• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
प्लस साइजमा सुन्दरता
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

 प्रकाश रानाभाट

प्लस साइजमा सुन्दरता
श्रावण २, २०७६

सुन्दरी प्रतियोगिता महिलाको सौन्दर्य एवं आकर्षक शरीरमा केन्द्रित हुन्छन् । यस्ता प्रतियोगितामा मिलेको अनुहार, जिरो फिगर, ठिक्क तौल, क्याटवाक गर्न सक्ने, मिलेको जीउडाल भएका महिलाहरूलाई मात्र अडिसनपछि प्रवेश दिइन्छ । यद्यपि अहिले समय विभिन्न संस्थाले सहरमा विभिन्न शिर्षक (चब्बी, होचा–पुड्का, प्लस साइज) आदि नाममा विभिन्न रोचक प्रतियोगिताहरू सञ्चालन गर्दै आएका छन् । 

 

सुन्दरी प्रतियोगिताको विश्व इतिहास सन् १९५१ मा बेलायतबाट सुरु भएको पाइन्छ । विश्वको सबैभन्दा पुरानो मानिएको सुन्दरी प्रतियोगिता बेलायतका एरिक मोर्लेले सुरु गरेका थिए । सन् १९५१ देखि निरन्तरता पाएको यो प्रतियोगिता अहिले प्रत्येक वर्ष विभिन्न देशमा आयोजना हुँदै आएको छ । यसैको सिको गर्दै नेपालमा पनि सन् १९९४ देखि हिडन ट्रेजरले प्रत्येक वर्ष मिस नेपाल प्रतियोगिताको आयोजना गर्दै आएको छ भने मिस नेपाललाई आत्मसात् गर्दै अरू सयौं नाममा विभिन्न प्रतियोगिता हुँदै आएका छन् । आज देशभर हुने क्षेत्रीय, जिल्लास्तरीय, कलेजस्तरीय,जातिस्तरीय तथा शैक्षिक प्रतियोगिता यसैका उदाहरण हुन् । 

प्रायःजसो सुन्दरी प्रतियोगिता महिलाको सौन्दर्य एवं आकर्षक शरीरमा केन्द्रित हुन्छन् । यस्ता प्रतियोगितामा मिलेको अनुहार, जिरो फिगर, ठिक्क तौल, क्याटवाक गर्न सक्ने, मिलेको जीउडाल भएका युवतीहरूलाई मात्र अडिसनपछि प्रवेश दिइन्छ । यद्यपि अहिले समय विभिन्न संस्थाले सहरमा विभिन्न शिर्षक (चब्बी, होचा–पुड्का, प्लस साइज) आदि नाममा विभिन्न रोचक प्रतियोगिताहरू सञ्चालन गर्दै आएका छन् । 

यस क्रममा अघिल्लो साता राष्ट्रिय नाचघर, जमलमा एउटा प्रतियोगिता सम्पन्न भयो जसको शीर्षक जुराइएको थियो, ‘नेपाल प्लस साइज मोडल’ । सिद्धि मिडियाले आयोजना गरेको उक्त प्रतिस्पर्धामा ६० किलोभन्दा बढी तौल भएका पुरुष तथा महिलाहरूको सहभागिता थियो । हुन त यस्ता प्रतियोगिता खासै नौला भने होइनन् । थाइल्यान्डमा मोटी सुन्दरीहरूका लागि ‘जम्बो क्वीन’ शीर्षकको सुन्दरी प्रतियोगिता आयोजित गरिन्छ । यद्यपि थाइल्यान्डमै मोटी भएको आलोचना खेपेपछि मिस युनिभर्स थाइल्यान्डले आफ्नो ताज नै परित्याग गरेको घोषणा गरेकी थिइन् । उनी थिइन्— वेलुरी डित्यासवट । यसको अर्थ विश्वमा सुन्दरी हुन स्लिम अर्थात् दुब्ली–पातली नै हुनुपर्ने मान्यता स्थापित भैसकेको छ । 

हाम्रो जस्तो देशमा धेरैजसो प्रतियोगिता जिरो फिगरलाई मात्र लक्षित गरेर सञ्चालन गरिने भएकाले आफूहरूले यो प्रतियोगिताको आयोजना गरेको आयोजकहरूको भनाइ छ । मोटो भएकै कारण प्रतिभा प्रस्फुटन गर्न नसकेका र डराएका युवतीहरूलाई यो कार्यक्रममार्फत अघि बढाउन खोजेको तर्क आयोजकको छ । सुरु–सुरुमा प्रतियोगिताबाट मोटा मानिसहरूलाई प्रोत्साहित गरे पनि मोटोपन शरीरका लागि फाइदाजनक छैन, त्यसैले हामी प्रशिक्षणका क्रममै यस्ता कुराहरूको जानकारी गराउँछौं, आयोजक समितिका सदस्य अमित साहले बताए । 

प्रतियोगितामा मोटा पुरुष र महिला दुवैलाई सहभागी गराइएको थियो । प्रतियोगितामा उषाकिरण नेपाल नेपाल्स प्लस साइज मोडलको विजेता घोषित भइन् । त्यस्तै विवेककुमार साह फस्ट रनर्सअप तथा शिल्पा घले सेकेन्ड रनर्सअप घोषित भए । यो प्रतियोगितामा पहिलो पटक मोटा पुरुष तथा महिला दुवैलाई सहभागी गराइएको भए पनि यसको सुरुवात सन् २०१७ मै नेपालमा पहिलो पटक चब्बी मोडल सौन्दर्य प्रतियोगिता आयोजना गरेर गरिएको आयोजकहरूको भनाइ छ । नेपाली समाजमा मोटा मानिसहरूका बारेमा विभिन्न टीका–टिप्पणी भए पनि मोटोपनकै कारण आफूहरू यहाँ (मञ्च) सम्म आउन पाएको सहभागीहरूले साप्ताहिकलाई बताए । 

मोटापनले दिएको परिचय 

हुन त समाजमा मोटा मानिसको पहिचान अरूको भन्दा भिन्न हुन्छ । बाटोमा हिँड्दा होस् वा कतै सवारी साधनमा अनि कतै खाना खाने ठाउँमा वा सपिङ सेन्टरमा, मोटा मानिसलाई अरू साधारण दुब्ला, पातला मानिसहरूको तुलनामा केही असहज हुन्छ । अरू दुब्ला मानिसहरूको बराबरीमा हिँड्न नसक्ने, कतै बाहिर खाना खान जाँदा साहुजी तर्सने, रिक्सा वा गाडीमा बस्न सकस, शारीरिक रूपमा अनेकन् समस्या (मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी) देखा पर्ने अनि शरीर अनुसारका पहिरन नपाइने जस्ता समस्या त मोटा मानिसहरूले अक्सर भोगिरहने साझा समस्या नै हुन् । 

समस्या अब त्यो मात्र रहेन, न त समय नै त्यो रह्यो । परिवर्तन समय र सोचसँगै यसमा पनि विभिन्न आयामहरू देखा पर्न थालेका छन् । अहिले हुने गरेका मोटा मानिसहरूको मोडलिङ प्रतियोगिता यसैका उदाहरण हुन् । अझ अहिले त प्लस साइजकै लागि केन्द्रित गरेर पहिरनका सोरुमहरू समेत खुल्न थालेका छन् भने बुटिकहरू आफ्नो जीउडालअनुसारको पहिरनका लागि उपयुक्त थलो सावित भएका छन् । यसले गर्दा अहिले मोटाहरूको परिचयसमेत फेरिएको छ ।

मोटोपनका बेफाइदा

अहिले सहरमा मोटा मानिसहरूका लागि विभिन्न प्रतियोगिता आयोजित भए पनि यस्ता प्रतिस्पर्धालाई केबल सुरुवाती अवसरका रूपमा मात्र लिनुपर्ने डा. प्रकाश पौडेल बताउँछन् । बीएमआई (शारीरिक वजन) धेरै भए मानिसहरूको शरीरमा बोसो बढ्नुका साथै मधुमेह, उच्च रक्तचाप, ढाडको समस्या, घुँडा दुख्ने समस्या, मुटुसम्बन्धी रोग तथा मृगौलासम्बन्धी रोग लाग्न सक्ने डा. पौडेलले बताए । बडी मास इन्डेक्समार्फत व्यक्तिको उचाइ र वजनको गणना निकालिन्छ । बीएमआई बढी भएका मानिसको मृत्यु अन्य मानिसको तुलनामा चाँडै हुने गरेको डा. पौडेल बताऊँछन् । त्यस्तै दुब्ला व्यक्तिको तुलनामा मोटा व्यत्तिलाई धेरै रोगले सताउने, शरीर बोधो हुने, काम गर्न अल्छी लाग्ने जस्ता समस्या देखा पर्छन् । युवतीहरू सुन्दर देखिन खानेकुरा कम खाएर डाइटिङ गर्छन । खाना कम खानु स्वास्थ्यका दृष्टिले राम्रो भए पनि सुन्दर देखिने चाहनामा शरीरलाई चाहिनेभन्दा कम क्यालोरी हुँदा त्यसबाट समेत स्वास्थ्यमा नकारात्मक असर पर्ने डा. पौडेलले बताए । त्यसकारण मोटा हुन् वा जीरो फिगर सबैले नियमित व्यायाम गर्नुपर्ने र खानपान लगायत स्वास्थ्यमा पर्याप्त ध्यान दिनुपर्ने डा. पौडेलको सुझाव छ । 

तौल घटाउने उपाय

मोटो शरीर भएका मानिसहरूले नियमित मर्निङ वाक गर्नुपर्छ भने पर्याप्त मात्रामा पानी पिउनुपर्छ । यसैगरी योग, स्टिम बाथ, एरोबिक्स, साउना आदिको माध्यमले शरीरको तौललाई सन्तुलित बनाउन सकिन्छ । सबैभन्दा ठूलो कुरा त खानपानमै ध्यान दिन जरुरी छ । 

उषाकिरण नेपाल

राम्री तर मोटी, कति मोटी, क्युट बट फयाट् जस्ता शब्द सुन्दा–सुन्दा अभ्यस्त भैसकेकी उषाकिरणले आफ्नो परिचय बदल्ने सोच तब बनाइन् जब उनले प्लस साइज मोडल प्रतियोगिताका सम्बन्धमा जानकारी पाइन् । उनलाई यो आफ्नो सुन्दरता र क्षमता प्रस्फुटन गर्ने सुनौलो अवसर हो जस्तो लाग्यो । उषासँग राम्री भएर पनि आफ्नो तौलका कारणले अन्य सुन्दरी प्रतियोगितामा भाग लिन नपाएको तितो अनुभव थियो । नेपालका अधिकांश प्रतियोगिता दुब्ला–पातला मानिसहरूलाई फोकस गरेर सञ्चालन हुने भए पनि मोटा मानिसहरू पनि उनीहरू भन्दा फरक नहुने उषाको भनाइ छ । यस्ता कार्यक्रमले केबल असमानतालाई प्रश्रय दिने उनको बुझाइ छ । खासमा ब्युटी विथ ब्रेनजस्ता नारा दिएर यस्ता प्रतियोगिताको आयोजना गरिए पनि तिनले सबैलाई समेट्न नसकेको उषा बताउँछिन् । दुब्ला मानिसहरूले गर्न सक्ने सबै काम मोटा मानिसहरूले पनि गर्न सक्ने हुनाले यो विषयमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । मोटा मानिसहरूलाई ड्रेसमा भने समस्या हुने उषा बताउँछिन् । कतिपय कपडा राम्रो हुँदाहुँदै पनि साइज नमिलेर छोड्नुपर्ने बाध्यता भएको उनको तर्क छ । ७८ किलोकी उषाकिरण आफू बाल्यकालदेखि नै मोटी भएको र आफू मोटी हुनुको कारण वशांनुगत भएको बताउँछिन् । कुनै बेला आफ्नो तौल ८३ किलोसम्म पुगेको तर तौल घटाउन जति नै जिम धाए पनि ७८ किलोभन्दा खासै कम नभएको उषाले बताइन् । उषा भन्छिन्— हुन त म जङ फुड र चिकेनमा कन्ट्रोल गर्न नसकेका कारण पनि मोटी भएकी हुँ । नेपाल्स प्लस साइज मोडल प्रतियोगिताकी विजेता उषाकिरण अब अन्तर्राष्ट्रिय स्तरमा हुने प्लस साइज मोडल प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्न चाहन्छिन् । 

शिल्पा घले

प्लस साइज मोडल प्रतियोगिताकी सेकेन्ड रनर्सअप हुन्– शिल्पा घले । सुन्दरी प्रतियोगितामा सहभागी हुने इच्छा भए पनि आफ्नो मोटो शरीरकै कारण उनका लागि सुन्दरी प्रतियोगिताको ढोका सधैं बन्द रह्यो । एकपटक कुनै सुन्दरी प्रतियोगिताका लागि उनी तयार पनि भइन्, तर आयोजकले रोके र कारण थियो— उनको मोटो शरीर । यद्यपि शिल्पाले हरेस खाइनन् । आफ्नो क्षमता देखाउने अभिलाषाले उनलाई अन्ततः नेपाल प्लस साइज मोडल प्रतियोगितासम्म पुर्‍यायो अनि उनी सफल पनि भइन् । एक समय ८० किलोसम्म पुगेकी शिल्पा अहिले ७६ किलोकी छिन् । मोटो हुँदा आफूलाई ड्रेसमा बाहेक अरू केहीमा खासै समस्या नपरेको तर ड्रेसको समस्या पनि अनलाइन मार्फत समाधान हुन थालेको घले बताउँछिन् । मोटी भएकै कारण घरका सदस्यले फर्सी भनेर बोलाउने, कस्तो केटाले हेर्ला, यसले केटा पाउन गार्‍हो छ, कसले बिहे गर्ला जस्ता कुरा गर्दा आफू खिन्न हुने शिल्पाले बताइन् । यद्यपि अहिले त्यहीँ मोटोपन नै आफ्नो परिचय भएको उनको तर्क छ ।

विवेककुमार साह

कुनै समय १ सय ४ किलोसम्म पुगेका विवेक आफूलाई मेन्टेन गर्दा–गर्दा अहिले ९५ किलोको भएको बताउँछन् । उनका साथीहरूले उनलाई मोटे, हात्ती, बुङ्गुरजस्ता उपनामले सम्बोधन गर्थे । आफू सानैदेखि मोटो भएको तर बीचमा खाने, बस्ने अनि हिँड्ने बानी नभएपछि एक्कासि थप मोटाएको साह सम्झन्छन् । सानैदेखि मोडलिङको रहर लागेको र त्यही रहर पूरा गर्न बाराबाट काठमाडौंसम्मको यात्रा तय गरेको उनी बताउँछन् । आफ्नो सपना प्लस साइज मोडलिङ प्रतियोगिताले पूरा गर्ने आशाका साथ प्रतियोगितामा भाग लिएको र निरन्तरको परिश्रमले प्रतियोगितामा फस्ट रनर्सअप हुन सफल भएको विवेकको ठम्याइ छ । अब आफ्नो शरीरलाई ध्यानमा राखेर अभिनय तथा मोडलिङमा अघि बढ्ने उनको चाहना छ । मानिसहरूले मोटा मानिस विभिन्न रोगको भकारी हुन्छन् भनेर विभिन्न टीका–टिप्पणी गरे पनि आफूले अझैसम्म त्यस्तो अनुभव नगरेको उनले बताए । नियमित व्यायाम तथा मर्निङ वाक गर्ने अनि खानपानमा समेत प्रसस्त ध्यान दिएका कारण आफू रोगव्याधिबाट मुक्त भएको विवेकको भनाइ छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik