• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
आकर्षक महिला
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

जनक तिमिल्सिना

आकर्षक महिला
फाल्गुन २, २०७५

 

सर्वाधिक आकर्षक महिला–पुरुषको खोजी सजिलो काम होइन । आकर्षक महिला–पुरुष यस्तै हुन्छन् भनेर ठोकुवा गर्ने वस्तुवादी एवं वैज्ञानिक मापदण्ड पनि छैन । कसैलाई कसैको आँखा मन पर्छ त कसैलाई पर्फेक्ट फिगर । कोही क्याडबरी ओठप्रति आकर्षित भैरहेका हुन्छन् त कसैलाई चकलेटी अनुहारले तानिरहेको हुन्छ । कोही अनुहारको वनावट त कोही रंगमा मुग्ध भैरहेका हुन्छन् । कसैलाई बौद्धिक सुन्दरताले लोभ्याइरहेको हुन्छ । त्यसैले सर्वस्वीकार्य ‘ड्रिम गर्ल’ वा ‘ड्रिम ब्वाई’को खोजी जटिल विषय हो ।

संसारभर फरक–फरक मापदण्डका आधारमा सर्वाधिक आकर्षक महिला–पुरुष खोजी गरिन्छ । त्यसमा सर्वेक्षण, जनमत, व्यवसायिक सफलता, प्रभाव, सामाजिक योगदान, बौद्धिकता, सुन्दरताजस्ता पक्षलाई आधार बनाइएको हुन्छ । आकर्षण महिला–पुरुष छनौटमा प्राय:जसो मिडियामा छाइरहने, सेलिब्रेटी तथा सामाजिक भूमिका देखिएका व्यक्तिहरू नै पर्छन् । विगत १० वर्षदेखि प्रणय दिवसको अवसर पारेर साप्ताहिकले विविध क्षेत्र एवं ब्यवसायिक पृष्ठभूमिका प्रतिनिधि पात्रका मतका आधारमा नेपालका सर्वाधिक आकर्षक महिला खोज्ने जमर्को गरिरहेको छ ।

सर्वेक्षणका क्रममा सहभागीहरूलाई व्यक्तित्व, सुन्दरता, बौद्धिकता, काम एवं प्रभावलाई आधार बनाउन अनुरोध गरिएको थियो । ती प्रतिनिधिहरूले छनौट गरेको सूचीका आधारमा सबैभन्दा बढी मत पाउने १० जनालाई साप्ताहिकले सर्वाधिक आकर्षक महिलाकारूपमा छनौट गरेको हो । 

१. श्रृंखला खतिवडा

आर्किटेक्ट इन्जिनियरिङमा स्नातक हेटौंडाकी श्रृंखला खतिवडा मिस नेपाल वल्र्ड–२०१८ उपाधि जितेदेखि नै चर्चामा छिन् । उनी सौन्दर्यको सबैभन्दा ठूलो प्रतिस्पर्धा मिस वल्र्डमा एसिया एवं ओसियाना क्षेत्रबाट टप १२ मा मात्र पुगिनन्, ‘ब्युटी विद पर्पस’ तथा ‘मल्टीमिडिया’ एवार्ड समेत हात पार्न सफल भइन् । वामपन्थी पारिवारिक पृष्ठभूमिबाट सौन्दर्य प्रतियोगितामा उनको आगमन फरक घटना थियो । ५ फिट ६ इन्च अग्ली २३ वर्षीया श्रृंखलाको सौन्दर्य, बौद्धिकता तथा आकर्षक छविले धेरैलाई मोहित तुल्याउने गरेको छ । 

२. प्रियंका कार्की

जबरजस्त स्टारडम र आकर्षण लुक्स प्रियंका कार्कीका खास आकर्षण हुन् । सन् २००५ मा मिस टिनको उपाधि जितेपछि चर्चामा आएकी प्रियंकाको छवि ‘भर्सटाइल’ छ । ‘मेरो ‘ब्रेस्ट फ्रेन्ड’मार्फत चलचित्र उद्योगमा भित्रिएकी प्रियंका अहिलेकी सर्वाधिक व्यस्त अभिनेत्री हुन् । युनिभर्सिटी अफ नर्थ एलाबा (अमेरिका)बाट फिल्म मेकिङमा स्नातक गरेकी प्रियंका भिजे, कार्यक्रम प्रस्तोता, प्रोड्युसर, कोरियोग्राफर, गायिका, मोडल तथा डान्सर पनि हुन् । 

३. साम्राज्ञी राज्यलक्ष्मी शाह 

चार वर्षमै जबरजस्त स्डारडम हासिल गर्ने अभिनेत्री हुन्– साम्राज्ञी राज्यलक्ष्मी शाह । उनले सन् २०१६ मा चलचित्र ‘ड्रिम्स’बाट डेब्यु गरेकी थिइन् । डेब्यु चलचित्रबाटै उनको सुन्दरता र उम्दा अभिनयको चर्चा सुरु भयो । २२ वर्षीया साम्राज्ञी वीरगन्जमा जन्मिएकी हुन् । आफ्नो सेक्सी फिगर, आकर्षक लुक्स, आम युवतीभन्दा पृथक र सौम्य उपस्थितिका कारण उनी युवाहरूमाझ ड्रिम गर्लको छवि बनाउन सफल छिन् । 

४. हिमानी शाह 

घर्कदो उमेरमा अद्धितीय सुन्दरता र मोहनी लगाउने मादक मुस्कानले पूर्व युवराज्ञी हिमानी शाहलाई अझ खास बनाएको छ । अग्लो सिलित्त परेको जीउडाल, गोरो लाम्चो अनुहार तथा त्यसमै विशेष गरी बुनिएको बब शैलीको केस विन्यासमा उनी परीझैं देखिन्छन् । प्राय: सारी, चोलोमा सार्वजनिक हुने शाहको ‘हृद्धयस्पर्शी मुस्कान’का प्रशंसक लाखौं छन् । काठमाडौंमा जन्मिएर यतै हुर्किएकी ‘सदाबहार सुन्दरी’ हिमानीको शालिनता एवं नम्र व्यवहारले सबैलाई मोहित तुल्याउँछ । उनी अहिले हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय छिन् । 

५. अदिती बुढाथोकी 

अदिती बुढाथोकीको ‘ग्ल्यामरस लुक्स’को पर्याप्त चर्चा हुन्छ । ‘बोल्ड एन्ड ब्युटिफुल’ देखिनु उनको मुख्य विशेषता हो । मुम्बईमा बसेर बलिउड तथा दक्षिण भारतीय चलचित्रमा अवसरको खोजी गरिरहेकी यी २६ वर्षीया सुन्दरीले केही हिन्दी गीतका म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । झापा, दमक पुख्र्यौली घर भएकी अदिती ५ फिट ५ इन्च अग्ली छन् । फेसन डिजाइनर आमाकी छोरी भएकाले पनि होला अदितीमा गजबको फेसन सेन्स छ । फिट रहन जिम तथा योग गर्ने अदिती भेजिटिरियन हुन् । सामाजिक सन्जालमा पनि उत्तिकै लोकप्रिय अदितीले ‘कृ’ बाट चलचित्र उद्योगमा डेब्यु गरेकी थिइन् । 

६. नम्रता श्रेष्ठ 

क्युट लुक तथा अब्बल अभिनय क्षमता नम्रता श्रेष्ठका मुख्य विशेषता हुन् । थिएटर तथा म्युजिक भिडियो हुँदै सुपरहिट चलचित्र ‘सानो संसार’मार्फत रजतपटमा आएकी नम्रताको आन्तरिक सौन्दर्य पनि प्रभावशाली छ । चलचित्रमा प्राय: लभरगर्लका रूपमा प्रस्तुत हुने नम्रता धेरै आधुनिक युवाहरूकी ड्रिम गर्ल हुन् । उम्दा अभिनय क्षमताकी नम्रताले प्रतिष्ठित राष्ट्रिय चलचित्र पुरस्कारसमेत हात पारिसकेकी छिन् । 

७. सृष्टि श्रेष्ठ 

आकर्षक शारीरिक बनावटकी सृष्टि श्रेष्ठले ‘गाजलु’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी हुन् । श्रेष्ठ चितवनमा जन्मिएकी हुन् । सन् २०१२ की नेपाल सुन्दरी सृष्टि बलिउड अनप्लगड म्युजिक भिडियो ‘कभी जो बादल बरसे...’ गीतमा अभिनय गरेपछि थप चर्चामा आएकी थिइन । सेक्सी फिगर तथा ओठको विशेष आकर्षणका कारण यी २९ वर्षीया सुन्दरी धेरैको रोजाइमा पर्छिन् । 

८. इन्दिरा जोशी 

इन्दिरा जोशी पप गायनमा सर्वाधिक रुचाइएको नाम हो । स्टेजमा प्रस्तुत हुने आकर्षक शैलीका कारण ‘स्टेज क्वीन’को उपाधि पाएकी जोशी गायन रियालिटी शो नेपाल आइडलकी निर्णायक पनि हुन् । आकर्षण जीउडालकी धनी नवलपरासीकी इन्दिरा पप, आधुनिक मात्र होइन, चलचित्रको पाश्र्व गायनमा समेत उत्तिकै सफल मानिन्छन् । ५ फिट ७ इन्च अग्ली जोशी गायन रियालिटी शो ‘नेपाली तारा’ मार्फत गायन संसारमा 

भित्रिएकी हुन् । 

९. मेलिना राई 

‘मेलोडियस स्टार’ मेलिना राईले आधुनिक तथा पाश्र्व गायनमा अलग पहिचान बनाएकी छिन् । मोरङमा जन्मिएकी २६ वर्षीया मेलिना संगीतकार पिताकी पुत्री हुन् । ११ वर्षको उमेरमा पहिलो गीत रेकर्ड गराएकी मेलिनाले अहिलेसम्म १२ सयभन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेकी छिन् । उनका दर्जर्नौ गीत सुपर–डुपर हिट छन् । ‘नोभेम्बर रेन’बाट चलचित्रमा पाश्र्व गायन थालेकी ५ फिट अग्ली मेलिना शारीरिक रूपमा पनि उतिकै सुन्दर छिन् । अंग्रेजीमा स्नातक यी सुन्दर गायिका लाखौंको मनमस्तिष्कमा राज गर्न 

सफल छिन् । 

१०. आँचल शर्मा 

गोरो अनुहार तथा आकर्षक जिउडालकी आँचल शर्मा पछिल्लो पुस्ताकी चर्चित अभिनेत्री हुन् । सन् २०१६ मा ‘नाइ न भन्नु ल–४’ बाट सिने नगरीमा डेब्यु गरेकी आँचल सन् २०१५ की मिस प्लस टु पनि हुन् । शर्माले अहिलेसम्म ५ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । काठमाडौं चावहिलकी २१ वर्षीया आँचल ५ फिट ५ इन्च अग्ली छिन् । खानपिनकी सौखिन आँचलले सोसल वर्कमा स्नातक गरेकी हुन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik