• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
व्यावसायिक बन्न नसकेको वृत्तचित्र
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

शेखर खरेल

व्यावसायिक बन्न नसकेको वृत्तचित्र
जेष्ठ ४, २०७७


बन्दाबन्दीको समय धेरैले पुस्तकभन्दा पनि चलचित्र हेरेर बिताइरहेका छन् । काठमाडौंका सिनेमाघरका पर्दा चुम्न नसक्ने कलात्मक तथा यथार्थवादी चलचित्र बन्दाबन्दीमा यस पंक्तिकारको छनोटमा परे । चलचित्रकाबीच केही वृत्तचित्र हेर्ने मौका पनि जुर्‍यो । अमेरिकी वृत्तचित्र निर्माता माइकल मुरको प्रस्तुति (निर्देशन होइन) ‘प्लानेट अफ ह्युमेन’ मा मानिसले प्रकृतिमाथि धावा बोल्दै आफ्नै विनाश निम्याएको देख्दा जो कोहीलाई हजार वाटको झट्का महसुस हुनसक्छ । अमेरिकाको चरम उपभोक्तावादी रवैया, युद्धोन्माद र बन्दुके संस्कृति, स्वास्थ उपचार (हेल्थ केयर) को दुरावस्थाप्रति कटाक्ष गर्दै मुरले बनाएका वृत्तचित्रहरूले सम्पूर्ण विश्वको ध्यान खिचेका छन् । 


वृत्तचित्रमा मुर निर्देशक–निर्माताभन्दा बढी ‘एक्टिभिस्ट’ देखिन्छन् । त्यसैले उनका सिर्जना आफैंमा मानक हुन् । अझ रमाइलो त के भने, चलचित्र जस्तो विशुद्ध मनोरञ्जक विधाभन्दा पृथक वृत्तचित्रबाट उनी चलचित्र बराबरकै व्यावसायिक लाभ उठाउन पनि सफल छन् । सन् २००४ मा उनीद्वार निर्देशित’ फरेनहाइट ९/११’ वृत्तचित्र इतिहासकै सर्वाधिक सफल व्यावसायिक उत्पादन रह्यो, जसले अमेरिकी बक्स अफिसको खालबाट मात्रै १२ करोड डलर सोहोरेको थियो । पैसासँगै प्रसिद्धिको बम्पर स्वरूप यस वृत्तचित्र कान फिल्म फेस्टिभलमा ‘पाल्म द’ ओर’ हात पार्न सफल रह्यो । सन् २००३ मै ‘बाउलिङ फर कोलम्बाइन’ का निम्ति एकेडेमी (ओस्कर) पुरस्कार प्राप्त गरिसकेका मुरले त्यसयता वृत्तचित्रमार्फत सारा विश्वलाई आनन्दितभन्दा पनि झस्काउँदै आएका छन् । एकेडेमी, कान, बर्लिनजस्ता विश्वका प्रतिष्ठित चलचित्र महोत्सवले वृत्तचित्र समेतलाई समेट्नुले वृत्तचित्रको सामथ्र्य र सान्दर्भिकता पुष्टि गर्छ ।

राणाशाहीको पतन पछिमात्र विदेशीका निम्ति खुलेको नेपाल लामो समयसम्म बाहिरियाका लागि रहस्यको भूमि अर्थात् सांग्रिला रहिरह्यो । त्यसैले नेपालका मानवीय तथा सांस्कृतिक रहस्य र प्राकृतिक छटाले विदेशीलाई गुरुत्वाकर्षित गर्दै आइरहेका छन् । प्राचीन र माध्यमिककाल अनि नेपाल एकीकरण यता नेपाल यात्रा गर्ने विदेशीले आफ्नो यात्रा विवरण शब्दमा उतारेका छन् । तर, फोटोग्राफी र पछि सेलुलोइड क्यामेराको आविष्कार पछि भने आगन्तुकले शब्दसँगै श्रव्य र दृश्यलाई अभिलेखीकरण गरेका छन् । सन् १९५० मा भौगर्भिक सर्वेक्षणका लागि नेपाल आएका स्वीस भूगर्वशास्त्री टोनी हेगले ‘स्टिल’ (स्थिर) सँगै ‘मोसन’ (चलायमान) दृश्यलाई कुनै अभिलेख झै संग्रह गरेका थिए । उनका हिजोका ‘फुटेज’ (दृश्यांश) आज विगत नियाल्ने सबैभन्दा रोमाञ्चक र भरपर्दा दृश्य सामग्री हुँदैन, जसलाई धागोमा फूल उने जसरी वृत्तचित्रसमेत तयार गरिएको छ ।


शायद व्यवस्था (पञ्चायत) को बखान र प्रोपागाण्डाको उद्देश्यले नेपालमा वृत्तचित्र निर्माण थालिएकाले हुनुपर्छ, वृत्तचित्र अभिव्यक्ति वा सिर्जनाको विधा हो भन्ने भेउ वा स्विकारोक्ति लामो समयसम्म स्वदेशीलाई हुन सकेन । सिनेमाहलमा चलचित्र सुरु हुनुभन्दा अघि देखाइने राजदम्पतीको राजकीय भ्रमणका श्रव्य–दृश्य होस् वा राज्यले थालेको कुनै अमूक योजना र अभियानको चलायमान फेहरिस्त, वृत्तचित्रको अर्थ नेपाली मानसपटलमा न्यारेटर (वाचकी) को एकोहरो रटान सँगसँगै पर्दा नाच्ने दृश्यचित्र मात्र रह्यो । बरू सिनेमा भन्दा पनि टेलिभिजन (भारतीय दूरदर्शन र पछि नेपाल टेलिभिजन) को आगमनले नेपालीका निम्ति वृत्तचित्र पनि कलाको एक विधा हो भन्ने अनुभूति जगाइदिए । त्यस पछिका केवल टिभी र वृत्तचित्र एवं चलचित्र महोत्सवले त राम्रा वृत्तचित्र र सिनेमाको आस्वादका लागि नेपाललाई बाँकी विश्वसँगै जोडिदिए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik