• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. करिअर
करिअर
कतारमा वैदेशिक रोजगारी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

नरेन्द्र रौले

कतारमा वैदेशिक रोजगारी
माघ २१, २०७५

वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीहरूको संख्या ठूलो छ । वैदेशिक रोजगार विभागका अनुसार गत मंसिर महिनासम्म रोजगारीका लागि कतार जाने कामदारको संख्या सबैभन्दा उच्च थियो । मंसिर महिनामै ८ हजार ५ सय ९५ जनाले कतारका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । यो अंक अरू देश जानेहरूको तुलनामा सबैभन्दा बढी हो । झन्डै एक वर्षअघि कतारमा छिमेकी देशहरूले नाकाबन्दी लगाएपछि नेपालीहरू रोजगारी गुम्छ कि भन्ने चिन्तामा थिए । 

श्रम, रोजगार तथा सुरक्षामन्त्री गोकर्ण विष्टले कतार जान चाहने कामदारहरूका लागि१ रुपैयाँ पनि खर्च गर्नु नपर्ने नियम ल्याउने तयारी भैरहेको बताएका छन् । त्यसका लागि कतार सरकारसँग छलफलसमेत भैरहेको मन्त्री विष्टले जानकारी दिएका छन् । छलफल अन्तिम चरणमा पुगेको छ । मजदुरहरूका लागि कतारको श्रम बजारसम्म सहज पहुँच बनाउन यस्तो प्रावधान ल्याउन लागिएको हो । यतिबेला कतार जाने कामदारका लागि फ्री भिसा, फ्री टिकटको प्रावधान लागू भए पनि कार्यान्वयन भने भैसकेको छैन । कतारमा लागेको नाकाबन्दीको कूटनीतिक प्रभाव जारी रहँदा लामो समयदेखिको अन्यौल भने कायमै छ । नाकाबन्दीको असरका कारण नेपालबाट कतारलगायत अन्य खाडी मुलुकमा रोजगारीका लागि जाने कामदारको संख्या केही हदसम्म घटेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । 

०७४, २२ जेठदेखि ६ वटा छिमेकी खाडी देशले कूटनीतिक सम्बन्ध विच्छेद गरेर कतारमाथि नाकाबन्दी लगाउँदै आएका छन् । पछि ती देशले नाकाबन्दी हटाउने भन्दै गत २३ जुनमा १३ बुँदे सर्त राखेर कतारलाई पत्र पठाएका थिए । उक्त पत्रलाई कतारले बेवास्ता गर्दै आएको छ । कतारले आफूमाथि थोपरिएका विभिन्न सर्त मान्न तयार नभएको बताएको छ । कतारले पठाएको जवाफ चित्त नबुझेपछि उसमाथिको नाकाबन्दी अझै जारी छ ।

कतारमा अब सरकारी म्यानपावर मार्फत जान सकिने

कामको खोजीमा कतार जाने नेपालीहरूले अनेकौं समस्या भोग्नुपरिरहेको छ । त्यहाँ कामदारहरूले नेपालबाट कतार पठाउँदा एउटा कम्पनीमा पठाउने भनिए पनि कतार पुगेपछि अर्कै कम्पनीमा काम गर्नुपर्ने बाध्यता, तोकिएको भन्दा कम तलब, करार पत्रमा कम्पनीको छली, बस्ने बासस्थानको टुंगो नहुने जस्ता समस्या झेल्नुपरिरहेको छ ।

कामदारहरूलाई यस्तै समस्याबाट छुट्कारा दिलाउन कतार सरकार आफैंले म्यानपावर कम्पनी गठन गरेको छ । उक्त कम्पनी कतारका उद्योग तथा व्यापारमन्त्री अली विन अहमद अल कुवारीको निर्णयमा गएको पुस १८ देखि सञ्चालनमा आएको छ । ५ करोड ८० लाख रियाल पुँजी रहेको उक्त वाजा म्यानपावर कम्पनीले अब कतारका लागि आवश्यक विदेशी श्रमिकलाई आफैंले भर्ना लिने तयारी गरेको छ । यसमा कतारी नागरिकको मात्र सेयर छ । ५० वर्षसम्म काम गर्ने लक्ष्य लिएको वाजा म्यानपावर कम्पनीलाई सरकारले नै नियन्त्रण एवं व्यवस्थापन गर्ने बताइएको छ ।

कतार सरकारको श्रम कानुनअनुसार कुनै पनि श्रमिकले पैसा नतिरी त्यहाँ जान र काम गर्न पाउँछन् । यस्तो नियम भए पनि कामदारहरू चर्को शुल्क तिरेर कतार जान बाध्य छन् । विभिन्न म्यानपावरले कामदारको ठगी गर्दै आएको आरोप पनि नयाँ होइन । कतारको आफ्नै ‘सरकारी म्यानपावर कम्पनी’ सुरु भएपछि त्यस्ता म्यानपावरको ठगी रोकिने विश्वास गरिएको छ । वाजाले कामदार भित्र्याउने हरेक देशमा शाखा कार्यालय खोल्ने तयारी गरेको छ । भिसा प्रक्रिया सहज बनाउन ९ वटा प्रमुख देशमा भिसा सेन्टर खोल्ने निर्णय समेत भएको कतार सरकारले जनाएको छ । 

वैदेशिक रोजगारीमा कतार जाने कामदारले जान्नैपर्ने कुरा

    केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका बारेमा, पाउने तलबका बारेमा राम्रोसँग जानी–बुझी मात्र जानुपर्छ ।

    लाग्ने खर्च तथा प्राप्त हुने आम्दानीका बीच तुलना गरी लाभ हुने काममा मात्र जानुपर्छ ।

    घर–परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानुपर्छ ।

    वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर मात्र जानुपर्छ ।

    रोजगारीका लागि कतार जाँदा दुर्घटनामा परी मृत्यु वा अंगभंग हुन सक्छ, तसर्थ आफू र आफ्नो परिवारका सदस्यहरू बिमा गरेर जानुपर्छ ।

बिमा गर्दा कामदार तथा उसको परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ ।

व्यवसायिक वा भिजिट भिसामा कतार जानु हँुदैन ।

जानी–जानी गलत कागजात बनाई कतार जानु हुँदैन ।

कतार जान भनेर पैसा बुझाएपछि बेहोरा खुलाई भर्पाई लिनुपर्छ ।

कति खर्च लाग्छ राम्रोसँग बुझनुपर्छ ।

कुनै एजेन्ट वा कम्पनीले भरपाई दिन आनाकानी गरे ठगीकै नियत भएको बुझ्नुपर्छ ।

    स्वदेशी विमानस्थलबाट मात्र जानुपर्छ ।

    कतारको भौगोलिक स्थिति, हावापानी रहन–सहन, धर्म, कानुन, काम गर्ने वातावरण आदिका बारेमा सामान्य जानकारी लिएर जानुपर्छ ।

    पूर्वप्रस्थान अभिमुखीकरण तालिम अनिवार्य रूपमा लिनुपर्छ ।

    आवश्यक सबै कागजातको एक–एक प्रति आफू र परिवारका साथमा राख्नुपर्छ ।

    ठगीमा परे वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्छ ।

    कतारसम्बन्धी कुनै पनि सूचना वा जानकारी चाहिए वैदेशिक रोजगार विभाग वा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयमा सम्पर्क गरी बुझ्न सकिन्छ ।

    आम सञ्चारमाध्यममा प्रकाशित कतारसम्बन्धी वैदेशिक रोजगारको सूचना वा विज्ञापन सही भए–नभएको बुझ्नुपर्छ । 

कुन देशमा कति नेपाली कामदार

देश/महिना    साउन    भदौ    असोज    कुल

मलेसिया    ११,१६७    १२,०५०    ८,०६०    ३१,२७७

कतार    ६,५०६     ९८२१    ६,८०१    २०,२९१

दुबई    ४,४३४    ४,७७५    ४,७९४    १४,००३

साउदी अरब    ४,०५७    ४,५२८    २,८३४    ११,४१९

गत आर्थिक वर्ष ०७३/७४ साउन, भदौ र असोज महिनामा प्रदान अन्तिम श्रम स्वीकृति

देश/ महिना    साउन    भदौ    असोज    कुल

कतार    ८,८५६    १०,७८३    ७,९८१    २७,६२०

साउदी    १०,५०६    ९,१५८    ६,०३५    २५,६९९

मलेसिया    ६,७०१    ७,२९२    ५,१८७    १९,१८०

दुबई    ४,३८१    ४,२३६    २,४५३    ११,०७०

               स्रोत : वैदेशिक रोजगार विभाग

(वैदेशिक रोजगार विभागबाट प्राप्त जानकारीका आधारमा)

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
करिअर
लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

सुजाता मुखिया

वैशाख ८, २०७७

करिअर
फोर्ब्स सूचीमा ६ नेपाली

वैशाख ८, २०७७

करिअर
पीडामा पाइलट : काम पाउनै मुस्किल

कृष्ण आचार्य

वैशाख ८, २०७७

करिअर
    कुन पेसामा कति तलब 

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik