• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. करिअर
करिअर
सरकारी अधिकृत छाडेर सेयर मार्केटमा 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सरकारी अधिकृत छाडेर सेयर मार्केटमा 
भाद्र २९, २०७६

 

सेयरबाट करोडपति’ भन्ने एउटा विश्वव्यापी भनाइ नै छ । सेयर विश्लेषक डा. रवीन्द्र भट्टराईले त ‘सेयरबाट करोडपति’ भन्ने पुस्तक नै लेखेका छन् । सेयरलाई छिटो पैसा कमाउने सजिलो माध्यमका रुपमा लिइन्छ । त्यसैले धेरैका लागि सेयर बजार आकर्षणको केन्द्र रहँदै आएको छ । 

विभिन्न क्षेत्रमा असफल भएर दिक्दार भएका कतिपय व्यक्ति सेयर बजारमा लगानी गरेर रातारात करोडपति बन्न पुगेका छन् । यसको गतिलो उदाहरण हुन्— अम्बिकाप्रसाद पौडेल । उनी हाल हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको प्रबन्ध निर्देशक छन् । पौडेल पोखरामा आइकम सकेर थप अध्ययनका लागि ०४८ सालमा काठमाडौं आए । व्यवस्थापनका विद्यार्थी भएकाले उनको झुकाव मार्केटतर्फ थियो । सुरुवाती दिनमा उनले काठमाडौंमा एउटा निजी कम्पनीमा काम गरे । निजी कम्पनीमा काम गर्दा उनको पारिश्रमिक चित्तबुझ्दो थिएन । उनको झुकाव सेयर मार्केटतर्फ बढ्न थाल्यो । पहिलो पटक उनले हिमालयन बैंकमा आइपिओ भरे, तर उनलाई एक कित्ता सेयर पनि परेन । 

दोस्रो पटक उनले एसबीआई बैंक र नेपाल बंगलादेश बैंकमा ५०/५० कित्ता सेयर भरे । यद्यपि त्यसमा १०/१० कित्तामात्र सेयर परेको पौडेल सम्झन्छन् । सेयर मार्केटको भोक यतिमै सीमित भएन, उनले सेकन्डरी मार्केटमा आँखा डुलाउन थाले । सेयर बजारमा होमिएका पौडेलले पहिलो पटक २०५० सालमा नविल बैंकको ५० कित्ता सेयर ८ सय रुपैयाँमा सेकेन्डरी मार्केटबाट उठाए ।

उनी वि.सं. २०५५ सम्म सेयरको किनबेचमा निरन्तर लागिरहे । त्यसपछि उनले बैंक अफ काठमाडौं, नबिल बैंक, एसबीआई बैंक आदिको सेयर सेकेन्डरी मार्केटबाट लिए भने इन्स्युरेन्सहरूको आइपिओ भर्ने काम पनि गरिरहे । २०५४ सालतिर सेकेन्डरी मोर्केटको भाउ चुर्लुम्मै घट्यो जसको प्रत्यक्ष मारमा पौडेल पनि परे । सेयरमा गरेको लगानी घाटामा गएपछि पौडेलले लोकसेवा आयोगको तयारी थाले । २०५५ सालमा उनले लेखा अधिकृतमा नाम निकाले । त्यसपछि उनको सरकारी जागिरे जीवन सुरु भयो । निजामति क्षेत्रमा जागिर सुरु गरेपछि पौडेलले २०५९ सालसम्म सेयरको दोस्रो बजारमा कारोबार गरेनन् । 

बिस्तारै विभिन्न संस्था सेयरबजारमा सुचिकृत हुन थाले । सेयरबजार फराकिलो बन्दै गयो । फेरि सेयर बजारमा लगानी हुन थाल्यो । पौडेलले पनि फेरि सेयर बजारमा लगानी गर्न थाले । त्यसपछि आफ्नो राम्रो कमाइ हुन थालेको पौडेल बताउँछन् । पौडेल भन्छन्, ‘केही समय घाटामा गएको सेयर बजार उकालो लागेपछि मेरो पनि कमाइ राम्रो हुन थाल्यो ।’ सेयर बजार उकालो लाग्न थालेपछि उनी धेरैजसो यतै व्यस्त हुन थाले । सेयर बजारमा राम्रो हुन थालेपछि उनले लेखा अधिकृत तहको सरकारी जागिर छाड्ने मनस्थिति बनाए ।

१० वर्षे निजामती जागिरबाट राजीनामा दिएर उनले केही साथीको सहकार्यमा २०६५ सालमा हाथवे इन्भेस्टमेन्ट नेपालको स्थापना गरे । व्यक्तिगत लगानीभन्दा संस्थागत लगानीलाई विशेष जोड दिने उद्देश्यले यो सस्था खोलिएको पौडेल बताउँछन् । उनी हाल यो संस्थाको प्रबन्ध निर्देशक छन् । यो संस्थाले दोस्रो बजारमा करिव ४२ वटा कम्पनीको सेयर कारोबार गर्दै आएको पौडेल बताउँछन् । उनको नेतृत्वमा १४ करोड लगानी गरेर सुरु गरिएको कम्पनीको पोर्टफोलियो अहिले डेढ अर्बको पुगिसकेको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
करिअर
लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

सुजाता मुखिया

वैशाख ८, २०७७

करिअर
फोर्ब्स सूचीमा ६ नेपाली

वैशाख ८, २०७७

करिअर
पीडामा पाइलट : काम पाउनै मुस्किल

कृष्ण आचार्य

वैशाख ८, २०७७

करिअर
    कुन पेसामा कति तलब 

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik