• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. ब्लग
ब्लग
म जन्मन बाँकी छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

मनोज पण्डित

म जन्मन बाँकी छ
तस्बिर: फ्री क्रिएटिभ स्टफ/पेक्सेल्स  
जेष्ठ १६, २०७७
मृत्युको भयलाई जित्न मान्छेले जन्मलाई बढीभन्दा बढी प्रचार गर्छ । आत्मसात गर्छ र प्राप्ति–उपलब्धिको आत्मरतिमा रमाउँछ । त्यसैले जन्मदिनको उत्सव मनाउँछ र आफूलाई नै आफू हुनु प्रमाणित गर्ने प्रयत्न गर्छ ।

म त्यति कुरालाई मात्र सत्य मान्न सक्छु, जसलाई अनुभव गरेको हुन्छु । कहिलेकाहीँ त त्यही अनुभव गरेको कुरा पनि सत्य नहुन सक्दो रहेछ । मेरो जन्म मेरा लागि सत्य हैन । मैले मेरो जन्मलाई अनुभव गर्न पाइनँ । अनुभव नगरेको मेरो जन्मलाई म सत्य स्वीकार्न सक्दिनँ । त्यसैले मेरो जन्म भएको छैन । म जन्मन बाँकी नै छ ।

मेरो आमा–बाले भनेको मितिलाई राज्यले प्रमाणित गरेपछि मसँग जेठ १६ को नाता सधैंका लागि गाँसियो । आमा–बाको भनाइअनुसार त्यो साँझ भरतपुर अस्पतालमा चेतनशील सानो शरीर आमाको कोखबाट बाहिरी संसारमा आगमन भयो । त्यही भएर यही दिन मेरो जन्मदिन घोषणा भयो । तर, त्यो शरीरको प्रारम्भ त केही महिनाअघि आमाको गर्भमा भइसकेको थियो । जन्मलाई प्रारम्भ मान्ने हो भने, त्यसअगाडि नै भइसकेको थियो । शरीरले आत्मसात गरेको चेतनशीलता र आमा–बाको प्रजनन संरचनामा पहिले नै स्थापित थियो ।

अझ भनौं, गतिशील ऊर्जाको रूपमा रहने चेतना त सजीव प्राणीमा अन्तर्निहित रहन्छ । विज्ञानले त ब्रम्हाण्ड नै चेतनशील ऊर्जाको उत्पादन हो भनिरहेछ । यसर्थ त्यो दिन जन्मिएको भनिएको अस्तित्व त ब्रम्हाण्डको स्रोतका रूपमा रहेको ऊर्जाको एक रूप भन्ने भएपछि त भन्न सकिन्छ कि, न यसको जन्म हुन्छ न मृत्यु । केवल रूपान्तरण र स्वरुपीकरण मात्र हुन्छ । यस आधारले त कुनै मितिको कुनै अर्थ नै रहेन । यो कहिले नजन्मिने र नमर्ने अस्तित्वलाई ती जोडीले न्वारान गरे, नाम राखे, परिवार चिनाए, समाज देखाए, पढाए, विभिन्न नियम र प्रणालीमा आबद्ध गराए । आर्थिक, राजनीतिक, सामाजिक, मनोवैज्ञानिक, परिस्थिति र अनुभूतसँग साक्षात्कार गराए । विभिन्न बन्धन, संघर्षका अवधारणाहरूलाई आत्मसात गर्ने परिस्थितिको निर्माण गरे । ती सबै नियतिबीचबाट आफ्नो नियति निर्माण गर्ने अवसर प्रदान गरे । यही क्रममा त्यस जेठ १६ को अस्तित्वले आफ्नो ‘सेल्फ’को निर्माण गर्‍यो । र, आफूलाई अनुभूति गर्न थाल्यो । आफ्नो अस्तित्वको सुरक्षा गर्न थाल्यो । अनि आफ्नो संसार निर्माण गर्‍यो ।

यही प्रणालीभित्र म, मेरो, मैले, मलाईजस्ता आधारभूत अवधारणाहरूको प्रारम्भ गर्‍यो र त्यसलाई विकास गर्दै गयो । यदि जन्मको अर्थ प्रारम्भ हो भने त्यस दिनभन्दा धेरै पछाडि थोपा–थोपा क्षणमा, स्थिति/परिस्थितिहरूमा, सपना र चाहनाहरूमा, घटना/परिघटनाहरूमा, नियत र नियतिहरूमा, सम्बन्ध, अवधारणा, वस्तु र अनुभूतिहरूमा पो हुँदै आयो । अर्थात् निरन्तर जन्मिरह्यो र यो जन्मिरहन्छ । मानवको यति नै अवधारणाहरूको विश्लेषण गर्दा त मेरो जन्म जेठ १६ गते भएको रहेनछ । केवल तयार शरीर बाहिर निस्केको मात्र रहेछ । भित्रबाट बाहिर निस्कनुलाई जन्म भन्नु आफैंमा कतिको जायज परिभाषा हो ! जन्मको अर्थ यदि भित्रबाट बाहिर निस्कनु हो भने के मृत्यु बाहिरबाट भित्र जानु हो ? त्यो भित्रचाहिँ के होला त ? सायद, यसको परिभाषा नै पुनरावलोकन गर्नु आवश्यक छ कि ! जन्मलाई प्रारम्भ ठान्ने प्रवृत्तिले यो बताउन सक्नुपर्छ– प्रारम्भ भन्दाअघि के हुन्छ ?


आमाको शरीरभित्र अस्तित्व निर्माण हुने घटना प्रारम्भ हैन भने प्रारम्भ के हो त ? त्यही प्रवृत्तिले मृत्युलाई अन्त्य ठान्छ । अनि जन्म सँगसँगै मृत्युको अस्तित्वलाई स्वीकार्छ । जन्म सँगसँगै मृत्यु गाँसिन्छ भने मृत्युसँग जन्म पनि त गाँसिन्छ । यसले त चक्रको निर्माण गर्छ । त्यसो हो भने चक्रमा प्रारम्भ र अन्त्य कहाँ हुन्छ ? प्रारम्भ र अन्त्य हुँदैन भने जन्म र मृत्यु पनि हुँदैन । यसर्थ जन्ममा उत्सव र मृत्युमा शोक किन गरिन्छ त ? किन भने जन्मलाई प्राप्ति र मृत्युलाई क्षतिको रूपमा लिइन्छ ।

यही अवधारणाले जीवनभर प्राप्तिको लालसा राखिरहन्छ र मृत्युसँग डराइरहन्छ । मृत्युलाई ती सबै प्राप्ति गुमाउने परिस्थितिको रूपमा चित्रित गरिन्छ । मृत्युको यो भयलाई जित्न मान्छेले जन्मलाई बढीभन्दा बढी प्रचार गर्छ । आत्मसात गर्छ र प्राप्ति–उपलब्धिको आत्मरतिमा रमाउँछ । त्यसैले जन्मदिनको उत्सव मनाउँछ र आफूलाई आफू हुनु प्रमाणित गर्ने प्रयत्न गर्छ । त्यसको सामाजिक स्वीकार्यता हासिल गर्न शुभकामना, उपहार आदान–प्रदानदेखि आफूले सक्दो भोज–भत्तेर गर्ने कार्यक्रम गर्दछ । बाहिर रमाउँछ, भित्र–भित्र मृत्यु नजिक पाइला चल्दै गरेको अनुभूतिहरूबाट त्रसित हुन्छ । वास्तवमा यो जन्मदिनको उत्सवको आवश्यकता त्यही ‘सेल्फ’को हो । जसलाई आफ्नो अस्तित्वको हुँकार गर्नुछ । ऊ जन्मिरहन चाहन्छ । मूल कुरा, ऊ स्थायी हुन चाहन्छ । त्यही स्थायित्वको आवश्यकतामा ऊ कम्तीमा एउटा दिनलाई विशेष बनाउन चाहन्छ र हरेक वर्ष चाहनालाई पूरा गरेर विशेष आनन्दको अनुभूति पूरा गर्न जन्मदिन मनाउने प्रपञ्च गर्छ । त्यसैले जेठ १६ को जन्मदिन मेरो होइन । त्यो उसको हो । मेरो जन्मदिन मलाई थाहा छैन । किनकि, म जन्मिएकै छैन । त्यसको लागि मैले उसको संसार त्याग्नुपर्छ, उसले बनाएको म/मैलेजस्ता सर्वनामहरू पहिचान गर्नुपर्छ र त्यसको बन्धनबाट मुक्त हुनुपर्छ । त्यसैले जेठ १६ ले दिने शुभकामना उपहारहरू स्वीकार्दै बच्चाबच्चीको लागि केक काट्नेछ र ‘ह्याप्पी बर्थडे टू यू’ मा मुस्कुराउँछ । यो नजन्मिएको मान्छे जन्मदिन मनाउँदै सोच्दै छ– म जन्मिन्छु कहिले त ?

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
ब्लग
विभेदले कुरुप बनेको मानव समाज

विष्णुप्रसाद शर्मा

वैशाख ८, २०७७

ब्लग
नर्सको प्रश्नः किन संवेदनहीन बन्दैछ समाज ?

सुमित्रा आचार्य

वैशाख ८, २०७७

ब्लग
म जन्मन बाँकी छ

मनोज पण्डित

वैशाख ८, २०७७

ब्लग
मृत्युको भयमा लकडाउन

सुमिना अभिलासी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik