साप्ताहिक संवाददाता
आश्विन १६, २०७६
भेनेजुयलाको काराकासमा आयोजना हुने अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड इन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व निशा पाठकले गर्ने भएकी छन् ।
९ देखि २६ अक्टोबरसम्म आयोजना हुने प्रतियोगितामा २२ बर्षीया निशा नेपाली कलासंस्कृति सहित प्रतियोगितामा सहभागी हुन लागेकी आयोजकले जनाएको छ ।
वलिउड शोडाउन नेपाल नामक संस्थाले निशालाई ‘मिस ग्राण्ड नेपाल २०१९’को उपाधि सहित ‘मिस ग्राण्ड इन्टरनेशनल २०१९’ मा पठाउन लागेको हो ।
८० देशका सुन्दरीहरु सहभागी रहने प्रतियोगितामा निशाले भिजिट नेपाल २०२० को प्रचार गर्दै विश्वका प्रतिनिधिलाई नेपाल भ्रमणको निम्तोसमेत दिनेछिन् ।
निशासँग मिस हेरिटेज इन्टरनेशनल २०१५, मिष्टर एण्ड मिस कल्चर वल्र्ड २०१९ लगायत सौदर्य प्रतियोगिताको समेत अनुभव छ ।