• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. प्रोफाइल
  3. वाह ! जिन्दगी
वाह ! जिन्दगी
‘लुरे’को सर्प समाउने कला
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजाराम पौडेल

‘लुरे’को सर्प समाउने कला
जंगलमा कोब्रालाई छोड्नु अघि फोटोग्राफी गर्दै रोहित ।  तस्विर सौजन्य : रोहित गिरी
जेष्ठ २४, २०७७
सर्पले देख्ने बितिकै कहिल्यै आक्रमण गर्दैन, जब सर्पले आफूमाथि खतरा महसुस गर्छ अनि मात्र डस्ने गर्छ । सर्पलाई नजिस्काए उ सजिलै आफ्नो बाटो लाग्छ

पोखरा–१७ छोरेपाटनका २१ वर्षीय रोहित गिरीलाई धेरैले ‘लुरे’ भनेर चिन्छन् । इन्स्ट्राग्राममा उनको नाम ‘लुरे रोहित’ छ । ‘बच्चादेखि सबैले लुरे–लुरे भन्थे । म इन्स्ट्राग्राममा बढी एक्टीभ छु । त्यही भएर धेरैले इन्स्ट्राग्राममा लुरे भनेरै चिन्छन् । तर, विस्तारै अहिले त रोहित नै भन्नेहरु बढ्दैछन्,’ हाँस्दै उनले सुनाए ।

नाम लुरे भएर के भो त ? धेरै मानिसका लागि कल्पनाबाहिरको कुरा उनी गर्छन् । अहिले पनि उनी दिनदिनै सर्पको उद्धारमा व्यस्त रहन्छन् । हुनत सर्पको संरक्षणमा उनी बच्चादेखिनै आकर्षित भएका हुन् । १२ वर्षको उमेरमा हर्रेउ (ग्रीन टिट भाइपर) उनको घर नजिकैको आन्टीको घरमा आयो । यो कुरा थाहा पाएर उनी हेर्न गए । सर्प सम्बन्धी जानकारी लिने गरेका उनले सो हर्रेउको पुच्छर समाते । लठ्ठीमार्फत भइरहेको स्थानबाट त्यसलाई बाहिर निकाले । खेलाए, हल्का चलाए पनि । टोक्ने रहेनछ भन्ने लाग्यो । अनि आकर्षित भए । बिस्तारै सर्पका बारेमा पढ्दै गएँ । लाइब्रेरीमा भएको सर्प सम्बन्धी किताब पढे । यसले उनमा सर्पप्रति झन् रुचि बढ्यो । बिस्तारै सर्प समात्ने बारेको अध्ययनमा तल्लीन रहन थाले । उनी हाल पोखराको पृथ्वीनारायण क्याम्पसमा विज्ञान संकायअन्तर्गत स्नातक तहका वायोलोजी तर्फका विद्यार्थी हुन् ।

कोभिड–१९ का कारण नेपालमा लकडाउन सुरु भएपछि यो सामाग्री तयार पार्दासम्ममा उनले १०० वटा सर्पको उद्धार गरिसके । लकडाउनको समयमा पोखराका विभिन्न ठाउँ, धम्पुस, लेखनाथ आदि क्षेत्रमा पुगेर सर्पको उद्धार गरिएका छन् । यो समयमा १० प्रजातिका सर्प रेस्क्यु गरेको रोहितले बताए । जसमा किङ कोब्रा, हरेउ, मोनो सेलेट कोब्रा आदि छन् । यसैगरी कम विशालु धामन सर्प, सिंगारे सर्प, हेर्दा करेतजस्तै देखिने चिचिन्डे सर्प उनले उद्धार गरे । पोखरामा कि कालो कि कालोमा सेतो सेतो धर्सा परेको करेत सर्प पाइन्छ ।

सर्पको उद्धार गर्न उनलाई भाइ रोशन गिरीले पनि सघाउँछन् । ‘मलाई भाइले पनि सर्प समात्न सघाउँछन्,’ रोहितले सुनाए । उनका भाइ २० वर्षका भएँ, कक्षा १२ मा पढ्छन् । यसरी उद्धारमा खटिएका उनले कुनै शुल्क भने लिदैनन् । कतैबाट पाउदैनन् पनि । ‘स्वयंसेवी रुपमा काम गर्ने हो । रेस्क्यु फ्रीमा गर्छु । पैसा लिन्न, कहीबाट आउँदा पनि आउँदैन्,’ उनले भने । सर्प रेस्क्युका कलाकारजस्ता उनी पकेट खर्च चलाउनका लागि फोटोग्राफी गर्छन् । इभेन्टहरुको फोटो खिच्ने, विवाहको फोटो, भिडियो खिचेर आएको पैसाले खर्च चलिरहेको उनले सुनाए ।

रोहितले हालसम्म कुल ५ सयभन्दा बढी सर्पको उद्धार गरिसके । पछिल्ला दिनमा उनको व्यस्तता झन् बढ्दैंछ । उनले गरेको काम, सक्रियता तथा लगावका कारण यस्तो भएको हो । अहिले पोखरा आसपासमा सर्प देखिए उनलाई फोन गर्छन् । उनी नाइनास्ति गर्दैनन्, तुरुन्त बोलाएको ठाउँमा पुगिहाल्छन् । ‘सर्पको उद्धारका लागि म पोखराको बजार तथा यस आसपासका गाउँमा पुगिरहन्छु, कहिलेकाहीँ छिमेकी जिल्लामा पनि पुग्ने गरेको छुँ,’ उनले भने ।

के सर्प सजिलै समात्न सकिन्छ ? सर्प समात्नु सजिलो विषय होइन्, जोखिम हुन्छ । कुनै सर्प यति विशालु हुन्छन्, जसको टोकाइबाट मानिसको तुरुन्त मृत्यु हुन्छ । सर्प रेस्क्यु गर्ने मात्र हैन सर्पसँग गर्ने सबै काम, सधै चुनौतीपूर्ण नै हुने उनी बताउँछन् । पोखरा आसपासमा पाइने विषालु सर्पमा राज गोमन (किङ कोब्रा), मोनो सेलेट कोब्रा, हरेउ, करेत आदि हुन् । सर्पको उद्धार गर्दा उसको बसाइँको स्थिती र ठाउँले जोखिमलाई निर्धारण गर्ने उनले बताए । खुल्ला ठाउँमा भए उद्धार गर्न सजिलो हुने अनुभव उनको छ । धेरैजसो सर्प अक्कारमा भेटिन्छन्, त्यस्तो ठाउँबाट रेस्क्यु गर्न पनि गाह्रो हुन्छ । विशालु सर्पको उद्धार गर्दा जतिखेर पनि जोखिम हुने भएकाले सधै सर्तक भएर काम गर्नुपर्ने उनले बताए ।

के उनलाई कहिल्यै चुनौती आएनन् ? ‘स्याङ्जा र कास्कीको सीमाना उल्लेरीमा चार वर्ष अगाडि रेस्क्यु गर्न गएका थियौँ । त्यहाँ किङ कोब्रा आएको रहेछ । त्यहाँबाट फोटो पठाए । रेस्क्यु नि गरौ फोटो नि खिच्न हुन्छ भनेर भाइ र म गयौं । ठूलो रहेछ किङ कोब्रा । स्थानीयले धपाउन विभिन्न कार्य गरिसकेका रहेछन् । ढुंगा हानेका, आगो बालेका थिए । त्यस्तो गर्नु हुँदैनथ्यो । अब उद्धार नगरे सर्पलाई मार्छन् जस्तो लाग्यो । समातेर उद्धार गर्ने सोच बनाएँ,’ उनी सर्प रेस्क्यु कथा सुनाउँन थाले, ‘तर, हामीसँग रेस्क्युको लागि चाहिने सामान केही पनि थिएन । नजिकै गएको सर्प ठडियो । म बारीमा भागे, पछि बल्ल–बल्ल समाए । खासमा पहिल्लै जिस्काएको भएर त्यस्तो भएको थियो । अर्को कुरा मेरा लागि किङ कोब्रा समाएको नौलो अनुभव पनि थियो ।’ त्यसैले सर्प देखेपछि त्यसलाई केही नचलाएर उद्धारकर्मीलाई खबर गर्न उनी आग्रह गर्छन् ।

अहिले त रोहितलाई एकदिनमा नै दूई तीन वटा सर्प रेस्क्युकै लागि फोन आउन थालेका छन् । उद्धार गरेको सर्पलाई उनी मानिसको पनि सुरक्षा हुने र सर्पको पनि सुरक्षा हुने ठाउँमा लगेर छोड्ने गर्छन् । टाढा लगेर छोड्दा सर्प बाँच्ने सम्भावना कम हुन्छ । लगभग एक किलोमिटर आसपासमा छोडिन्छ । ‘धेरै टाढा लैजादा अरु सर्प पहिल्यै हुन्छ, त्यो ठाउँमा त्यो सँग लड्नु पऱ्यो । खानेकुरा कता पाइन्छ । पानी कता पाइन्छ नयाँ सर्पलाई थाहा हुँदैन्,’ उनी भन्छन्, ‘त्यही भएर रेस्क्यु गरेको नजिकै सुरक्षित हुने ठाउँमा छोड्ने गरेको छु ।’

सर्पको आक्रमणबाट जोगिन कुन सिजनमा सर्प बढी आउँछ भन्ने थाहा पाएर सर्तक हुनुपर्ने उनको तर्क छ । घरको वरीपरी काम गर्नुभन्दा अगाडि राम्रोसँग हेर्ने, घाँस काट्ने ठाउँमा हरेउ हुने भएकाले ख्याल गर्ने, तरकारी टिप्दा, झाडीमा काम गर्दा सर्तक रहनुपर्ने उनी बताउँछन् । रातिमा जंगल जाँदा लामो बुट लगाएर जाने, घर वरीपरी फोहर नगर्ने, दाउराको थुप्रोमा ख्याल गर्नुपर्ने उनको भनाइ छ । ‘खासमा मुसा खान सर्प आउने हो । घरभित्र छिर्ने प्वाल छन् भने टाल्नुपर्छ । त्यति गरे छिर्दैन,’ उनले टिप्स दिए ।

उनकाअनुसार सर्पले देख्ने बितिकै आक्रमण कहिल्यै गर्दैन, जब सर्पले आफूमाथि खतरा महसुस गर्छ अनि मात्र डस्ने गर्छ । सर्पलाई नजिस्काए उ सजिलै आफ्नो बाटो लाग्ने उनी बताउँछन् । सर्पको प्रजातीअनुसार बाच्ने आयु निर्धारण हुन्छ । रेस्क्युको कारण अहिले सर्पलाई सुरक्षित तरिकाले जोखिम नहुने ठाउँमा लाने चलन बढेकोले मानिसबाट सर्पको मृत्यु हुने क्रम निकै घटेको उनले सुनाए । सर्वसाधारण मानिसमा सर्प मार्नुहुन्न भन्ने चेत र सर्प संरक्षणमा लागेकाहरुको क्रियाशीलताले नै यो सम्भव गराएको हो ।

सर्प उद्धार गर्ने साहसी रोहितको लक्ष्य स्नातकको पढाइ पश्चात सर्पको विषयमा थप पढ्नेछ । सर्पको लागि केही गर्ने, सर्प बचाउने, सकेको खण्डमा सर्पको बारेमा जानकारी दिने केन्द्र खोल्ने उनको रहर हो । उनी मानिसहरुमाझ सर्पलाई मार्नुहुँदैन भन्ने बारेमा जानकारी दिन चाहन्छन् ।

सुरुमा उनले सर्प समात्न थालेको देखेपछि परिवारमा डरको माहोल सिर्जना भएको थियो । तर, अहिले परिवारको समेत सपोर्ट पाएपछि उनी झन् उत्साहित छन् ।

सर्पका फाइदा नै फाइदा

सर्पको फाइदै फाइदा भएको रोहित छन् । सर्पको विषबाट एन्टिभेनम बनाइन्छ । सर्पले इको सिस्टमा ठूलो सहयोग पुर्‍याउँछ । सर्पलाई खाने अरु प्राणी पनि हुन्छन् । अझ भन्दा सर्प किसानको नजिकको साथी हो । मुसा खाएर मुसाले गर्ने असर रोक्छ । सर्पको विषबाट अरु पनि विभिन्न औषधी बन्दछन् ।

कसरी समातिन्छ सर्प ? 

सर्प समाउन बल पनि चाहिन्छ । यो कुरा सर्पको जातमा भर पर्छ । सर्प समाउन हुक प्रयोग गरिन्छ । उचाल्ने तरिका कहाँ समात्ने तरिका जान्नुपर्छ । सर्पमा पनि धेरै कुरा निर्भर हुन्छन्, केही सर्प चल्ने, टोक्न आउने पनि हुन्छ । टेक्नीक मिलाएर समाउनु पर्छ । त्यसको लागि सर्पको आनीबानी थाहा पाउनुपर्छ । समात्नुभन्दा अगाडि कुन जातको हो, आनीबानी बुझेर जानकारी लिइन्छ । रोहित सेल्फ स्टडी, जर्नल, साइन्टिफिक पेपर पढेर जानकारी लिन्छन् । सामान्य जानकारी कलेजमा पढाइने कोर्सबाट पनि थाहा हुन्छ ।

नेपालमा सर्प उद्धार गर्नेहरु उति धेरै छैनन् । सर्पको उद्धारमा स्नेक कन्जरभेसन सोसाइटी नेपाल भने सक्रिय रुपमा लागेको छ । जसमा नेपालका १० जिल्लाका उद्धारकर्ताहरु रहेका छन् । यसका अध्यक्ष महेन्द्रप्रसाद कतिला हुन् । कास्कीमा महेन्द्रप्रसाद कतिला, रामजी गौतम, ऋषि बराल, रोहित गिरी, केशवराज सापकोटा र रोसन गिरी उद्धारकर्मीको रुपमा सक्रिय छन् । यसैगरी स्याङ्जामा पृथ्वीनारायण शर्मा, झापामा प्रल्लाद कार्की मुन्ना, मोरङमा प्रेम विष्ट, कञचनपुरमा यम राउत, रुपन्देहीमा कमल देवकोटा र प्रकाश ज्ञवाली, चितवनमा अनिरुद्र सापकोटा, सुनिल सापकोटा र प्रेम लामा, नवलपरासीमा पुष्कल नेपाल, दाङमा वसन्त सुवेदी र चिरन खनाल तथा सर्लाहीमा आभाष प्रधान उद्धारकर्मीका रुपमा कार्य गरिरहेका छन् ।

एक अध्ययनअनुसार संसारभर ३७ सय प्रजातिका सर्पहरु भएको पत्ता लागेको छ । जसमध्ये ६ सय प्रकारका सर्प विषालु हुन्छन् । नेपालमा ८० भन्दा बढी प्रकारका सर्प पाइन्छन् । जसमा २० प्रकारका सर्प विशालु छन् । सर्पको जात अनुसार स्वभाव फरक हुन्छ । नेपालमा ६ किसिमको करेत सर्प पाइन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
वाह ! जिन्दगी
पानीको फोहराले नगलेकी सुबानी

कृष्ण आचार्य

वैशाख ८, २०७७

वाह ! जिन्दगी
जक्सन न्यूरोड : चार दशकदेखिका ‘यार’

कृष्ण आचार्य

वैशाख ८, २०७७

वाह ! जिन्दगी
रियल हिरो अरुणको रेस्क्यु कथा

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

वाह ! जिन्दगी
‘लुरे’को सर्प समाउने कला

राजाराम पौडेल

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik