• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. करिअर
करिअर
फोर्ब्स सूचीमा ६ नेपाली
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

फोर्ब्स सूचीमा ६ नेपाली
चैत्र २०, २०७६

विश्वप्रसिद्ध फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको सूचीमा ६ जना नेपाली परेका छन् । फोब्र्सले सन् २०२० को विभिन्न विधाबाट छनोट गरी बनाएको एसियाका ‘३० अन्डर ३०’ उदीयमान युवाको सूचीमा नेपालमा ६ जना युवाले स्थान बनाएका हुन् । 

फोर्ब्सले जारी गरेको सूचीमा सोसल इन्टरप्रेनर्स विधामा तीन जना, रिटेल तथा इकमर्समा दुई जना र इन्टरटेनमेण्ट एण्ड स्पोर्ट्स विधामा एक नेपाली युवा अटाएका छन् । नवीनतम सोच र सम्भावना बोकेका युवालाई समेटेर फोर्ब्सले विगत केही वर्षदेखि ‘३० अन्डर ३०’ को सूची सार्वजनिक गर्दै आएको छ । 

सन् २०२० को उक्त सूचीमा सोसल इन्टरप्रेनरसिप विधामा ‘प्याड २ गो’का फाउण्डर सुभाङ्गी राणा र जेसिलिना राणा परेका छन् । यही क्याटागोरीमा ‘फुड मारियो’का को–फाउण्डर रोहित तिवारी पनि परेका छन् । यस्तै, रिटेल तथा इकमर्सतर्फ ‘अर्बान गर्ल’की संस्थापकद्वय निकिता आचार्य र किरण तिम्सिनाले स्थान बनाएका छन् । खेलकुद तथा मनोरन्जनमा भने गल्फर प्रतिमा शेर्पा परेकी छन् । 

फोर्ब्सले ‘३० अन्डर ३०’ लागि इन्टरप्राइज टेक्नोलोजी, फाइनान्स एण्ड भेन्चर क्यापिटल, इन्डस्ट्री, म्यानुफ्याक्चर र इनर्जी, मिडिया, मार्केटिङ र एड्भर्टाइजिङ, सेलिब्रिटी, योङ्गेष्ट, बिग मनी, रिटेल र इ–कमर्स, कन्जुमर टेक्नोलोजी, इन्टरटेन्मेन्ट र स्पोट्र्स, हेल्थकेयर र साइन्स, सोसल इन्टरपेनर्सजस्ता विधामा उल्लेखनीय कार्य गर्ने युवाहरूलाई छनोट गरी सूचीकृत गर्ने गरेको छ । 

प्रतिमा शेर्पा, २०, खेलाडी (गल्फर)

नेपाल गल्फ कोर्सको मर्मत सेड, थर्ड होलको पछाडि प्रतिमा शेर्पा हुर्किएकी हुन् । उनको पहिलो गल्फ खेल्ने सपना उनी ११ वर्षको हुँदा उनका बुवाले रुखको हाँगा भाँचेर बनाएको लट्ठीवाट भएको थियो ।

अहिले उनी पहिलो श्रेणीकी अमेच्योर महिला गल्फर हुन् । उनका अभिभावक अझै त्यही मर्मत सेडमा रहन्छन् । उनी चाहिँ कलेजको दोस्रो वर्षमा स्यान्टा बारबरा सिटी कलेजमा पढ्छिन् । उनको सपनाचाहिँ नेपालको पहिलो महिला प्रो गल्फर हुने र नेपालबाट अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने छ । 

जेसिलिना राणा, २४, सुभाङ्गी राणा २३, सह–संस्थापक प्याड टु गो 

सुभाङ्गी राणा (इन्जिनियर) र जेसोलिना राणा (मानअधिकारकर्मी, वकिल) मिलेर सन् २०१८ मा ‘प्याड टु गो’ नामक सामाजिक उद्यमशीलता नेपालमा सुरु गरेका थिए । यसले महिनावारी स्वास्थ्य र यससँग सम्बन्धित सामाजिक अन्धविश्वास र सोचलाई बदल्ने  काममा आफूलाई केन्द्रित गरेको छ । यसमार्फत नेपालका ४ वटा प्रदेशमा ८० मेसिन राखिएका छन्, जसले महिलालाई महिनावारीका बेला आवश्यक पर्ने स्यानिटरी नेपकिन उत्पादन र वितरण गर्छ । यस्ता मेसिन स्कुल, अस्पताल, सिनेमाघर, बैंक र अफिसमा राखिएका छन् । यो एउटा मेसिनले २ सय जना महिलालाई नेपकिन दिन सक्छ । महिनावारी सम्बन्धी अन्धविश्वास र धारणा बदल्नलाई विभिन्न सामाजिक कार्यका साथै त्यहाँ उत्पादकसँग काम गरेर सस्तोमा यस्ता नेपकिन ल्याउने काम पनि योसंस्थाले गर्दै आएको छ । 

एगुवासान वर्कसप स्विट्जरल्याण्डमा प्याड टु गोले प्रथम र सिंगापुरमा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । यो वर्कसपका अनुसार एसियामा महिलाद्वारा संचालित उद्यमशीलतामा राम्रो भूमिका निर्वाह गर्नेलाई पुरस्कृत गरिन्छ । यसलाई इन्सेड र फेसबुकले आयोजना गरेका थिए । 

रोहित तिवारी, २८, सह–संस्थापक, फुड मारियो 

फुड मारियो नेपालको त्यस्तो डिजिटल माध्यम हो, जसमा सेवाग्राहीले घरमै बस्ने सेफसँग घरमै पकाएको खाना आफ्नो घरसम्म मगाउन सक्छन् । रोहित तिवारीले बनाएको यो माध्यमले घरमा काम गर्ने महिलादेखि विद्यार्थीसम्मलाई रोजगारी दिन मद्दत गरेको छ । उनीहरू आफ्नै घरको किचनमा पकाएर खाना बेच्न सक्छन् । अहिलेसम्म फुड मारियोले १० हजारभन्दा बढी खानाका प्रकार सेवाग्राहीलाई पु¥याइसकेको छ । यसले सय भन्दा बढी घरबाटै काम गर्ने र खाना पकाउनेलाई रोजगारी दिएको छ । 

निकिता आचार्य, २६, र किरण तिम्सिना, २८ ः सह–संस्थापक, अर्बान गर्ल 

२ सय डलरको सामान्य लगानीबाट निकिता आचार्य र किरण तिम्सिनाले सन् २०१२ मा ‘अर्बान गर्ल’ नामक इ–कमर्स नेपालमा सुरु गरे । यो साइटले सुरुमा फेसनका गरगहना र अरू सामान जस्तै टिसर्ट, पानीका बोतल हुँदै पछि मेकअपका सामान, इलेक्ट्रोनिक्स सामान र घर सजावटका सामान बेच्न थाल्यो । अहिले यसमा ५० जनाभन्दा बढी काम गर्छन् भने काठमाडौं र पोखरा दुवै ठाउँबाट संचालन हुन्छ । सन् २०१६ मा उनीहरूले बेकरीमा हात हाले र अनलाइनबाट केक बेच्न थालेका छन् । कान नसुन्ने नेपाली महिलालाई तालिम दिएर गण्डकी बहिरा समाजसँग मिलेर यो बेकरीमा काम भइरहेको छ । 

एजेन्सीको सहयोगमा जनक तिमिल्सिना

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
करिअर
लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

सुजाता मुखिया

वैशाख ८, २०७७

करिअर
फोर्ब्स सूचीमा ६ नेपाली

वैशाख ८, २०७७

करिअर
पीडामा पाइलट : काम पाउनै मुस्किल

कृष्ण आचार्य

वैशाख ८, २०७७

करिअर
    कुन पेसामा कति तलब 

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik