• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. करिअर
करिअर
एसईईपछिको फुर्सदमा के गर्ने 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

युवराज गौतम

एसईईपछिको फुर्सदमा के गर्ने 
चैत्र २४, २०७५

माध्यमिक शिक्षा परीक्षा (एसईई) सकिएपछि विद्यार्थीहरू केही समय फुर्सदिला हुन्छन् । परीक्षापछिको फुर्सद निकै आनन्ददायक हुन्छ । नतिजा नआउन्जेलसम्मको यही समय सदुपयोग गर्न सकियो भने त्यो जीवनभरका लागि उपयोगी हुनसक्छ । फुर्सदमा नानाथरी कुरा सोचिने भएकाले गलत बाटो रोज्नसक्ने खतरा पनि उत्तिकै हुन्छ । यो समयमा गरिने सानो निर्णयको प्रभाव धेरै पछिसम्म रहन्छ । त्यसैले सचेत र सजक हुनु आवश्यक छ । 

यो समयलाई ठीक ढंगले परिचालन गर्न सकियो भने सकारात्मक परिणाम हात पार्न सकिन्छ । त्यसैले एसईई पछिको छोटो अवधिलाई विद्यार्थीले आफ्नो हितमा अधिकतम सदुपयोग गर्न सक्नुपर्छ, त्यसैले फुर्सदमा के गर्ने भन्ने योजना बनाउनुपर्छ । 

भविष्यको योजना बनाउने

परीक्षाको नतिजा प्रकाशन भएपछि के पढ्ने र कहाँ पढ्ने ? यससँग सम्बन्धित सूचना वा जानकारी प्राप्त गर्नेतर्फ लाग्नुपर्छ । एसईईपछिको शिक्षा कुन कलेज वा कुन ठाउँमा पढ्ने सोच्न–बुझ्न थाल्नुपर्छ । यो समयमा धेरै भन्दा धेरै व्यक्तिसँग भेटेर आफूले अध्ययन गर्न चाहेको विषयका परामर्श लिनुपर्छ । भविष्यमा कुन विषय रोज्ने, त्यसको प्रवेशसम्बन्धी प्रक्रियाहरू के–के छन बुझ्नुपर्छ ।

एसईईपछिको कक्षा भर्नाका लागि प्रवेश परीक्षा दिनुपर्ने भयो भने त्यसको पाठ्क्रमका बारेमा जानकारी लिनुपर्छ । धेरै भन्दा धेरै व्यक्तिसँग भेटेर आफ्नो मनले रोजेको क्षेत्रमा प्रवेश गर्ने योजना बनाउन थाल्नुपर्छ । एसईईपछिका विद्यार्थीहरूलाई लक्षित गरेर संचालित परामर्श वा व्यक्तित्व विकासका कक्षाहरूमा सहभागिता जनाउन सकिन्छ ।

 

उपयोगी पुस्तक पढ्ने

कोर्सका पुस्तक पढेर थाकेकाहरूले परीक्षा सकिएपछि अतिरिक्त पुस्तक पढ्न सक्छन् । कलेज भर्ना हुनासाथ कोर्सका पुस्तक पढ्ने बोझ हुने भएकाले यो समयमा आफूलाई मन परेका उपन्यास, कथा, आत्मकथा, प्रसिद्ध व्यक्तिका जीवनी आदि पढ्न सकिन्छ । यस्ता पुस्तक पढ्दा लेख्ने शैली तथा सिर्जनात्मक क्षमताको पनि विकास हुन्छ । यसका लागि विज्ञानमा रुची भएका विद्यार्थीले वैज्ञानिक खोज र अनुसन्धानसम्बन्धी पुस्तक रोज्नुपर्छ । 

राजनीतिज्ञ तथा अर्थशास्त्री बन्न चाहनेहरूले तिनै विषयका पुस्तक पढ्नुपर्छ । प्राविधिक ज्ञान हासिल गर्ने हो भने त्यसैसँग सम्बन्धित पुस्तक अध्ययन गर्नुपर्छ । यसरी फुर्सदमा पढ्ने बानी बसाल्दा सधैंभरिलाई फाइदा हुन्छ । पछि कलेजको कोर्स पढ्दा यस्ता अतिरिक्त पुस्तकबाट हासिल गरेको ज्ञानले उच्च शिक्षामा समेत मद्दत मिल्छ । 

समाजसेवा

परीक्षा सकिएपछि मानसिक थकान बिसाएर समाजसेवा गर्नु उत्तम हुन्छ । यसले समाजलाई त फाइदा पुग्छ नै आफ्नो व्यक्तिगत जीवनमा समेत सकारात्मक प्रभाव पार्छ । भविष्यमा विदेश अध्ययन गर्न जान चाहनेहरूलाई छात्राबृत्तिमा आवेदन दिंदा सहयोग मिल्छ । स्कलरसिपमा अब्रोड स्टडी गर्न जानेहरूले शैक्षिक क्षेत्रमा अब्बल त हुनैपर्छ त्यसबाहेक समाजसेवाका क्षेत्रमा आफ्नो योगदानको विवरणसमेत पेस गर्नुपर्छ । त्यसो हुनाले गाउँठाउँका सामाजिक संघ, संस्था तथा क्लबहरू अर्थात स्वयमसेवी संस्थाहरूमार्फत समाजसेवा गरेर अनुभव लिनु उपयुक्त हुन्छ । 

घुमघाम तथा मनोरञ्जन 

परीक्षाका बेला पढाइले थाकेका विद्यार्थीहरू परीक्षा सकिनासाथ घुमघाम तथा मनोरञ्जनका योजना बनाउँछन् । वास्तवमा यो नराम्रो होइन । खान, सुत्न पनि बिर्सेर परीक्षाको तयारीमा लागेकाहरू परीक्षापछि तनावपूर्ण दिन बिताउन चाहने कुरै भएन । घुमघाम, नयाँ ठाउँहरू अवलोकन तथा जानकारी लिने कामले दिमागलाई फराकिलो बनाउन सहयोग पुर्‍याउँछ । घुम्दा पनि धेरै कुरा सिक्न पाइन्छ । देखेर सिकेको कुराले दिर्घकालिन फाइदा पुर्‍याउँछ ।  त्यसबाहेक ज्ञानबर्द्धक टेलिसिरियल तथा चलचित्र हेरेर पनि मनोरञ्जन गर्न सकिन्छ । 

सिर्जनात्मक कुराहरू सिक्ने

परीक्षापछिको फुर्सद सिर्जनात्मक कुराहरू सिक्ने ठूलो अवसर पनि हो । यो आफूलाई मन पर्ने कलाका क्षेत्रहरू नृत्य, गायन, अभिनय, चित्रकला सिक्ने, कविता, कथा, निबन्ध आदि लेख्न अभ्यास गर्ने उपयुक्त समय हो । नयाँ कुरा सिक्नु वा सिर्जना गर्नु निकै रमाइलो र फाइदाजनक हुन्छ । सिर्जनात्मक एवं रचनात्मक कामले मन–मस्तिष्कलाई सन्तुलित राख्न मद्दत गर्ने भएकाले परीक्षापछिको फुर्सदलाई सिर्जनात्मक काममा लगाउनुपर्छ । 

ब्रिजकोर्स तथा सिपमुलक तालिम

एसईईपछि धेरै विद्यार्थीको ध्यान ब्रिजकोर्स एवं सीपमूलक तालिमतर्फ तानिएको हुन्छ । आफ्नो रुचि एवं चाहनाअनुरूप सिप सिक्नु नराम्रो होइन । यस क्रममा ब्रिजकोर्स अर्थात विशेष शिक्षा लिन सकिन्छ । उच्च शिक्षा अध्ययनका लागि भर्नापूर्व विद्यार्थीले रुचाएको विषय अध्ययनका लागि तयारी कक्षा लिनु पनि फलदायी हुन्छ । सम्बन्धित विषयमा विद्यार्थी कत्तिको जानकार छ भनेर लिइने यो परीक्षाले नै क्याम्पसमा भर्ना पाउने वा नपाउने कुराको निधो गर्छ । त्यसैले यस्तो परीक्षामा राम्रो तयारी गरेर उत्कृष्ट नम्बर ल्याउनु आवश्यक छ । त्यसबाहेक कम्प्युटर तालिम तथा विभिन्न भाषाका कक्षा, उद्घोषण, अभिनय तथा नाटकमा रुचि भए सम्बन्धित विषयको तालिम लिन सकिन्छ । 

आय आर्जनका कामहरू गर्ने

एसईईपछि थप अध्ययन गर्ने इच्छा हुँदादुँदै पनि कतिपय विद्यार्थीको पारिवारिक अवस्था कमजोर हुन्छ । आर्थिक अवस्था कमजोर भएका एवं मध्यमवर्गीय विद्यार्थीले फुर्सदको समयलाई आय आर्जनको काममा लगाउन सक्छन् । आत्मनिर्भर भइने र परिवारलाई समेत सहयोग पुग्ने भएकाले यस्ता कार्यमा लाग्नु धेरै राम्रो हो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि यो बाध्यता पनि हो । विभिन्न सेवा तथा वस्तुको मार्केटिङ, कुनै कार्यालयको काम, खेती–किसानी आदि क्षेत्रमा लाग्नु भविष्यका लागि अनुभव बटुल्नु पनि हो । कतिपय संघ–संस्थाले दैनिक भत्ता दिएर सामाजिक सेवामा अवसर दिने भएकाले त्यसमा पनि समय दिन सकिन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
करिअर
लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

सुजाता मुखिया

वैशाख ८, २०७७

करिअर
फोर्ब्स सूचीमा ६ नेपाली

वैशाख ८, २०७७

करिअर
पीडामा पाइलट : काम पाउनै मुस्किल

कृष्ण आचार्य

वैशाख ८, २०७७

करिअर
    कुन पेसामा कति तलब 

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik