• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
कसरी बन्दैछ सेलिब्रिटीको फेक अश्लील भिडियो ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनिल यादव

कसरी बन्दैछ सेलिब्रिटीको फेक अश्लील भिडियो ?
तस्वीर: सटरस्टक 
जेष्ठ १३, २०७७

तीन दिनअघि अभिनेत्री आँचल शर्मालाई केही फ्यानले इन्स्टाग्राममार्फत टिकटक भिडियो पठाए । उनले गीतमा बनेका टिकटक होलान् भनेर खासै वास्ता गरेकी थिइनन् । तर, सोसल मिडियामा नकारात्मक चर्चा बढ्दै गएपछि सोमबार उनले ती भिडियो हेरिन् । यौनजन्य गतिविधिमा आफ्नै अनुहार भएको भिडियो देखेर उनी ‘शक्ड’ भइन् । ‘लौ, कसले बनायो यस्तो फेक भिडियो,’ एक्कासी उनलाई तनाव बढ्यो ।

त्यत्तिकैमा आँचलले सामाजिक संजालमा एउटा पोस्ट भेटिन् । जहाँ अंग्रेजीमा कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतमा पर्छ भन्ने दाबीसहित धम्कीपूर्ण भाषामा लेखिएको थियो, ‘चाँडै थुप्रै नेपाली सेलिब्रिटीको भिडियो लिक हुँदैछ । अहिलेसम्म हामी १२ जना नेपाली सेलिब्रिटीको डिभाइससम्म पुगिसकेका छौँ ।’

इण्डियन स्पाइडर स्क्वाडको नाममा भाइरल भएको त्यो पोस्ट भेटेपछि आँचललाई लाग्यो, आफूलाई बदनाम गराउन भारतीय ह्याकरहरू लागे । त्यसैले फेसबुकमा उनले त्यो पोस्ट सार्वजनिक गर्दै लेखिन्, ‘आफ्नो देशको बारेमा बोल्दा, राष्ट्रिय एकताको विषयमा अडिग भएर एउटै आवाज निकाल्दा हामी नेपाली छोरी चेलीले यस्तो सहनुपर्ने ? जसले त्यस्ता प्रकारका अश्लील भिडियो बनाएर हाम्रो चरित्रहत्या गर्ने र मानसिक तनाव दिने कार्य गरेका छन्, तिनीहरूको विरुद्धमा एक भएर अघि बढ्न जरुरी छ । यति बेला तपाईं समस्त साथीभाइ अनि शुभचिन्तकको साथको जरुरी छ मलाई । कृपया सहयोग गरिदिनुस् ।’

संयोग, आँचललाई यो समस्या त्यतिबेला परेको छ, जतिबेला लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नेपालले आफ्नो नक्सा जारी गरेसँगै नेपाली र भारतीय ह्याकर समूहबीच एकअर्काको देशका साइटहरू ह्याक गर्ने होडबाजी चलिरहेको छ ।


फेक भिडियोको आतंक

अहिले इन्टरनेटमा आँचलमात्रै होइनन्, थुप्रै नेपाली सेलिब्रिटी फेक अश्लील भिडियोका सिकार भइरहेका छन् । त्यस्ता भिडियो विश्वमै चर्चित ‘डिपफेक’ प्रविधिमार्फत अरूको पोर्न भिडियोमा कलाकारको तस्बिर र भिडियो जोडेर हुबहु देखिने गरी बनाइएका फेक भिडियो हुन् । ती अधिकांशको भिडियो अपलोड मिति ८ महिनादेखि १ वर्ष पुरानो छ । तर, के–कति कारणले अहिले भाइरल बनाइँदैछ भन्ने कारण खुल्न सकेको छैन ।

डिपफेक यस्तो प्रविधि हो जसले एउटा मौजुदा तस्बिर वा भिडियोमा देखिएको व्यक्तिलाई आफूले चाहेअनुसार अर्को व्यक्तिको तस्बिर या भिडियोमार्फत हुबहु देखिनेगरी प्रतिस्थापन गर्न सक्छ । मेसिन लर्निङ र आर्टिफिसियल इन्टेलिजेन्समार्फत यस्ता डिपफेक भिडियो तयार हुने गर्छ । यसको सफ्टवेयरले हुनै व्यक्तिको अनुहार, हाउभाउ र आवाज हुबहु नक्कल गर्न सक्छ ।

यो प्रविधि अहिले विश्वभरका सेलिब्रिटीका लागि खतरनाक सावित भएको छ । डिपफेक प्रविधिमार्फत विश्वचर्चित सेलिब्रिटीको अनुहार जोडेर पोर्न भिडियो निर्माण गर्ने क्रम बढेको छ । हलिउडकी सेलेना गोमेजदेखि बलिउडकी दीपिका पादुकोणलगायत सयौँ विश्वचर्चित सेलिब्रिटीहरू यसको सिकार भइसकेका छन् ।

‘सुरुमा त मलाई यो डिपफेक प्रविधिबारे केही थाहा थिएन, त्यसैले भिडियो देख्नासाथ निकै अत्तालिएको थिएँ,’ अभिनेत्री आँचल भन्छिन्, ‘झन् त्यसमाथि मेरोमात्रै भिडियो भाइरल हुँदा ममाथि किन र कसले यसरी आक्रमण गरिरहेको छ भन्ने भइरहेको थियो । पछि थाहा भयो यो प्रविधिले कतैको सेलिब्रिटीलाई छाडेको रहेनछ । यो थाहा भएपछि तनाव कम भएको छ । ’

तर, प्रविधिबारे कम सचेतना भएको समाजमा त्यस्ता भिडियोलाई वास्तविक ठान्ने खतरा उत्तिकै छ । ‘त्यसैले यो फेक हो भनेर सचेतना फैलाउन जरुरी छ,’ आँचलको आग्रह छ ।

अभिनेत्री शर्माको फेसबुक पोस्ट

प्रहरीमा उजुरी

नेपाली कलाकारहरूको टाउको जोडेर नक्कली पोर्न भिडियो बनाउने क्रम बढेपछि नेपाल चलचित्र कलाकार संघले यसमा चासो देखाएको छ । संघले मंगलबार महानगरीय अपराध महाशाखा, टेकु पुगेर यो कार्यमा संलग्नलाई कडा कारबाही गर्न आग्रहसहित निवेदन दिएको छ ।

‘केही दिनदेखि प्रविधिको दुरुपयोग गर्दै नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित कलाकारहरूको अश्लील भिडियो बनाई विभिन्न सामाजिक संजाल र पोर्न साइटमा अपलोड गरी सम्बन्धित कलाकारबारे भ्रम सिर्जना गरी चरित्रहत्या गर्ने दुष्प्रयास भएको पाइएको छ,’ संघका अध्यक्ष रवीन्द्र खड्कासहितको टोलीले दिएको उजुरीमा भनिएको छ, ‘यसबारे यथाशीघ्र छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही र पीडितलाई न्याय दिलाई त्यस्ता गैरकानुनी कार्य बन्द गर्न अनुरोध गर्दछौं ।’

डिफपेक प्रविधि सफ्टवेयरमार्फत जोकोहीले प्रयोग गर्न सक्छ । यसको सहज पहुँचका कारण यसको दुरुपयोग बढ्दो छ । विशेषगरी विश्वमा ‘रिभेन्ज पोर्न’का लागि यसको दुरुपयोग बढिरहेको छ । बदलाको भावनासहित आफ्नो पूर्वप्रेमी वा प्रेमिकाको नग्न तस्बिर सार्वजनिक गर्ने कार्यलाई विश्वभर ‘रिभेन्ज पोर्न’का रूपमा परिभाषित गरिन्छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्की नेपाली कलाकारको अनुहार प्रयोग गरेर बनेका फेक अश्लील भिडियोबारे अनुसन्धान गरिरहेको बताउँछन् । ‘कसले, कसरी र कहाँबाट यो गरिरहेको छ, खुलिसकेको छैन । हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।


राजनीतिमा पनि डिपफेक

डिपफेक प्रविधि सेलिब्रिटीको पोर्न भिडियो, रिभेन्ज पोर्न, फेक न्यूज, आर्थिक ठगी र अफवाह फैलाउनमात्रै प्रयोग भएको छैन, यसले राजनीतिमा पनि उत्तिकै असर गरेका दृष्टान्त छन् । विश्वका प्रसिद्ध राजनीतिज्ञहरूलाई गलत तरिकाले प्रस्तुत गर्न पनि यो प्रविधिको उपयोग भइरहेको छ ।

केही समयअघि डिपफेककै माध्यमबाट बनाइएको अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गाली गरेको भिडियो भाइरल भएको थियो । त्यतिबेला धेरैलाई त्यो भिडियो सक्कली लागेको थियो । किनभने भिडियो हेर्दा, अनुहारमात्रै होइन हाउभाउ र बोलीचालीसमेत ओबामाकै जस्तो देखिन्थ्यो ।

ऐतिहासिक फिल्म निर्माणमा भने यो प्रविधिको प्रयोग महत्वपूर्ण मानिन्छ । तर, यसको दुरुपयोग ज्यादा भइरहनु चाहिँ अहिले चिन्ताको विषय बनेको छ । त्यसैले ट्विटर, डिस्कोर्डलगायतका सामाजिक प्ल्याटफर्ममा डिपफेक भिडियो अपलोड प्रतिबन्धित छ ।

‘यहाँ कसैले पनि मेरो तस्बिर या भिडियोलाई कपी गरेर अर्को कसैको शरीरमा पेस्ट गर्नबाट रोक्न सक्दैन,’ दर्जनौंपल्ट डिपफेक पोर्न भिडियोको सिकार भइसकेकी हलिउड अभिनेत्री स्कार्लेट जोहानसनले सन् २०१८ मा द वासिङ्टन डिसीसँगको कुराकानीमा भनेकी थिइन्, ‘खासमा इन्टरनेट र यसको विकृतिबाट आफूलाई जोगाउने प्रयत्न गर्नु भनेको फगत समयको बर्बादी हो । इन्टरेनट अँध्यारोको एउटा यस्तो विशाल न्यानो दुलो हो, जसले आफैंलाई खान्छ ।’


अब के हुन्छ ?

विद्युतीय माध्यबाट भइरहेका अपराधमाथि प्रहरीमा उजुरी दिन अत्यावश्यक ठान्छन्, साइबर कानुनसँग विज्ञ अधिवक्ता बाबुराम अर्याल । ‘यहाँ अधिकांश विद्युतीय अपराध थाहै हुँदैन । थाहा भएका पनि उजुरी हुँदैनन् । तर, उजुरी भएका अधिकांश मुद्दा सफल हुन्छन्,’ अर्याल भन्छन्, ‘त्यसैले मेरो सुझाव छ, यदि तपाईंको फोटो या तस्बिरको गलत प्रयोग भएको छ भने तत्काल उजुरी गरिहाल्नुस् । ’

डिपफेक प्रविधिसम्बन्धित कानुन नेपालमा नभएपनि यसलाई विद्युतीय कारोबार ऐनअन्र्तगत व्यक्तिको गोपनियता र अश्लिलताको मुद्दासँग जोडेर हेर्न सकिने अर्याल बताउँछन् । ‘यदि यो अपराध नेपाल बाहिरबाट भएको रहेछ भने पक्कै प्रहरीलाई अनुसन्धान गर्न गाह्रो हुन सक्छ । जुन प्लेटर्फाममा भिडियो अपलोड हुन्छ, उसले सूचना नदिँदा प्रहरीलाई अपराधीसम्म पुग्न व्यवहारिक जटिलताबारे चाहिँ हामी पनि जानकार हुनुपर्छ’, उनले भने ।

साइबर सेक्युरिटीबारे काम गर्ने संस्था सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सिएसआरआई)का महासचिव शालीग्राम पराजुली यस्तो क्रियाकलाप साइबर क्राइमअन्तर्गत नै पर्ने बताउँछन् । ‘सम्बन्धित पक्षलाई जानकारी नगराई उसको भिडियो वा फोटो इडिट गर्ने र व्यक्तिगत करिअरमा असरमा पर्ने गरी गरिने कार्य ‘सोसल अफेन्स’ हो । साइबर क्राइमअन्तर्गत नै यस्तो गर्नेलाई कानुनी सजाय हुन्छ,’ उनी भन्छन् । पराजुली यस्तो कार्य रोक्नका लागि त्यस्तो बदमासी गर्नेहरूलाई ठूलो दण्ड र सजायको कानुनी प्रबन्ध गर्नुपर्नेमा जोड दिन्छन् । यसका लागि राज्यले साइबर क्राइम कानुन कठोर बनाउनुपर्ने उनको मत छ । ‘नत्र यस्ता काम गर्नेहरूको मनोबल बढ्छ,’ उनी भन्छन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik