• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. करिअर
करिअर
खाली समयको सदुपयोग
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राजाराम पौडेल

खाली समयको सदुपयोग
वैशाख १५, २०७६

वार्षिक परीक्षापछिको खाली समयमा भेटिएका साथी । सबैको रुचि एउटै थिएन । कसैलाई गीत गाउन मन पर्ने, कसैलाई नाच्न । चित्र बनाउन मन पराउने मात्र नभएर अभिनय गर्न रुचाउनेहरू पनि त्यहाँ थिए । झन्डै २० दिनसम्म ४ वर्षदेखि १४ वर्षसम्मका स्कुल पढ्ने उमेर समूहका बालबालिका वार्षिक परीक्षापश्चात्को खाली समयको सदुपयोग गर्न यसरी नै जम्मा भए । यो अवधिको आत्मियताका कारण फरक–फरक स्कुलमा अध्ययन गर्ने, अनि फरक–फरक उमेर समुहका उनीहरू अहिले एक–अर्कामा नजिक भए । सँगै खाए, खेले, सिके । यो अवसर जुटाएको थियो— पोखरा रानीपौवामा रहेको जोजीजु म्युजिक सेन्टरले । 

यहाँ बालबालिकाले आफूमा अन्तर्निहित प्रतिभा बाहिर ल्याउने प्रयास गरे । स्कुल बिदाको समय त्यसै खेर नजाओस् भनेर उक्त तालिमको आयोजना गरिएको हो । अन्य समयमा स्कुलको पाठ्यवस्तुमा सीमित हुँदै आफ्ना रहर र आफूमा अन्तर्निहित क्षमता बाहिर ल्याउन नपाएकाहरू उत्साहपूर्वक प्रशिक्षणमा सहभागी भए । विभिन्न रुचि र रहर बोकेका बालबालिका एकै ठाउँमा भेट हुँदा एक–अर्काका प्रतिभा नियाल्ने मौका प्राप्त गरे । गल्ती पत्ता लगाए । यसले उनीहरूको क्षमतामा सुधार आयो । उनीहरूलाई नरमाइलो अनुभव नहोस् भनेर म्युजिक सेन्टरले विभिन्न रमाइला कार्यक्रम सञ्चालनमा ल्याएको थियो । नयाँ साथीसँग नाच्न, गाउन, रमाउन पाउँदा उनीहरू प्रफुल्ल भए । उनीहरूले सिकेका कुरालाई अन्तिम दिन कार्यक्रममार्फत अभिभावक तथा दर्शकमाझ प्रस्तुत गरे । उनीहरूको प्रतिभा हेर्न पाउँदा दर्शक तथा अभिभावकहरू खुसी थिए । उनीहरूले सिकेका प्रतिभालाई एउटा कार्यक्रम नै आयोजना गरेर मञ्च प्रदान गरिएको थियो । 

६० जनाभन्दा बढी विद्यार्थीले उनीहरूमा रहेको अन्तर्निहित प्रतिभा बाहिर निकाल्ने तालिम फलदायी भएको अभिभावकहरूको विश्वास छ । त्यहाँ पुग्ने केही बालबालिकामा सिक्ने रुचि थियो । केही भने अभिभावकको आग्रह र आफ्नो अनुभवका लागि पुगेका थिए । यसले बालबालिकामा जागरुकता बढाउँछ । आफ्ना सन्तान टिभी र मोबाइलमा व्यस्त भएकोमा चिन्तित अभिभावकलाई समेत यस्ता कार्यक्रमले राहत दिलाएको छ । 

विगत १६ वर्षदेखि सञ्चालित म्युजिक सेन्टर ले स्कुल लक्षित गरेर ८ वर्षदेखि भ्याकेसन प्याकेज उपलब्ध गराइरहेको छ । ‘यस्तो प्याकेजमा सहभागी हुनेहरूको संख्या बढ्दै छ, केही त दोहोर्‍याएर पनि आउँछन्’ सञ्चालक विनित जोजिजूले भने । यहाँ एकै ठाउँमा गीतार, ड्रमसेट, कि–बोर्ड, भ्वाइलिन, प्याड, ड्रम, गायन, हार्मोनियम, तबला, मादल, सारंगी, बाँसुरी, नृत्य, चित्रकला, उद्घोषण, अभिनय, बोल्ने कला, व्यक्तित्व विकास, योग तथा ध्यान सिकाइन्छ । 

त्यहाँ फुग्नेहरूले व्यक्तिगत रुचिअनुसारका कार्यत्रममा सहभागी हुन पाउँछन् । यसले बालबालिकामा आफू कुन कुरामा दक्ष छु भन्ने जानकारीसमेत दिन्छ । दसैं–तिहार, समर तथा विन्टर भ्याकेसनमा समेत यस्तो तालिमको आयोजना गरिँदै आएको गायक समेत रहेका विनितले बताए । यो प्याकेजमार्फत हालसम्म १ हजारभन्दा बढीले तालिम लिइसकेका छन् । 

पोखरा रामबजारका ६ वर्षीय पल थापा रमाइलो मान्दै त्यहाँ अभ्यासरत थिए भने १० वर्षकी सिलिका सिग्देलले नाच्न र गीत गाउन मन पर्ने बताइरहेकी थिइन् । भविष्यमा पत्रकार बन्ने लक्ष्य लिएकी सिग्देल यसरी प्रशिक्षण लिन पाउँदा खुसी देखिन्छिन् । ८ वर्षकी सौरभी रेग्मी ममीसँगै दैनिक त्यहाँ पुग्छिन् । डान्स, आर्ट, उद्घोषण, संगीत सिक्दा रमाइलो लाग्ने उनले बताइन् । 

साकृत शेरचन ११ वर्षका भए । उनको लक्ष्य गायक बन्ने हो । शेरचन खेलकुदमा समेत रुचि राख्छन् । स्कुल बिदाको खाली समयमा सिक्न पाउँदा उनी उत्साहित छन् । चार वर्षका तेजस यादव त्यहाँ रमाइलो मान्दै उफ्रँदै थिए । पेन्टिङ गर्न रुचाउने आठ वर्षकी निष्ठा त्रिपाठीलाई नृत्यमा मोह छ । १० वर्षकी सुविज्ञा तिवारी पनि नाच्न रुचाउँछिन् । डाक्टर बन्ने लक्ष्य लिएकी तिवारीलाई उनका बाबाले त्यहाँ लान्छन्–ल्याउँछन् । ६ वर्षकी समीक्षा बस्यालको रुचि नाच्न–गाउनमा छ । कम्प्युटर इन्जिनियर बन्ने उनको उद्देश्य छ । सुयोग वाग्ले चित्र बनाउन रुचाउँछन् । उनी ९ वर्षका भए । 

११ वर्षका निर्भान प्रसाद कर्माचार्यलाई गीत गाउन गीतार बजाउन औधी मन पर्छ । गीतारिष्ट बन्ने उनको लक्ष्य छ । तेजिना गुरुङ आफ्नी ममीसँग त्यहाँ पुग्छिन् । ८ वर्षकी गुरुङलाई नृत्यमा रुचि छ । भविष्यमा डाक्टर बन्नु उनको लक्ष्य हो । कलाकार बन्ने लक्ष्य भएको बताउने १२ वर्षकी रञ्जना खड्काले नयाँ कुरा सिक्न पाउँदा खुसी लागेको बताउँछिन् । 

भ्याकेसन प्याकेजमा नर्सरीदेखि ९ कक्षासम्मका विद्यार्थी सहभागी हुन्छन् । पारिवारिक वातावरणमा बालबालिकालाई सिकाउने गरेको प्रशिक्षक सानु जोजीजुले जनाइन् । परीक्षापछिको खाली समयको सदुपयोग गर्ने यस्ता कार्यक्रमले बालबालिकामा नयाँ अनुभवसँगै प्रतिभा प्रस्फुटन गर्ने अवसर जुटाउँछ । बालबालिकाको अन्तर्निहित प्रतिभा बाहिर ल्याऊँदै त्यसलाई तिखार्न यस्ता कार्यक्रमको सञ्चालन हुने त्रम बढ्दै गएको छ । यसले बालबालिकाहरूको प्रतिभालाई परिपक्वता फ्रदान गर्दै स्कुलको अध्ययनबाहेक अतिरिक्त त्रियाकलापमा समेत अघि बढ्न हौस्याउँछ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
करिअर
लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

सुजाता मुखिया

वैशाख ८, २०७७

करिअर
फोर्ब्स सूचीमा ६ नेपाली

वैशाख ८, २०७७

करिअर
पीडामा पाइलट : काम पाउनै मुस्किल

कृष्ण आचार्य

वैशाख ८, २०७७

करिअर
    कुन पेसामा कति तलब 

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik