• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. करिअर
करिअर
प्राविधिक शिक्षाको ढोका ग्रेडले छेक्दैन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

युवराज गौतम

प्राविधिक शिक्षाको ढोका ग्रेडले छेक्दैन
श्रावण ७, २०७६

विश्वमा दिन–प्रतिदिन नयाँ–नयाँ प्रविधिको विकास भैरहेको छ । ती प्रविधिको प्रभाव नेपाली समाजदेखि नेपाली भान्सासम्म पुगिरहेको छ । सूचना प्रविधिको तीव्र विकासका कारण विद्यालय स्तरदेखि नै प्राविधिक शिक्षाको ज्ञान आवश्यक हुन थालेको छ । ग्रेडिङका आधारमा अंक प्राप्त गरेर एसईर्ई उत्तीर्ण गरेका अधिकांश विद्यार्थीले रोजगारीको उच्च सम्भावनाका कारण प्राविधिक विषयहरू छनौट गर्न थालेका छन् । नेपालमा पछिल्ला वर्षहरूमा व्यवसायिक तथा रोजगारमूलक शिक्षामा युवाहरूको आकर्षण लगातार बढ्दै गएको छ । नेपालका विश्वविद्यालयहरूमा पढाइ हुने विषयले गरिखान सक्ने नबनाएको भन्दै धेरै युवाले प्राविधिक शिक्षातर्फ आफ्नो ध्यान केन्द्रित गरेको पाइन्छ । 

यो वर्षको एसईई परीक्षामा सामेल भएर विभिन्न ग्रेड प्राप्त गरेका विद्यार्थीहरू ११ र १२ कक्षामा कुन विषय पढ्ने भन्ने अन्योलमा पर्छन्, तर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)ले सबै ग्रेड प्राप्त गर्ने विद्यार्थीहरूका निम्ति ढोका खुला गरिदिएको छ । अन्य शिक्षालयहरूमा पनि प्राविधिक शिक्षाका लागि बाटो खुला रहे पनि त्यसमा केही सर्त रहेको पाइन्छ । यद्यपि सिटिइभिटीमा भने जुनसुकै ग्रेड ल्याए पनि सोही अनुसारको कोर्स तयार पारिएको छ । छोटो अवधिको तालिम मात्र होइन डिप्लोमा लेभलका कोर्सहरू ग्रेड वा जिपिएस अनुसार निर्धारण गरिएको छ । सिटिइभिटीका प्रवक्ता देवेशचन्द्र देवकोटा भन्छन्– प्राविधिक शिक्षाबाट कोही पनि बन्चित नहोस् भनेर नै यस्तो अवधारणा अपनाएका हौं, विद्यार्थीको क्षमता, रुचि एवं योग्यताअनुसार सिटिइभिटीले प्रदान गर्ने जुनसुकै कोर्स पढ्न कुनै समस्या छैन, त्यसमा ग्रेडिङले कुनै प्रभाव पार्दैन ।

राष्ट्रिय परीक्षा बोर्ड तथा स्थानीय सरकारको अनुमतिमा संचालित अन्य प्राविधिक कोर्सहरू पढ्न पनि कुनै बन्देज छैन । राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोखरेलका अनुसार प्राविधिक कोर्स पढ्न एसईईको नतिजा बाधक बन्दैन तर ग्रेडिङमा चित्त नबुझे रिग्रेडका लागि पुनः परीक्षा दिने अवसर पाइन्छ । 

सिटिइभिटीअन्तर्गतका प्राविधिक कोर्स पढ्न रुचाउने विद्यार्थीहरूको संख्या उल्लेख्य छ ।

सिटिइभिटीअन्तर्गतका केही प्राविधिक शिक्षालयले एसएलसीपछि तीनवर्षे डिप्लोमा स्तरमा मेकानिकल, नर्सिङ, हेल्थ असिस्टेन्ट आदि विषय अध्यापन गराउँदै आएका छन्, जसलाई प्रविणता प्रमाणपत्र तहको समकक्षता प्रदान गरिएको छ । सिटिइभिटीले आफ्नै शिक्षालयमार्फत, अन्य शैक्षिक संस्थालाई सम्बन्धन दिएर तथा अन्य एनएक्स कार्यक्रममार्फत प्राविधिक शिक्षा प्रदान गरिरहेको छ । 

कक्षा ११ र १२ का लागि प्राविधिक धारका पाँच विषयमा यसअघि नै पाठ्यक्रम तयार गरिसकेको छ । कक्षा ९ र १० मा यस्ता प्राविधिक धारका विषयहरू पढाइ हुन सुरु पनि भैसकेको छ । यी विषय लिएर एसईईमा राम्रो ग्रेड ल्याउ सके ११ मा प्राविधिक विषयहरू अध्ययन गर्न पाइन्छ । ती पाठ्यक्रमहरू कुल १२ सय पूर्णांकका छन् । जसको अध्ययनबाट प्राविधिक जनशक्ति ११ र १२ कक्षा अध्ययनबाटै उत्पादन हुनेछन्, तर प्राविधिक विषयहरू पढाइ हुने सामुदायिक विद्यालय करिब १ सयवटा मात्र छन् ।

सिटिइभिटीबाहेक परीक्षा बोर्ड तथा स्थानीय सरकारले हाल प्राविधिक धारका विषयहरूका रुपमा इलेक्ट्रिक, सिभिल इन्जिनियर, कम्प्युटर इन्जिनियर, बनस्पति विज्ञान, जीव विज्ञानजस्ता विषय समावेश गराएका छन् । यसमा अन्य नयाँ–नयाँ कोर्स भित्र्याउने तयारी भैरहेको छ । विश्वविद्यालयहरूले पनि प्राविधिक विषयलाई प्राथमिकतामा राखेका छन् । त्रिभुवन विश्वविद्यालयले कृषि, इन्जिनियरिङ, स्वास्थ्य, वन आदि विषयलाई प्राविधिक कोर्सका रुपमा अघि सारेको छ । 

प्राविधिक शिक्षाका लागि सबैभन्दा भरपर्दो गन्तब्य भनेको सिटिइभिटीले संचालन गरेका शैक्षिक कार्यक्रमहरू नै हुन् । सीमित कोटामा भर्ना लिइने सिटिइभिटीको कोर्स पूरा गरिसकेपछि रोजगारीको प्रशस्त सम्भावना हुने सिटिइभिटीका प्रवक्ता देवकोटाको दावी छ । देवकोटा भन्छन्–सिटीइभिटीबाट उत्पादित जनशक्तिमध्ये ८० प्रतिशतले सजिलैसँग रोजगारी पाएका छन् । हामीले अध्यापन गराउँदै आएका केही विषय तुलनात्मक रूपमा महँगा छन् तर ती विषय अध्ययन गर्नेले विश्वभर रोजगारीको अवसर पाएका छन् ।

 

अध्यापन भैरहेका केही विषय

इन्जिनियरिङ : यसअन्तर्गत डिप्लोमा वा प्रमाणपत्र तहका सिभिल, इलेक्ट्रोनिक्स, मेकानिकल, अटो मेकानिकल, आर्किटेक्चर, कम्प्युटर, सर्वे, इन्फरमेसन टेक्नोलोजी जस्ता विषय पर्छन् । यी सबै कोर्स पूरा गर्न तीन वर्ष लाग्छ । इन्जिनियरिङका डिप्लोमा तहका यी विषयको अध्ययनपछि हाइड्रोपावर, सडक, खानेपानी आयोजना, पर्यटन लगायतका क्षेत्रमा रोजगारी प्राप्त गर्न सकिन्छ । 

कृषि : यसअन्तर्गत एनिमल साइन्स तथा प्लान्ट साइन्सको अध्यापन हुन्छ । त्यसबाहेक यसमा टेक्सटाइल एन्ड सेरिकल्चर, आईएस्सी एग्रिकल्चर पनि समावेश छ । डिप्लोमा इन फूड एन्ड डेरी टेक्नोलोजीलाई पनि यही समूहमा राखिएको छ । यी कोर्स पूरा गर्न तीनवर्ष लाग्छ । नेपाल कृषिप्रधान देश भएकाले यी विषयमा रोजगारीको सम्भावना धेरै छ । कृषि अनुसन्धान परिषद, कृषि विभाग, कृषि मन्त्रालय, कृषि विकास कार्यालय, कृषि सम्बन्धी एनजीओ तथा आइएनजीओहरू रोजगारीका सम्भावित क्षेत्र हुन् । 

स्वास्थ्य : यसअन्तर्गत सिएमए, अनमी, एएचडब्ल्यू, डेन्टल हाईजेनिस्ट, मेडिकल ल्याव, अक्युपन्चर, जनरल मेडिसिन, फार्मेसी, मेडिकल ल्याब टेक्निसियन, होमियोप्याथी, अक्यूप्रेसर, फिजियोथेरापी, होमीयोप्याथी आदि विषय छन् । यी विषयको कोर्स पूरा गर्न तीन वर्ष लाग्छ । परीक्षामा सामेल भएर उत्तीर्ण भएपछि माथिल्लो तहमा अध्ययन गर्ने अवसर समेत प्राप्त हुन्छ । एसईईमा प्राप्त ग्रेडका आधारमा यी विषयमा आवदेन दिएर प्रवेश परीक्षामार्फत छनौट हुने अवसर पाइन्छ । कक्षा ९ र १० मा अनिवार्य विषय लगायत स्वास्थ्य तथा जनसंख्या विषयबाट प्रवेश परीक्षामा प्रश्न सोधिन्छ । यी सबै कोर्स स्वदेश तथा विदेशमा पनि उपयोगी हुने सिटिइभिटीको दाबी छ, तर यो वर्ष भने चिकित्सा स्वास्थ्य शिक्षा विधेयकमा देखिएको विवादका कारण नियमित भर्ना र पढाईमा केही ढिलाइ हुने बताइएको छ । 

फरेस्ट्री : डिप्लोमा तहको यो तीनवर्षे कोर्स पूरा गरेपछि वन विकाससँग सम्बन्धी संघसंस्था वा सरकारी निकायहरूमा रोजगारीको अवसर पाइन्छ । सरकारी सेवाअन्तर्गत वन विभाग, भू–संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु विभाग, बन मन्त्रालय लगायतका स्थानमा रोजगारीको सम्भावना हुन्छ । नेपालमा यो विषय पढाइ हुने कलेज सीमित संख्यामा छन् । 

होटल म्यानेजमेन्ट : डिप्लोमा तहको यो तीनवर्षे कोर्स पूरा भएपछि पर्यटन क्षेत्रमा रोजगारी पाइन्छ । पर्यटकीय स्थलमा खुलेका रिसोर्ट, कटेज, तारे होटल तथा रेस्टुराँ आदि क्षेत्रमा रोजगारीको अवसर पाइन्छ । त्यसबाहेक पर्यटन क्षेत्रमा फड्को मारेका देशहरूमा पनि रोजगारीको अवसर पाइने सम्भावना हुन्छ । 

सामाजिक परिचालक : सिटिइभिटीले नै संचालन गर्दै आएको सामाजिक परिचालकको कोर्स पूरा गर्न तीन वर्ष लाग्छ । यो कोर्स पूरा गरेपछि विशेष गरी एनजीओ तथा आइएनजीओहरूमा रोजगारीको अवसर पाइन्छ । त्यसबाहेक सरकारी स्तरमा पनि रोजगारीको प्रशस्त सम्भावना हुन्छ ।

जीपीए कति ल्याउने ?

यी सबैखाले विषयमा भर्ना हुन सिटिइभिटीले विषयगत दक्षतालाई प्राथमिकता दिएको छ । स्वास्थ्य विषय अध्ययन गर्न चाहनेहरूका लागि एसईईमा जीपीए अर्थात ग्रेडप्वाइन्ट सी ग्रेड र जीपीए २.० हुनुपर्छ । इन्जियिरिङ, फरेस्ट्री, कृषि, पर्यटन आदि विषयमा भर्ना हुन पनि अंग्रेजी, गणित र विज्ञानमा सी ग्रेड ल्याउनुपर्छ । एसईईपछिका अन्य तीनवर्षे कोर्स गर्न सी ग्रेड तथा जीपीए २.० हुनैपर्ने प्रावधान छ । 

अर्कातर्फ न्यूनतम ई ग्रेड र ०.८ जीपीए ल्याउने विद्यार्थीले पनि टीएसएलसी कोर्स अध्ययन गर्न सक्ने सिटिइभिटीले जनाएको छ । सिटिइभिटीले सिकाइ क्षमता कम भएका विद्यार्थीहरूको सीप विकास गर्ने लक्ष्यका साथ विभिन्न विषयमा एकवर्षे कोर्ससमेत सञ्चालन गर्दै आएको छ ।

प्राविधिकलाई गाउँ–गाउँमा अवसर छ 

प्राविधिक शिक्षामा अबको योजना के छ ?

प्राविधिक शिक्षालाई गाउँ–गाउँमा पुर्‍याउने सरकारी नीति नै छ । निजी क्षेत्रलाई भन्दा पनि स्थानीय सरकारहरूमार्फत शिक्षालय स्थापना गरी साझेदारीका आधारमा प्राविधिक कोर्सहरू संचालन गर्ने योजना छ । सिटिइभिटी सामुदायिक तथा आंगिक शिक्षालयहरूसँग साझेदारी गरेर अघि बढ्न चाहन्छ । 

कुन प्राविधिक कोर्समा विद्यार्थीहरूको आकर्षण बढी देखिन्छ ?

आकर्षणको कुरा गर्नुपर्दा बुझाइ कस्तो हो भन्ने कुरा आउँछ । नेपालको परिवेशमा कृषि क्षेत्रमा आकर्षण देखिनुपर्ने हो, तर स्वास्थ्य, इन्जिनियरिङ तथा हस्पिटालिटीमा आकर्षण छ । यतिबेला गाउँ–गाउँमा रोजगारीको अवसर छ । सिभिल ओभरसियर, होटल म्यानेजर, सुपरभाइजर जस्ता अवसर गाउँमै उपलब्ध छन् । 

छोटो अवधिको तालिम प्राप्तिपछि रोजगारीको सम्भावना कत्तिको छ ?

छोटो अवधिका तालिमका लागि उमेर खाएका विद्यार्थीहरूको आकर्षण देखिन्छ, तर पनि एसईईमा न्यून अंक ल्याएका विद्यार्थीहरू पनि छोटो अवधिको तालिममा भर्ना हुने गरेका छन् । छोटो अवधिको तालिम लिएपछि पनि एसईईमा रिग्रेड परिक्षा दिएर राम्रो अंक ल्याई सम्बन्धित कोर्स अध्ययन गर्ने विद्यार्थीहरूको संख्या प्रशस्तै छ ।

प्राविधिक कोर्स नै किन पढ्नुपर्छ ?

परम्परागत आधारमा काम गर्दा राम्रो प्रतिफल प्राप्त हुँदैन । हाम्रो पुस्ता परम्परागत रुपमा काम गरेकाले पछि परेको हो । अहिले नेपाल जस्ता अल्पविकसित मुलुकहरूमा नयाँ–नयाँ प्रविधि भित्रिरहेका छन् । त्यस्ता प्रविधिसँग जोडेर उत्पादन बढाउन एवं घरपरिवार वा समाजलाई समृद्ध बनाउन प्राविधिक कोर्स अनिवार्य जस्तै भैसकेको छ ।

देवेशचन्द्र देवकोटा/प्रवक्ता, सिटिईभिटी

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
करिअर
लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

सुजाता मुखिया

वैशाख ८, २०७७

करिअर
फोर्ब्स सूचीमा ६ नेपाली

वैशाख ८, २०७७

करिअर
पीडामा पाइलट : काम पाउनै मुस्किल

कृष्ण आचार्य

वैशाख ८, २०७७

करिअर
    कुन पेसामा कति तलब 

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik