• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
बहाना ह्याप्पी न्यू इयरको
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सुव्रत आचार्य

बहाना ह्याप्पी न्यू इयरको
पुस १६, २०७४

नेपालीहरूले वर्षमा कति पटक एक–अर्कालाई ‘ह्याप्पी न्यू इयर’ अथवा ‘नयाँ वर्षको शुभकामना’ भन्छन् होला ? विक्रम संवत् र इस्वी संवत्लाई पर्वकै रूपमा मनाउने नेपाली युवाहरूले विभिन्न समुदायको ल्होसार, नेपाल संवत् आदिमा समेत एक–अर्कालाई शुभकामना दिइरहेका हुन्छन् र त्यही बहानामा रमाइलो पनि गर्छन् । 

एक वर्षअघि जनवरी १ तारिखमा @chandansialia ले ट्विट गरेका थिए– ‘नेपाली जस्तो भाग्यमानी को छ र ? वर्षमा दुई पटक नयाँ वर्ष मनाउन पाउँछन् ।’ हुन पनि नेपालीहरू भाग्यमानी नै हुन्, जसले प्रत्येक वर्ष बारम्बार नयाँ वर्ष मनाइरहन्छन् र यही बहानामा मस्ती गरिरहेका छन् । 

नयाँ वर्ष मनाउनु पछिल्लो ट्रेन्ड नै हो । जबदेखि नेपालमा रेस्टुराँ कल्चर स्थापित भयो, त्यही बेलादेखि नै नेपालीहरूले पनि रमाइलो गर्न, साँझदेखि रातिसम्म खाँदै पिउँदै समय बिताउन सिके । कुनै बेला सम्पन्नहरूको मात्र पहुँच हुने महँगा रेस्टुराँहरूमा अहिले मध्यम वर्गको प्रवेश सहज भैसकेको छ । भनाइ नै छ, ‘नेपालीहरू पचास कमाउँदा, सय खर्च गर्छन् ।’ वास्तवमै नेपालीहरू रमाइलो गर्ने मामिलामा उदार छन् । नेपालीहरूलाई खान, पिउन र घुम्न बहाना नै चाहिँदैन, तर बहाना भए अझ राम्रो । 

आज आइतबार पनि रमाइलो गर्ने एउटा ठूलो बहाना आएको छ । इस्वी संवत् २०१७ को अन्तिम साँझ

नेपालका प्रमुख सहरहरूका ९० प्रतिशत रेस्टुराँ, बार, लाउन्ज, क्लब, पब तथा ठूला होटलहरू रातभर रनघन रहनेछन् । स्थानअनुरूप कार्यक्रमको शैली फरक होला, तर अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्न अधिकांश सहरिया युवा आतुर छन् । 

न्यू इयर इभमा रक्सी तथा बियरका लाखौं बोतल खपत हुनेछन् । हजारौं किलो मासुको बारबिक्यु हुनेछ । उक्त साँझका लागि प्राय: सबै व्यवसायिक डिजे बुक भैसकेका छन् । कहलिएका गायक/गायिकादेखि अन्डरग्राउन्ड ब्यान्डहरूसम्मलाई भ्याइ–नभ्याइ छ । काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन, बुटवल, हेटौंडा, धरान, इटहरीदेखि धनगढीसम्मका प्राय: सबै रेस्टुराँ तथा होटलहरूले इस्वी संवत् २०१८ को स्वागतको बहानामा विभिन्न कार्यक्रम सार्वजनिक गरिसकेका छन् । यस्तो लाग्छ वर्ष अंग्रेजी भए पनि अंग्रेजभन्दा नेपालीहरू नै ती सबै रमाइलोका पहिलो उपभोक्ता हुन् । 

कुरा बहाना र इस्वी संवत्को 

प्रत्येक वर्ष जनवरी पहिलो तारिखका दिन इस्वी संवत्को नयाँ वर्ष आरम्भ हुन्छ । विश्वका अधिकांश मुलुकमा इस्वी संवत् नै प्रचलनमा छ । क्रिस्चियन धर्मका प्रवर्तक जिसस क्राइस्ट (यशु) को सम्झनामा उनको मृत्युपछि उनका अनुयायीहरूले इस्वी संवत्लाई प्रचलनमा ल्याएका हुन् । इस्वी संवत् प्रचलनमा रहेका मुलुकहरूमा नयाँ वर्ष प्रवेशको अवसरमा रमाइलो तथा खुसीयाली मनाउन विभिन्न कार्यक्रम आयोजित गरिन्छ । नेपालमा इसाईहरूको जनसंख्या कम भए पनि इसाईबाहेक गैरइसाईहरूले समेत साथीभाइ तथा आफन्त जम्मा गरी खुसीयालीका साथ शुभकामना आदानप्रदान गर्दै अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्ने गरेका छन् । गैरइसाईहरूका लागि भने यो मात्र रमाइलो गर्ने बहाना हो । 

समाजशास्त्री मृगेन्द्रबहादुर कार्की भन्छन्, ‘यो धर्म वा आस्थासँग जोडिएको कुरा होइन, केवल रमाइलोका लागि यस्ता अवसर छोपिएको पाइन्छ । पूर्वाधारहरूको उपलब्धता जस्तो रेस्टुराँ, क्लब, होटल आदिको विकाससँगै नेपालीहरूको क्रयशक्तिमा वृद्धि, ग्लोबलाइजेसन, नक्कल गर्ने प्रवृत्ति आदि कारणले पनि न्यू इयर, क्रिसमसजस्ता पर्वलाई रमाइलो अवसरका रूपमा लिइन्छ ।’ समाजको खुलापनलाई पनि यसको मुख्य कारण बताउँदै समाजशास्त्री कार्की भन्छन्— समाजको उदारताका कारण पनि अहिलेका युवा–युवतीहरू निर्धक्क र स्वतन्त्र जीवन जिउन थालेका छन् । ‘नेपालीहरूले ठूलो दु:ख पाएको अवस्था छैन, त्यसैले पैसाको मूल्य भारत वा नेपाल कै मधेसमा जसरी उच्च रूपमा लिइन्छ, पहाडी र सहरी भूभागमा बस्ने नेपालीहरूले त्यसरी लिँदैनन्, पैसाको दु:ख नपाएको हुँदा त्यसलाई सहज रूपमा लिइन्छ । हामी पैसा कमाउँछौं र सहज रूपमा त्यसलाई फाल्छौं पनि । कति कमाउँदा कति खर्च गर्नुपर्छ भन्ने कुरामा हामीलाई मतलब पनि हुँदैन । त्यसैले हामी मस्ती गर्ने बहाना खोजिरहेका हुन्छौं, अनि हरदम मस्ती नै गरिरहेका हुन्छौं ।’

झुम्म ठमेल र दरबारमार्ग

काठमाडौंको मस्ट ह्याप्पिनिङ स्थल दरबार मार्ग र ठमेल क्षेत्रमा क्रिसमस इभदेखि नै रमझम सुरु भैसकेको छ । ‘डिजे मार्समेलो काण्ड’का कारण सबैभन्दा ठूलो क्लब डेजाभु बन्द त भएको छ, तर रमाइलो गर्न नेपाली युवाहरूले अन्त कतै जानु पर्दैन । ठमेलस्थित इवेजा लाउन्ज एन्ड बारका एक सञ्चालक तथा मोडल मञ्चिन शाक्य भन्छन्–‘न्यू इयर इभमा देशभर हुने रमझमभन्दा दोब्बर रमझम ठमेल र दरबारमार्गमा हुन्छ । हामी त्यसकै तयारीमा छौं ।’ ठमेल र दरबारमार्गबाहेक काठमाडौं उपत्यकाका झम्सीखेल, लाजिम्पाट, नक्साल, पुतलीसडक, बानेश्वर, न्युरोड आदि क्षेत्रमा पनि नयाँ वर्षको रमझम देख्न सकिन्छ । ठमेल र दरबारमार्ग क्षेत्रमा प्रशासनले मध्यरातभन्दा पछिसम्म रेस्टुराँ तथा बारहरू खोल्न अनुमति दिएकाले पनि त्यहाँ अरू स्थानको तुलनामा बढी भीड हुन्छ । प्रहरी प्रशासनले पनि अंग्रेजी न्यू इयरको अघिल्लो साँझ सुरक्षा गस्ती तथा जाँच बढाएको पाइन्छ । यतिबेला घट्न सक्ने सम्भावित दुर्घटना नियन्त्रण गर्न प्रहरी गस्ती रातभरी खटिन्छ किनभने नयाँ वर्ष मनाउने बहानामा सबै ‘झुम्म’ हुन्छन् । 

ओभर नाइट स्टे

काठमाडौंका केही युवा तथा कतिपय परिवार नयाँ वर्षको अघिल्लो साँझ उपत्यका वरपरका स्थानमा रहेका रिसोर्ट तथा होटलहरूमा रात बिताउँदै रमाइलो गर्न रुचाउँछन् । यति बेला नगरकोट, धुलिखेल, ककनी आदि स्थानका होटल तथा रिसोर्टले विशेष प्याकेज पनि ल्याउने गरेका छन् । फेसन व्यवसायी सुजन सुवेदीले नयाँ वर्षको अघिल्लो साँझ सिन्धुपाल्चोक, सुकुटेस्थित रिसोर्टमा रात बिताउने योजना बनाएका छन् । सुवेदी भन्छन्, ‘अंग्रेजी होस् वा नेपाली, नयाँ वर्ष मनाउनु त एउटा बहाना मात्र हो । महिनादिनको कामले थाकेको मन र मस्तिष्कलाई रिफ्रेस गर्ने उत्तम उपाय भनेको साथीभाइहरूसँगको घुमघाम र खानपिन नै त हो ! त्यसैले नयाँ वर्षको बहानामा रमाइलो गर्ने मुडमा छु ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik