• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. करिअर
करिअर
नयाँ गन्तव्यतिरको यात्रा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

एकराज सुवेदी

नयाँ गन्तव्यतिरको यात्रा
असार २६, २०७६

एसईईको परिणाम सार्वजनिक भएपछि अबको नयाँ गन्तव्य के ? कुन विषय पढ्दा के गर्न सकिन्छ र त्यसको भविष्य कस्तो छ ? यो आमसरोकारको विषय बनेको छ । यद्यपि एसईईको परीक्षाफल प्रकाशित नहुँदै विद्यार्थीहरू विभिन्न प्लस टु कलेज र विषयका बारेमा परामर्श लिन थालिसकेका हुन्छन् । विद्यालय अध्ययनपछि उच्च शिक्षा हासिल गर्ने लक्ष्यका साथ अघि बढेका पाइलाहरू सही बाटोको खोजीमा हुन्छन् । एकातर्फ विद्यार्थीहरूको ठूलो संख्या उपयुक्त शैक्षिक संस्थाको खोजीमा छ भने अर्कातर्फ विद्यालयहरूले पनि विद्यार्थीलाई आकर्षित गर्न विभिन्न माध्यमद्वारा आफ्नो प्रचार–प्रसार गरिरहेका छन् । 

प्रचारमा ओर्लिएका धेरै कलेजको भनाइ र वास्तविकता फरक पनि हुन सक्छ । ‘विद्यार्थी आकर्षित गर्न लोकप्रिय नारा दिए पनि कलेजभित्र पस्दा शैक्षिक वातावरण नै नभएका कलेज पनि भेटिए,’ राम्रो प्लस टुको खोजीमा रहेका अनुप सापकोटाले भने– ‘साथीभाइको लहलहै र कलेजको प्रचारमा भर परेर एड्मिसन गर्न नहुने रहेछ भन्ने शिक्षा पाएका छौं, एसईईपछि प्लस टुको बाटोमा जाने तयारी गरिरहेका साथीहरूलाई राम्रोसँग बुझेर मात्र अघि बढ्न सल्लाह दिन्छु ।’ 

एसईई परिणाम नआउन्जेल कुन विषयमा उच्च शिक्षा हासिल गर्ने भनेर थुप्रै विद्यार्थी द्विविधामा हुन्छन् । रिजल्ट आओस् अनि कहाँ पढ्ने सोचौंला भन्ने विद्यार्थीहरूले रिजल्टपछि हतारमा निर्णय लिनुपर्ने हुन्छ ।

‘परिणामजस्तो आए पनि विद्यार्थीले आफ्नो रुचिको विषय र त्यसको सम्भावनाका बारेमा पहिल्यै बुझ्न सक्छन् ।’ शिक्षाविद् गोपाल भण्डारी भन्छन्– ‘उनीहरूले आफ्नो लक्ष्य पहिचान गरेको खण्डमा सुरुदेखि नै औपचारिक अध्ययन पनि त्यही विषयमा गर्ने निर्णय लिन सक्छन् ।’ शिक्षाविद भण्डारीका अनुसार विकासोन्मुख मुलुकमा मात्र होइन, विकसित मुलुकमा पनि धेरै विद्यार्थीले आफ्नो लक्ष्य निर्धारण गर्न नसक्दा पछि पढेको विषयमा काम नगरी रुचिको क्षेत्रमा काम गरिरहेको उदाहरण प्रशस्तै पाइन्छ । 

एसईईसम्मको अध्ययनमा लगभग सबै विद्यार्थीले एकै प्रकारको पाठ्यक्रम अध्ययन गरे पनि एसईईपछि रोजाइको संकाय अध्ययन गर्न पाउँछन् । यतिबेला विद्यार्थीले जुन संकाय रोज्छन्, उनीहरूको करियर पनि लगभग त्यही क्षेत्रसँग जोडिन्छ । एसईई उत्तीर्ण भएपछि विज्ञान संकाय रोज्ने विद्यार्थीले प्लस टु वा प्रमाणपत्र तह उत्तीर्ण गरेपछि अन्य संकायमा गएर अध्ययन गर्ने अवसर पाए पनि व्यवस्थापन, मानविकी र शिक्षा संकाय अध्ययन गर्नेले विज्ञान संकायमा जान पाउँदैनन् । त्यस्तै व्यवस्थापन संकाय अध्ययन गर्ने विद्यार्थीले स्नातक तहमा मानविकी संकायमा जान पाउने भए पनि मानविकी संकायको विद्यार्थीले व्यवस्थापनमा जान गाह्रो हुन्छ । यो दृष्टान्तले विद्यार्थीले कुन विषय रोज्ने भन्ने निर्णय अहिले नै गर्नुपर्ने पुष्टि गर्छ । 

एसईई परिणाम नआउँदै काठमाडौं उपत्यकाका केही कलेजले विद्यार्थीलाई एडभान्स कोर्सको नाममा भर्ना गरिसकेका छन् । विद्यार्थीले यो समयमा कुनै एक कलेजमा मात्र सीमित भएर जानकारी लिनुभन्दा उच्च शिक्षाका लागि उपयुक्त विषय छनौटमा विविधता अपनाउन सक्नुपर्छ । त्यस्तै जतिसक्दो धेरै कलेजका बारेमा जानकारी लिन सक्नुपर्छ । प्रचारका दृष्टिकोणले सफल मानिएका कलेजहरू मात्र उत्कृष्ट हुन सक्दैनन् भन्ने कुरा विद्यार्थीले बुझ्न सक्नुपर्छ । 

एसईई उत्तीर्ण भएपछि पनि विद्यार्थीहरू कुन विषयमा उच्च शिक्षा हासिल गर्ने भनेर अलमल्लिरहेका हुन्छन् । गत वर्ष एसईई उक्तीर्ण रमेन्द्र रौनियारले कलेज छनौटका त्रममा एक दर्जन कलेज चहारेका थिए । त्यस क्रममा उनले विज्ञान संकाय र व्यवस्थापन संकायमध्ये आफ्ना लागि कुन उपयुक्त हुन्छ भन्ने कुरा बुझ्न पाएको बताए । ‘मेरा अभिभावकको आर्थिक स्थिति पनि त्यति सुदृढ थिएन,’ रौनियारले भने– ‘त्यसकारण विज्ञान संकायभन्दा तुलनात्मक रूपमा व्यवस्थापनमा खर्च कम हुने र मेरो क्षमताले पनि व्यवस्थापन संकाय अध्ययन गर्नु नै राम्रो हुनसक्छ भन्ने कुरा थाहा पाएपछि त्यही विषयमा अध्ययन गर्न थालें ।’ रौनियारका अनुसार अहिले व्यवस्थापन संकायमा रोजगारीको पर्याप्त अवसर छ ।  

‘एसईई उत्तीर्ण भएकाहरू कुनै विषयमा भर्ना नहुन्जेल कहाँ–के अध्ययन गर्ने भनेर अन्यौलमा हुन्छन्,’ शैक्षिक परामर्शदाता संस्था नेसनल इन्स्टिच्युट अफ साइकोलोजीकी प्रमुख गंगा पाठक भन्छिन्– ‘अन्यौल बढाउन सामाजिक प्रतिष्ठा, परिवारको अनावश्यक दबाब तथा विषयप्रति स्पष्ट जानकारी नहुने जस्ता कुराले महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् ।’ जसका कारण एसईईसम्म राम्रो भनिएको विद्यार्थी उच्च शिक्षामा कमजोर सावित हुन्छ, त्यस्तै कमजोर विद्यार्थीले उच्च शिक्षामा सरल विषय लिएर राम्रो गर्न सक्छ । 

विशिष्ट श्रेणी, प्रथम श्रेणी मात्र होइन, दोस्रो श्रेणीमा उत्तीर्ण विद्यार्थी पनि विज्ञान संकायमा अध्ययन गर्ने अभिलाषा राख्छन् । परिवारको दबाब पनि छोराछोरीले राम्रो विषयमा अध्ययन गरोस् भन्ने हुन्छ, जेभियर इन्टरनेसनल कलेजका प्रमुख लोक भण्डारी भन्छन्– जसका कारण उनीहरू आफ्नो सामर्थ्य नहुँदा–नहुँदै विज्ञान संकायमा अध्ययन गर्ने भएर वर्षौं अल्झिरहेका हुन्छन् । यसो गर्नुको सट्टा उनीहरूले आफ्नो सामर्थ्य तथा रुचि भएको विषय रोज्नु उपयुक्त हुन्छ । 

गुणस्तरीय अध्यापन गराउने कलेज हरेक दृष्टिकोणले सक्षम हुन्छ । कस्तो कलेज छनौट गर्ने ? विद्यार्थीले सबै हिसाबले आफ्ना लागि उपयुक्त मानेको कलेजमा मात्र भर्ना हुन जानुपर्छ । एसईईपछि प्लस टुमा राम्रो अंक ल्याउन सक्ने विद्यार्थीले पनि उच्च शिक्षाका क्रममा राम्रो अवसर प्राप्त गर्छन् ।

संकायगत रूपमा हेर्दा अहिले व्यवस्थापन र मानविकी संकाय पनि रोजगारीका दृष्टिले सबल भैसकेका छन् । सम्पूर्ण व्यापारिक क्षेत्रमा व्यवस्थापन संकाय अध्ययन गरेको जनशक्तिको आवश्यकता हुन्छ भने अध्ययनमूलक धेरै क्षेक्रमा मानविकीका जनशत्ति उपयोगमा आइरहेका हुन्छन्, त्यसैले व्यवस्थापन र मानविकी संकायलाई तल्लो स्तरको मान्नुपर्ने अवस्था छैन । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
करिअर
लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

सुजाता मुखिया

वैशाख ८, २०७७

करिअर
फोर्ब्स सूचीमा ६ नेपाली

वैशाख ८, २०७७

करिअर
पीडामा पाइलट : काम पाउनै मुस्किल

कृष्ण आचार्य

वैशाख ८, २०७७

करिअर
    कुन पेसामा कति तलब 

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik