• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. करिअर
करिअर
शून्य डिग्रीमा हिमाल  आरोहणको प्रशिक्षण
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

आश गुरुङ

शून्य डिग्रीमा हिमाल  आरोहणको प्रशिक्षण
श्रावण २२, २०७६

 

अहिले तराईमा निकै गर्मी छ र दिनहुँजसो पानी परिरहेको छ । यद्यपि यतिबेला कतिपय हिमाली भेगमा भने हिउँ परिरहेको छ । हिउँ परेको ठाउँमा रातिको तापक्रम माइनस ३ डिग्रीसम्म झर्छ । समुद्री सतहभन्दा ५ हजार १ सय मिटर उचाइमा टेन्ट टाँगेर बसेका उनीहरू १ सय मिटर माथि उक्लिएर दैनिकजसो हिउँको पहाड चढ्ने र ओर्लने काम गरिरहेका थिए । दिउँसै शून्य डिग्री तापक्रम हुन्थ्यो ।

हिमाल चढ्ने र चढ्न सिकाउने ४२ जना युवायुवती क्र्याम्पन्ट (जुत्ता तलको फलामे धारिलो भाग) सहितको जुक्ता लगाएर त्राभिनर (ढाडमा डोरी बाँध्नलाई प्रयोग गरिने पेटी) मा डोरी झुन्ड्याई आइस एक्स (हिउँको डल्लो फोर्ने बन्चरो) प्रयोग गरी स्नोबार (हिउँमा गाढ्ने किला) ठोक्दै हिउँको थुप्रो चढ्दै थिए । सहभागीहरूका अनुसार त्यहाँ कहीं हिमनदी थियो त कतै हिउँ–चट्टान अनि कतै चट्टान मात्र ।

हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकामा पर्ने काङला बेसक्याम्पको पहाडमा अहिले पनि हिउँ छ । खोलामा रहेको हिउँ चट्टान र हिउँ जमेको पहाडमा एकैपटक ४२ जना प्रशिक्षार्थीलाई पर्वतारोहणसम्बन्धी आधारभूत प्रशिक्षण प्रदान गरिएको अन्तर्राष्ट्रिय पर्वतीय पथ प्रदर्शक एवं तालिम संयोजक तुलसिं गुरुङले बताए । गुरुङका अनुसार प्रमुख प्रशिक्षक पासाङ वङचु शेर्पा, विनायक जय मल्लसहित १२ जना अन्तर्राष्ट्रिय प्रशिक्षक उक्त तालिममा सहभागी थिए । तालिम लिने र दिने सवै नेपाली हुन् । प्रशिक्षार्थीमा २ जना महिला थिए । उनीहरूको मेडिकल सुरक्षाका लागि स्लोभेनियाका डाक्टर खटिएका थिए भने मापदण्ड पुगे–नपुगेको कुराको अनुगमन प्रशिक्षक नाम्गेल शेर्पाले गरेका थिए ।

तालिम संयोजक गुरुङका अनुसार सुरुमा करीब १ साता काठमाडौंमै रक क्लाइम्बिङ तथा सैद्धान्तिक विषयवस्तुमा प्रशिक्षण दिएर प्रशिक्षार्थीहरूलाई मनाङ पुर्‍याइएको थियो । प्रशिक्षार्थीहरू अहिले काठमाडौं फर्किसकेका छन् । ‘हामी जुलाई २ (असार १७) देखि ७ जुलाई (असार २२) सम्म हिउँमै थियौं । हिउँमै प्रयोगात्मक र सैद्धान्तिक दुवै प्रशिक्षण भयो,’ गुरुङले भने ।

प्रशिक्षक विनायक जय मल्लका अनुसार नेपाल पर्वतारोहण संघ (एनएमए) ले उक्त तालिमको अवसर उपलब्ध गराएको हो । विगतमा ४५ दिन चल्ने यो तालिम यही वर्षदेखि एक महिनामा झारिएको छ । संघले छात्रवृत्तिमा तालिम प्रदान गर्दै आएको छ । यो आधारभूत तालिम पूरा गर्न २ लाख ५० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । ‘हिमाल आरोहणलाई थप सुरक्षित र व्यवसायिक बनाउन तालिम लिनैपर्छ,’ संयोजक गुरुङले भने, ‘एक्लैले खर्च गरेर तालिम लिन नसक्ने हुँदा पर्वतारोहण संघले छात्रवृत्ति दिएर यस्तो तालिम संचालन गर्दै आएको छ ।’ गुरुङका अनुसार तालिमका लागि यो वर्ष डेढ सयभन्दा बढीले आवेदन भरेका थिए ।

मल्लका अनुसार तालिममा कसरी सुरक्षित हुने, हिउँमा फसे कसरी आफू उद्धार हुने, अरुलाई उद्धार गर्ने उपाय आदिका साथै हिमाल चढ्दा अपनाउनुपर्ने सुरक्षाका सम्बन्धमा जानकारी गराइएको थियो । ‘हेर्दा–सुन्दा सामान्य लाग्छ, तर यो महत्वपूर्ण ज्ञान हो । तालिमका क्रममै घटना–दुर्घटनाहरू हुन सक्छन्, तर हामीले त्यस्तो केही बेहोर्नु परेन ।

पर्वतारोहण संघले सन् १९७९ सालदेखि हिमाल आरोहणको तालिम प्रदान गर्दै आएको छ । हालसम्म करिब १ हजार ५ सयलाई छात्रवृत्तिमा यो तालिम दिइसकिएको छ । २ दशकअघिसम्म विदेशीले तालिम दिने गरेकोमा अहिले यो तालिमका लागि नेपालीहरू नै पूर्ण रूपमा सक्षम भैसकेको संयोजक गुरुङले बताए ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
करिअर
लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

सुजाता मुखिया

वैशाख ८, २०७७

करिअर
फोर्ब्स सूचीमा ६ नेपाली

वैशाख ८, २०७७

करिअर
पीडामा पाइलट : काम पाउनै मुस्किल

कृष्ण आचार्य

वैशाख ८, २०७७

करिअर
    कुन पेसामा कति तलब 

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik