• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. करिअर
करिअर
पैसा कमाउने माध्यम : सामाजिक सञ्जाल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

एकराज सुवेदी

पैसा कमाउने माध्यम : सामाजिक सञ्जाल
कार्तिक १६, २०७६

फेसबुकमा भएका विभिन्न पेजमध्ये हाल रुटिन अफ नेपाल बन्द नामक पेजमा करिब १४ लाख ७५ हजार लाइक छ । सामान्य रूपमा प्रारम्भ गरिएको यो पेज एकताका प्रशस्तै लोकप्रिय थियो । अहिले पनि यो पेजमा समाचार हेर्न मात्र होइन, विभिन्न कम्पनीले आफ्ना सामग्री समेत राख्न रुचाउँछन् । यही पेज उपयोग गरी यसका सञ्चालकहरूले प्रशस्तै पैसा पनि कमाएका छन् । 

कुनै सेलिब्रेटी वा चर्चित व्यक्तिको व्यक्तिगत पेज पनि पैसा कमाउने प्रयोजनमा प्रयोग गर्न सकिन्छ । नेपालमा पनि यस्ता धेरै सेलिब्रेटी छन्, जसले पेजकै माध्यमबाट पैसा कमाएका छन् । आफ्नो पेजमा कुनै कम्पनीको प्रवद्र्धनात्मक सामग्री राखे वापत पैसा लिन सकिन्छ । 

फेसबुक मात्र होइन, इन्स्टाग्राम, युट्युब, टिकटक वा यस्तै विभिन्न सामाजिक सञ्जाललाई हिजोआज पैसा कमाउने माध्यमका रूपमा समेत प्रयोग गर्न थालिएको छ । इन्स्टाग्राम विशेष गरी युवायुवती बीच लोकप्रिय छ । यसमा विभिन्न प्रकारको तस्बिर राख्न सकिन्छ । कतिपयले तिनै तस्बिरकै आधारमा कमाइ पनि गरेका छन् । आफ्नै नाममा वा कुनै क्षेत्रलाई लक्षित गरी खोलिएको इन्स्टाग्राम एकाउन्टबाट पनि पैसा कमाउन सकिन्छ । सेलिब्रेटीहरूले यसमा आफ्नो पोस्ट संख्या अनुसार पैसा लिने गरेका छन् । आफूले पोस्ट गरेको तस्बिरले अत्यधिक लाइक्स बटुल्छ भने स्वयं विज्ञापनदाताहरूले सम्पर्क गर्न सक्छन् । आफैंले पनि विज्ञापनदातासँग सम्पर्क गर्न सकिन्छ । पहिले–पहिले तस्बिर मात्र अपलोड गर्न मिल्ने इन्स्टाग्राममा अचेल भिडियो समेत अपलोड गर्न सकिन्छ । 

धेरै लाइक भएको फेसबुक पेजबाट पनि पैसा कमाउन सकिन्छ । जति धेरै लाइक भयो, उति धेरैजनाको एकाउन्टमा कुनै सामग्री पुग्छ र यो नै पैसा कमाउने गतिलो माध्यम बन्न सक्छ । विभिन्न ब्रान्डले फेसबुकमार्फत विज्ञापन गरिरहेका हुन्छन् । पेजहरूले लाइक्स, कमेन्ट तथा सेयरिङका आधारमा पैसा लिने गरेका छन् । नेपाली व्यवसायीहरूले पनि फेसुबकका लागि पैसा छुट्याउने गरेका छन् भने केही सेलिब्रिटीले पोस्ट अनुसार पैसा लिने गरेका छन् । 

अर्को माध्यम हो– युट्युब । हिजोआज रेडियो, टेलिभिजन, पत्रपत्रिकासँगै युट्युब हेर्नेहरूको संख्या बढ्दै गएको पाइन्छ । यसले गर्दा नै युट्युबरहरूको संख्या पनि बढ्दो छ । नेपालमा पनि यस्ता युट्युबर बग्रेल्ती देखिन्छन् । रेडियो, टेलिभिजनमा प्रसारण भएका कार्यक्रम एक पटक हेरेपछि दोहोर्‍याएर सुन्न– हेर्न मिल्दैन तर युट्युबमा भने जुनसुकै बेला पनि हेर्न वा सुन्न, फरवार्ड वा ब्याक गर्न, सेभ गर्न तथा साथीहरूलाई पठाउन सकिन्छ । यही सहजताका कारण पनि यसका प्रयोगकर्ता बढ्दै गएका हुन् ।

युट्युब एकाउन्टबाटै पैसा समेत आर्जन गर्न सकिन्छ । त्यसका लागि उक्त च्यानल मोनिटाइज हुनुपर्छ । 

सामाजिक सञ्जालहरूमध्ये अर्को चर्चित सञ्जाल हो– टिकटक । यही टिकटकलाई पनि पैसा आर्जन गर्ने माध्यम बनाउन सकिन्छ । व्यक्तिमा कुनै कला, प्रतिभा छ भने भिडियो बनाएर टिकटकमा राख्न सकिन्छ । क्यारिकेचर वा डान्स वा अन्य कुनै अभिनयसहितको १५ सेकेन्डको भिडियो बनाएर टिकटकमा अपलोड गर्न सकिन्छ । यसरी तयार पारिएका भिडियोको लोकप्रियताका आधारमा विभिन्न कम्पनी तथा चलचित्र निर्माताहरूले निश्चित बजेट दिएर आफ्नो कामको प्रचार–प्रसार गर्न सक्छन् ।

एपमार्फत विभिन्न व्यवसाय गर्ने क्रममा अहिले टुटल र पठाओ जस्ता एप लोकप्रिय भएका छन् । यी एप प्रयोग गरी विद्यार्थीहरूले समेत यात्रीहरूलाई एक स्थानबाट अर्को स्थानमा पुर्‍याएर पैसा कमाउने गरेका छन् । टुटल र पठाओमा आबद्ध हुने युवाहरूले महिनामा ६० हजारभन्दा बढीसम्म कमाएको बताइन्छ । 

स्वदेश तथा विदेशमा बस्ने युवाहरूले विभिन्न नाममा ग्रुप र पेजमा सदस्य बढाएर पनि कमाइ गरिरहेका छन् । ग्रुप तथा पेज विक्री गरेर मात्र नभएर भाडामा लगाएर पनि मनग्य आम्दानी गरिँदै आएको छ । 

विशेषज्ञहरू आगामी दुई वर्ष भित्र ग्लोबल इन्फ्लुएन्सर मार्केटिङ ५ देखि १० अर्ब डलरले बढ्ने अनुमान गर्छन् । कुनै सेलिब्रेटी वा यस्तै विशेष व्यक्तिहरूले आफ्नो पेज वा प्रोफाइल प्रयोग गरेर कुनै वस्तुको विज्ञापन गर्न यसको प्रयोग गर्छन् । नेपालमा पनि यस्तो इन्फ्लुएन्सर मार्केटिङको प्रयोग बढ्दो छ । कुनै सामग्री पोस्ट गरेपछि त्यसमा आएको लाइकका आधारमा निश्चित शुल्क लिने सेलिब्रेटी नेपालमा पनि छन् । 

त्यस वाहेक अन्य विभिन्न उपाय अपनाएर पनि विश्व बजारमा उपस्थिति जनाउने चलन बढ्दो छ । टुटल र पठाओ बाहेक अन्य विभिन्न एपको प्रयोग बढ्दो छ । विभिन्न वेबसाइट प्रयोग गरी आफ्नो सामान बिक्री गर्नेहरू पनि छन् । त्यसैगरी ब्लगको प्रयोग गर्नुका साथै इमेल सन्देश पठाएर मार्केटिङ गर्नेहरू पनि त्यत्तिकै छन् । अहिले यसमा वेबिनार तालिमको समेत प्रयोग बढ्दो छ । वेब र सेमिनार अर्थात वेबमार्फत नै सेमिनार आयोजना गर्ने चलन बढ्दै छ । यसले गर्दा टाढाबाट समेत कुनै विषयवस्तुका बारेमा सेमिनार जस्तै गरी जानकारी लिन सकिन्छ । 

यसबाट पनि नेपालमा सोसल मिडियाको बढ्दो प्रभाव स्पष्ट हुन्छ । यसको फाइदा विद्यार्थीदेखि व्यापारीसम्मले लिइरहेका छन् । यद्यपि सोसियल मिडियाको उचित प्रयोगभन्दा बढी दुरुपयोग भएको पनि पाइन्छ । प्रहरीको अपराध अनुसन्धान महाशाखामा सामाजिक सञ्जाल दुरुपयोगको उजुरीको चाङ नै लाग्ने गरेको छ । त्यसैले यसको प्रयोगमा सतर्कता अपनाउनु पनि त्यत्तिकै आवश्यक छ ।

टप १० नेपाली युट्युबर

१. सागर गुरुङ (सेगा)

२. मिङ शेर्पा

३. जेम्स श्रेष्ठ

४. सबिन कार्की (विष्ट)

५. चेतन भ्लग्स (चेतन कार्की)

६. सिसन बानियाँ

७. बिकी रोस्टर

८. आयुष रिमाल

९. एसएमजेड (सुसन महर्जन)

१०. ल्हाकाइला यसैगरी एलिसा राई, नेपाली प्य्रांक मिनिस्टर, प्य्रांकस्टर्स रिभाइभल, नेपाली प्य्रांकस्टर्स, गिरिस खतिवडा आदि युट्युब एकाउन्ट पनि प्रशस्तै सब्स्क्राइब भएका युट्युब होल्डर हुन् । 

मार्केटिङ ट्रेन्ड–२०१९

सन् २०१९ मा विभिन्न प्रकारका नयाँ प्रविधियुक्त मार्केटिङ ट्रेन्ड देखिएको छ । आगामी दिनमा पहिले भएका भन्दा पनि नयाँ प्रविधिको सहयोगले मानिसहरू आफ्ना उत्पादनका साथ बजारमा प्रस्तुत हुने पक्का छ । 

लाइभ भिडियो स्ट्रिमिङ : कुनै पनि विषयवस्तुका बारेमा लाइभ भिडियो स्ट्रिमिङ गरेर देखाउने । 

एआई : आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको प्रयोग बढ्दै गएको छ । 

माइक्रो इन्फ्लुएन्सर : धेरै ठूला इन्फ्लुएन्सरभन्दा पनि अलि कम क्षमताका इन्फ्लुएन्सर समेत बढ्दै छन् । 

कन्टेन्ट मार्केटिङ : कुनै विषयवस्तुका बारेमा जानकारीमूलक सामग्री प्रकाशन वा प्रसारण गर्ने लहर बढ्दो छ । 

जेनरेसन जेड : ९० को अन्त्य तथा २००० पश्चात जन्मिएकाहरूलाई लक्षित गरी विषयवस्तु प्रस्तुत गर्ने चलन बढ्दैछ । 

कन्जुमर पर्सनलाइजेसन : ग्राहकको व्यक्तिगत चाहनालाई ध्यानमा राख्ने । 

प्राइभेसी प्रोटेक्सन महत्वपूर्ण : कुनै व्यक्तिको गोपनियतालाई विशेष ध्यान दिने चलन बढ्दै छ ।

कम्पनीका लागि लिंक्डइन : अन्य सामाजिक सञ्जालको तुलनामा लिंक्डइनको प्रयोग कम्पनीहरूका लागि उपयोगी मानिएको छ । अन्तरक्रियात्मक : सामाजिक सञ्जाल अन्तरक्रियात्मक हुनु आवश्यक छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
करिअर
लकडाउनमा बालबालिका : जोखिम पनि, अवसर पनि

सुजाता मुखिया

वैशाख ८, २०७७

करिअर
फोर्ब्स सूचीमा ६ नेपाली

वैशाख ८, २०७७

करिअर
पीडामा पाइलट : काम पाउनै मुस्किल

कृष्ण आचार्य

वैशाख ८, २०७७

करिअर
    कुन पेसामा कति तलब 

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik