• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
चन्द्रघंटा रश्मिको उडान 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

जनक तिमिल्सिना

चन्द्रघंटा रश्मिको उडान 
आश्विन १९, २०७६

हिम्मतिलाहरू अवसरका लागि पहाड फोर्छन् र बाहुबलमा सफलताको शिखरमा पुग्छन् । क्षमता र योग्यताबाट आकर्षण उचाइ बनाउँछन् । कञ्चनपुर महेन्द्रनगर—१८ की ३१ वर्षीया रश्मि पन्त त्यस्तै युवा महिला हुन् । कम उमेरमै प्रभु बैंकका २१ सय बढी कर्मचारीको विभागीय नेतृत्व गरिसकेकी पन्त अहिले चिफ कर्पोरेट प्लानिङ अफिसर छिन् । 

न्यायाधीश बुवा हेमराज पन्त तथा आमा मिना पन्तका ४ छोराछोरीमध्ये जेठी हुन् रश्मि । अध्ययनमा सधैं अब्बल रश्मिले २०५९ सालमा एसएलसीमा कञ्चनपुर जिल्ला टप गरेकी थिइन् । काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेण्टबाट सन् २०१३ मा एमबीए उत्तीर्ण गरेकी रश्मिले केवल चार वर्षमै ‘क’ श्रेणीको बैंकको उच्च तहसम्मको यो मुकाम हासिल गरेकी हुन् । सुन्दा पत्याउन गाह्रो पर्छ, तर कुनै समय आइटी विज्ञ बन्ने सपना पालेकी पन्त मन नलाग्दा–नलाग्दै सन् २०१५ मा प्रभु बैंकमा अफिसर तहको कर्मचारीका रुपमा भित्रिएकी थिइन् । त्यसअघि उनले ६ महिना एफएनसीसीआईमा कन्सल्ट्यान्टका रूपमा काम गरेको अनुभव सँगालेकी थिइन् ।

प्रभु बैंकमा उनले सुरुमा अफिसरका रुपमा प्लानिङमा काम गरिन् । म्यानेजमेण्टलाई उनको क्षमतामाथि विश्वास भयो । पन्तले भनिन््, ‘सुरुमा बैंकको मोनोटोनस जागिर खाने पक्षमा थिइनँ, तर यहाँ आएपछि फरक लाग्यो । नयाँ–नयाँ काम गर्न पाएपछि मलाई बैंकको जागिर छोड्न मन लागेन ।’ यसले बैंकको जागिरलाई केही समयमै बाइबाइ गरेर पिएचडी गर्न विदेश उड्ने उनको योजनामा समेत ब्रेक लाग्यो । 

बरु, आन्तरिक प्रतिस्पर्धामा उनले एकपछि अर्को फड्को मार्दै गइन् । बैंक म्यानेजमेन्टले पनि उनलाई एकपछि अर्को अवसर दिँदै गयो । कर्पोरेट प्लानिङ, एचआर प्रमुख हुँदै पछिल्लो चार वर्षमा उनी प्रभु बैंकको चिफ कर्पोरेट प्लानिङ अफिसर पदमा पुगिन् । अहिले उनी बैंकको कर्पोरेट अफेयर्स, एचआर, प्लानिङ तथा रिसर्च हेर्छिन् । ‘जिम्मेवारी थपिँदै गएपछि काम अझ डाइभर्स भयो,’ पन्त कन्फिडेन्ट देखिइन्, ‘व्यक्तिगत रुपमा सहज तवरले काम गर्न पाइन्छ, आफ्ना धारणा पनि राख्न पाइन्छ । त्यसले गर्दा काम गर्न सहज भएको छ ।’ 

एउटा ठूलो बैकको यो जिम्मेवारीमा रहँदा पनि उनी आफ्नो भूमिकालाई सहज ढंगले निर्वाह गरिरहेकी छिन् । पन्तले सम्हाल्ने जिम्मेवारी कति चुनौतीपूर्ण छ ? ‘अहिले मलाई निकै रमाइलो लागिरहेको छ, यसअघि वर्क लोड नपुगेजस्तो भैरहेको थियो,’ युवा बैंकर पन्तले उत्साहित हुँदै सुनाइन्, ‘जुन हिसाबले म्यानेज भैरहेको छ, त्यो धेरै अप्ठ्यारोजस्तो पनि लाग्दैन ।’ फरक पृष्ठभूमि र संस्कृतिबाट आएका ठूलो संख्याका स्टाफसँग डिल गर्नुपर्ने चुनौतीपूर्ण बाटोबाटै उनी यो तहमा पुगेकी हुन् । कर्पोरेट सेक्टरको उच्च तहमा काम गर्न आफूमा के खुबी हुनुपर्दो रहेछ ? ‘डिलिङ र नेटवर्क नै हो,’ रश्मि भन्छिन्, ‘डाइभर्स नेचर हुन्छ, एउटै नेचरले सबैसँग डिल गर्छु भनेर हुँदैन । इन्टरनल वा एक्सटरनल स्टेकहोल्डर सबैसँग उनीहरूकै वयमा डिल गरिदिनुपर्ने हुन्छ । त्यसअनुरूप डिल गर्न सकिएन भने ब्याकफायर हुन्छ ।’ 

युवा महिला त्यो पनि यति कम उमेरमै उपल्लो तहमा पुग्ने रश्मि सम्भवत: कमै नेपाली युवा महिलामा पर्छिन् । महिलाले चुनौतीपूर्ण काम गर्न सक्दैनन् भन्ने पुरुष विचारधारा हावी रहेको समाजमा रश्मिजस्ता युवती उदाहरण नै हुन् । ‘आफूमाथि आइपरेको जिम्मेवारी म कहिल्यै पूरा गर्न सक्दिन् भन्ने सोच्दिन्,’ व्यवस्थापनले दिएका हरेक जिम्मेवारी स्वीकार गर्न पछि नपर्ने पन्त भन्छिन्, ‘कतिपय कुरामा पहिल्यै नै आइडिया नहोला, सबै कुरामा पहिल्यै आइडिया हुनुपर्छ भन्ने पनि छैन् । डे वानमा पनि मलाई बैंकिङसम्बन्धी कुनै अनुभव थिएन, समग्र बैंकको प्लानिङ हेर्ने जिम्मेवारी पाएपछि कसरी गर्ने होला भन्ने मनमा थियो, तर मैले आई क्यान भनें र पर्फम पनि गरिरहेकै छुजस्तो लाग्छ ।’

रश्मिले यो उचाइ हासिल गर्नुका पछाडि उनको दृढता, हिम्मत एवं योग्यताले काम गरेको छ । ‘म यो गर्न सक्छु भनेर नै अघि बढिरहेकी हुन्छु,’ रश्मि आत्मविश्वासी देखिइन्, ‘अझ नयाँ जिम्मेवारी दिइए पनि म पछि हट्दिनँ ।’ 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik