• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. सहर
सहर
‘सुन्दरी पासो’ को सकस
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

जनक तिमिल्सिना

‘सुन्दरी पासो’ को सकस
 तस्बिर : www.pexels.com
जेष्ठ ४, २०७७


कुस्त पैसा, वाइल्ड मस्ती र क्युट गर्ल । यस्तै कल्पनामा बाँचिरहेको पुरुषको जीवनमा फिल्मी शैलीमा च्याटरुमबाट जब फुत्त ‘रूपवती’ र ‘धनवती’ युवतीको प्रवेश हुन्छ । त्यसपछि के होला ? तिलस्मी पारामा इन्ट्री मार्ने त्यस्ता रूपवती युवतीसँगको लसपसले निम्त्याउने सकसपूर्ण उतारचढाव श्रीपल जैनलाई भन्दा बढी कसलाई थाहा होला ?

झन्डै दुई वर्षअघि डायना सेकेन्डले श्रीपल जैनको जिन्दगीमा भर्चुअल वल्र्डबाटै इन्ट्री मारेकी थिइन् । त्यतिबेला भारत महाराष्ट्रका श्रीपललाई आफ्नो जीवन कुनै सुन्दर सिनेमाको प्लटभन्दा कम लागेको थिएन । २१ वर्षीया बोल्ड डायना जब उनको जिन्दगीमा जोडिइन्, ३८ वर्षीय जैन खुसीले गद्गद भए । डायनाको बोल्ड व्यक्तित्वबाट मुग्ध जैन, जब युवतीले आफू ‘सिंगापुरे धनाढ्य’की एक्ली छोरी भएको बताइन्, झनै सम्मोहित भए ।

भर्चुअल वल्र्डबाट ‘रूपवती’ र ‘धनवती’ युवतीले इन्ट्री मारेपछि उनका दिन बदलिए । कहिले दुबई, कहिले मुम्बईमा सँगै घुमघाममा निस्किए । दुई वर्षसम्म फूलमा घुमिरहेको माहुरीजस्तै डायना वरिपरि चक्कर लगाइरहेका श्रीपल त्यतिबेला छाँगाबाट खसेजस्तै भए, जब बिजनेस ट्रिपमा नेपाल बोलाएकी डायना ६ असार ०७६ को दिउँसो २३ लाख रुपैयाँ लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकाएक गायब भइन् । श्रीपलले बल्ल आफू ठगिएको चाल पाए । त्यसलगत्तै जैन प्रहरीकहाँ पुगँे । त्यही साँझ प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले डायनालाई नरेफाँटबाट २० लाख ८० हजार नगदसहित पक्राउ गर्‍यो । धनाढ्यकी नक्कली छोरी बनेर हनी ट्रयाप शैलीमा ठगी गर्ने महोत्तरीकी प्लस टु फेल डायनाको नक्कली अवतार केही घण्टामै छर्लङ्ग भयो ।

प्रेमिकामात्रै होइन, सपनाकी राजकुमारीको खोज्ने र सुन्दरीसँग विवाह गर्ने आकांक्षाका कारण पनि हनी ट्रयाप सुन्दरीका सिकार भएका घटना प्रहरीमा भेटिन्छन् । सुन्दरीसँग विवाह गर्ने सपनाले गोरखाका मनोज भट्ट (नाम परिवर्तन) ले ९ लाख गुमाए भने पैसावाल फसाउने हनी ट्रयाप सुन्दरीको जालमा परेपछि सिन्धुलीका रोशनकुमार (नाम परिवर्तन) पछिल्लो दुई महिनादेखि लुकेर बस्न विवश हुनु परेको छ ।

बैंग्लोरमा इन्जिनियरिङ पढिरहेका गोरखाका २३ वर्षीय मनोजसँग झन्डै २ वर्षअघि रमा (नाम परिवर्तन) फेसबुकमार्फत नजिकिइन् । पढेलेखेकी रमाजस्ती सुन्दर युवतीलाई प्रेमिका रूपमा पाएपछि मनोजले अनेक रंगीन सपना बुन्न थाले । मनोजलाई आफ्नो मोहजालमा पारिसकेपछि रमाले अनेक बहाना देखाएर ९ लाख ५० हजार रुपैयाँ हात पारिन् । पैसा हात पारिसकेपछि उनकी फेसबुके प्रेमिका टाढा हुन थालिन् । जब मनोज च्याटमा माया दर्साउन खोज्थे, उनी उल्टै अनेक धम्की दिन थालिन् । मनोज क्रमश: बदलिएको रमाको व्यवहारबाट आजित हुँदै गए ।

राम्रो पढेलेखेकी केटीको व्यवहारले उनका सपनामा ग्रहण लाग्न थाल्यो । यत्तिकैमा रमा अचानक गायब भइन् । बल्ल मनोजले आफू ठगिएको थाहा पाए । त्यत्रो ठूलो रकम ठगिएपछि उनी उजुरी बोकेर महानगरीय प्रहरी परिसर काठमाडौं पुगे । प्रहरीले युवतीलाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो । ३ भदौ २०७५ मा काठमाडौं जिल्ला अदालतमा ५ लाख धरौटी बुझाएर ती युवती छुटिन् । ती युवतीसँग मिलेर ठगी गर्ने अर्का एक युवकको समेत मिलेमतो पाइएपछि प्रहरीले उनलाई समेत पक्राउ गरेर मुद्दा चलायो । युवक पनि ३ भदौ २०७५ मै ५० हजार धरौटीमा अदातलबाट छुटे ।

सानातिना ठेक्कापट्टामा संलग्न सिन्धुलीका रोशनको पीडा अझ बेग्लै छ ।

फेसबुकमा गत साउनमा सुन्दर युवती सुनिता (नाम परिवर्तन) को फ्रेन्ड रिक्वेस्ट आउँछ । ओखलढुंगाकी सुनिताको फेसबुकबाट आएको रिक्वेस्ट एसेप्ट गरेपछि उनीहरूबीच निरन्तर संवाद हुन थाल्छ । फेसबुकमा जोडिएदेखि बढेको घनिष्ठताले २३ वर्षीया रोशन र २७ वर्षीया सुनिताबीच ‘फेसबुके अफेयर’ सुरु हुन्छ । ‘फेसबुके अफेयर’मा तानिँदै गएका उनीहरू सिन्धुली खुर्कोटमा भेटघाट गर्छन् । त्यसपछि दुवै काठमाडौं फर्किन्छन्, केही दिन होटलमा बस्छन् । यत्तिकैमा सुनिताको त्यसअघि नै विवाह भइसकेको र उनीबाट एक सन्तान पनि रहेको रहस्य खुल्छ । युवतीको विगत पनि केटालाई थाहा हुन्छ, केटा विवाह गर्न अस्वीकार गर्दै फरार हुन्छन् । युवती आफ्नो श्रीमान् खोजी दिन भन्दै उजुरी लिएर बौद्धस्थित प्रहरी वृत्तमा पुग्छिन् । प्रहरीले उक्त उजुरी नेपाल प्रहरीको महिला तथा बालबालिका सेल कालिमाटीमा पठाइदिन्छ । कालिमाटीले अहिले उक्त केसमाथि अनुसन्धान गरिरहेको छ । केटाको पारिवारिक स्रोतका अनुसार अहिले सुनिताले १४ लाख रुपैयाँ दिएमा आफूले केटालाई छाडिदिने र उजुरी फिर्ता लिने प्रस्ताव पठाइरहेकी छन् ।

रूपवान् युवतीसँग शारीरिक सम्बन्ध बनाउने लालशाले हनी ट्रयाप सुन्दरीको सिकार भइरहेका घटना अझ धेरै छन् । प्रहरीका अनुसार कतिपय उच्च खानदानका व्यक्तिहरू तथा धनाढ्यहरू सुन्दरीसँगको यौनसम्बन्धको लिप्सामा हनी ट्रयापका सिकार भइरहेका छन्, जसमध्ये केही त परिवार बिग्रने र लोकलाजको डरले प्रहरीसम्म पनि पुग्दैनन् । झन्डै डेढ वर्षअघि ६० वर्षका निराजन (नाम परिवर्तन)सँग एक २२–२३ वर्षीया कलेज गर्ल ठोक्किइन् । आकर्षक जीउडाल भएकी युवती आफूसँग ठोक्किएपछि महिलाप्रति बढी नै आशक्त निराजन नलोभिने कुरै थिएन् । केही समय उनीहरू सुटुक्क क्याफेहरूमा डेट गरे । एक दिन युवतीलाई लिएर शारीरिक सम्बन्धका लालसाले निराजन घर गए । घर पुगेपछि दुवै लुगा खोलेर शारीरिक सम्बन्धका लागि तयार हुँदै थिए । चार–पाँच जना युवाहरूको समूहले ती युवतीसँगै निराजनको लुकेर नग्न फोटो खिच्यो । यसले उनको शारीरिक सम्बन्धको लालसामा पानी मात्रै खन्याएन, अर्को ठूलो तनाव सिर्जना गर्‍यो । त्यसपछि बार्गेनिङ सुरु भयो । केही समय निराजनले उनीहरूले मागेजति पैसा दिए । झन्पछि झन् ठूलो डिमान्ड गर्न थालेपछि गुपचुप रूपमा यो केस हल नगरी उनलाई सुखै भएन । उनी प्रहरीकहाँ पुगे । हाइप्रोफाइल निराजनको यो केस प्रहरीले समाधान गर्‍यो ।

५ कात्तिक ०७५ मा पाँचथरकी एक युवतीले कुपण्डोलमा एक व्यवसायीलाई फसाउँदै १ करोड पैसाको बार्गेनिङ गरेपछि प्रहरी फन्दामा परेकी थिइन् । निशा नामबाट फेसबुक चलाउने ती युवतीले धनाढ्य व्यवसायीलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन् । अर्ध खैरो रंग पोतिएका कपालमा कालो चश्मा लगाएकी उनी झट्ट हेर्दा मोडलभन्दा कम देखिँदैनन् । त्यति सुन्दर युवतीको फ्रेन्ड रिक्वेस्ट आएपछि ती व्यवसायीको मनले रिक्वेष्ट स्वीकार नगरी मानिरहन सकेन । फेसबुकमा विकसित सम्बन्धको फेरो समात्दै युवती व्यवसायीलाई भेट्न उनकै अफिसमा पुगिन् ।

२५ वर्षीय निशा त कति ‘फरवार्ड’ बनेर निस्किइन् भने उनले व्यवसायीलाई उनकै प्राइभेट क्याबिनमा अँगालो मार्दै चुम्बन गरिन् । केही दिनपछि व्यवसायीलाई अज्ञात नम्बरबाट फोन आयो, ‘तिम्रो एक युवतीसँगको यस्तो भिडियो छ, १ करोड रुपैयाँ देऊ, नत्र सार्वजनिक गरिदिन्छु ।’ ती व्यवसायी विलखबन्दमा परे । १ करोड दिऊँ, त्यति पैसा छैन । भिडियो आयो भने त्यसले दिने तनाव झनै ठूलो छ । त्यसपछि उनी प्रहरी शरणमा पुगे । प्रहरीले इन्दिरासँगै गोरखाका एक जना ३१ वर्षीया युवकलाई ५ कात्तिक २०७५ मा गौशालाबाट पक्राउ गर्‍यो ।

शारीरिक सम्बन्धको आकांक्षामा हनी ट्रयाप सुन्दरीको सिकार बन्ने ती व्यवसायी एक्ला होइनन् । २ असार २०७४ मा पनि धनाढ्यहरूलाई यौन सम्बन्धको जालमा फसाउँदै लाखौं रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो । दाङकी १९ वर्षीया सुन्दरी आशिका परियारको सुन्दरतालाई हतियारका रूपमा प्रयोग गरेर हनी ट्रयाप शैलीमा धनाढ्य फसाउने ३१ वर्षीया कोमान्द खड्का आशिकासँगै त्यही दिन समातिएका थिए । प्लस टु सकेपछि आर्थिक अभाव टाल्न विदेश जाने मनस्थितिमा रहेकी आशिकालाई कोमान्दले जागिर लगाइदिने भन्दै काठमाडौं ल्याएका थिए ।

काठमाडौंमा उनलाई जागिर त लगाइदिएनन्, नै बरु उनको आकर्षक जीउडाललाई पैसा कमाउने हतियार बनाए । कोमानन्दले धनाढ्यहरूलाई फोन, भाइबर र फेसबुकबाट फसाउने आइडिया सिकाउँथे, आशिकाले प्रेमिका बनेर यौनसम्बन्धको सपनामा लठ्याउँदै व्यवसायीहरूलाई होटल वा कोठाहरूमा पुर्‍याउने गर्थिन् । जब व्यवसायीसँगै आशिका कोठामा हुन्थिन्, बाहिरबाट नक्कली सिआइबी बनेका कोमानन्दका समूहका सदस्यहरूलाई आइपुग्थे । उनीहरूले सिआइबीका नाममा रेड मार्थे र बार्गेनिङपश्चात् पैसा असुल्थे । उनीहरूको यो हनी ट्रयाप संसार २ असारमा प्रहरी फन्दामा परेसँगै भत्कियो ।

हनी ट्रयापमा प्रयोग हुने सुन्दरीहरू स्वयंको सुरक्षा पनि चुनौतीपूर्ण रहेको घटनाक्रमले देखाउँछ । ०७३ को फागुनमा प्रेमीको पैसा कमाउने योजनामा हनी ट्रयाप टुल्स बन्दा राधिका श्रेष्ठले ज्यान गुमाइन् । धादिङकी राधिका श्रेष्ठ न्युरोडको मख्खनगल्लीस्थित न्यु डालिज साडी संसारमा काम गर्थिन् । कालीमाटी बस्ने उनीकाम गर्न आउँदा मरुको बाटो भएर ओहोर–दोहोर गर्थिन् । त्यही क्रममा मरुमा मोबाइल पसल चलाउने भक्तपुरका प्रकाश लामिछानेसँग राधिकाको परिचय भयो । त्यो चिनजान प्रेममा बदलियो । राधिका र प्रकाश दुवैको आर्थिक अवस्था राम्रै थियो । तर, प्रकाश यति महत्त्वाकांक्षी थिएकी उनलाई चाँडै कुस्त पैसा कमाउने चाहना थियो ।

पैसा कमाउने लोभ डोरिँदै प्रकाशले राधिकाले काम गर्ने साडी पसलका सञ्चालक— श्यामसुन्दर अग्रवाललाई नै हनी ट्रयापको पासोमा पारेर लुट्ने योजना बनाए । अपहरण गरेर फिरौती असुल्ने योजनाअनुसार राधिकालाई अग्रवालसम्म पुग्ने माध्यमका रूपमा प्रयोग गरियो । ५ फागुन ०७३ मा राधिकाले श्यामसुन्दरलाई सुन्धाराको एक होटल बोलाइन् । त्यही प्रकाशको समूहले उनलाई बन्धक बनाउँदै १० लाख ७० हजार रुपैयाँ फिरौती असुल्यो । पछि, प्रेमीको अपहरणको योजनामा हनी ट्रयाप टुल्सका रूपमा प्रयोग भएकी राधिकाको मृत्युको कारण नै त्यही बन्न पुग्यो । अग्रवालको अपहरण गरेर फिरौती असुलेको केही घण्टामै उनले आफ्नो ज्यान गुमाइन् । उक्त साँझ वसन्तपुरमा फिरौतीबापत प्राप्त रकम बाँडफाँड भयो । बाँडफाँडपछि ६ बजे प्रकाश र राधिका ट्याक्सी लिएर भक्तपुर बागेश्वरीस्थित प्रकाशको घरमा पुगे ।

घरमा पुगेपछि प्रकाशलाई राधिकाका कारण आफू पक्राउ पर्ने र पोल खुल्ने डर भयो, जसका कारण उनले आफ्नी दुई वर्षदेखिकी प्रेमिका राधिकाकै हत्या गर्ने मनसाय बनाए । सोही योजनाअनुरूप अपहरणमा प्रयोग गर्न जैसीदेवलमा किनिएको डोरी र कार्टुन टेपको सहायताले राधिकाको मुख बन्द गरियो भने उनको खुट्टा डोरीले बाँधियो । त्यसपछि प्रकाशले उनको घाँटी थिचेर हत्या गरे । राधिकाको हत्यापछि उनको मृतक शरीरलाई प्लास्टिकको बोरामा हालेर मोटरसाइकलमा राखी घरभन्दा झन्डै २ सय मिटर तल मुहानपोखरी भन्ने ठाउँमा खाल्डो खनी पुरियो । अपहरणको १५ दिनपछि २० फागुनमा प्रहरीले सडेगलेको अवस्थामा राधिको शव फेला पार्‍यो । त्यसमा अनुसन्धान गर्दै जाँदा अपहरणसँग जोडिएको यो हत्याको पर्दाफास भएको हो । हत्यालगत्तै नयाँदिल्ली हुँदै दुबई पुगेर लुकेर बसेका प्रकाशलाई ०७४ को असोजमा प्रहरीले इन्टरपोलका माध्यमबाट पक्राउ गरेर नेपाल ल्यायो ।

यी त सहरमा मौलाइरहेको नयाँ अपराध शैली हनी ट्रयाप कति खतरनाक बन्दैछ भन्ने उदाहरण मात्रै हुन् । केही वर्षयता पैसा कमाउन युवतीहरू आफ्नो आकर्षक अनुहार प्रयोग गरेर पुरुषलाई कसरी फसाउँदैछन् भन्ने यस्ता थुप्रै दृष्टान्त भेटिन्छन् । पैसा कमाउन फन्डा गर्ने यस्ता सुन्दरीहरू कोही विवाहको नाटक गरेर त कोही नक्कली प्रेमिका बनेर युवाहरू फसाउँदैछन् । कोही शारीरिक सम्बन्ध बनाउन दिने आश्वासनमा धनाढ्यहरूबाट ठूलो आर्थिक स्रोत जुटाउन लागिपरेका घटनाक्रमहरूले देखाउँछ । हनी ट्रयाप शैलीका कतिपय घटनामा मास्टरमाइन्डका रूपमा युवतीका नजिकका पुरुषहरू पनि काम गर्ने गरेको माथिका घटनाले प्रस्टयाउँछ ।

महानगरीय प्रहरी परिसर काठमाडौं प्रवक्ता होविन्द्र बोगटी पछिल्लो समय पैसा कमाउन केही युवतीहरू स्वयं र केहीको सुन्दरतालाई उनका नजिकका पुरुषहरूले हतियार बनाइरहेको बताउँछन् । उनका अनुसार केही युवती केटाहरूलाई फेसबुक, फोन, म्यासेन्जर वा भाइबरमार्फत विभिन्न प्रलोभन तथा मीठा–मीठा कुरा गरेर फसाउने गर्छन् । ती हनी ट्रयाप सुन्दरीहरूको मुख्य मोटिभ के हुन्छ त ? प्रवक्ता बोगटी भन्छन्, ‘केटाहरूलाई माया गर्छु भनेर सम्बन्ध विस्तार गर्ने, माया गरेजस्तो देखाउने, केटाहरूलाई अँगालो हाल्ने, चुम्बन गर्नेजस्ता क्रियाकलाप गर्छन् र अन्त्यमा उनीहरूलाई पैसाका लागि ब्ल्याकमेल गर्छन् ।’

प्रहरी अधिकारीहरू यसरी हनी ट्रयाप सुन्दरीहरूको जालमा परेर पैसा गुमाउनेहरू अझ धेरै हुन सक्ने आँकलन गर्छन् । तर, सामाजिक लोकलाज र पारिवारिक इज्जतका कारण यस्ता घटनाहरू कमै मात्रै प्रहरीसम्म पुग्ने ती अधिकारीको भनाइ छ । गहन प्रकारका अपराधको अनुसन्धान गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता बेलबहादुर पाण्डे ‘हनी ट्रयाप’को मुख्य कारण सम्पत्ति जोड्नु र पैसा कमाउनु नै रहेको बताउँछन् । ‘यसको मुख्य कारण त पैसा कमाउनु र सम्पत्ति जोड्नु नै हो,’ उनी भन्छन्, ‘कतिपय अवस्थामा मानसिक कारण पनि देखिन्छ ।’ प्रवक्ता पाण्डेका अनुसार यस्ता केही केसहरूमा ब्युरोले अनुसन्धानसमेत गरिरहेको छ भने केही हाइप्रोफाइल पनि हनी ट्रयापको सिकार भएका देखिन्छन् । उनी करणीसम्बन्धी कानुनी प्रबन्ध र यसको दुरुपयोगजस्ता कारणले पनि यस्ता घटनाहरूमा बढोत्तरी भएको मान्छन् ।

महिलाहरू नै यौन तथा सुन्दरताको आडमा हनी ट्रयापजस्तो अपराध कर्ममा किन संलग्न हुन्छन् त ? अपराधशास्त्री माधव आचार्य महिला प्राकृतिक र शारीरिक रूपमै विशिष्ट व्यक्तित्व भएको बताउँछन् । ‘महिलाहरू सुन्दर देखिन चाहन्छन्, अपोजिट सेक्सलाई आकर्षित गर्न सक्ने प्राकृतिक गुण नै उनीहरूमा हुन्छ,’ आचार्य भन्छन्, ‘त्यही गुणलाई प्रयोग गरेर केहीले अवसर त केही लाभका लागि त कतिपय अवस्थामा अपराधिक चरित्रका व्यक्तिहरूले यौन ट्रयापका रूपमा पनि प्रयोग गर्ने गर्छन् ।’

हनी ट्रयाप सुन्दरी बन्नका लागि आधुनिक युवतीहरूलाई कुन मानसिक कुराले प्रभावित गरिरहेको हुन्छ ? मनोविद् करुणा कुँवर अपराधिक मनोवृत्ति र विभिन्न प्रलोभनका आधारमा ट्रयाप पारिँदा महिलाहरू यस्तो कार्यमा संलग्न हुने बताउँछिन् । ‘समाजमा महिलाको सौन्दर्यको प्रशंसा हुन्छ, महिलालाई सोझा हुन्छन् भनेर ट्रष्ट गर्ने गरिन्छ,’ उनी भन्छिन्, ‘त्यही बुझाइको फाइदा उठाउँदै कतिपय अपराध मनोवृत्तिका महिलाहरू सौन्दर्य, पर्सनालिटीजस्ता कुरालाई आधार बनाएर यस्ता कार्य गर्छन् ।’ उनका अनुसार कतिपय अवस्थामा महिलालाई अपराध गर्नका लागि ट्रयापमा पारिएको हुन्छ । ‘अर्कातिर इमोसनल्ली वा इकोनोमीकल्ली रूपमा पनि ट्रयापमा पारेर ब्ल्याकमेल गरेर उनीहरूबाट यस्ता कामहरू गराइएको पनि हुनसक्छ,’ कुँवर थप्छिन् । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल भने उनीहरूलाई यसका लागि पैसाले नै तयार पार्ने बताउँछन् ।

झन्डै ४ वर्षयता आफ्नो सुन्दरता मोहित पारेर पुरुषलाई ठगी, ब्ल्याकमेलिङ र लुटपाट गर्ने क्रम बढ्दो छ । पछिल्लो एक वर्षमा मात्रै यस्ता झन्डै दर्जन बढी घटनामा काठमाडौं प्रहरी परिसर, महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको छ । जसमध्ये केहीलाई हनी ट्रयाप शैलीमा व्यक्तिलाई ठग्ने, ब्ल्याकमेलिङ गरेको अभियोगमा पक्राउ गरेर कारबाहीसमेत अगाडि बढाइएको छ । तर, हनी ट्रयापको उक्लिँदो ग्राफको स्पष्ट तथ्यांक प्रहरीसँग छैन । किनभने, हनी ट्रयापका घटनाहरूलाई ठगी, ब्याकमेलिङलगायतका अन्य मुद्दा चलाइने गरिन्छ ।

के हो हनी ट्रयाप ?

शारीरिक आकर्षणमा लोभ्याएर सुन्दर युवतीहरूले पुरुषलाई फसाउने कला हो– हनी ट्रयाप । जसरी झिँगा महको लोभमा त्यसमाथि बस्छ, मह खाएर उड्न खोज्छ तर उड्न नसकेर ट्रयापमा पर्छ, त्यसैगरी हनी ट्रयापमा महिला शरीर प्रयोग गरिन्छ । यसमा सुन्दर युवतीलाई प्रयोग गरेर सेक्सको लोभ देखाइ आफूअनुकूल ठाउँमा पुर्‍याई फसाइन्छ । खासगरी रूपवती युवतीलाई प्रयोग गरिने यो शैली जासुसीका लागि लडाइँहरूमा समेत प्रयोगमा आएको पाइन्छ । विपक्षी सेनाका सूचना प्राप्त गर्नका लागि पनि यो शैली प्रयोग भएको घटनाक्रमहरूले देखाउँछ । फेसबुक, भाइबर, फोन, ब्लफ कल, हाई प्रोफाइल पार्टी, डिस्कोमार्फत टार्गेटेड व्यक्तिसँग युवतीको मित्रता जोडिन्छ । पछि बिस्तारै उनीहरू नजिकिँदै आपसमा घुलमिल हुन थाल्छन्, त्यसपछि पैसा, सूचना फुत्काउने काम गरिन्छ । यसका लागि युवतीहरू केवल लक्ष्यलाई प्राप्त गर्न ‘सेक्सुअल ब्ल्याकमेलिङ’ पनि गर्छन् ।

पश्चिमा देशहरू हुँदै फैलिएको यो अपराधशैली केही वर्षयता नेपालमा पनि तीव्र बनेको छ । प्रविधिको विकाससँगै बढ्दो हनी ट्रयाप शैलीका घटना छिमेकी देश भारतमा पनि सतह आइरहन्छन् । सन् २०१९ मा सेप्टेम्बरमा मध्यप्रदेशमा त्यहाँको एसआईटीले हनी ट्रयापमा संलग्न ४० कल गर्लको गिरोहलाई कारबाही गरेको थियो । उनीहरूको टार्गेटमा नेता, उच्च अधिकारी तथा ठूला व्यवसायीहरू रहेको पाइएको थियो । भारतीय समाचार पोर्टल आजतकका अनुसार उक्त हनी ट्रयाप काण्डमा केही बी ग्रेडका हिरोइनको नाम पनि सतहमा आएको थियो । उक्त गिरोहले केही भीआईपीहरूका भिडियोहरूसमेत बनाएको पाइएको थियो ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सहर
गाउँमा रौनक, शहर सुनसान

राजाराम पौडेल

वैशाख ८, २०७७

सहर
‘सुन्दरी पासो’ को सकस

जनक तिमिल्सिना

वैशाख ८, २०७७

सहर
मजदुरलाई न काम, न राहत

कृष्ण आचार्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik