमामा पाइला टेकेको ५ दशक बितिसकेको छ । सन् १९६९ को जुलाईमा एपोलो ११ को इगल मोड्युल ट्र्याङ्कलीटी आधारमा अवतरण गरेको थियो र नील आर्मस्ट्रङले पहिलो पटक चन्द्रमामा पाइला टेक्ने मानिसको इतिहास रचेका थिए । अमेरिकी अन्तरिक्ष निकाय नासा पहिलो पटक मानिस चन्द्रमामा पठाउन सफल भएको थियो । निल आर्मस्ट्रङपछि चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति थिए बज एल्ड्रिन । अपोलो १७ अन्तरिक्षयानसहित एल्ड्रिनले चन्द्रमामा पाइला टेकेका थिए । 

त्यसयता चन्द्रमाप्रति मानिसको चासो र खोज तीव्र बढ्दै गयो । कुनै रहस्य जस्तो लाग्ने चन्द्रमाबारे वैज्ञानिकहरूको खोज र अनुसन्धानले अनुमान लगायो, ‘मानव बसोबासका लागि चन्द्रमा विकल्प हुनसक्छ ।’

चन्द्रमामा बिरुवा

सन् २०१९ मा चीनको अन्तरिक्ष अभियान चांग’अले चन्द्रमामा लिएर गएका केही बीउहरू टुसाएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशन भएको थियो । यसलगत्तै सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणीसमेत भएका थिए । चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनको अनुसार चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो घटना हो । चन्द्रमामा कपासको बीउ उम्रिएर तिनमा पालुवा लाग्न थालेको चिनियाँ सञ्चारमाध्यमले जनाएका थिए । ‘चांग’अ ४’ अन्तरिक्ष यानले चन्द्रमामा कपास र आलुको बीउसहितको माटो, मर्चा र एकप्रकारको झिङ्गाको अण्डालगायतका वस्तु लिएर लिएर गएको थियो । 

त्यसअघि चन्द्रमामा ‘आंग’अ ४’ नामको अन्तरिक्षयान चीनले पठाएको थियो । उक्त अन्तरिक्षयान पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो भागमा अवतरण गर्ने पहिलो यान बनेको थियो । उक्त यान गत जनवरी ३ का दिन चन्द्रमाको पछाडि पट्टिको क्षेत्रको भौगोलिक अनुसन्धान गर्ने उपकरणहरूसहित त्यहाँ अवतरण गरेको थियो । 

त्यसरी उम्रिएको बिरुवा सो चन्द्रवाहनमा बाहिरबाट केही पनि पस्न नसक्ने गरी बन्द गरिएको सिसाको भाँडोमा राखिएको थियो । उक्त बिरुवा त्यस्तो भाँडाभित्र एक सूक्ष्मजैविक मण्डलको सिर्जना गरेर कृत्रिम वातावरणमा हुर्कने चिनियाँ खोजकर्ताले बताएका थिए । १८ सेन्टिमिटर अग्लो र ३ केजी तौल भएको त्यस्तो कृत्रिम जैविकमण्डल सिर्जना हुने भाँडाको डिजाइन चीनका २८ वटा विश्वविद्यालयहरूले संयुक्त रूपमा तयार पारेका थिए । उसो त चन्द्रमामा चीनले एउटा अनुसन्धान केन्द्र नै बनाउने प्रयाससमेत जारी राखेको छ । 

बहुमूल्य खानीको चर्चा

करिब ६ वर्षअघि चन्द्रमाको चट्टान राजधानीमा समेत प्रदर्शन गरिएको थियो । अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासासँग सम्झौता गरी ल्याएको चट्टान एभरेस्ट साइन्स सेन्टरले 

प्रदर्शन गरेको थियो । ज्याक स्मिटको नेतृत्वमा गएको अमेरिकी अन्तरिक्ष यान अपोलो १७ (१९७०) ले चन्द्रमाबाट ल्याएको ३ अर्ब ७५ करोड वर्ष पुरानो चट्टानको सो टुक्रा १२० ग्राम थियो । 

पहिलो पटक चन्द्रमाको चट्टान पृथ्वीमा ल्याउँदा एक किसिमको तरंग नै गयो । यसैगरी विभिन्न खानी तथा खनिजहरूको खोज र यसबारे बहस विश्वमा चलिरहेका छन् ।

चन्द्रमाको सतहमा बहुमूल्य वस्तु खोज्न खानी सञ्चालन गर्ने सम्भावनाबारे विभिन्न कम्पनीहरूले अध्ययन गरिरहेका छन् । कैयौं कम्पनीहरूले त्यहाँको अवलोकन गर्ने र इलोक्ट्रोनिक्समा प्रयोग हुने सुन, प्ल्याटिनम र पृथ्वीमा पाइने दुर्लभ खनिजहरू छन् कि भनेर हेर्न खानी सुरु गर्ने इच्छा प्रकट गरेका छन् । २३ जनवरी २०१९ मा जस्टिन पार्किन्सनद्वारा बिबिसीमा लिखित लेखमा यी प्रसंग र सम्भाव्यताबारे उल्लेख छन् । 

पृथ्वीमा अभाव हुने विभिन्न खनिज तथा बहुमूल्य पदार्थ चन्द्रमामा प्रशस्त पाइन्छ । जुन मानिसले प्रयोग गर्न सकिने वैज्ञानिकहरू बताउँछन् । 

यद्यपि, अन्तरिक्षमा रहेका चन्द्रमा र अरू खगोलीय पिण्डहरूमाथि कब्जा जमाएर वा अरू कुनै माध्यमबाट मानिसले आफ्नो बनाउन नसक्ने कुरा पनि टिप्पणीका रूपमा उठेका छन् । 

नासासँग ३८ जना सक्रिय अन्तरिक्षयात्रीमा १२ जना महिला छन् । उनीहरूमध्येका केट रुबिन्स पृथ्वीको घातक रोगहरूबारे अध्ययन गरेकी सूक्ष्म जीव वैज्ञानिक हुन् भने जिनेट इप्स सीआईएमा प्राविधिक काम गरेकी हुन् । चिकित्सक सेरेना ओनोन चान्सेलर र इलेक्ट्रिक इन्जिनियर क्रिस्टिना कोच पनि छन् ।

चन्द्रमामा भएका खनिजलगायतका विभिन्न स्रोत साधनलाई प्रयोग गर्न सकिने कुरामा वैज्ञानिकहरू विश्वस्त छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई वैज्ञानिक फिल मेट्जरले भनेका थिए, ‘यदि, कुनै एक राष्ट्रले चन्द्रमामा उद्योग स्थापना गर्न सक्यो भने राजनीतिक, आर्थिक र सैनिक फाइदा हुनेछ ।’ 

चन्द्रयात्राको पछिल्लो तयारी

नासाले सन् २०२४ मा चन्द्रमामा पहिलो पटक महिला अन्तरिक्ष यात्रीलाई पठाउँदैछ । ‘आर्टेमिस’ नाम दिइएको नासाको सो मिसनअन्तर्गत चन्द्रमामा पुग्ने पहिलो महिला र सन् १९७२ पछिका अर्का पुरुषले अहिले तयारी गरिरहेका छन् । 

केही समयअघि नासाले चन्द्रमामा पुग्ने पहिलो महिला र सन् १९७२ पछिका अर्का पुरुषले लगाउने ‘स्पेससुट’ सार्वजनिक गरेको गरेको थियो । उक्त अत्याधुनिक सुट विशेष रूपमा आर्टेमिस प्रोग्रामको लागि तयार पारिएको थियो । 

यो सुट पहिलेका सुटभन्दा लचिलो भएको बताइएको छ । जसका कारण अन्तरिक्ष यात्रीलाई चन्द्रमामा चट्टान टिप्नका लागि बस्न तथा हिँड्न पनि सहज हुनेछ । उक्त सुटले माइनस १५० सेल्सियसदेखि १२० सेल्सियससम्मको तामक्रम धान्न सक्छ । 

यतिमात्र हैन चन्द्रमामा बसोबास गर्न सकिन्छ भन्ने मानिसहरूको सपना पनि छ । यसलाई साकार पार्न वैज्ञानिकहरू लागि परिरहेका छन् । 

युकेको मिल्टन किन्सस्थित ओपन युनिभर्सिटीको प्रयोगशालामा विद्यावारिधि विद्यार्थी हाना सार्जेन्टले चन्द्रमामा धेरै पाइने खनिज इल्मेनाइट प्रयोग गरेर त्यस्तो कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेकी थिइन् । 

आफ्नो जीवनमै चन्द्रमाको आकाशमा एउटा स्थायी आवासीय यान हुने र त्यहाँबाट मानिसहरू चन्द्रमाको सतहमा आउजाउ गर्ने कुरामा आफू विश्वस्त भएको उनले बताएकी थिइन् । नासाले मानव वस्ती सम्भावनाका लागि नयाँ परियोजना अपनाइरहेको छ । 

एजेन्सीको सहयोगमा

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik