• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
कोरोना भाइरसको खोप
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

समर्पण श्री

कोरोना भाइरसको खोप
चैत्र २८, २०७६

 

चीनको बुहान राज्यको माछाबजारमा नोभेम्बर १७ मा पहिलो पटक देखा परेको कोभिड–१९ हालसम्म विश्वभर फैलिएको छ । हजारौंको संख्यामा मानिसहरूको मृत्यु भएको छ भने १४ लाखभन्दा बढी मानिस संक्रमित छन् । नेपालमा पनि हालसम्मको तथ्यांकअनुसार ९ जना कोरोना संक्रमित भेटिएका छन् । 

यसरी विकराल रूप लिँदै गएको कोरोना भाइरसविरुद्ध कुनै खोप वा औषधिको विकास भइसकेको छैन । अहिलेसम्म यसको कुनै उपचार छैन र चिकित्सकहरूले रोगका लक्षणहरूको मात्र उपचार गर्न सक्छन् । यसका लागि विभिन्न उपचार विकल्पहरूको प्रस्ताव गरिएको छ र केही पुराना उपचार पद्धतिबाट सकारात्मक नतिजा पनि निस्किरहेको छ । तथापि कोभिड–१९ विरुद्धको औषधि तथा खोपको अनुसन्धान र परीक्षणमा भने चीन तथा युरोपेली मुलुकहरूमा काम भइरहेको छ । 

हालसम्म खोपबारे अनुसन्धान र विकासका प्रयत्न भइरहे पनि कुनै पनि खोपले क्लिनिकल परीक्षण पूरा गरेका छैनन् । नयाँ खोपहरू विकास गर्न नै समय लाग्ने र परीक्षण गर्न पनि उतिकै कठिन हुने भएकाले यो तत्काल अझै नहुने विशेषज्ञहरू बताउँछन् । 

अप्रिलको सुरुवातसम्ममा ५० वटा संस्थाहरूले सम्भावित खोपहरूको विकास गरिरहेका थिए । ती मध्ये ३ कम्पनीले भ्याक्सिन विकासमा सीपीआई (रोग विरुद्धको खोप विकास गर्नका लागि स्वतन्त्र अनुसन्धान परियोजनाका लागि आर्थिक निजी, परोपकारी र नागरिक समाज संगठनहरूको अनुदान लिने संस्था) बाट समर्थन प्राप्त गरे, ती हुन् बायोटेक्नोलोजी कम्पनी मोडेना, इनोभायो फर्मास्युटिकल्स र क्विन्सल्याण्ड विश्वविद्यालय ।

खोप विकासका प्रयास 

खोप एक प्रकारको उपचार हो, जसले शरीरको प्रतिरोधात्मक क्षमतालाई संक्रामक रोगबाट ब्याक्टेरिया र भाइरसविरुद्ध लड्न अभिप्रेरित गर्छ । कोभिड–१९ खोपको अध्ययन र विकासको लागि विश्वभर ५ सय संस्था मार्च २०२० सम्ममा विश्व स्वास्थ्य संगठन क्लिकिल ट्रायल रजिस्ट्रीमा दर्ता भएका छन् । २०२० मार्चको सुरुमा सीईपीआईले सार्वजनिक, निजी, परोपकारी र नागरिक संगठनहरूबीचको विश्वव्यापीमा साझेदारीमा भ्याक्सिनको विकासलाई तीव्र पार्न २ अरब अमेरिकी डलर घोषणा गरेको थियो । अमेरिकी राष्ट्रिय एलर्जी र संक्रामक रोगको संस्थान–एनआइएडी)ले मोडरेनासँग मिलेर आरएनए खोप विकास गर्न सहयोग गर्‍यो । 

कोरोनाको औषधिबारे खोज

अमेरिकी कम्पनी इनोभायो फर्मास्युटिकल्सले अप्रिलमा कोरोना भाइरस खोपको क्लिनिकल परीक्षण सुरु गर्ने योजना बनाएको थियो ।

कम्पनीले परीक्षण र आपतकालीन प्रयोगको उद्देश्यका लागि वर्षको अन्त्यसम्म लगभग १ लाख भ्याक्सिनहरू उत्पादन गने प्रतिबद्धतासमेत जनाएको छ । अमेरिकाका केही वैज्ञानिकहरूले कोरोना भाइरस प्रतिरोधी खोप विकास गरेको दाबी पनि गरेका छन् । तथापि, ती परीक्षणकै क्रममा छन् । म्यासाचुसेट्सको मोडरेना बायोटेक्नोले पनि खोपको विकास गरेको थियो । यो खोप परीक्षणका लागि संक्रमित र संक्रामक रोगहरूको राष्ट्रिय संस्थानमा पठाइएको छ । 

यो खोप म्यासाचुसेट्सको बायोटेक्नो कम्पनी मोडरेना इंकद्वारा विकसित गरिएको थियो । यस खोपको लागि कोड नाम एमआरएनए–१२७३ हो । मोडरेना इंक एक क्याम्ब्रिज, म्यासाचुसेट्समा रहेको आधारित बायोटेक्नोलोजी कम्पनी हो । जो आरएनएको आधारमा लागूपदार्थ खोज र औषधि विकासमा केन्द्रित छ ।

यद्यपि, अमेरिकी राष्ट्रिय संक्रामक संस्थानका निर्देशक डाक्टर एन्थोनी फौची भने यस खोप परीक्षणपछि १२ देखि १८ महिनामा बजारमा उपलब्ध हुनेछ कि छैन भनेर किटान गर्न गाह्रो भएको बताउँछन् । 

इनोभायोले वर्षको अन्त्यसम्ममा १० लाख खोपको मात्रा उत्पादन गर्ने कोसिस गरिरहेको छ । इनोभायो खोप पारम्परिक, डिएनए– आधारित उपचार हो, मोडरेनाको कोविड–१९ खोपले एमआरएनए प्रयोग गर्छ । एमआरएनए–आधारित उपचार खोपहरूको भविष्य हुनसक्ने अनुमान छ । 

इनोभियो र मोडरेना दुबै कम्पनी अहिले क्लिनिकल परीक्षणमा प्रवेश गरिरहेका छन् । इनोभायोले मार्चमा खोप विकासका लागि समय घोषणा गरेको थियो । यसका परीक्षणहरू जारी छन् । 

चिनियाँ औषधि उत्पादक संस्था एस्केलेटिस फर्माले एन्टिभाइरलको मिश्रणको परीक्षण गरिरहेको छ । एचआईभी र हेपाटाइटिस सीका लागि अनुमोदित यसले कोरोना भाइरस संक्रमणको उपचार गर्न सक्ने अनुमान गरिएको छ । 

तियानजिनमा मुख्यालय रहेको क्यानसिनो बायोलोजिक पनि चीनमा क्लिनिकल परीक्षण गरिरहेको छ । यसले कोरोना भाइरसविरुद्धको काम गर्ने एन्टिबडीहरूको उत्पादन गर्ने क्यानसिनोले जनाएको छ । 

यसअघि संक्रमितहरूलाई प्रयोग गरिएको औषधि पनि प्रभावकारी नदेखिएको भने होइन । डब्ल्यूएचओका स्वास्थ्य अधिकारीहरूले गिलियडको रेमडेसिभरले कोरोना भाइरस संक्रमणको उपचारमा प्रभावकारिता प्रदर्शन गरेको उल्लेख गरेका छन् । रेमडेसिभिर औषधिको विकास गिलियड साइन्सेज अमेरिकी बायोटेक्नोलजी कम्पनीले गरेको हो । उक्त औषधि कोरोना संक्रमितलाई प्रयोग गरिएको थियो । 

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १ मार्चमा क्लोरोक्वाइन (हाइड्रोक्सीक्लोरोक्वाइन र प्लाक्वेनिल) र मलेरियाका लागि प्रयोग गरिने औषधिमार्फत कोभिडको उपचारको रूपमा परीक्षणका लागि अनुमोदित भएको घोषणा गरेका थिए । 

अन्य एन्टिभाइरल औषधिहरू पनि कोरोना भाइरसका लागि परीक्षणका लागि काम भइरहेको छ । 

चीनको नेसनल मेडिकल प्रोडक्ट्स प्रशासनले मार्चमा कोरोना भाइरसको उपचारको रूपमा एन्टीभाइरस औषधि फभिलावीरको प्रयोगलाई अनुमोदन गरेको थियो । औषधिले ७० जना बिरामी सम्मिलित क्लिनिकल परीक्षणमा न्यूनतम साइड इफेक्टको साथ रोगको उपचारमा प्रभावकारिता देखाएको बताइएको छ ।

विकास भइरहेका खोप 

आई–म्याबको टिजेएम–२ 

आई–म्याब बायोफर्मा कम्पनीले कोरोना भाइरस संक्रणको गम्भीर अवस्थामा बिरामीहरूको उपचारमा टिजेएम २ को विकास गर्ने घोषणा गरेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन–एफडीए)बाट स्वीकृत पाएपछि कम्पनीले विकास सुरु गरेको छ ।

 

मेडिकागो खोप

मेडिकागोले पनि कोभिड–१९ को औँषधिको सम्भावना विकास गरिरहेको छ । कम्पनीले लावल विश्वविद्यालयको संक्रामक रोग अनुसन्धान केन्द्रको साथ यसविरुद्ध एन्टिबडी विकास गर्न सहकार्य गरिरहेको छ । 

एयरवे थेराप्युटिक्स 

एयरवे थेराप्युटिक्सले कोरोना भाइरसको उपचारका रूपमा प्रोटिन एटी–१० –आरएचएसपी–डी) अन्वेषण गरिरहेको छ । एटी–१० ले फोक्सोमा ईक्फ्लेमेसन र इन्फेक्सन घटाउन क्लिनिकल अध्ययनमा प्रभावकारिता देखाएको छ । जसले विभिन्न रोगहरूको विरुद्ध प्रतिरोधात्मक क्षमता पनि उत्पन्न गर्छ । 

अल्टिम्युन्स इन्ट्रोन्सेल 

अल्टिम्युनले इन्ट्रोसेल कोभिड–१९ विकास गरिरहेको छ । जुन परीक्षणका लागि काम भइरहेको छ ।

 

एनपी–१२० 

एल्गर फर्मास्युटिक्लसल्ेस कोभिड–१९ को सम्भावित उपचारका रूपमा एनपी–१२० अन्वेषण गर्दैछ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik