• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
कोभिड–१९ का सूचना एउटै वेवसाइटबाट, क्वारेन्टाइनको निगरानी एप्सबाट
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

नारायण ढुङ्गाना

कोभिड–१९ का सूचना एउटै वेवसाइटबाट, क्वारेन्टाइनको निगरानी एप्सबाट
चैत्र २४, २०७६

कोभिड–१९ को यथार्थ जानकारीबारे तपाईं अलमलमा परिरहनुभएको छ ? सामाजिक सञ्जालमा आउने फरक–फरक सूचनाले हैरानी खेपिरहनुभएको पो छ कि ? अब ढुक्क हुनुहोस् । तपाई त्यो हैरानीबाट मुक्त हुँदै हुनुहुन्छ । आजदेखि कोभिड–१९ का आधिकारिक सूचना एकै ठाउँबाट जानकारी लिन सक्नुहुनेछ । सँगै मोबाइल एप्समार्फत क्वारेन्टाइन अनुगमन प्रणालीकोसमेत शुरु गरिएको छ । 

गृहमन्त्रालयले संचालनमा ल्याएको यो प्रविधिलाई  ‘कोभिड–१९ एकीकृत सूचना प्रणाली तथा क्वारेन्टाइन अनुगमन प्रणाली’ नाम दिएको छ । यसरी सूचना प्राप्त गर्न covid19.ndrrma.gov.np वेवसाइट लगइन गर्नुपर्नेछ । 

त्यहाँबाट कोभिड–१९ संग सम्बन्धित सबै किसिमका सूचना प्राप्त गर्न सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । 

उक्त वेबसाइटमा मुलुकका ७५ वटै जिल्लाका राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रबाट तथ्याङ्क प्रविष्ट गरी दैनिक विवरण अपडेट हुने छ । त्यहाँ कति ब्यक्ति क्वारेन्टाइनमा छन्,  कति जनाको स्वाब नमूना लिइएको छ, सङ्क्रमित कति फेला परे, कति जना उपचारपछि फर्किए, एम्बुलेन्स कहाँ कति छन् भन्ने कुरा जानकारी लिन सकिनेछ ।  

यसअघि विवरण सङ्कलन गरेर जानकारी दिने गरिएकोमा अब भने सिधै प्रविधिको प्रयोग गरी एकै पटक उक्त वेवसाइटबाट हेर्न सकिनेछ । प्रदेश र जिल्ला तहको अवस्था के कस्तो छ ? भनेर समेत त्यहीँबाट जानकारी लिन सकिनेछ । जोखिम कुन ठाउँमा बढी छ भन्ने कुरासमेत हेर्न सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए ।  

उनका अनुसार वेवसाइट पूर्ण सञ्चालनमा आउँदासम्म वडा तहदेखिकै विवरण राखिनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विवरण अपडेट हुनेबित्तिकै स्वचालितरुपमा उक्त वेवमा पनि विवरण अपडेट हुने गरी प्रविधिको प्रयोग गरिएको छ । 

क्वारेन्टाइन अनुगमनका लागि ‘कोबड्डी’ एप

मन्त्रालयले क्वारेन्टाइनमा बसेका व्यक्तिको अनुगमनका लागि कोबडी (cobuddy) एप्स पनि आजदेखि प्रयोगमा ल्याएको छ । यसअघि क्वारेन्टाइनबाट मानिस भागिरहेका अवस्थामा उक्त एप्सले त्यसको निगरानी गर्नेछ ।

उक्त एप्स जसले पनि प्रयोग गर्न सक्दैन । राज्यको निकायले जो–जो क्वारेन्टाइनमा बस्नुपर्छ भनेर तोकेको हुन्छ, ती व्यक्तिका लागि एप्स प्रयोग गरिन्छ । त्यसलाई एक्टिभेट गर्न विशेष कोड हुन्छ । आजदेखि काठमाडौँ, भक्तपुरमा, बाग्लुङ्, कञ्चनपुर र कैलालीबाट उक्त एप्स प्रयोग गरिँदैछ ।  

एप्स प्रयोगमा आएपछि मानिस क्वारेन्टाइनबाट निस्कनेबित्तिकै सम्बन्धित कार्यालयमा सूचना प्राप्त हुने भएकाले तत्कालै एक्सनमा जान सकिने छ ।  एपबाट व्यक्तिको अनुहार स्क्यानिङ गरेपछि प्रवेशको अनुमति मिल्नेछ । मास क्वारेन्टाइनमा उक्त एप्स प्रयोग गर्दा अझै प्रभावकारी हुनेछ । 

क्वारेन्टाइनमा बसेका मानिस छाडेर अन्यत्र जाँदा अनुहार पहिचान गर्ने प्रविधिको सहयोगले तुरुन्तै प्रहरी वा स्थानीय निकायलाई खबर पुग्छ । आपतकालीन अवस्थामा फोन नचल्दा पनि एपमार्फत सहयोग लिन सकिनेछ । आफूलाई ज्वरो आयो या कुनै समस्या भयो भने एप्सबाटै सन्देश पठाउन सकिनेछ । यसले स्थलमार्ग वा हवाईमार्गबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न पनि सहयोग गर्नेछ । 

उक्त एकीकृत सूचना प्रणाली  ‘आफ्नो नेपाल’ नामक संस्थाको नेतृत्वमा स्मार्ट टेलिकम र प्रो–एमर इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरी नेपाल सरकारलाई निःशुल्क सहयोग गरेको हो । (cobuddy) एप्समा विशेष कोड नम्बर हालेपछि फ्रन्ट क्यामरा खोलेरभित्र प्रवेश गर्न सकिने आफ्नो नेपालका अध्यक्ष समीर पन्थीले जानकारी दिनुभयो । 

उक्त संस्थाले यसअघि माइती नेपाललाई सहयोग गर्ने गरी उपत्यकामा ‘माइती क्याफे’ सञ्चालन गर्दै आएको छ । संस्थाले हराएका महिला खोजीका लागि ‘खोजी एप’ सञ्चालनमा छ । उक्त एकीकृत सूचना प्रणाली नेपालमा भित्र्याउन १० जना प्राविधिकले काम गरेका थिए । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik