• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. करिअर
करिअर
सरकारी जागिरको मोह
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

युवराज गौतम

सरकारी जागिरको मोह
माघ १, २०७५

देश संघीयतामा गैसकेर प्रदेश तथा स्थानीय सरकार बनिसकेपछि सरकारी सेवामा प्रशस्त अवसर खुलिरहेका छन् । सरकारी जागिरप्रतिको मोह र त्यसमा भविष्य देख्ने निर्मल, प्रकाश र ईश्वरजस्ता हजारौं युवा यतिबेला लोकसेवा परीक्षाको तयारी गरिरहेका छन् । काठमाडौं उपत्यका र बाहिरी जिल्लामा खुलेका लोकसेवा तयारी कक्षा चलाइरहेका इन्स्टिच्युटहरूमा विद्यार्थीको चाप हेर्दा सरकारी जागिरप्रतिको मोह अत्याधिक बढेर गएको पाइन्छ ।

गुल्मी तम्घासका निर्मल बस्नेत काठमाडौंमा बसेर लोकसेवा परीक्षाको तयारीमा छन् । अघिल्लो वर्ष प्रशासन सेवातर्फ अधिकृतको परीक्षा दिएका बस्नेत यो वर्ष पनि सोही पदका लागि मेहनतका साथ तयारी गरिरहेका छन् । ‘दैनिक छ–सात घण्टा पढ्दैछु, सबै किसिमका विषयवस्तु खोजेर अध्ययन गरिरहेको छु,’ उनले भने, ‘निजामती सेवामा नाम निकाल्न सकियो भने जीवन सहज रूपमा चलाउन सकिने मात्र नभै सम्मान र व्यक्तिगत प्रतिष्ठा पनि राम्रो हुन्छ ।’

त्यस्तै सशस्त्र प्रहरी सहायक निरीक्षकको तयारी गरिरहेका सर्लाहीका प्रकाश रायक्षेत्री परीक्षाको तयारीका लागि भनेर अर्को जागिर छाडेर लागि परेका छन् । ‘प्राइभेट जागिर खाँदा त्यति ‘सेक्युयर’ नहुने र लक्ष्य पनि देशका लागि केही गरौं भन्ने भएकाले यता मन लगाएको हुँ’, रायले भने । निजामतीको तुलनामा सुरक्षा निकायमा फिजिकलको पनि तयारी गर्नुपर्ने भएकाले अलिक गार्‍हो भएको उनी बताउँछन् । भर्खरै स्नातक तह अध्ययन गरिरहेका राय क्षेत्रीले पहिलो पटक लोकसेवाको तयारीमा जुटेको जानकारी दिँदै भने, ‘यसैपटक उत्तीर्ण गरेर सरकारी जागिरे बन्छु भन्ने आशा छ ।’

हालसालै मात्र लोकसेवाको परीक्षा उत्तीर्ण गरेर जिल्ला अदालत धादिङमा खरिदार पदमा कार्यरत दैलेखका ईश्वर पाण्डेय चौथो पटकको प्रयासपछि लोकसेवा उत्तीर्ण भएका हुन् । उनी यसअघि साना तथा घरेलु उद्योगको सुब्बाको लिखित परीक्षामा उत्तीर्ण भए पनि अन्तर्वार्तामा असफल भएका थिए । पाण्डेय सम्झन्छन्– मेहनत गरेर पनि सफल नहुँदा कहिलेकाहीँ हैरान भए पनि मैले त्यसलाई हैरानी मानिनँ, सफल भएरै छाडें ।

जनप्रशासनमा स्नातकोत्तर उत्तीर्ण गरिसकेका ईश्वर भन्छन्– शैक्षिक योग्यता पूरा गरेर बसेको छु, अहिले अधिकृतको समेत तयारी गरिरहेको छु । सरकारी जागिर खाने इच्छा हुनु भनेको पहिलो त स्थायित्वको कुरा नै हो, ईश्वर भन्छन्– प्राइभेटमा जस्तो सरकारीमा दमन एवं पेलान नहुने भएकाले नै सरकारी जागिर खाने इच्छा जागेको हो, सरकारी जागिरमा जीवन सहज रूपमा चलाउन सकिन्छ ।

देश संघीयतामा गैसकेर प्रदेश तथा स्थानीय सरकार बनिसकेपछि सरकारी सेवामा प्रशस्त अवसर खुलिरहेका छन् । सरकारी जागिरप्रतिको मोह र त्यसमा भविष्य देख्ने निर्मल, प्रकाश र ईश्वरजस्ता हजारौं युवा यतिबेला लोकसेवा परीक्षाको तयारी गरिरहेका छन् । काठमाडौं उपत्यका र बाहिरी जिल्लामा खुलेका लोकसेवा तयारी कक्षा चलाइरहेका इन्स्टिच्युटहरूमा विद्यार्थीको चाप हेर्दा सरकारी जागिरप्रतिको मोह अत्याधिक बढेर गएको पाइन्छ ।

‘लङ लास्टिङ’ अर्थात सुनिश्चित भविष्य, आकर्षक सेवासुविधा साथै राम्रो सामाजिक प्रतिष्ठा पाइने सरकारी जागिरमा युवाहरूको मोह बढ्दो छ । लोकसेवा आयोगले धमाधम नयाँ आवेदन खुलाइरहेको छ । बर्सनि असोजदेखि फागुनसम्ममा निजामती पदहरूमा विज्ञापन खुल्ने गरेको छ । शिक्षा, जंगी, बैंक, कानुन आदि सेवामा समेत बर्सेनि सरकारी जागिर खुलिरहेका छन् । 

टयुसन सेन्टरहरूमा तयारी कक्षा लिन आएका विद्यार्थीहरूको चाप थामिनसक्नु त छँदैछ कतिपय युवा घर छोडी डेरामा बसेर लोकसेवाको तयारी गरिरहेका छन् । एकपटक होइन, सात पटकसम्म परीक्षा दिएर लोकसेवा उत्तीर्ण गरी सरकारी जागिरमा प्रवेश गर्ने युवा प्रशस्तै भेटिन्छन् । कडा मेहनत, नियमित अध्ययन र हिम्मतका साथ तयारी गरियो भने लोकसेवा उत्तीर्ण हुन कठिन नहुँदो रहेछ, गत वर्ष दूग्ध विकास संस्थानको अधिकृत पदमा नाम निकालेका इलामका रोशन आचार्य भन्छन्– मैले अधिकृतका लागि पाँच वर्ष निरन्तर तयारी गरें, छ–सात पटकसम्म विभिन्न निकायमा परीक्षा दिएँ, तर अनुत्तीर्ण भएँ । यद्यपि मैले हिम्मत हारिनँ र अन्तत: सफलता प्राप्त गरें ।

श्रम तथा रोजगार मन्त्रालयका सहसचिव प्रकाश दाहालका अनुसार यतिबेला सक्षम र क्षमतावान युवाहरूको आकर्षण सरकारी सेवामा छ । वार्षिक १० लाखजति युवा लोकसेवा परीक्षाकै लागि तयारी गरिरहेको उनको बुझाइ छ । सहसचिव दाहाल भन्छन्– सामान्य जीवनयापन गर्न सरकारी सेवा उपयुक्त मानिन्छ ।’

ट्युसन सेन्टर खचाखच

गाउँघरतिर ‘तिहुन राम्रो तरकारी, जागिरमा राम्रो सरकारी’ भन्ने भनाइ नै छ । यही थेगोले सरकारी जागिरप्रतिको मोह झल्काउँछ । कुनै बेला न्यून र मध्यमवर्गका नेपालीहरूले सरकारी जागिरका लागि आवेदन दिन्थे अहिले उच्च घरानाका सन्तानहरू पनि सरकारी जागिरप्रति आकर्षित छन् । लोकसेवाको तयारी कक्षा सञ्चालन गरिरहेका इन्स्टिच्युटमा पुगेर नियालियो भने सरकारी जागिरप्रति युवा क्रेज प्रष्ट देख्न सकिन्छ । काठमाडौं उपत्यकामा मात्र डेढ दर्जनभन्दा बढी इन्स्टिच्युटले लोकसेवाको तयारी कक्षा चलाइरहेका छन् । 

काठमाडौं न्यूप्लाजाको ‘नेम बिल्डिङ’मा रहेको नेपाल सेन्टर फर डेभ्लपमेन्ट एन्ड पोलिसी स्टडिजका संयोजक माधव पाण्डे भन्छन्– निजी क्षेत्रमा श्रम धेरै गर्नुपर्ने र भविष्य सुरक्षित नहुने भएकाले निजामती सेवामा सबै वर्गका विद्यार्थीको आकर्षण विगतको तुलनामा बढ्दै गएको छ, विश्व विद्यालयका टपरदेखि उच्च घरानाका विद्यार्थीहरू लोकसेवाको तयारीका लागि आइरहेका छन् ।’

नेम बिल्डिङमा मात्र करिब ४५ सय विद्यार्थीले सरकारी सेवाका विभिन्न पदका लागि परीक्षाको तयारी गरिरहेका छन् । सरकारी जागिर प्रवेश गरिसकेपछि छात्रवृत्तिमा विदेश अध्ययनका लागि अवसर प्राप्त हुनेदेखि अन्य सेवा सुविधाका साथै भविष्य सुरक्षित हुने भएकाले यस्तो आकर्षण देखिएको संयोजक पाण्डेको बुझाइ छ । 

निजामतीतर्फका अधिकृत तहका ८ सय विद्यार्थीका लागि तयारी कक्षा चलाइरहेको बागबजारको मल्टीप्रोफेसनल एकेडेमी(एमपीए)का म्यानेजिङ डाइरेक्टर दिपेन्द्र ढुंगाना भन्छन्, ‘निजी क्षेत्रमा श्रम शोषण धेरै हुने तथा तलबको ग्यारेन्टी नहुने आम मानिसको बुझाइ छ, त्यसैले जीवनको सुरक्षाका लागि पनि सरकारी सेवाप्रति मोह बढेको हो ।’ ढुंगाना आबद्ध रहेको एमपीएमा मात्र यो वर्ष ३ सयजति विद्यार्थी बढ्नुका साथै शिक्षक सेवातर्फ मात्र यो वर्ष चार हजार विद्यार्थीले कक्षा लिएका थिए । 

तयारी कक्षामा के हुन्छ ?

तयारी कक्षा लिएका विद्यार्थीहरूले सरकारी जागिरमा नाम निकाल्न सकिन्छ भन्ने आत्मविश्वास बटुल्छन् । त्यहाँ लोकसेवा आयोगले तयार पारेको एकीकृत पाठ्यक्रमका आधारमा कक्षाहरू सञ्चालन हुनुका साथै संयुक्त परीक्षा प्रणालीका आधारमा विद्यार्थीको मूल्यांकन गरिन्छ ।

त्यतिमात्र होइन तीनदेखि चार महिना कक्षा लिइसकेपछि कोर्स पूरा हुने र परीक्षाका लागि विद्यार्थी पूर्ण तयारी भैसक्ने एमपिएका म्यानेजिङ डाइरेक्टर ढुंगानाको दाबी छ । टयुसन सेन्टरमा साप्ताहिक तथा दैनिक परीक्षा, फिडब्याक कक्षा, लेखन शैली सिकाउने काम गरिनुका साथै हेन्सआउट पनि वितरण गरिन्छ । त्यसबाहेक आपसी छलफल र पढ्ने बानीको विकास तयारी कक्षाले गराइदिन्छ । अधिकृत तहको तयारी कक्षाको न्यूनतम २० हजारदेखि २५ हजारसम्म लाग्छ । प्रथम, दोस्रो, तेस्रो र चौथो पत्रको पनि फरक–फरक कक्षा लिन पाइन्छ । त्यसमा आफूलाई इच्छा लागेको तह पढेर तोकिएको शुल्क बुझाए पुग्छ । 

कुन–कुन सेवामा आकर्षण

नेपाल संघीय संरचनामा भर्खरै मात्र गएकाले स्थानीय तह, प्रदेश तथा केन्द्रमा फरक–फरक अवसरहरू खुलिरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तह, सातवटा प्रदेशमा गरी १४ हजार रिक्त दरबन्दी रहेको आँकलन गर्दै नयाँ विज्ञापन खोल्ने तयारी गरिरहेको छ । निजामति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, न्याय सेवा, सरकारी संस्थान, बैंक, विद्यालय तथा विश्वविद्यालय शिक्षक–कर्मचारी आदिमा वर्षभरि नै विज्ञापन खुलिरहेका छन् । स्थानीय तहमा करारमा समेत विज्ञापन आह्वान गर्ने गरिएको छ ।

आवेदन दिनेको संख्या पाँच गुणा

बढ्दो बेरोजगारीका कारण सरकारी सेवाका सबै समूहमा खुलेका विज्ञापनमा दरखास्त दिने विद्यार्थीको चाप बर्सेनि हजारौंको संख्या बढिरहेको तथ्यांकले देखाउँछ । लोक सेवा आयोगले दस वर्षको अवधिमा आयोगमा दर्खास्त दिनेहरूको संख्या पाँच गुणा बढेको तथ्यांक सार्वजनिक गरिसकेको छ । 

 

आर्थिक वर्ष ०६४/६५ देखि आर्थिक वर्ष ०७३/७४ सम्म लोकसेवा आयोगमा दर्खास्त दिनेहरूको संख्या पाँच गुणाले बढेको हो । आयोगका अनुसार गत आर्थिक वर्ष २०७४/७५ मा मागभन्दा ९५ गुणा बढीले परीक्षाका लागि आवेदन दिएका छन् । ५ हजार ९ सय ७० सिटका लागि खुलेको विज्ञापनमा ५ लाख ७१ हजार ३२२ जनाले दरखास्त दिएका थिए । 

सरकारी सेवामा युवाको आकर्षण बढ्नु भनेको सुरक्षित जीवनयापन र निष्पक्ष परीक्षा प्रणाली नै हो । नेपाल सरकारका सहसचिब प्रकाश दाहालका अनुसार देशमा बढ्दो बेरोजगारी पनि त्यस्तो आकर्षणको कारण हुनसक्छ । दाहाल भन्छन्, ‘सेवा, सुविधा, प्रतिष्ठा र सामान्य जीवनयापन गर्न सहज हुने बुझेकाहरू यतातिर आएका हुनसक्छन् ।’आकर्षक तलब–सुविधा

सरकारले कर्मचारीको तलब र सेवा सुविधा बर्सेनि वृद्धि गरिरहन्छ । तलब नै बृद्धि नगरे पनि महँगी भत्ताका साथै अन्य सेवा सुविधा वृद्धि हुन्छ । आवश्यकताअनुसार सरकारले विशेष निर्णय र ऐनमार्फत पनि सेवा सुविधा बढाइरहन्छ । बैंक, वित्त, राजस्व, संसद सचिबालय, प्रधानमन्त्री कार्यालय, निगम, आयोगतिर अतिरिक्त भत्ता पनि उपलब्ध हुन्छ । चाडपर्व खर्चदेखि उपचार खर्च, अशक्त, शिशु स्याहार, सुत्केरीलगायतका भत्तासमेत प्राप्त गर्न सकिन्छ । शैक्षिक भत्ता, सञ्चय कोष, नागरिक लगानी कोष, बिमा कोषलगायत अन्य प्रशस्त सुविधा सरकारी जागिरेलाई हुन्छ ।

 

सरकारी सेवा प्रवेशका क्षेत्र

निजामती सेवा : सह–सचिव, उप–सचिव, शाखा अधिकृत, नायब सुब्बा, खरिदार ।

स्वास्थ्य सेवा : एचए, स्टाफ नर्स, सिएमए, एनएम, ल्याब टेक्निसियन, फार्मेसी, मेडिकल अफिसर, नर्सिङ अफसर, पब्लिक हेल्थ अफिसर । 

शिक्षा सेवा : विद्यालय निरीक्षक, प्राविधिक सहायक आदि । 

शिक्षक सेवा : माध्यमिक विद्यालय तह, निम्न माध्यमिक विद्यालय तह, प्राथमिक विद्यालय तह ।

बैंकिङ सेवा : नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड ।

सुरक्षा निकाय : प्रहरी निरिक्षक, सहायक प्रहरी निरीक्षक, अधिकृत क्याडेट, जवान ।

संस्थानतर्फ : वायु सेवा निगम, खाद्य संस्थान, नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष, विद्युत् प्राधिकरण, नेपाल टेलिकम, नेपाल आयन निगम, खानेपानी संस्थान ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
करिअर
लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

सुजाता मुखिया

वैशाख ८, २०७७

करिअर
फोर्ब्स सूचीमा ६ नेपाली

वैशाख ८, २०७७

करिअर
पीडामा पाइलट : काम पाउनै मुस्किल

कृष्ण आचार्य

वैशाख ८, २०७७

करिअर
    कुन पेसामा कति तलब 

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik