• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
सेन्टी भाइरस : धुर्मुस–सुन्तलीको कमजोर फिल्म
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनिल यादव

सेन्टी भाइरस : धुर्मुस–सुन्तलीको कमजोर फिल्म
फाल्गुन ९, २०७६
काठमाडौं

कुनै–कुनै फिल्म यस्ता हुन्छन् जुन हलभित्र हेरिरहँदा ‘बोरिङ’ लाग्छन् तर फिल्म हेरेर बाहिर निस्किदै गर्दा दर्शकको मुखबाट निस्कने प्रतिक्रियाले रमाइलो गराउँछन्  । रामबाबु गुरुङ निर्देशित ‘सेन्टी भाइरस’ यही कोटीको फिल्म हो  । 

शुक्रबार काठमाडौं, बानेश्वरस्थित ‘वन सिनेमाज’मा यो फिल्मको मर्निङ शो हेरेर निस्किदै गर्दा एक महिला दर्शकको प्रतिक्रिया यसैगरी कानमा ठोक्कियो  । उनी भनिरहेकी थिइन्, ‘दुई सय रुपैयाँ धुर्मुस–सुन्तलीको क्रिकेट रंगशालाका लागि डोनेसन भयो ।’

जब कुनै पनि फिल्म कुनै अभियानका लागि आर्थिक सहयोग जुटाउनमात्रै हेरेजस्तो महसुस हुन्छ, त्यसपछि व्यक्त हुने प्रतिक्रिया हो यो  । 

यो धुर्मुस–सुन्तली निर्माण गरेको फिल्म हो  । फिल्ममा उनीहरु नै प्रमुख भूमिकामा छन् । चितवनमा गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यस्त रहेको उनीहरुले यो फिल्मको कमाईको ५० प्रतिशत रकम त्यही रंगशाला निर्माणमा खर्च गरिने घोषणा गरिसकेका छन् । 

त्यसैले यो फिल्मलाई ‘रंगशाला निर्माणका लागि’ पनि भनिएको छ । फिल्म हेरेपछि लाग्छ, यसका निर्माता र निर्देशक रंगशालाकै बल्छी थापेर दर्शक बटुल्न उद्दत देखिए तर फिल्मलाई सिर्जनात्मक कसीमा बलियो बनाउन मिहनेत गरेनन् । 

यो फिल्म छथर जोरपाटी गाउँको कथा हो जहाँ प्रतिनिधिसभाको निर्वाचन नजिकिएपछि चुनावी सरगर्मी बढेको छ । शसस्त्र द्वन्द्वमा लागेर सहिद भएका धनप्रसाद सत्यालका छोरा धुर्वराम सत्याल (सिताराम कट्टेल) चुनावमा आफ्ना उम्मेद्वार सूर्य विक्रम (वसन्त भट्ट)लाई जिताउन प्रचारप्रसारमा जुटिरहेका छन् । पार्टीका गाउँपालिका अध्यक्षसमेत रहेका उनीप्रति सूर्यविक्रमलाई ठूलो भरोसा छ । 

तर, त्यही भरोसामा प्रश्न उठ्छ, जब धुर्वरामका आफ्नै ससुरा बा खगेन्द्र खत्री (राजाराम पौडेल)लाई विपक्षी लोकतान्त्रिक पार्टीले पहिलेझै फेरि चुनावको टिकट दिने घोषणा गर्छ । पत्नी जुनेली (कुञ्जना घिमिरे) खुशी हुँदै यो खबर धुर्वरामलाई सुनाउँछिन् तर उनी आफ्नो विचार छाडेर ससुरा बालाई सहयोग गर्न तयार हुँदैनन् । 

त्यसपछि घरमा पति–पत्नीबीच झगडा सुरु हुन्छ । घरबाट आ–आफ्नो पार्टीको झन्डा गाड्ने र फ्याक्ने क्रम अघि बढ्न थाल्छ । यही कारण पति–पत्नीको ओछ्यानसम्म अलग हुन्छ । र, झगडा यतिमै टुंगिदैन, पतिले अति गरेपछि पत्नी घरै छाडेर माइत जान्छिन् । 

चुनावी सभामा पति एउटाको समर्थनमा, पत्नी अर्कोको समर्थनमा भाषण गर्न थाल्छन्, भोट माग्न थाल्छन् । 

गाउँमा सुकुम्बासीको एकता वस्ती छ, जहाँ भू–माफिया डोजर लगाउने तयारीमा छ । यो वस्ती ‘निर्णायक भोट’ बोकेको वस्ती पनि हो । 

त्यसैले लोकतान्त्रिक पार्टीका उम्मेद्वार तत्काल वस्तीमा डोजर लाग्न दिँदैनन् । बरु वस्तीका मतदातालाई आश्वासन दिन्छन्, ‘चुनाव जितेर भुमिसुधार मन्त्री भएपछि म सबैलाई लालपुर्जा दिलाइदिन्छु ।’ 

धुर्वरामसमेत वस्तीमा बस्ने आफ्ना मितज्यु (दयाहाङ राइ)मार्फत सोही आश्वासन दो¥याउँछन् । 

तर, पार्टीप्रति वफादार धुर्वरामलाई श्रीमतीले घर छाडेपछि तनाव हुन्छ । न्यास्रो बढ्न थाल्छ । श्रीमती लिन ससुराली जाँदा उनी सर्त राख्छिन्, ‘बुबालाई समर्थन गरेमात्रै घर फर्किन्छु ।’ 

‘बरु श्रीमती परिवर्तन गर्छु तर पार्टी र सिद्धान्त कहिल्यै परिवर्तन गर्दिनँ’ भन्ने धुर्वराम त्यसपछि श्रीमतीको सर्त मान्न तयार होलान् ? एकता वस्ती डोजर लाग्नबाट जोगिएला ? 

एउटै घरमा राजनितिक पार्टी र विचारका कारण निम्तने मतभिन्नता र त्यसले सम्बन्धमा ल्याउने तनाव नै यो फिल्मको कथा हो । झट्ट पढ्दा यसको विषयवस्तु गम्भीर र रोचक लाग्न सक्छ तर पर्दामा हेर्दा यसको प्रस्तुति कमजोर र सतही महसुस हुन्छ । 

फिल्म हेर्दा रामबाबु आफ्नै फिल्म ‘कबड्डी कबड्डी’ र दिपकराज गिरी टिमको ‘छ माया छपक्कै’को ह्याङओभरबाट मुक्त हुन नसकेको झल्किन्छ । फिल्ममा रहेका चुनाव प्रचारप्रसार र भाषणका दृश्यमा यि दुई फिल्मको झल्को आउँछ । 

‘छ माया छपक्कै’मा दुई प्रमुख पात्रको प्रेममा जसरी फरक राजनितिक विचार ‘भिलेन’ छ, त्यसैगरी ‘सेन्टी भाइरस’मा पनि धुर्वराम र जुनेलीको सम्बन्धमा पनि राजनीति नै भिलेन छ । ‘छ माया छपक्कै’मा गाउँको समस्या पानी थियो, यहाँ एकता बस्ती छ । त्यसैले ‘छ माया छपक्कै’मा प्रमुख पात्र गाउँमा पानी ल्याउन लड्थे, यहाँ एकता बस्ती जोगाउन लड्छन् । 

त्यसैले राजनीतिक विषय छोएर बनेको यो कमेडी फिल्म हेरिरहँदा दर्शकको मस्तिष्कमा दिपक–दीपाको ‘छ माया छपक्कै’का दृश्य नाच्न सक्छन् । 

फरक राजनीतिक विचारले परिवार र सम्बन्धमा निम्ताउने द्वन्द्व हाम्रै समाजको कथा हो । निर्वाचनकै कारण धेरैको घरको चुलोमा राजनीति पसेको खबर हामीले देख्दै र पढ्दै आएका हौ । दुई वर्षअघिको चुनावमा अछाम, तुर्माखाँद–१ की मनसरा बुढाले आफू एमाले र श्रीमान् कांग्रेस भएकै कारण सम्बन्धविच्छेद गर्नु परेको थियो । श्रीमान्ले पटकपटक पार्टी प्रवेशका लागि दबाब दिएपछि सम्बन्ध तोड्नुपरेको त्यतिबेला उनले मिडियालाई बताएकी थिइन् । 

तर, यो फिल्ममा यस्तै विषयलाई निर्देशकले हल्का रुपमा देखाएका छन् । पात्रहरुको द्वन्द्वले दर्शकलाई प्रभाव पार्न सक्दैन, न कुनै संवेदना नै जगाउँछ । बरु बारम्बार देखाइने पति–पत्नीबीचको झगडाले झर्को महसुस गराउँछ । 

यसैगरी यो फिल्मले सुकुम्बासी वस्तीको अर्को गम्भीर मुद्दा पनि उठाउने प्रयत्न गरेको छ । सुकुम्बासी बस्तीमा डोजर चलाइएका घटना हाम्रै समाजसँग जोडिएका छन् । गत जेठ ३० मा बुटवलको मस्जिद टोलमा ०२८ सालदेखि बस्दै आएका ६ परिवारको टहरामा डोजर चलेको हामीले बिर्सिएका छैनौँ । त्यतिबेला नेताहरूले नै यो अन्यायपूर्ण भएको टिप्पणी गरेका थिए । 

तर, यति गम्भीर विषय फिल्ममा गम्भीर ढंगमा प्रस्तुत हुन सकेको छैन । फिल्ममा त धुर्वरामलाई डोजर चलाउन खोज्दासमेत दर्शकको मन हुँडलिदैन, न पात्रप्रति कुनै दयाको भाव जाग्छ । 

यो फिल्मको क्लाइमेक्स साह्रै कमजोर छ । फिल्मका हरेक सर्ट अर्थात् दृश्यहरु यसरी खिचिएका छन् कि त्यसले दर्शकमा कुनै सस्पेन्स सिर्जना गर्दैन, त्यसपछि के हुन्छ दर्शकले सहजै अनुमान गर्न सक्छन् । 

प्रमुख पात्रको न स्पष्ट लक्ष्य छ, न त्यसका लागि चित्तबुझ्दो संघर्ष । पटकथाको बलियो विकास हुन सकेको छैन । कहिले फिल्म पति–पत्नीको झगडमा गएर अल्मलिन्छ भने कहिले एकता बस्तीमा पुगेर बतासिन्छ । यो के भइरहेको छ, दर्शक स्वयम् अलमलमा पर्छन् । 

फिल्म विषय उठानमात्रै होइन, त्यसको सिर्जनात्मक प्रस्तुति पनि हो । तर, पछिल्लो समय निर्देशक गुरुङले यही सिर्जनात्मक दायित्व भुल्दै गएको महसुस हुन्छ । 

यो तिनै निर्देशकको फिल्म हो जसले हिजो मुस्ताङ थाकखोलाको कथामाथि फिल्म बनाएर प्रशंसा बटुलेका थिए, मौलिक कथावाचन गरेको भन्दै स्याबासी खाएका थिए । तर, त्यसपछि ‘कबड्डी कबड्डी’हुँदै ‘कबड्डी कबड्डी कबड्डी’सम्म आइपुग्दा उनले फिल्ममा दृश्यभाषा र सिर्जनात्मकताको महत्व भुलेको स्पष्टै महसुस हुन्थ्यो । र, ‘सेन्टी भाइरस’ हेर्दा लाग्छ, अब उनी पैसा कमाउने ध्येयले नै फिल्म निर्देशन गरिरहेका छन् । 

यो समीक्षकले ‘कबड्डी कबड्डी कबड्डी’ हेरिसकेपछि टिप्पणी गरेको थियो– अब दयाहाङलाई रामबाबुबाटै खतरा छ । कारण, उनी रामबाबुका  चलचित्रमा लगातार अभिनय गरिरहेका छन् तर चरित्र चित्रणमा कुनै फरकपन छैन । सधैँ उस्तै छ अर्थात् ‘स्टेरियोटाइप्ड’ । 

‘कबड्डी’ सिरिजदेखि ‘मिस्टर झोले’, ‘पुरानो डुंगा’, ‘साँइली’सम्म सबै फिल्ममा युवतीको पछि दौडिरहने उनको चरित्र देख्दा यस्तो महसुस हुन्छ । अहिले ‘सेन्टी भाइरस’मा त झन् उनको भूमिका देख्दा लाग्छ, रामबाबुले दयाहाङलाई ‘आइटम ब्वाय’ बनाइरहेका छन् । फिल्ममा उनको उपस्थिती कथाको मागभन्दा पनि बजारको माग सम्बोधन गर्ने ध्येयले राखेको महसुस हुन्छ । 

धुर्मुस–सुन्तलीको ‘सेन्टी भाइरस’मा पनि पात्रहरुबीच कुराकानीमात्रै छ । फिल्ममा संवादभन्दा दृश्यको भाषा प्रभावकारी हुन्छ भन्ने निर्देशकले ठानेका छैनन् । त्यसैले जे भनेका छन्, डायलगमार्फत नै भनेका छन् । दर्शकलाई कथाको परिस्थितीले होइन, पात्रले बोल्ने अनुप्रास मिलेका संवादले हसाउँछ। तर, फिल्मको ‘आफ्नो पार्टी जिताइदे’ गीतले भने एकछिन भएपनि राहत दिन्छ।

सिताराम र कुञ्जना दुवैको अभिनयमा स्वाभाविकता महसुस हुँदैन । अनुहारको भाव नै बनावटी लाग्छ । फिल्ममा उनीहरु पात्र कम, धुर्मुस–सुन्तली ज्यादा लाग्छन् । र, यो पक्कै एउटा निर्देशकको सफलता होइन । 

यो फिल्म हेर्दा अपेक्षा थियो, रामबाबुले धुर्मुस–सुन्तलीलाई ‘मेरी बास्सै’को स्तरभन्दा माथि उकाल्ने छन्, तर यसमा उनी असफल देखिए । बरु धुर्मुस–सुन्तली सफल भए । र, ‘कबड्डी’ बनाउने रामबाबुलाई आफ्नो स्तरमा ओराले । 

पछिल्लो समय सामाजिक कार्यमा लागेर धुर्मुस–सुन्तलीले चौतर्फी वाहवाही बटुलिरहेका थिए । रंगशाला निर्माणमा लागेपछि यो प्रशंसाको क्रम झन् उकालो लागिरहेको थियो । तर, यो फिल्मले केही समयका लागि नै सही, उनको प्रशंसाको ग्राफमा ब्रेक लाउने देखियो ।  

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik