• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. करिअर
करिअर
छोटो अवधिको प्राविधिक कोर्स
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

युवराज गौतम

छोटो अवधिको प्राविधिक कोर्स
श्रावण १२, २०७६

झापाको विर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउन्डेनबाट एसईई परीक्षा दिएकी प्रज्ञा दाहाल यतिबेला निराश छिन् । परीक्षामा ए ग्रेड ल्याएर राम्रो प्राविधिक विषय पढ्ने धोको पूरा हुन नसकेकोमा उनलाई पछुतो लागिरहेको छ, तर पनि सिटिइभिटी र अन्य निकायले प्रदान गर्ने प्राविधिक शिक्षाका बारेमा बुझन उनी यतिबेला दौडधूप गरिरहेकी छिन् । ‘छोटो अवधिका कोर्स वा अन्य प्राविधिक कोर्सका बारेमा बुझिरहेकी छु’, दाहालले भनिन् । प्रज्ञाजस्तै एसईई नतिजा सार्वजनिक भएपछि कतिपय विद्यार्थी यतिबेला निराश छन् । उनीहरूले एसईईमा न्यून ग्रेड आएपछि माथिल्लो स्तरमा राम्रो कोर्स पढेर अब्बल करिअर रोज्ने लक्ष्यमा केही बाधा उत्पन्न भएको महशुस गरिरहेका छन् ।

परीक्षा बोर्डले यो वर्ष सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागी ४ लाख ७५ हजार विद्यार्थीमध्ये १७ हजार ५ सय ८० जनाले मात्र ३ दशमलव ६ देखि ४ जीपीए प्राप्त गरेका छन् । यी विद्यार्थीहरूका लागि नेपालमा पढाई हुने जुनसुकै स्तरका कोर्स पढ्न समस्या छैन । त्योभन्दा कम ग्रेड ल्याएका विद्यार्थीले आफ्नो लक्ष्य अनुसार कोर्स छनौट गर्न नपाउने संभावना छ ।

यो वर्षको नतिजा हेर्दा ३ दशमलव २० देखि ३ दशमलव ६ जीपीए ल्याउने विद्यार्थीको संख्या ५१ हजार १ सय ३७ छ भने २ दशमलव ८० देखि ३ दशमलव २० जीपीए ल्याउनेहरूको संख्या ६३ हजार ७ सय ४१ छ । २ दशमलव ४० देखि २ दशमलव ८० जीपीए ल्याउनेको संख्या ७६ हजार ५ सय ६४, २ देखि २ दशमलव ४० जीपीए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा बढी ९८ हजार २ सय ७ छ । त्यसबाहेक ९५ हजार ३ सय ७ जना विद्यार्थीले १ दशमलव ६० देखि २ जीपीए मात्र ल्याएका छन् । 

एसईईमा अनुत्तीर्ण नभए पनि ग्रेड कम आउँदा विद्यार्थीहरू निराश हुन्छन् । यद्यपि, निराश हुनुपर्ने वा पढाइ नै छाड्नुपर्ने अवस्था भने नभएको राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोखरेल बताउँछन् । नेपालमा प्राविधिक शिक्षाको विकास एवं विस्तारले न्यून अंक ल्याउनेहरूका लागि अवसरको ढोका खुला गरेको मात्र छैन, रिग्रेडका लागि मौका परीक्षाको व्यवस्था गरिएको पोखरेलले बताए । 

सिटिइभिटीका प्रबक्ता देवेशचन्द्र देवकोटा भन्छन्– कम अंक आयो भन्दैमा निराश भैहाल्नु पर्ने अवस्था देखिँदैन । क्षमता, योग्यता एवं आफ्नो रुचि अनुसार सिटिइभिटीका कोर्सहरू पढेर आफूलाई आत्मनिर्भर बनाउन सकिन्छ । रोजगारीका लागि प्राविधिक शिक्षाले एसईईमा न्यून अंक ल्याउनेहरूका निम्ति विशेष अवसर प्रदान गर्दै आएको छ । स्किल टेस्टका कोर्सहरूले विदेशमा पनि प्रशस्त अवसर उपलब्ध गराउन सक्छन् । 

सिटिइभिटीले देशैभर विभिन्न प्राविधिक शिक्षालय स्थापना गरेर रोजगारमूलक कोर्स अध्ययन–अध्यापन गराइरहेको छ । सिटिइभिटीले संचालन गर्ने प्राविधिक एसएलसी अर्थात टीएसएलसीका लागि विशेष कोर्सहरूको व्यवस्था छ जसको प्रमुख लक्ष्य भनेको सबै स्तरका विद्यार्थीका लागि रोजगारमूलक कोर्स गर्ने अवसर प्रदान गर्नु हो । ती कोर्सको अध्ययनका लागि कम्तिमा १५ हजार देखि ५० हजार रुपैयाँसम्म खर्च लाग्छ । यस्तै कोर्स अध्ययन गर्न निजी शिक्षालयहरूमा भने ५० हजार रुपैयाँभन्दा बढी खर्च लाग्छ । सिटिइभिटीअन्तर्गत छोटो अवधिका तालिमका साथै स्वास्थ्य, कृषि तथा इन्जिनियररिङ क्षेत्रका फरक–फरक कोर्स अध्ययन गर्न पाइन्छ । हालसम्म सिटिइभिटीले ४१ वटा डिप्लोमा तहका, २५ वटा प्राविधिक एसएलसी तथा १ सय ८४ वटा छोटो अवधिका पाठ्यक्रम तयार गरेको छ । छोटो अवधिको तालिममा जुनियर स्पिनर र विभर, स्पिनिङ यार्न मेसिन अपरेटर, प्लाष्टिक लुम अपरेटर जस्ता नयाँ कोर्स थपिएका छन् । एसईईमा न्यून अंक ल्याए पनि यी कोर्स पढेर रोजगारी प्राप्त गर्न सकिन्छ ।

सिभिल इन्जिनियरिङ ः एसईईमा न्यून वा बढी अंक दुवैका लागि संचालित कोर्स हो— सिभिल इन्जिनियरिङ । यसका पनि विभिन्न क्षेत्र छन् । यसअन्तर्गतको सव–ओभरसियर अध्ययन गर्नेहरूका लागि विल्डिङ, रोड एन्ड ब्रिज, ड्रिङ्किग वाटर एन्ड इरिग्रेसन आदि फरक–फरक कोर्स संचालित छन् । यी विषयका दुईवर्षे कोर्स सकेपछि पाँच वा तीन महिना सम्बन्धित कार्यालयमा गएर अन द जब ट्रेनिङ्ग(ओजेटी) गर्नुपर्छ । यी विषयको अध्ययन पूरा भएपछि भौतिक संरचना निर्माणका क्षेत्रमा प्राविधिकका रुपमा रोजगारी प्राप्त गर्न सकिन्छ । 

जनरल कन्ट्रक्सन ः इन्जिनियरिङ क्षेत्रकै जनरल कन्ट्रक्सन धेरैको रोजाइमा पर्छ । दुईवर्षे यो कोर्सको अध्ययन सकेलगत्तै पाँच महिना सम्बन्धित कार्यालयमा गएर ओजेटी गर्नुपर्छ । पढाइ सकेर प्रमाणपत्र लिइसकेपछि भौतिक पूर्वाधार अर्थात विकास निर्माण विभिन्न क्षेत्रमा रोजगारीको अवसर पाइन्छ । 

सर्भे इन्जिनियरिङ ः भौतिक पूर्वाधारको विकाससँग सम्बन्धित यो विषयको अध्ययन अवधि एक वर्ष मात्र छ । पाँच महिना अन द जब ट्रेनिङ (ओजेटी) गरिसकेपछि रोजगारीको अवसर प्राप्त गर्न सकिन्छ । यो विषयसँग सम्बन्धित जनशक्ति निकै कम भएकाले रोजगारीको सम्भावना बलियो छ । 

कम्प्युटर टेक्निसियन ः आधुनिक समयमा चाँडो र सजिलै रोजगारी प्राप्त गर्न सकिने विषयमध्ये कम्प्युटर टेक्निसियन पनि एक हो । यसको अध्ययन अवधि १५ महिना निर्धारण गरिएको छ । यसमा कम्प्युटरको सफ्टवेयर तथा हार्डवेयरसम्बन्धी ज्ञान हासिल गर्न सकिन्छ । 

अटो मेकानिक्स ः सवारी साधनहरूका पाटपुर्जालगायतका विषयमा शिक्षा हासिल गर्न सकिने अटो मेकानिक्सको कोर्स पूरा गर्न दुई वर्ष लाग्छ । त्यसबाहेक पाँच महिना सम्बन्धित क्षेत्रमा ओजेटी गर्नुपर्छ । 

सिएमए/ अनमी ः स्वास्थ्यसँग सम्बन्धित सिएमए अर्थात् अनमीको अध्ययन पूरा गर्न दुई वर्ष लाग्छ । दुई वर्षको अध्ययन सकिएपछि अस्पताल, स्वास्थ्य चौकीजस्ता स्वास्थ्यसँग सम्बन्धित क्षेत्रमा पाँच महिनासम्म ओजेटी गर्नुपर्छ । मानव स्वास्थ्यसँग सम्बन्धित विषय भएकाले यसमा रोजगारीको बलियो अवसर छ ।

जेटीए ः कृषिसम्बन्धी यो विषयका पनि विभिन्न क्षेत्र छन् । फरक–फरक क्षेत्रमा यसको अध्ययन–अध्यापन गराइन्छ, जस्तोः बागवानी, बाली विकास, वाली संरक्षण, पशुपालन आदि । दुई वर्षे यो कोर्सको अध्ययन सकेपछि पाँच महिना ओजेटी गर्नुपर्छ ।

एनिमल हेल्थ साइन्स ः पशु स्वास्थ्य सम्बन्धी यो कोर्स पूरा गर्न दुई वर्ष लाग्छ । भेटेनरी विषयसँग मिल्दोजुल्दो यसको दुई वर्षे कोर्स पूरा भएपछि पाँच महिना ओजेटी गर्नुपर्छ । नेपालमा पशुपालन व्यवसायसम्बन्धी धेरै कार्यालय वा संघ–संस्थाहरू भएकाले ती संस्थामा रोजगारीको सम्भावना उच्च हुन्छ । 

जुनियर वेल्डिङ टेक्निसियन ः यो दुईवर्षे कोर्स गरिसकेपछि ओजेटी गर्नु पर्दैन । यसमा भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा टेक्निसियनका रुपमा रोजगारी पाउने सम्भावना भने व्यापक हुन्छ । 

सामाजिक परिचालक ः सामाजिक परिचालकका लागि १५ महिने तथा २९ महिने गरी २ वटा कोर्स सञ्चालित छन् । यो विषयको अध्ययन पूरा गरेपछि जुनसुकै क्षेत्रमा सामाजिक परिचालकका रूपमा रोजगारी प्राप्त गर्न सकिन्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
करिअर
लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

सुजाता मुखिया

वैशाख ८, २०७७

करिअर
फोर्ब्स सूचीमा ६ नेपाली

वैशाख ८, २०७७

करिअर
पीडामा पाइलट : काम पाउनै मुस्किल

कृष्ण आचार्य

वैशाख ८, २०७७

करिअर
    कुन पेसामा कति तलब 

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik