• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
‘आमा’सँग अन्याय (फिल्म समीक्षा)
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनिल यादव

‘आमा’सँग अन्याय (फिल्म समीक्षा)
फाल्गुन ११, २०७६

 

नेपाली सिनेमाको लामो कालखन्ड आँसु मनोविज्ञानबाट निर्देशित थियो । कुनैबेलाका चर्चित फिल्म निर्देशक तुलसी घिमिरे, शिव रेग्मीलगायतको ध्येय नै हुन्थ्यो– ‘एनी हाऊ, दर्शक रुवाऊ, निर्माताको खल्ती भराऊ ।’

यो आँसु मनोविज्ञान बीचमा हरायो । बजारमा हाँसो बिक्न सुरु भयो । दीपकराज गिरी लगायत हास्यकलाकारको समुहले निर्माण गरेका फिल्मले लगातार रेकर्ड ब्रेक गर्न थालेपछि बजारमा सबै कमेडी फिल्मको पछि लागे । 

अहिले हाँसो बिक्छ भन्ने मनोविज्ञानका कारण अझै पनि यसकै पछि धेरैजना दगुरिरहेका छन् । यद्यपि यो समयमा पनि केहीले आँसुको बजारिकरण गर्न छाडेका भने थिएनन् । निर्देशक विकासराज आचार्यले जसरी पनि दर्शक रुवाउने ध्येयले लगातार ‘नाईं नभन्नू ल’का पाँच सिरिज बनाए । र, बजारमा कमेडी हावी भइरहेका बेला फरक प्रयोगको दाबीसहित अहिले हलमा आइपुगेका छन्, निर्देशक दीपेन्द्र के. खनाल । विडम्बना, फिल्म ‘पशुपतिप्रसाद’ बनाएर कमाएको प्रशंसा फर्किने अपेक्षासहित उनले निर्देशन गरेको यो फिल्म त्यही आँशु मनोविज्ञानबाट निर्देशित छ । 

शिव रेग्मी, तुलसी घिमिरेहरूको सिनेमा बलिउडको परम्परागत सूत्रबाट निर्देशित नै किन नहोस्, त्यतिबेला उनीहरूले बनाएका सिनेमामा सोही बेलाको समाज र दर्शकलाई रुवाउने ‘ड्रामाटिक कथार्सिस’ प्रशस्तै हुन्थ्यो । यही कारण उनीहरू सफल हुन्थे । 

अहिले दर्शक साक्षरता बढिरहेको समयमा दीपेन्द्रले बनाएको ‘आमा’मा न पटकथाको बलियो विकास हुन सकेको छ, न फिल्मसँग दर्शक बेस्सरी रुवाउने नाटकीय शक्ति छ । उनका पात्रहरूसँग सम्भावना त देखिन्छन् तर जोडले दर्शकको मस्तिष्क खल्बलाउने तागत देखिँदैन । 

सुरूमा कथाकै चर्चा गरिहालौं । गाउँमा घरको भ¥याङबाट टाउको बजारिएर गम्भिर घाइते भएका यज्ञप्रसाद अर्याल (देशभक्त खनाल) लाई एम्बुलेन्समा राखेर सहरको सरकारी अस्पताल ल्याइ पु¥याउँछिन्, उनकी श्रीमती (मिथिला शर्मा) । सहरमा डेरा जीवन बिताउँदै जागिर खाइरहेका छोरी आरती (सुरक्षा पन्त) र ज्वाइँ (मनिष निरौला) दुवै तत्काल अस्पताल आइपुग्छन् । 

सरकारी अस्पतालले एमआरआइ मेसिन बिग्रिएको जानकारी दिँदै अन्यत्रै लान सुझाउँछ । अर्को निजी हस्पिटल जाँदा त्यहाँ चिकित्सकको लापरबाहीले बिरामी मरेको भन्दै आन्दोलन चर्किरहेको हुन्छ । दुइटा अस्पतालको चक्कर लगाएपछि बल्लतल्ल अर्को अस्पतालमा उपचारको चाँजो मिल्छ । 

बिरामीको अवस्था गम्भिर रहेको जानकारी दिँदै चिकित्सक टाउकोमा अपरेसनको सुझाव दिन्छन् । त्यसपछि युएसमा रहेका छोरासँग आमा र छोरीको सल्लाह हुन्छ । अनि सुरु हुन्छ, उपचार । 

फिल्मको कथा अस्पतालकै ‘सेटिङ’ वरपर घुम्छ । उपचारका क्रममा भित्र श्रीमान् भेन्टिलेटरमा हुँदा बाहिर श्रीमती र छोरीले भोग्ने पीडा यो फिल्मको कथा हो । 

अहिले नेपाली सिनेमालाई राजनीतिसँग तुलना गरेर हेर्ने हो भने दुवैको समस्या उस्तै लाग्छ । जसरी राजनीतिज्ञको चुनावी घोषणापत्रमा मतदाता लोभ्याउने गज्जबको एजेन्डा हुन्छ, त्यसैगरी फिल्मकर्मीको कथामा दर्शक रिझाउने गज्जबको विषय उठान हुन्छ ।  

तर, त्यसको विकासमा निरन्तर चुक्नुचाहिँ अहिले दुवैको समस्या हो । जसरी राजनीतिज्ञसँग एजेन्डा छ तर त्यसको प्राप्तिका लागि संघर्ष र विकास छैन, ठिक त्यसैगरी फिल्ममा भइरहेको अभाव पनि पटकथाको विकास र पात्रको संघर्ष नै हो । 

हस्पिटलमा बिरामी लिएर आएपछि त्यसको स्वभाविक विकासमा निर्देशक खनाल चुकेका छन् । बुबा बिरामी भएर अस्पताल ल्याएपछि पटकथामा कुनै त्यस्तो अप्ठेरो स्थिती सिर्जना भएको महसुस हुन्न । न कुनै त्यस्तो अप्ठेरो परिस्थिती समाधानका लागि प्रमुख पात्रहरुले संघर्ष गरेको नै महसुस हुन्छ । संघर्ष नभएपछि फिल्ममा त्यस्तो कुनै अनौठो परिस्थिती सिर्जना हुने कुरै भएन । 

हस्पिटलमा बिरामी भएर जानुमात्रै पक्कै सिनेमाको कथा होइन । सिनेमा त एउटा यस्तो यात्रा हो जुन एउटा विन्दुबाट अर्को विन्दुमा पुगिरहेको हुन्छ । सिनेमामा पात्र हुन्छ, पात्रको यात्रा हुन्छ, यात्राको स्वभाविक विकास हुन्छ, त्यहाँ संघर्ष हुन्छ, चुनौती हुन्छ, उतारचढाव हुन्छ, समस्या हुन्छ । र, न फिल्मको सुन्दर पटकथा बन्ने हो । 

तर, यो फिल्ममा त न प्रमुख पात्र स्पष्ट छ, न उनीहरुको लक्ष्य र संघर्ष । बिरामी भएर अस्पताल पु¥याइएको बुबाको अन्तिम परिणाम के निस्किएला, दर्शकले त्यो पनि सहजै अनुमान गर्न सक्छन् । 

अस्पताल उपचार खर्च बढाइरहन्छ, युएसमा भएका दाइमार्फत पैसा आइरहन्छ । निर्देशकले देखाएको अनुसार फिल्ममा ठूलो समस्या हो–उपचार खर्च । तर, त्यही खर्चका लागि कुनै संघर्ष महसुस हुँदैन, सजिलै प्राप्त भइरहेको हुन्छ ।  

बिरामी श्रीमानकी श्रीमती हुन् या छोरी आरती, उनीहरूको संघर्ष भनेको औषधी लिन जाने, रुने र फोनमा कुरा गर्नेमै सीमित छ । क्लाइमेक्स पनि उस्तै निराशाजनक छ । 

आमालाई जुन परिस्थितीमा लगेर टुंग्याइन्छ, त्यसले पटकथामा न्याय गरेको भान हुन्न । बरु निर्देशकले दर्शकलाई जर्बजस्ती रुवाउन सहज ‘ल्यान्डिङ’को उपाय अपनाएको महसुस हुन्छ । 

फिल्मको रिलिजअघि निर्देशकले दुइटा विषयको निकै प्रचार गरेका थिए । एउटा सुरक्षाले कपाल खौरिएको विषय, अर्को फिल्म खिच्नलाई रियल पानी पर्खिएको कुरा । 

तर, यि दुवै विषय फिल्ममा आवश्यक महसुस हुँदैनन । लाग्छ, सुरक्षाको कपाल नखौरिकन पनि यो फिल्मको कथा उस्तै हुन्थ्यो । निर्देशकलाई फिल्म खिच्न बर्खायाम नै किन चाहियो ? यो फिल्म अरु नै मौसममा खिचेका भए फिल्मको कथामा के असर पथ्र्यो ? 

फिल्ममा परिरहने पानीले कथामा कुनै प्रभाव पारेको महसुस नभएपछि निर्देशकलाई यस्तो प्रश्न गर्न मन लाग्छ । 

अस्पतालले उपचारको नाममा बिरामीलाई कसरी ठग्छ, निर्देशकले त्यो पनि देखाउन त खोजेका छन् तर सतहीमात्रै । हाम्रा अस्पतालमा बिरामीका लागि पैसाको अभाव मात्रै छैन, अन्य धेरै समस्या छन्, बेथिती छन्, जसलाई निर्देशकले अस्पताल ‘सेटिङ’ बनाउँदासमेत देखाउन सकेका छैनन् । 

कमजोरीका बाबजुद फिल्मका केही सबल पक्ष पनि छन् । जस्तो, यो फिल्मलाई निर्देशक स्वयम्ले खिचेका हुन् । फिल्मको पटकथा र निर्देशन कमजोर देखिएपनि उनले खिचाइमा मिहनेत गरेको देखिन्छ । ‘स्क्वायर एस्पेक्ट रेसियो’मा उनले फिल्म खिचेका छन् । पात्र र परिस्थितीको संवेदनशिलतालाई राम्रोसँग कैद गरेका छन् । अस्पतालको मुर्दा घरमा श्रीमान्को शवमाथि मुसाहरू चढिरहँदा बाहिरबाट श्रीमतीले मुसा खेदाउन गरेको गुहारको दृश्यले साँच्चै दर्शकको मन हुँडल्छ । 

बिरामी बुबा गम्भिर अवस्थामा पुग्दासम्म युएसमा रहेको छोरा उनलाई भेट्न आउँदैनन् । तर, अस्पतालको बेडमा उनको आँखाले छोरा खोजिरहेको प्रष्टै महसुस हुन्छ । 

यही मूल कथासँग निर्देशकले अर्को उपकथा राखेका छन् । जहाँ अस्पतालमा भर्खरै सन्तानलाई जन्म दिएकी अर्की आमा (सरिता गिरी) छिन्, जसले बिरामी जन्मिएका कारण आफ्नै छोरालाई काखमा खेलाउन पाएकी छैनन् । 

सँगसँगै बिरामी बुबाकी छोरी आरती आमा बन्न प्रयत्न गरिरहेकी छिन् तर सकिरहेकी छैनन् । टेष्ट ट्युब विधीमार्फत भए पनि बच्चा जन्माउने प्रयास गरिरहेकी छिन् । 

मूल कथासँग भर्खर बनेकी आमा र बन्न खोजिरहेकी आमाका दुई उपकथाको प्रयोग प्रतिकात्मक छ । निर्देशकले जसरी एउटा घडीमार्फत श्रीमान्सँगको सम्बन्ध देखाउन खोजेका छन्, त्यो पनि बिम्बात्मक छ । 

तर, फेरि पनि भन्नैपर्छ, यि र यस्तै विषयमा निर्देशकको बढी ध्यान पुग्दा मुलकथाको विकास भने कमजोर भएको छ । 

छोरी आरतीको भूमिकामा देखिएकी सुरक्षा पन्त र आमाको भूमिकामा देखिएकी मिथिला शर्माको अभिनय औसत छ । सायद पटकथामा बहुआयमिकताको अभावले होला, उनीहरूको अभिनयको दायरा खुम्चिएको महसुस हुन्छ । उनीहरूले बुझ्नुपर्ने एउटा कुरा– रोइरहनु या रिसाइरहनु मात्रै अभिनय होइन । 

यो फिल्ममा सरिता गिरी भने बुलन्द लाग्छिन् । सन्तान जन्मिँदासमेत आफन्त भएर पनि कोही नआइदिँदा अस्पतालमा एक्लै भएकी उनको मनोदशा अभिनयमा झल्किन्छ । 

युएसमा रहेका छोरा दृश्यमा देखिँदैनन्, फोन कुराकानीमार्फत नै निर्देशकले यो पात्रलाई खडा गरेका छन् । बुबा बिरामी हुँदासमेत भेट्न नआउने छोरा कस्तो होला, दर्शक फिल्म सक्किदासमेत छोराको अनुहार पर्दामा खोजिरहन्छन् । सायद निर्देशकले खोजेको पनि यही हो । 

‘आमा’ आफैमा प्रिय शब्द हो, प्रिय सम्बोधन हो । ‘आमा’ भन्नासाथ जोकोहीको मन भावुक हुन्छ, आँखा अनायसै रसाइदिन्छ । कारण, यो सम्बन्ध हरेक व्यक्तिसँग जोडिएको हुन्छ । तर, यो सिनेमाको आँखीझ्यालबाट यसलाई हेर्ने हो भने न्याय महसुस हुन्न ।  

यो फिल्मको नाम छ ‘आमा’ तर फिल्म बिरामी श्रीमान्का लागि श्रीमतीले भोग्ने पीडामा केन्द्रित छ । त्यसैले लाग्छ, फिल्मको नाम ‘आमा’ होइन, बरु ‘बुबा’ या ‘श्रीमती’बढी सुहाउँथ्यो । 

कोही आँसु बेचिरहेका छन्, कोही हाँसो । अहिलेको नेपाली फिल्मको कटु यथार्थ यही हो  । तर, ‘पशुपतिप्रसाद’जस्तो मौलिक र जीवन्त सिनेमा बनाएर नेसनल अवार्ड समेत जितिसकेका निर्देशक पनि यही हुलमा मिसिएको सुहाएन । अहँ, पटक्कै सुहाएन । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik