• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
रूपान्तरण गर्ने अवसर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

रूपान्तरण गर्ने अवसर
वैशाख २०, २०७७

मनोज पण्डित, निर्देशक

कुुनै पनि घटना घटिसकेपछि त्यसले तहगत प्रभाव पार्छ । कोरोना भाइरसले पनि पार्ने पक्का छ । सुरुमा यसले नेपाली सिनेमामा पार्ने सकारात्मक प्रभाव हेरौं । हाम्रो समाज, सोच र जीवन जसरी चलिरहेको थियो, यसमा एक किसिमको ठूलो ‘डिस्र्टबेन्स’ (बाधा) र असन्तुुलन सिर्जना गरिदियो । सिनेमाभित्र भने प्रमुख अभाव नै यही बाधा र असन्तुलनको थियो । यदि हाम्रो सिनेम्याटिक तत्वभित्र डिस्र्टबेन्स हुन्थ्यो भने हाम्रो सिनेमा धेरै अघि बढिसकेको हुुन्थ्यो । 

त्यसैले मेरो विचारमा यो कोरोना भाइरसले नेपाली सिनेमा क्षेत्रलाई एउटा राम्रो कथा बन्नका लागि ‘डिस्र्टबेन्स’ अनिवार्य चाहिन्छ भन्ने सिकाओस् । डिस्र्टबेन्छ हुन्छ, डिस्र्टबेन्स चाहिन्छ र डिस्र्टबेन्सले मानिसको जीवनमा इमब्यालेन्स अर्थात् असन्तुलन पैदा गर्छ । त्यही असन्तुलनले संघर्ष गर्न सिकाउँछ । अनि संघर्ष गरेपछि कथा बन्छ । कोरोना प्रभाव अर्थात् यसले सिर्जना गरेको बाधालाई नेपाली फिल्मकर्मीले यसर्थमा सकारात्मक हिसाबले लिए भने यसले नेपाली फिल्मलाई फड्को मार्न मद्दत पुुग्छ । 

हाम्रो जीवनको गति र व्यस्तता यति द्रुत गतिमा चलिरहेको थियो कि हामीले एकछिन अडिएर सोच्नसम्म भ्याएका थिएनौं । र, यो कोरोनाले हाम्रो गतिमाथि नमज्जाले धक्का पुुर्‍याएको छ । जसकारण हामी अहिले जीवन र मनोविज्ञानलाई बुुझ्न र यसबारे सोच्न बाध्य भएका छौं । मृत्युको अर्थ, मृत्युुको डर र सम्भावनाहरूको अनन्ततासँगसँगै यसले भोलि यस्तो भयो भने कसरी बाँच्ने त भनेर सोच्न बाध्य बनाइदिएको छ । 

संसारभरका खबरहरू पढ्दै गर्दा हामीलाई लागिरहेछ– ओहो, यो जीवनको त भर रहेनछ । यसले जीवनप्रति हेर्ने दृष्टिकोणमै बदलाब ल्याइरहेको छ । नेपाली सिनेमा दार्शनिक हिसाबले एकदमै कमजोर धरातलमा अडिएको थियो । नेपाली सिनेमाले जीवन र मृत्युलाई लिएर आत्मसात गर्ने दर्शनमा यो कोरोनाले केही हदसम्म प्रभाव पार्नेछ ।  जीवनमा अनिश्चितता हुन्छ, सहजताको परिकल्पना गर्दागर्दै पनि जीवनमा असहजता हुुन्छ भन्ने यथार्थ यो कोरोनाले पक्कै आत्मबोध गराएको हुनुपर्छ । यो महामारीपछि नेपाली सिनेमामा अब ‘एब्सर्ड’ फिलोसोफीले राम्रै स्थान पाउँछ । 

नेपाली सिनेमालाई के ले ऊर्जा दिन्छ ? अब खालि सिनेमा बनाउनुुपर्छ र बनिरहेको छ भनेर मात्रै हुँदैन । त्यसैले अब त्यो ऊर्जा खोज्नुुपर्छ । सिनेमा त बहुुअस्तित्वको उत्पादन हो । यो समाजमा बस्ने मान्छेहरूको मनोविज्ञानको उत्पादन हो, आर्थिक अवस्थाको उत्पादन हो, राजनीतिक अवधारणाहरूलगायत धेरै कुराको उत्पादन हो । 

कोरोनाले समाजका सबै पक्षहरूमा असर गरिरहेको छ । अब अर्थ, राजनीति, संस्कृति, दर्शन आदि कसरी अघि बढ्छ,  यसले सिनेमाको संरचनागत स्वरूपमै प्रभाव पार्छ । मानिसले जीवनसँग सम्बन्धित अरू पाटाहरूमा कसरी आफूूलाई रूपान्तरण गर्छन्, त्यसको समग्र असर सिनेमामा पर्छ । 

तर, यो भनिरहँदा बिर्सन नहुने अर्को महत्वपूर्ण पक्ष के छ भने अब नेपालको जनसंख्याको ठूलो हिस्सा अर्थात् गरिखाने र मध्यमवर्गलाई आर्थिक अभाव हुनेवाला छ । र, नेपाली सिनेमाको दर्शकको ठूलो हिस्सा यही वर्गभित्र पर्छ । जसले अहिलेसम्म नेपाली सिनेमाको पपुलर र मेनस्ट्रिम अवधारणालाई आत्मसात गरेर हिँडिरहेको छ । 

त्यसैले अहिले भन्दै आइरहेको कर्मसियल र स्टार केन्द्रित फिल्महरूलाई ठूलो असर गर्छ । अझ स्पष्टसँग भन्दा कोरोना भाइरसले नेपाली सिनेमाको बजार प्रणालीमा भने लामो समयसम्म ठूलो धक्का पुुर्‍याउने पक्का छ । 

नेपाली सिनेमाको एउटा तीतो यथार्थ के हो भने यहाँ धेरैभन्दा धेरै सिनेमा बजारको मागभन्दा पनि केही सीमित व्यक्तिले यस क्षेत्रमा आफ्नो अस्तित्व बचाइरहन बनाइरहेका थिए । त्यसमा पनि संकट सिर्जना हुन सक्ने सम्भावना छ । सिनेमाको निर्माणमा नै अब ह्रास हुुने देखिन्छ । औद्योगिक प्रणालीमा भएको भए निर्माण प्रक्रियामा खासै कमी नआउन सक्थ्यो । तर, हाम्रो त व्यक्तिगत तरिकाले सिनेमा बनिरहेको छ । त्यसैले प्रभाव पर्छ नै । यति हुँदाहुँदै पनि यो कोरोना भाइरसले नेपाली सिनेमाको केही रचनात्मक पाटोमा असर पार्न सक्यो भने यो फाइदाजनक नै हुुनेछ । 

अर्को कुुरा, मान्छे त सधैं आफ्नो अस्तित्वको जर्गेनाका निमित्त विकल्पको खोजी गर्ने प्राणी हो । त्यसैले नेपाली सिनेमाले पनि अस्तित्वको रक्षाका खातिर विकल्प खोजेरै छाड्छ । नेपाली सिनेमा सधैंभरि लकडाउन भएरै बस्छ भन्नेचाहिँ होइन । उसै त नेपाली सिनेमा वर्षौंदेखि लकडाउन भएर बसेको अवस्था हो । फरक यति हो, अहिलेचाहिँ कोरोना लकडाउन हो । र, अब यो लकडाउन नेपाली सिनेमाले तोड्नुपर्छ, तोड््छ पनि । तोड्नका लागि यसले विकल्प खोज्छ । 

हामीकहाँ धेरै अघिदेखि पुुँजीवादीहरूकै बाहुुल्यतामा सिनेमा बनिरहेको अवस्था थियो । तर, अब पुँजीवादभन्दा फरक मतमा रहेर सिनेमा बनाउनुपर्छ भन्ने अवधारणाको विकास हुन्छ । किनभने अब पँुजीवादले सिनेमामा भन्दा अरुतिरै लगानी गर्नेवाला छ । कारण प्रष्ट छ, सिनेमा नाफाको ग्यारेन्टी भएको क्षेत्र भएन ।

त्यसैले अब नेपाली फिल्म क्षेत्रमा पैसाभन्दा पनि सिनेमाप्रति प्यासन बोकेका स्वतन्त्र मेकरहरूको सक्रियता बढी हुने सम्भावना देखिन्छ । यस्तो भयो भने सिनेमा क्षेत्रका लागि सुखद हुनेछ । 

यो संकटको समय फिल्मकर्मीका लागि मौन अवधि हो । यतिबेला उनीहरू आफ्नो व्यक्तिगत चरित्र र सोचलाई बुुझेर सिनेमा निर्माण गर्छन् भन्ने लाग्छ । म आफंै अहिले यसअघि सोच्न बसेका अवस्थाहरूभन्दा नितान्त फरक अवस्थामा बसेर सिनेमा लेखिरहेको छु । 

मैले वास्तवमै सिनेमा लेख्नका लागि खोजेको समय यस्तो हो । कोरोनाकै समय त होइन तर पहिले पनि यस्तै शान्त अवस्थामा सोच्नुुपथ्र्यो भन्ने महसुसचाहिँ भएको छ । त्यसैले मलाई लाग्छ, सर्जकहरूका लागि यो समय विशेष सिर्जनात्मक समय हो ।

लकडाउन खुले पनि सिनेमा हल खुुल्नुु हुन्न । भाइरसको औषधि अर्थात् खोप भेटिएपछि मात्रै हल खुुल्नुपर्छ । तर, योभन्दा अघि सिनेमा मात्रै होइन धेरै व्यवसाय चल्न सक्दैन । सिनेमाको भाषामा भन्दा यो कोरोनाजस्तो शक्तिशाली खलपात्रविरुद्ध जबसम्म औषधि उत्पादन गर्ने नायकको जन्म हुँदैन, तबसम्म यो सालमात्रै होइन, लामो समय सामान्य हुने अवस्था म देख्दिनँ । 

त्यसैले यो कोरोना समयमा हामी धेरै नआत्तिऔं । यसलाई हामीले विगतमा गरेका गल्तीहरूलाई सिर्जनात्मक रूपमा सुधार गर्दै नेपाली सिनेमालाई रुपान्तरण गर्ने अवसरका रूपमा लिनुुपर्छ । 

यो पनि पढ्नुहोला । 

सिनेमामा कोरोना सकस : महामारीपछि कसरी उठ्ला नेपाली सिनेमा ?

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik