• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. करिअर
करिअर
कृषि शिक्षालाई रामपुर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रमेशकुमार पौडेल

कृषि शिक्षालाई रामपुर
भाद्र १६, २०७५

चितवन जिल्लाको रामपुर कृषि तथा पशु विज्ञान विषयको अध्ययनका लागि देशभर नै चिनिएको छ । रामपुरमा वि.सं. २०२९ सालदेखि कृषि क्याम्पस सञ्चालनमा आएको हो । यहाँ पहिले त्रिभुवन विश्व विद्यालयअन्तर्गतको केन्द्रीय कृषि क्याम्पस थियो । वि.सं. २०६७ मा कृषि तथा वन विश्व विद्यालय ऐन जारी भएपछि रामपुर क्याम्पसले कृषि तथा वन विश्वविद्यालयका रूपमा फड्को मार्‍यो । कृषि विश्वविद्यालयमा वि.सं. २०६९ सालदेखि अध्यापन प्रारम्भ भयो । रामपुरमा कृषि, पशु चिकित्सा तथा माछा विज्ञानमा स्नातकदेखि विद्यावारिधि (पिएचडी) सम्मको अध्ययन–अध्यापन हुन्छ ।

विज्ञान विषय लिएर १२ कक्षा उत्तीर्ण गरेकाहरूले कृषि, पशु चिकित्सा तथा माछा विज्ञान अध्ययन गर्न सक्छन् । कृषि तथा वन विश्व विद्यालयका उपकुलपति डा. ईश्वरीप्रसाद ढकालका अनुसार रामपुरमा कृषिका लागि स्नातक तहमा १ सय ६५ जना भर्ना हुन पाउँछन् । त्यसैगरी पशु चिकित्सा विषयमा ५० जना तथा माछा विज्ञानमा १६ जना भर्ना हुनसक्ने ढकालले जानकारी दिए । ए र बी ग्रेडमा उत्तीर्ण भएकाहरू कृषिको प्रवेश परीक्षामा सामेल हुन सक्ने उनले बताए । प्रवेश परीक्षा पाँचवटा विषयमा हुन्छ । कक्षा १२ उत्तीर्ण भएर विश्व विद्यालयले लिने फिजिक्स, बायोलोजी, केमेस्ट्री, अंग्रेजी तथा गणित विषयको प्रवेश परीक्षा उत्तीर्ण गरेकाहरू भर्ना योग्य ठहरिन्छन् ।

विश्व विद्यालयले दसैंलगत्तै प्रवेश परीक्षाको सूचना निकाल्छ । मंसिरको पहिलो हप्ताभित्र प्रवेश परीक्षा हुने उपकुलपति ढकालले जानकारी दिए । पशु चिकित्सामा स्नातक पुरा गर्न पाँच वर्ष लाग्छ । कृषि तथा माछाको कोर्स चार वर्षमा पूरा हुन्छ । नेपाल कृषि प्रधान देश हो । कृषिको विषयमा प्राविधिक ज्ञान दिन मात्र होइन, अनुशन्धान र अनुसन्धानबाट आएका कुरा किसानसमक्ष पुर्‍याउने उद्देश्यले कृषि विश्वविद्यालयको स्थापना भएको हो ।

कृषि पढ्नेहरूले पनि एक सेमेस्टर अर्थात् ६ महिना किसानको खेतमै बिताउने उनले बताए । पहिले पशु चिकित्सामा मात्र यो व्यवस्था थियो । कृषि विश्वविद्यालयले कृषि अध्ययनमा पनि यस्तो कामको सुरुवात गरेको छ । शिक्षा, अनुसन्धान तथा अनुशन्धानको प्रशार अर्थात अनुसन्धानबाट प्राप्त नतिजालाई किसानको खेत–गोठसम्म पुर्‍याउने तीनवटै काम गर्न कृषि विश्व विद्यालयले भूमिका खेल्ने गरेको छ । 

कृषिका लागि प्रतिसेमेस्टर (६ महिनाको) ४ हजार ५ सय रुपैयाँ शुल्क रहे पनि केही सिट बढी शुल्क तिरेर समेत पढ्न सकिन्छ । विद्यार्थीले माछा विज्ञान तथा कृषिमा स्नातक तहको कोर्स पूरा गर्दा थप १ लाख ७० हजार रुपैयाँ बुझाउनुपर्छ भने पशु चिकित्सा अध्ययनका लागि ३ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्छ । 

‘सबै कुराले कृषि विषय अध्ययनमा रुचि बढेको छ’ उपकुलपति ढकालले भने । यहाँ पढेर विदेश गएकाहरूले पनि धेरै राम्रो काम पाइरहेको उनले बताए । यहाँ पढाइ पूरा गरेकामध्ये २५ प्रतिशत देश बाहिर जाने गरेका छन् । ‘बाहिर गएकाहरूले पनि त्यहाँ आफुलाई अब्बल सावित गर्दै आएका छन् । हाम्रो शिक्षा विश्व स्तरकै छ । त्यसैले यहाँ भर्ना हुन चाहनेहरूको भीड लाग्छ,’ ढकालले भने । कृषिमा रामपुरमा १ सय ६५ जना भर्ना गरिए पनि अन्य चारवटा आंगिक क्याम्पस सुरु भएको र त्यहाँ ५०/५० जनाका दरले २ सय विद्यार्थी भर्ना हुनसक्ने ढकालले बताए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
करिअर
लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

सुजाता मुखिया

वैशाख ८, २०७७

करिअर
फोर्ब्स सूचीमा ६ नेपाली

वैशाख ८, २०७७

करिअर
पीडामा पाइलट : काम पाउनै मुस्किल

कृष्ण आचार्य

वैशाख ८, २०७७

करिअर
    कुन पेसामा कति तलब 

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik