• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
नेता पनि नाच्छन्
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

प्रकृति दाहाल

नेता पनि नाच्छन्
मंसिर १०, २०७६

कात्तिकको अन्तिम शनिबार पूर्वराजा ज्ञानेन्द्र शाह एकाएक भाइरल बने । कारण हो— उनी र उनको परिवारका सदस्य डान्स क्लबमा गएर नाच्नु । बुहारी हिमानी, छोरी प्रेरणा र अन्य सदस्यका साथ ठमेलस्थित क्लब लर्ड अफ ड्रिंक्स (एलओडी) मा बजेको गीत ‘रातो र चन्द्र सूर्य’ र ‘यो मन त मेरो नेपाली हो’ मा नाचेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि उनको चर्चा बढेको हो । राष्ट्रिय गानमा कोट लगाएर नाचेका ज्ञानेन्द्र जोस बढ्दै गएपछि कोट फुकालेर समेत छमछमी नाचेका छन् । हिमानी र प्रेरणाको पनि नाचमा उस्तै जोस देखिन्छ । 

पूर्वराजा मात्रै होइन, नेताहरू पनि जनताबीच नाचेका भिडियो सार्वजनिक भएका छन् । फरक यो छ कि, राजपरिवार डान्स क्लबमा नाच्छन् भने नेताचाहिँ जनताको घर–आँगनमा नाचेका छन् । २०६६ सालताका तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक राजनीतिक कार्यक्रममा चर्चित अभिनेत्री रेखा थापासँग नाचेर चर्चा बटुले । त्यसबेला अत्यन्तै रुचाइएको लोकगीत ‘लालुपाते नुग्यो भुइँतिर’ मा प्रचण्ड र थापा मज्जाले नाचेका थिए । थापाले गीत गाउँदै प्रचण्डलाई नाच्न उक्साउँदै आफ्नो जोडीका रूपमा समेत चित्रण गरिन् । युट्युबमा उक्त गीतको भिडियोमा लाइक कमेन्टको वर्षा नै भयो । यसैगरी प्रचण्ड पटक–पटक नाचेको भिडियो सार्वजनिक भइरहन्छ । २०७१ सालतिर देउसीमा पनि उसैगरी नाचेर रमाइलो गरेका थिए । 

ऊर्जामन्त्री हुँदा लोडसेडिङ मुक्त गर्ने जस पाएका जनार्दन शर्मा नाचमा पनि खप्पिस नै देखिन्छन् । उनी नाचेको धेरै भिडियो सामाजिक सञ्जालमा पाउन सकिन्छ । उनी कहिले रुकुमका गाउँमा गएर नाचेका छन् भने कहिले गाउँलेले राखेको कार्यक्रममा सहरमा नाचेका छन् । गीत गाएको नदेखिए पनि उनले ढोलकी बजाएर नाचेका छन् । उनी उठबस गर्दै फुर्तिलो गरी नाचेको दृश्य आकर्षक देखिन्छ । एक देउसी नाचमा उनी निकै जोसका साथ गीतको तालमा उठबस गर्दै नाचेका छन् । 

अनुहारमा खासै हाँसो नदेखिने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि नाच्न भने चुकेका छैनन् । आफ्नै क्षेत्र सुदूरपश्चिमको लोकप्रिय देउडा नाचमा ताल र लय मिलाएर नाचेका छन् । देउवा पनि चुनावी अभियानमा नाचेका छन् । हरेक नेता चुनावी अभियानमा नाच्ने गर्छन् । 

उमेर बढ्दै गए पनि हट्टा–कट्टा देखिने नेता हुन्— वामदेव गौतम । उनलाई हेर्दा कडा देखिए पनि नाचमा भने लचिलो देखिएको छ । २०७४ सालको स्थानीय निर्वाचनको क्रममा गौतम निकै नाचेका थिए । चुनावी अभियानका क्रममा उनी जहाँ पुग्छन् त्यहीं नाच्छन् । उनी स्टेजलाई फन्को मार्दै कार्यकर्तासँग नाचेका छन् । चुनावी अभियानका हरेक क्षेत्रमा नाच्नुको अर्थ गौतमको जनतासँग नजिकिनु र पार्टीप्रति आकर्षण रहेको उद्देश्य रहेको बुझिन सकिन्छ । नाच्नमा निकै जोस्सिने गौतममा एक सांस्कृतिक कार्यक्रममा ‘डाइभर दाइलाई छ सलाम’ बोलको चोटिलो गीतमा समेत नाचेका छन् । गौतमको नाच यति मात्र कहाँ हो, उनको ‘बेली’ नाचको कुरा छुट्दै छ । एक देउसी भैली कार्यक्रममा घरमा पुगेका देउसेसँग उनी श्रीमतीसँगै नाचेका छन् ।

गायिका तथा प्रदेश सांसद कोमल वली गीत गाएर नेताहरूलाई नचाइरहन्छिन् । कुनै कार्यक्रममा होस् या चुनावी अभियानमा, उनी गीत गाउन थालिहाल्छिन् । गीत गाएर नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई नचाइन् । तीजको एक कार्यक्रममा ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई’ भन्ने बोलको गीतमा वलीसँग श्रेष्ठ नाचेका छन् । वली गीत गाउने, श्रेष्ठ अलिकति हाँस्दै अलिकति लजाउँदै नाचेको दृश्य एकदमै रोमाञ्चक देखिन्छ । 

पाका उमेरका नेता मात्र कहाँ हो र ? युवा मन्त्रीदेखि सांसदसम्म पनि नाच्ने लहर त्यत्तिकै छ । अहिलेका युवा सांसद गगनकुमार थापा पनि नाच्ने भीडमा देखिन्छन् । थापा घरमै देउसी कार्यक्रममा श्रीमतीको हात समाउँदै नाचेका छन् । परिवारसँगको त्यो नाचमा छोरीहरूलाई पनि सामेल गरेका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई नाच्नबाट अछुतो रहेनन् । चुनावी अभियानका क्रममा उनी तेह्रथुममा पुगेर नाचेका छन् । स्टेजदेखि नाच्न सुरु गरेका उनी जोस्सिँदै चौरसम्म पुगेर नाचेका छन् । 

पूर्वराजा र नेताहरू जनतामाझ नाच्नुबारे साहित्यकार आहुतिको टिप्पणी रोचक छ । फेसबुकमा उनी लेख्छन्, ‘नेपालका ठूला पुँजीपतिले मनोरञ्जनकै लागि क्लब निर्माण गरेका हुन् । ती क्लब उनीहरूले आफ्ना वर्गको आवश्यकताका निम्ति बनाएका हुन् । यो त पञ्चायतकालदेखि निरन्तर छ । आजका शासकहरूको जमात पनि मञ्जाले सहभागी छ । कहिलेकाहीं हिजोका शाहहरू ‘पशुपतिनाथले सबैको कल्याण गरुन्’ भन्छन् र आजका शासकहरू त त्यसलाई पछ्याउँदै ‘जय नेपाल’ वा ‘माक्र्सवाद जिन्दावाद’ भन्छन् र पो झोक चल्छ ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik