• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. करिअर
करिअर
सोसल मिडियाबाट यसरी कमाउन सकिन्छ पैसा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

नरेन्द्र रौले

सोसल मिडियाबाट यसरी कमाउन सकिन्छ पैसा
पुस ४, २०७५

केही अनुसन्धानले बताए अनुसार हरेक व्यक्तिले एक दिनमा कम्तीमा दुई घण्टा सोसल मिडियामा बिताउँछन् । अझ सोसल मिडियाका एडिक्टहरूले त त्योभन्दा बढी नै समय मोबाइलमा बिताउँछन् । गेम खेल्न, च्याट गर्न, कल गर्न मात्र होइन सोसल मिडियाबाट मनग्गे पैसा समेत आम्दानी गर्न सकिन्छ । त्यसका लागि मात्र तपाईं यसलाई कसरी प्रयोग गर्नुहुन्छ भन्ने कुरामा भर पर्छ ।

इन्स्टाग्राम

इन्स्टाग्राम युवा–युवतीबीच लोकप्रिय छ । विशेषगरी फोटो पोस्टका लागि चर्चित यो एपमा विभिन्न स्वदेशी तथा कम्पनीले विज्ञापन दिँदै आएका छन् । तपाईंको आफ्नै नाममा खोलिएको इन्स्टाग्राम एकाउन्ट होस्, वा कुनै क्षेत्रलाई लक्षित गर्दै खोलिएको एकाउन्ट होस्, राम्रोसँग चलाउन सकियो भने यसबाट पैसा आर्जन गर्न सकिन्छ । सेलिब्रिटीहरूले यसमा आफ्नो पोस्ट संख्या अनुसार पैसा लिने गरेका छन् । आफूले पोस्ट गरेको फोटोले अत्यधिक लाइक्स बटुल्छ भने स्वयं विज्ञापनदाताहरूले तपाईंसँग सम्पर्क गर्न सक्छन् वा आफैं पनि विज्ञापनदातासँग सम्पर्क गर्न सकिन्छ । पहिले–पहिले फोटो मात्र अपलोड गर्न मिल्ने इन्स्टाग्राममा अचेल भिडियो समेत अपलोड गर्न सकिन्छ । काठमाडौंका विवेक लामिछानेले इन्स्टाग्राममा पढन्ते एकाउन्ट खोलेको धेरै भएको छैन । लामिछाने उक्त एकाउन्टमार्फत नयाँ–नयाँ पुस्तकको व्यापार गर्छन् । काठमाडौं उपत्यकाभित्र नि:शुल्क पुस्तक डेलिभरी दिँदै आएका विवेकले इन्स्टाग्राममार्फत गरेको पुस्तक व्यापारले राम्रो बजार लिइरहेको छ ।

 

फेसबुक

यदि तपाईं फेसबुकबाट पैसा कमाउन चाहनुहुन्छ भने तपाईंसँग धेरै लाइक्स भएको पेज हुन जरुरी छ । यदि आफ्नो एकाउन्टमा नै धेरै लाइक्स आउँछ, रिच धेरै नै छ भने त्यसबाट पनि पैसा कमाउन सकिन्छ । कति कमाई हुन्छ भन्ने कुरा पेजको लाइक्सका आधारमा हुन्छ । बिभिन्न ब्रान्डले फेसबुकमार्फत विज्ञापन गरिरहेका हुन्छन् । पेजहरूले लाइक्स, कमेन्ट तथा सेयरिङका आधारमा पैसा लिने गरेका छन् । नेपाली व्यवसायीहरूले पनि फेसुबकका लागि पनि पैसा छुट्याउने गरेका छन् । केही सेलिब्रिटीले पोस्ट अनुसार पैसा लिने गरेका छन् । तपाईंले कुन क्षेत्रमा व्यापार गर्ने निर्णय गर्नुभएको छ ? खानपान, मनोरन्जन, विज्ञान तथा प्रविधि जुन क्षेत्रलाई लक्ष्य राखिएको त्यही क्षेत्रका विषयवस्तु राखेर पेज चलाउने तथा क्रमश: लाइक्स बढाउने । अब त्यही आधारमा आफ्नो ब्यापार बढाउन सकिन्छ ।

 

युट्युब

युट्युबका प्रयोगकर्ताको संख्या नेपालमा पनि दिनानुदिन बढ्दै गएको गएको छ । रेडियो, टेलिभिजन, पत्रपत्रिका भन्दा युट्युब हेर्नेहरूको संख्या तीव्र गतिमा बढ्दै गएको पाइन्छ । रेडियो, टेलिभिजनमा प्रसारण भएका कार्यक्रम एक पटक हेरेपछि दोहोर्‍याएर सुन्न– हेर्न मिल्दैन तर युट्युबमा भने जुनसुकै बेला पनि हेर्न वा सुन्न, फरवार्ड वा ब्याक गर्न, सेभ गर्न, साथीहरूलाई पठाउन सकिन्छ । यही सहजताका कारण पनि यसका प्रयोगकर्ता बढ्दै गएका हुन् । यदि युट्युबमा तपाईंको एकाउन्ट छ भने यसमार्फत पैसा समेत आर्जन गर्न सकिन्छ । त्यसका लागि तपाईंको च्यानल मोनिटाइज हुन जरुरी छ । सन् २०१८ पछि युट्युबले केही नियम परिवर्तन गरेको छ । तपाईंले नयाँ जिमेल एकाउन्टमार्फत कुनै च्यानल खोलेपछि सुरुमा कम्तीमा १ हजार सब्सक्राइब र भिडियोहरू चार घण्टा हेरिएपछि मात्र च्यानल मोनिटाइज हुन्छ । त्यसपछि मात्र भ्युजका आधारमा कमाई सुरु हुन्छ । आफूले अपलोड गरेका भिडियो बाहेक कुनै कम्पनीका प्रमोसनल भिडियो बनाएर पनि कमाई गर्न सकिन्छ । त्यसका लागि सुरुमा आफ्नो च्यानलको पहिचान बलियो बनाउन जरुरी छ । कुन क्षेत्रमा काम गर्ने हो ? खेलकुद, खानपान, मनोरन्जन, विज्ञान तथा प्रविधि ? स्पष्ट भएर काम गर्नु अझ प्रभावकारी हुन्छ ।

 

टिकटक

टिकटक एपको प्रयोगबाट पनि मानिसहरूले पैसा आर्जन गर्न सक्छन् । यदि तपाईंमा कुनै कला, प्रतिभा छ भने भिडियो बनाएर टिकटकमा राख्न सकिन्छ । चाहे क्यारिकेचर गर्नुहोस् वा डान्स, १५ सेकेन्डको भिडियो बनाएर टिकटकमा अपलोड गर्न सकिन्छ । तपाईंले तयार पारेका भिडियोको लोकप्रियताका आधारमा विभिन्न कम्पनी तथा चलचित्र निर्माताहरूले निश्चित बजेट दिएर आफ्नो कामको प्रचार–प्रसार गर्न सक्छन् ।

 

ट्वीटर

ट्वीटर नेपालमा त्यति कमर्ससियल भैसकेको छैन । ट्वीटर फेसबुक जति लोकप्रिय पनि छैन । यसमा कुनै कम्पनी वा ब्रान्डको आधिकारिक ट्वीटर एकाउन्ट म्यानेज गरेर काम गर्न सकिन्छ । सोसल मिडिया म्यानेजरका रूपमा बिभिन्न कम्पनी, संघ–संस्थाहरूमा काम गर्न सकिन्छ ।

 

त्यसबाहेक यसरी पनि कमाउन सकिन्छ :

यदि तपाईं फोटोग्राफीमा रुचि राख्नुहुन्छ र राम्रा–राम्रा तस्बिर खिच्नुभएको छ भने त्यसैलाई बेचेर पनि आम्दानी गर्न सकिन्छ । तस्बिर डिएसएलआर क्यामेरा वा कुनै महँगै क्यामेराले खिचेको हुनुपर्छ भन्ने छैन । यदि फोटाग्राफी कला छ भने मोबाइलले खिचेकै तस्बिर पनि बिक्री गर्न सकिन्छ । मोबाइलमा VSCO एप डाउलोड गर्नुभयो र यसबाट फोटो खिच्नुभयो भने राम्रो खालका तस्बिर लिन सकिन्छ । यसरी खिचिएका तस्बिरलाई फ्लीकरमा अपलोड गर्न सकिन्छ । त्यस्तै स्न्यापवायर, मोबाइलप्रिन्ट्स तथा Twenty20 मा आफ्नो पोर्टफोलियो क्रिएट गरेर खिचिएका तस्बिर अपलोड गर्ने हो भने इच्छुकहरूले खरिद गर्न सक्छन् । यद्यपि त्यसका लागि समय, शक्ति खर्चिनुपर्ने हुन्छ । आफूमा लेख्ने कला छ भने सोसल मिडिया कन्टेन्ट राइटरका रूपमा समेत काम गर्न सकिन्छ । 

त्यस्तै टम्बलर र इन्स्टाग्राममा आफूले कोरेका आर्टहरू पोस्ट गर्न सकिन्छ । यदि तपाईंका आर्ट भाइरल भए, आम मानिसहरूमाझ पुगे भने बिग कार्टेल र भ्तकथ मार्फत बिक्री गर्न सकिन्छ । यदि तपाईंमा बोल्ने कला छ भने साउन्ड क्लाउडमा गएर आफ्नो अडियो अपलोड गर्न सकिन्छ । म्युजिक कम्पोज गर्ने कला छ भने साउन्ड क्लाउडमा अपलोड गर्नुहोस् । यसमा विभिन्न कम्पनीका लागि अडियो विज्ञापन उत्पादन गर्न सकिन्छ ।  

नेपालमा कसका प्रयोगकर्ताहरू कति ?

फेसबुक २ करोड ९६ लाख ५४ हजार 

इन्स्टाग्राम १२ लाख

ट्वीटर २३ लाख 

युट्युब ३८ लाख

पिन्इन्ट्रेस्ट ५ लाख

लिंक्ड्इन ५ लाख ४० हजार

(सन् २०१८ मा द सोसल मिडिया टुडेले गरेको अनुसन्धानमा आधारित) 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
करिअर
लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

सुजाता मुखिया

वैशाख ८, २०७७

करिअर
फोर्ब्स सूचीमा ६ नेपाली

वैशाख ८, २०७७

करिअर
पीडामा पाइलट : काम पाउनै मुस्किल

कृष्ण आचार्य

वैशाख ८, २०७७

करिअर
    कुन पेसामा कति तलब 

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik