• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. करिअर
करिअर
    कुन पेसामा कति तलब 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

    कुन पेसामा कति तलब 
माघ १५, २०७६

उच्च शिक्षा अध्ययनका सिलसिलामा बर्सेनि हजारौं नेपाली विद्यार्थीले पश्चिमी मुलुकका विश्वविद्यालय खोजिरहेका हुन्छन् । पश्चिमी मुलुकका विश्वविद्यालयहरूमा अध्ययन गरेर धेरैले आफ्नो रोजगारीको ढोका खोल्नेसमेत गरेका छन्, तर अध्ययनका लागि विदेश जानुअघि कुन विषय पढ्दा रोजगारीको सुनिश्चितता बढी हुन्छ र कुन रोजगारीले मासिक तलब बढी आउला भन्ने कुरामा धेरै विद्यार्थीलाई द्विविधा हुन्छ । किपलाइनरले हालै कुन विषय पढेर रोजगारी अँगाल्यो भने आर्थिक रूपमा बढी फाइदाजनक हुन्छ भन्ने विषयमा लामै सूची सार्वजनिक गरेको छ । 

पश्चिमी मुलुकमा हाई स्कुलको डिप्लोमाभन्दा कुनै निश्चित विषयमा विश्वविद्यालयको डिप्लोमा लिएर रोजगारीको क्षेत्रमा प्रवेश गरेमा आम्दानी ८० प्रतिशतले बढ्ने गर्छ । अझ अमेरिकामा कुनै विश्वविद्यालयको डिग्री लिएर रोजगारीमा प्रवेश गरे कर्मचारीको तलबमान अझ बढी हुन्छ । यसरी जाने रोजगारदाताको कामको प्रकृतिअनुसार तलब भने फरक हुन्छ । 

इलेक्ट्रिकल इन्जिनियरिङ

पछिल्लो पटक टेक्नोलोजीको विकासले गर्दा यो पेसाका इन्जिनियरहरूको माग बढ्दै गएको छ । दिनहुँ फेरिँदै गएको टेक्नोलोजीका कारण इलेक्ट्रिकल इन्जिनियरको रोजगारीको अवसर करिब २३ प्रतिशतले अमेरिकामा बढेको छ । अर्को केही दशकसम्म यो संख्या अझै बढ्ने देखिन्छ । यो पेसामा रहेर पहिलो चरणमा कुनै पनि व्यक्तिले ७९ लाख वार्षिक आम्दानी गर्न सक्छन् भने अनुभवका आधारमा उसको तलब बढेर वार्षिक १ करोड साढे ३३ लाख रुपैयाँसम्म पुग्ने गर्छ । 

नर्सिङ

नर्सिङ पेसाको माग अहिले सबै क्षेत्रमा अत्यधिक बढ्दै गएको छ । प्रतिष्ठित पेसाका रूपमा मानिने नर्सिङ स्टाफलाई अहिले अस्पतालदेखि निजी स्वास्थ्य सेवाको क्षेत्रमा पनि माग गरिन थालिएको छ । सबैलाई लामो समय बाँच्ने चाहना भएकै कारण यो पेसामा रहेका व्यक्तिहरूलाई राम्रै पारिश्रमिक दिएर राख्ने समेत गर्छन् । एक अनुमानअनुसार अहिले अमेरिकामा नर्सले पहिलो चरणमा वार्षिक साढे ६९ लाख रुपैयाँ आम्दानी गर्छन् भने उनीहरूको अनुभवअनुसार यो तलब बढेर करिब ८८ लाख रुपैयाँसम्म हुने गरेको छ । 

कम्प्युटर इन्जिनियरिङ

प्रविधिको जमाना भएका कारण अहिले कम्प्युटर इन्जिनियरहरूको माग सर्वत्र अत्यधिक छ । कम्प्युटरको हार्डवेयर इन्जिनियरिङदेखि विभिन्न सिस्टमको डिजाइन गर्नुपर्ने यो पेसामा दिनहुँ रोजगारीका माग बढिरहेका छन् । राम्रो कम्प्युटर इन्जिनियरले रोजगारी सुरु गरेको वर्षमै लगभग ८२ लाख वार्षिक आम्दानी गर्छन् भने अनुभव बढ्दै गएपछि उनीहरूको आम्दानी बढेर १ करोड ३६ लाख रुपैयाँको हाराहारीमा पुग्ने गर्छ । 

केमिकल इन्जिनियरिङ 

कच्चा पदार्थहरूको प्रयोग गरेर कपडा, खानेकुरा, इन्धन, औषधिजस्ता पदार्थ उत्पादनको क्षेत्रमा अवसरहरू बढ्दै गएको छ । यो विषयअन्तर्गत पनि धेरै किसिमको विषयहरू रहेका छन् । यो विषयमा अध्ययन गरेर केमिकल इन्जिनियरिङको ढोका खोलिन्छ । एक अनुमानअनुसार अहिले अमेरिकामा मात्र वार्षिक साढे १७ प्रतिशतको दरमा यो पेसाको माग बढिरहेको छ । यो पेसामा रहेर काम गर्ने केमिकल इन्जिनियरले पहिलो चरणमा वार्षिक ८१ लाख रुपैयाँ तलब पाउँछन् भने अनुभवका आधारमा १ करोड ४४ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्छन् ।

सिभिल इन्जिनियरिङ

निर्माण क्षेत्रको ढाँचा तयार गर्नेमा सिभिल इन्जिनियरको भूमिका महत्त्वपूर्ण हुन्छ । ठूला–ठूला निर्माण कम्पनीहरूले वर्षौं लगानी गरेर परियोजना, हवाई अड्डा तथा सहरीकरण गर्नुपर्ने हुनाले सिभिल इन्जिनियरहरूको माग धेरै देशमा उच्च छ । अमेरिकामा अहिले सिभिल इन्जिनियरले पहिलो चरणमा वार्षिक ६८ लाख रुपैयाँ तलब पाउने गर्छन् भने उनीहरूको अनुभवका आधारमा यो तलब बढेर १ करोड १५ लाख रुपैयाँसम्म पुग्छ । 

बायोमेडिकल इन्जिनियरिङ

प्रविधि र स्वास्थ्यको क्षेत्रमा अहिले रोजगारीका सर्वाधिक अवसरहरू सिर्जना हुँदै आएको छ । बायोमेडिकल इन्जिनियरिङ यी दुवैको मिश्रित काम भएका कारण यो पेसामा अवसरका ढोकाहरू पनि प्रशस्तै खोलिन थालेको छ । विज्ञानको क्षेत्रले गरेका नवीनतम आविष्कारहरूको परीक्षण बायोमेडिकल इन्जिनियरले गर्नुपर्ने हुनाले यो पेसामा उत्तिकै दक्षताको पनि आवश्यकता छ, जसका कारण यो पेसामा भएका व्यक्तिले पहिलो चरणमै वार्षिक साढे ७४ लाख रुपैयाँदेखि अनुभवको आधारमा १ करोड २५ लाख रुपैयाँसम्म आम्दानी गर्न सक्छन् । 

कम्प्युटर साइन्स

यो विषयमा गरिने विशेषज्ञता धेरै क्षेत्रलाई उपयोगी हुन्छ । यो विषयको अध्ययन गरेपछि प्रविधिको क्षेत्रमा पनि काम गर्न सकिन्छ भने एप्स निर्माणमा पनि, यस्तै सिस्टममा पनि काम गर्न सकिने ढोका खुल्छ । उत्कृष्ट रोजगारीको क्षेत्रमा पर्ने कम्प्युटर साइन्समा मात्र अमेरिकामा आगामी एक दशकमा साढे ३० प्रतिशतले रोजगारीका अवसरहरू खोलिने अनुमान गरिएको छ । यो पेसामा आबद्ध हुँदा प्रारम्भिक चरणमा वार्षिक ७८ लाख रुपैयाँ तलब पाइन्छ भने अनुभवका आधारमा वार्षिक १ करोड २९ लाख रुपैयाँसम्म पाउन सकिन्छ । 

कन्स्ट्रक्सन म्यानेजमेन्ट

जनसंख्या वृद्धि, जमिनको उपयोगजस्ता कारणले अहिले सानो स्थानमा भवन, अस्पताल, कार्यालय, विद्यालयको निर्माण कार्य तीव्र भइरहेको छ । योबाहेक भएका भवनहरूको पुनर्निर्माण, मर्मतजस्ता क्षेत्रमा काम गर्न कन्स्ट्रक्सन म्यानेजमेन्टको भूमिका महत्त्वपूर्ण मानिन्छ । देशको आर्थिक अवस्थाका कारण यो पेसामा रहेका व्यक्तिहरूको रोजगारीको अवसर तलमाथि पर्ने भए पनि अमेरिकामा मात्र वार्षिक ३ दशमलव ३ प्रतिशतले यो पेसामा माग बढिरहेको छ । यो पेसामा प्रवेश गर्ने व्यक्तिले प्रारम्भिक चरणमा वार्षिक ६६ लाख रुपैयाँ तलब पाउँछन् भने अनुभवका आधारमा उनीहरूको तलब १ करोड साढे १३ लाख रुपैयाँसम्म हुन्छ ।

मेकानिकल इन्जिनियरिङ

इन्जिनियरिङको अथाह सम्भावनाका बीचमा मेकानिकल इन्जिनियरिङको अवसर पनि प्रशस्तै छ । कुनै पनि प्रविधिको सर्किट, त्यसमा गरिने प्रविधि, तरल पदार्थहरूको प्रयोगजस्ता कामले यो पेसालाई पनि जटिल बनाएको छ, जसका कारण यो पेसामा रोजगारीका अवसरहरू पनि बढिरहेका छन् । यो पेसामा अमेरिकामा काम गर्ने व्यक्तिले प्रारम्भिक चरणमा ७४ लाख रुपैयाँदेखि अनुभवका आधारमा १ करोड २३ लाख रुपैयाँसम्म बार्षिक तलब पाउने गर्छन् । 

पेट्रोलियम इन्जिनियरिङ

इन्जिनियरिङ क्षेत्रको एउटा विधाका रूपमा रहेको पेट्रोलियम इन्जिनियरिङको क्षेत्रमा प्रशस्तै अवसर छन् । विभिन्न देशले पेट्रोलियम पदार्थको अन्वेषणदेखि प्रशोधनमा ध्यान दिन थालेपछि यो क्षेत्रमा दक्ष इन्जिनियरहरूको माग बढी छ । अमेरिकामा पनि पेट्रोलियम इन्जिनियरहरूको माग बर्सेनि १३ दशमलव १ प्रतिशतले बढिरहेको छ । पेट्रोलियम इन्जिनियरिङको क्षेत्रमा काम गर्ने इन्जिनियरले पहिलो चरणमै वार्षिक ९३ लाख ४५ हजार रुपैयाँ तलब पाउँछन् भने उनीहरूको अनुभवका आधारमा औसत रुपमा २ करोड साढे ७ लाख रुपैयाँसम्म तलब हुन्छ ।

वार्षिक आकर्षक तलब भएका अन्य पेसाहरू 

म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम

प्रारम्भिक तलब : ६८ लाख रुपैयाँ

अनुभवी : १ करोड १७ लाख रुपैयाँ

इन्डस्ट्रियल इन्जिनियरिङ

प्रारम्भिक तलब : ७५ लाख रुपैयाँ

अनुभवी : १ करोड २५ लाख रुपैयाँ

न्युक्लियर इन्जिनियरिङ

प्रारम्भिक तलब : ७९ लाख ८९ हजार रुपैयाँ

अनुभवी : १ करोड ३७ लाख ५२ हजार रुपैयाँ

सफ्टवेयर इन्जिनियरिङ

प्रारम्भिक तलब : ७८ लाख रुपैयाँ

अनुभवी : १ करोड २३ लाख २८ हजार रुपैयाँ

बिजनेस एडमिनिस्ट्रेसन

प्रारम्भिक तलब : ५५ लाख रुपैयाँ

अनुभवी : ८९ लाख ३८ हजार रुपैयाँ

मेटेरियल साइन्स

प्रारम्भिक तलब : ७६ लाख ७२ हजार रुपैयाँ

अनुभवी : १ करोड २० लाख रुपैयाँ

केमिस्ट्री

प्रारम्भिक तलब : ५४ लाख रुपैयाँ

अनुभवी : १ करोड २ लाख रुपैयाँ

इकोनोमिस्ट

प्रारम्भिक तलब : ६४ लाख रुपैयाँ

अनुभवी : १ करोड १९ लाख रुपैयाँ

फुड साइन्स

प्रारम्भिक तलब : ५६ लाख रुपैयाँ

अनुभवी : ९६ लाख ७२ हजार रुपैयाँ

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
करिअर
लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

सुजाता मुखिया

वैशाख ८, २०७७

करिअर
फोर्ब्स सूचीमा ६ नेपाली

वैशाख ८, २०७७

करिअर
पीडामा पाइलट : काम पाउनै मुस्किल

कृष्ण आचार्य

वैशाख ८, २०७७

करिअर
    कुन पेसामा कति तलब 

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik