• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
कमेडी दोकानमा द्वन्द्व
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

मनोज गजुरेल

कमेडी दोकानमा द्वन्द्व
माघ १९, २०७६

 

मैले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गर्नु हास्यमात्र थिएन । त्यस्ता भूमिका गर्दा सम्पूर्ण राष्ट्र नै प्रभावित हुनसक्छ । नाकाबन्दीको बेला नरेन्द्र मोदीको क्यारिकेचर गर्नु पनि त्यस्तै थियो । 

स्ट्यान्ड अप कमेडी ‘एकल प्रस्तुति’ अधिकांश हास्य कलाकारको विगत हो । त्यो अहिले प्रचलित ‘स्ट्यान्ड अप’ कमेडीकै स्वरूप हो । मह जोडी बन्नुअघि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि एकल प्रस्तुति दिनुहुन्थ्यो । सन्तोष पन्तले पनि एकल प्रस्तुति गर्नुभयो । 

मेरो हकमा पनि त्यही हो । मैले झापा दमकमा आठ कक्षामा पढ्दा अतिरिक्त क्रियाकलापमा व्यंग्य समाचार, प्यारोडी, क्यारिकेचरका साथै जनावरको आवाजसहितको ‘प्याकेज प्रस्तुति’ दिएको थिएँ । अहिले मैले जे गरिरहेको छु, त्यसैको विकसित स्वरूप हो । त्यो बेलामा मैले जानेर गरेको थिइनँ, पछिमात्र त्यो स्ट्यान्ड अप कमेडी रहेछ भन्ने थाहा भयो । 

मेरो अनुभवमा ‘स्ट्यान्ड अप कमेडी’ युगले जन्माउँछ । हाम्रो नेपालको सन्दर्भमा प्रत्येक १० वर्षपछि नयाँ युग जन्मिएको पाइन्छ । त्यसले कमेडीमा पनि नयाँ प्रतिभा स्थापित गरेको देखिन्छ । ०३६ को आन्दोलन सेरोफेरोको पञ्चायती समयले मह जोडी स्थापित गर्‍यो । ०४६ सालको जनआन्दोलनले साम्दे शेर्पालाई स्थापित गर्‍यो । त्यसपछि ०६२/६३ सालको आन्दोलनले पनि धेरै कलाकार स्थापित गर्‍यो । 

म पनि ०४६ सालको जनआन्दोलनसँगै आएको हुँ र साम्दे शेर्पाको बाटो पछ्याएको हुँ । उहाँले राजनीतिक, सामाजिक र सांस्कृतिक चेतनालाई कमेडीमार्फत प्रभावकारी प्रस्तुत गर्नुभयो । अहिले पनि मेरो अभ्यास त्यसैमा हो । 

मौलिक अभिव्यक्ति

पछिल्लो समयमा कमेडीको बजारमा छाइरहेका सिनेमादेखि कमेडी च्याम्पियनसम्मलाई हेर्दा यसले मौलिक प्रस्तुतिको खोज गरेको मैले पाएको छु । त्यसो त, हामीले पूर्णरूपमा नयाँ विषय खोज्ने कुरा पनि कल्पना मात्रै हो । हामीले यही समाजमा भइरहेको विषय नै खोज्ने हो । त्यो कुनै नै कुनै रूपले हाम्रा अग्रज वा हाम्रो परिवेश मिल्ने अर्को देशका कलाकारले छोएको विषयसँग मिल्न जान्छ । हामीले अहिले जे गरिरहेका छौं, त्यो नयाँ पुस्ताले पनि पछ्याउने हो । तर, कलाको रूप, रङ र सन्दर्भ फरक हुने हो । त्यसर्थ धेरै नै नयाँ दिन्छु भन्ने दुस्साहस गर्नुहुँदैन । 

अहिले कमेडीमा जति पनि विविधता आइरहेका छन् । खुला समाजका प्रभावसहितका अभिव्यक्ति पनि आइरहेका छन् । यस सन्दर्भमा हामीले अहिले नै यो सही या यो गलत भन्न सकिने अवस्था छैन । हामीले हिँड्ने भने बीचको बाटो हो । 

यसो गर्दा नयाँ पुस्ताको भावनालाई सम्बोधन गर्नु पनि आवश्यक छ । साथै हाम्रो संस्कार, संस्कृति र मूल्य मान्यतालाई पनि हेर्न आवश्यक छ । त्यसैले म यो ठीक या बेठीक भन्ने छैन । तर, कुन कुरा अश्लील या अराजक हो, कुन कुराचाहिँ खास कमेडी हो भन्नेबारे बहस सुरु भएको छ, योचाहिँ हुनुपर्छ । यसले हरेक कलाकारलाई पनि र त्यसमा लगानी गर्ने लगानीकर्तालाई पनि सचेत बनाउँछ । 

नीतिको स्थापना

हरेक पत्रिकाले उस्तै प्रकृतिका समाचार लेख्छन्, तर हरेकको आफ्नै सम्पादकीय नीति हुन्छ । त्यसैगरी कलाकारको पनि आफ्नो ‘सम्पादकीय नीति’ हुनुपर्छ । म राजनीतिक पृष्ठभूमिबाट आएको हुँ । कुनै समय कम्युनिस्टको मञ्चमा बसेर कांग्रेसलाई गाली गर्दा ताली बज्थ्यो । मलाई गज्जबको कमेडी गरेँ भन्ने लाग्थ्यो, तर त्यो कमेडी होइन रहेछ, गाली रहेछ । यो कुरा बुझेपछि मैले आफ्नो ‘बटमलाइन’ बनाएको छ । 

मेरो ‘बटमलाइन’ भनेको देश, आमा, मानवीयता र मानसिक संवेदना हाँसोका विषय होइनन् । त्यहाँभित्रका विसंगतिका विषय उठाउन सकिन्छ । तर, त्यससँग जोडिएको छ भने दश पटक सोच्नुपर्छ । 

मेरो अर्को भनेको कलाकारले अभिव्यक्त गर्छ, जीवनशैली पनि त्यस्तै हुनुपर्छ । हामीले गरेको काम वा सन्देशसँग इमान्दार हुनुपर्छ । राष्ट्रियताको कुरा गर्ने तलबचाहिँ अन्य देशको दूतावासबाट थाप्ने, संस्कार र संस्कृतिको कुरा गर्ने अनि त्यसलाई धज्जी उडाउन पनि पछि नपर्ने दोहोरो चरित्रले न आत्मसन्तुष्टि दिन्छ, न समाजलाई केही योगदान गर्न नै सक्छ । 

त्यही नीति स्थापना भयो भने कमेडी स्वाभावत: मर्यादित र मौलिक बनिहाल्छ । त्यसैले कमेडी च्याम्पियनसीपबाट आएका व्यक्ति आदर्श पात्र हुनुपर्छ भन्ने कुरामा मैले जोड दिइरहेको छु । अहिले कमेडीले चर्चा दिएको छ । आम्दानी दिन थालेको छ । भाइरल पनि हुन्छ । त्यसमा नागरिक दायित्वबोध र देशप्रतिको सम्मान तथा मानवीयता भन्ने चिज पनि जोडिदियो भने सुनमा सुगन्ध हुन्छ । कमेडी च्यम्पियनमा मैले त्यही खोजिरहेको हो ।

कमेडीको जटिलता

अर्को महत्वपूर्ण कुराचाहिँ कमेडी कलाकारले दर्शक हाँसे, त्यसैले सफल भएँ भनेर ठान्नु हुँदैन । मलाई पनि केही वर्षसम्म ताली खाँदा, दर्शक हाँस्दा सफल भइयो भन्ने लाग्थ्यो । तर, अहिले सम्झिँदा कमेडीको विषय अरूभन्दा जटिल हो । मैले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचर गर्नु हास्यमात्र थिएन । त्यस्ता भूमिका गर्दा सम्पूर्ण राष्ट्र नै प्रभावित हुनसक्छ । नाकाबन्दीको बेला नरेन्द्र मोदीको क्यारिकेचर गर्नु पनि त्यस्तै थियो । 

यसको अर्थ हो– हामी संवेदनशील विषयमा संवेदनशील हुनैपर्छ । अहिले अधिकांश कमेडी कलाकारले नेतालाई व्यंग्य गरिररहेका छन् । तर, व्यंग्य गरेर मात्रै हाम्रो दायित्व पूरा हुँदैन । त्यसले त अराजकता मात्र ल्याउँछ । ती विषयमा गहिरो ज्ञान हासिल गरेर सिर्जनात्मक आलोचनातिर हामी अघि बढ्नुपर्छ । 

त्यसको अर्थ फेरि हामी गलत प्रवृत्तिको पक्षपोषणतिर पनि लाग्नुहुँदैन । मेरो सन्दर्भमा भन्ने हो भने देश र आमाप्रति ठट्टा कहिल्यै गर्दिनँ । तर, सत्ताको गलत प्रवृत्तिको विपक्षमा हुन्छु । मलाई राजनीतिक नियुक्तिमा जानु सामान्य कुरा हो, तर त्यहाँ गएपछि मेरो सिर्जना मर्छ भन्ने ठान्छु । 

मलाई लाग्छ– जब एउटा स्रष्टा सत्ताप्रति सहानुभूति राख्न थाल्छ, उसको सिर्जना मर्छ । अझ हास्यव्यंग्यले आत्महत्या नै गर्छ । तर, आदर्शले मात्रै पेट भरिँदैन । आदर्शलाई जीवित राख्दै दालभातचाहिँ खानैपर्छ । त्यसका लागि व्यावसायिक सोचलाई पनि नकार्नु भने हुन्न । बजारले जे खोज्छ, त्यही दिँदै आफ्नो आदर्शलाई कायम राख्ने कुरामा सचेतना पैदा गर्नु आवश्यक छ । 

नयाँ पुस्ता : नयाँ अवसर, नयाँ चुनौती

अहिलेको पुस्तालाई अनेकन अवसर छन् । कमेडी अभिव्यक्तिका लागि सजिलो र प्रभावकारी माध्यम हो । त्यसलाई व्यक्त गर्ने माध्यममा पनि विविधता आएको छ । हाम्रो समयमा यसरी प्रोत्साहित गर्ने माध्यम थिएन । कला प्रस्तुत गर्न नेपाल टेलिभिजन र रेडियो नेपालको विकल्प थिएन । त्यसमा सबैले अवसर पाउँदैनथे । अझ आलोचनात्मक स्वरलाई त खतरा थियो । त्यसैले राजनीतिक संगठनका विद्यार्थीको मञ्च प्रयोग गर्नुपथ्र्यो । त्यसो गर्दा प्रशासनले राजनीति मुद्दाको रूपमा लिन्थ्यो । 

तर, अहिलेको पुस्तालाई प्रशस्त अवसर छ । प्रस्तुतिका लागि विभिन्न माध्यम छन् । यो विज्ञानको स्वाभाविक नियम हो– हरेक पुरानो मर्छ र नयाँ आउँछ । कमेडी क्षेत्रमा पनि नयाँ पुस्ताको प्रभावकारी उपस्थिति देखिएको छ । पुरानो पुस्ताको सिर्जनशीलता र उत्पादनशीलतामा ह्रास आउँदै जाँदा नयाँ पुस्ताले त्यो खाडल भर्छ । कमेडी च्याम्पियनले गरिरहेको प्रयत्न पनि त्यही हो । यसमा हामीले हाम्रो भन्दा ज्यादा अध्ययन भएको पुस्ता पाएका छौं । कतिपय कुरा हामीले नयाँ पुस्ताबाट सिक्न पाइरहेका छौं ।

व्यावसायिक दृष्टिकोणले पनि अहिले कमेडीमा लगानीकर्ता आकर्षित छन् । बिक्री हुने कुरामा लगानीकर्ता आकर्षित हुनु स्वाभाविक नै हो । तर, यसलाई कमाइ खाने दोकान मात्रै बनाउने कि जिम्मेवारीसहित दोकान बनाउने भन्ने संघर्ष हाम्रो सन्दर्भमा पनि थियो र अहिलेको पुस्तालाई पनि त्यो चुनौती छँदैछ । 

(कुराकानीमा आधारित)

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik