• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
लकडाउनमा अपराध
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

जनक तिमिल्सिना

लकडाउनमा अपराध
वैशाख ३०, २०७७


प्रहरी तथ्यांक भन्छ– एक महिनायता विभिन्न अपराधका मुद्दामा कमी आएको छ तर आत्महत्या गर्नेको संख्या भने उस्तै छ
  
 २५ चैतमा थर्मल गन कालोबजारी गर्दागर्दै शंकर ग्रुपका सुलभ अग्रवाल नक्सालबाट पक्राउ परे । उनले ५ हजार पर्ने थर्मल गन १५ हजारमा कालोबजारी गरेको सुइको पाएपछि महानगरीय अपराध महाशाखाको टोलीले आफैं ग्राहक बनेर पक्राउ गरेको थियो । नेपालका लागि कीर्गिस्तानका अवैतनिक महावाणिज्यदूत रहेका अग्रवाल कूटनीतिक नम्बर प्लेटको गाडीबाटै कालोबजारी गर्दैगर्दा पक्राउ परेका थिए । हाइप्रोफाइल व्यवसायी मानिने सुलभ २३ दिनको हिरासत काटेपछि १८ वैशाखमा काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । रिहालगत्तै उनलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि भन्दै काठमाडौं प्रहरीले अदालतको गेटबाटै पुन: पक्राउ गर्‍यो । 

१० वैशाखमा मोरङमा १७ वर्षीया एक किशोरी दोस्रो पटक सामूहिक बलात्कारको शिकार भइन् । प्रेमीकै कारणबाट गत १५ माघमा पहिलो पटक प्रेमीसहित ५ जनाबाट सामूहिक बलात्कृत भएकी उनी लकडाउन जारी रहेकै बेला दोस्रो पटक सोही समूहबाट बलात्कृत भएकी थिइन् । मोरङका डिएसपी मानबहादुर राईकाअनुसार किशोरीमाथि बलात्कार गरेको गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै, प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गर्‍यो भने एक जना फरार छन् । त्यसको ४ दिन नबित्दै १४ वैशाखमा सुनसरीमा १७ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भइन् । १९ वैशाखमा इलाका प्रहरी कार्यालय इटहरीमा किशोरीले ९ जनाले जबरजस्ती करणी गरेको उजुरी दिएपछि ४ जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

१८ वैशाखमा सालीसँग प्रेममा परेपछि धनुषाका हरि चौहानले श्रीमती वीणाको हत्या गरे । मिथिला नगरपालिका लालभिट्टीका २८ वर्षीया हरिले सालीसँग अवैद्य सम्बन्ध लुकाउन उनैसँग मिलेर २५ वर्षीया श्रीमतीलाई जंगलमा लगेर योजनाबद्ध तरिकाले हत्या गरेको प्रहरीले जनाएको छ । उनका ४ र साढे दुई वर्षका छोरीसमेत छन् । 


माथिका चार घटनाले समाज बन्दाबन्दीको अवस्थामा रहँदा पनि अपराधका घटना भइरहेको दृश्य देखाउन काफी छन् । कोही पैसा कमाउन, कोही अवैद्य सम्बन्ध लुकाउन त कोही क्षणिक आवेगमा परेर अपराधकर्ममा लागेको घटना क्रमहरूले देखाउँछ । भलै, यो अवधिमा अपराधका घटनामा उल्लेख्य कमी आएको नै किन नहोस् । नेपाल प्रहरीको केन्द्रीय कार्यालयको तथ्यांकअनुसार ११ चैत २०७६ देखि १३ वैशाख २०७७ सम्म लकडाउन अवधिका ३२ दिनमा देशभर विभिन्न अपराधका १ हजार ५ सय २१ मुद्दा दर्ता भएका छन् । लकडाउन नरहेको फागुन महिनामा भने प्रहरीमा विभिन्न अपराधका ३ हजार ९ सय ६८ मुद्दा दर्ता भएका थिए । लकडाउनको अवधिमा आत्महत्या, हत्या, लागूऔषध, चोरी, जबरजस्ती करणीलगायतका विभिन्न मुद्दाहरू छन् । फागुन महिनाको तुलनामा समग्र अपराध ग्राफ ६१.६६ प्रतिशतले कमी आए पनि देशभरको जनजीवन नै ठप्प हुँदा पनि अपराधका केही घटनाहरू समाजलाई विभिन्न तवरले तरंगित भने बनाइरहेकै छ । 

फागुन महिनाको अपराधग्राफलाई ११ चैतदेखि १३ वैशाखसम्मको प्रहरीमा दर्ता भएका मुद्दाहरूको आँकडासँग तुलना गर्ने हो भने ज्यानसम्बन्धी अपराधका घटनामा २१.६६ प्रतिशत कमी आएको छ । यस्तै, चोरीसम्बन्धी अपराधका घटनामा ८३.३३ प्रतिशत कमी आएको देखिन्छ । संगठित तथा आर्थिक अपराध ७१.३० प्रतिशतले कम भएको प्रहरी तथ्यांकले देखाउँछ । सामाजिक अपराधमा ८२.०४ र महिला तथा बालबालिकासम्बन्धी अपराधमा ६२.५ प्रतिशतले कमी आएको छ । अन्य विविध अपराधका घटनाहरू भने ८३.९४ प्रतिशतले कमी आएको पाइएको छ । आत्महत्याका घटनामा भने सबैभन्दा कम २.१८ प्रतिशतले मात्रै कमी आएको आँकडाले देखाउँछ । सवारी सम्बन्धी अपराधका घटनामा ७६.३० प्रतिशतले कमी आएको छ । सबैभन्दा कम ९ वटा मुद्दा दर्ता भएको अन्य अपराधमा भने २०० प्रतिशत वृद्धि भएको देखिन्छ ।

एक महिनायताको अवधिमा ज्यानसम्बन्धी अपराधका सबैभन्दा धेरै मुद्दा देशभर दर्ता भएका छन् । प्रहरीले देशभर मुद्दा दर्ता गरेको घटनाको आधारमा ज्यानसम्बन्धी ४ सय ५२ मुद्दा दर्ता भएका छन्, जबकी फागुन महिनामा ज्यानसम्बन्धी ५ सय ७७ मुद्दा दर्ता भएका थिए । अरू बेला भयावह देखिने आत्महत्याको आँकडा अचम्म लाग्दो किसिमको छ । लकडाउनको अवधिमा पनि अरू बेलाजस्तै आत्महत्याका ४ सय २ मुद्दा दर्ता भएका छन्, जबकी सामान्य अवस्था रहेको गत फागुनमा ४ सय ११ मुद्दा दर्ता भएका थिए । अन्य अपराधका घटनामा भने काफी कमी देखिन्छ । यो अवधिमा चोरीसम्बन्धी ३८, संगठित र आर्थिक अपराधसम्बन्धी १ सय ३४, सामाजिक अपराधसम्बन्धी २ सय ३२, महिला तथा बालबालिकासम्बन्धी १ सय ३८, अन्य विविध अपराधका ६६, सवारी सम्बन्धी अपराधका ५०, अन्य 
अपराधका ९ वटा मुुद्दा दर्ता भएका छन् । गत फागुनमा चोरीसम्बन्धी २ सय २८, संगठित र आर्थिक अपराधसम्बन्धी ४ सय ६७, सामाजिक अपराधसम्बन्धी १ हजार २ सय ९२, महिला तथा बालबालिकासम्बन्धी ३ सय ६८, विविध अपराधका ४ सय ११, सवारी सम्बन्धी अपराधका २ सय ११ र अन्य अपराधका ३ वटा मुद्दा दर्ता भएका थिए । 

नेपाल प्रहरीका प्रवक्ता डिआईजी निरजबहादुर शाही लकडाउनका कारण सामाजिक, आर्थिक गतिविधिहरू कम भएका कारण समग्रमा एक तिहाइ अपराध घटेको बताउँछन् । ‘लकडाउनपछि समग्रमा एक तिहाइ अपराध घटेको छ,’ उनी भन्छन्, ‘यसका सामाजिक, आर्थिक कारणहरू हुन सक्छन् । तर, व्यक्तिगत भएकाले आत्महत्याका घटनाहरू भने उस्तै देखिन्छन् ।’ 

प्रवक्ता शाहीको तर्कसँग संघीय प्रहरी इकाई कार्यालय काभ्रेका प्रमुख एसएसपी उमेशराज जोशी पनि सहमत देखिन्छन् । ‘समग्रमा अपराधको ग्राफ लकडाउनमा एकतिहाइ घटेको छ,’ नेपाल प्रहरीका पूर्व सह—प्रवक्तासमेत रहेका उनी भन्छन्, ‘लकडाउनका कारण परेको प्रभाव र मानसिक कारणले उत्पन्न घटनाहरूमा भने कमी आएको छैन ।’ जोशी अहिले संगठित र योजनाबद्ध हत्याका घटनामा कमी आएपनि आवेशमा प्रेरित हत्याका घटना भने घटिरहेकाले ज्यानसम्बन्धी मुद्दामा धेरै कमी नआएको तर्क गर्छन् । अहिले पनि गाउँ र सहर दुवैतिर बलात्कार, आवेश प्रेरित हत्या, आत्महत्याका घटनामा पनि कमी आएको देखिँदैन । 

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवाली पनि पछिल्लो समय आत्महत्याबाहेक अन्य अपराधका घटना छिट्टफुट्ट मात्रै घटेको बताउँछन् । ‘अन्य अपराधका घटनाहरू अहिले देखिएका छैन,’ उनी भन्छन्, ‘सुसाइड र ओभरस्पीडका कारण हुने सडक दुर्घटनाका केस अहिले पनि आइरहेका छन् ।’ लकडाउनको सुरुको अवधिमा भने काठमाडौंमा मास्क, मेडिकल इक्वीपमेन्टलगायतमा कालोबजारीका घटनाका सत्तहमा आएका थिए । 

अपराधशास्त्री माधव आचार्य अपराधको सम्बन्ध मानवीय क्रियाशीलता र गतिशीलतासँग हुने बताउँदै गतिशील हुँदा गर्न हुने र नहुने कामसँग मानिस जोडिने बताउँछन् । ‘गतिशीलता र क्रियाशीलतामा कमी आउँदा उसले गर्न नहुने काममा पनि कमी हुने भयो,’ उनी भन्छन्, ‘यसले सामाजिक सम्बन्धसँग अपराधको सम्बन्ध हुन्छ भन्ने पनि देखाउँछ ।’ आचार्य अहिले लकडाउनको अवस्थामा आर्थिक र सामाजिक गतिविधिहरू कम भएका कारण आर्थिक र सामाजिक अपराधमा पनि कमी आएको बताउँछन् । 

किन घटेन आत्महत्या ? 
सामाजिक समस्याका रूपमा देखिएको आत्महत्याको स्थिति लकडाउनको अवधिमा पनि उस्तै छ । पछिल्ला ३२ दिनमा देशभर ४ सय २ आत्महत्याका मुद्दा प्रहरीमा दर्ता भएका छन् । गत फागुनमा प्रहरीमा देशभरबाट आत्महत्याका ४ सय ११ घटना दर्ता भएका थिए । संख्यात्मक हिसाबले सामान्य जीवनयापन भएको फागुन र सम्पूर्ण क्रियाकलाप बन्द भएको पछिल्लो ११ चैतदेखि १३ वैशाखसम्म ३२ दिनमा ९ वटा मात्रै आत्महत्याका मुद्दा कम दर्ता भएको देखिन्छ । 

प्रहरी तथ्यांकअनुसार लकडाउनको ३२ दिनको अवधिमा झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा बढी ३ सय ४१ छ । विष खाएर ५४, पानीमा डुबेर ४ र हातहतियार र औजारबाट ३ जनाले आत्महत्या गरेका छन् । साप्ताहिकसँगको कुराकानीका क्रममा देशका विभिन्न ठाउँका प्रहरी अधिकारीहरूले लकडाउनको अवधिमा झुण्डिएर आत्महत्या गर्नेको संख्या अत्याधिक रहेको बताए । अपराधशास्त्री आचार्य आत्महत्या मनस्थितिसँग सम्बन्धित बताउँदै लकडाउनको अवस्थामा विभिन्न कारणले उत्पन्न निराशाका कारण पनि मानिसहरूले आत्महत्या गरेको हुन सक्ने बताउँछन् । 

कान्ति बाल अस्पतालका चिकित्सक मनोविद् रामपुकार साह अहिलेको अवस्थामा मानिसमा डर, भयको वातावरण, तनाव र जीवनमा अन्योलताले गर्दा आत्महत्या नरोकिएको बताउँछन् । ‘अहिले डर भयको वातावरण छ, मानिसहरूमा विभिन्न कारणले तनाव थपिएको छ,’ उनी भन्छन्, ‘मानिसको जीवनमा नै अन्योलताको अवस्थामा पनि छ । यस कारण मानिसमा मानसिक समस्या थपिएको छ ।’ उनकाअनुसार यही कारणले मानिसहरूको आत्महत्या गर्ने संख्या बढेको हो । लकडाउनबाट उत्पन्न परिस्थितिका कारण गाँस, बास, रोजगारी, उद्यम, ऋणजस्ता कारणले मानिसहरूमा मानसिक समस्या पनि थपिएको उनको भनाइ छन् । 

प्रहरीका थुनुवा कक्ष खाली 
६५ वर्षको इतिहासमा पहिलोपटक महानगरीय प्रहरी परिसर काठमाडौंको थुनुवा कक्ष रित्तो छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले लकडाउनका कारण ६५ वर्षपछि पहिलो पटक परिसरको थुनुवा कक्ष खाली भएको जानकारी दिए । अरू बेला टेकुस्थित काठमाडौं प्रहरीको थुनुवा कक्षमा १ सय ५० हाराहारीमा थुनुवा हुन्थे । तर, ११ चैत लकडाउन भएपछि नयाँ मुद्दा दर्ता भएका छैनन् भने रहेका केही थुनुवालाई प्रहरी वृत्त दरबारमार्ग पठाइएपछि थुनुवा कक्ष खाली भएको हो । काठमाडौं प्रहरी अन्य वृत्तका थुनुवा कक्षमा पनि न्यून संख्यामा मात्रै थुनुवाहरू छन् । 

काठमाडौंका विभिन्न वृत्तहरूमा पनि थुनुवाको संख्या लकडाउनका कारण निकै कम छ । (हेर्नोस् बक्स) दैनिक १ सय ५० हाराहारीमा थुनुवा हुने कैलाली जिल्ला प्रहरीका थुनुवा कक्षमा लकडाउनपछि ६० जनामात्रै छन् । कैलाली जिल्ला प्रहरीका डिएसपी दक्षकुमार बस्नेतकाअनुसार अहिले ६० जनालाई म्याद थप गरेर थुनामा राखिएको छ । ‘अहिले आत्महत्याका केसहरू आउँछन्, अन्य अपराधका घटनाहरू त खासै छैनन्,’ उनले मंगलबार साप्ताहिकसँगको टेलिफोन कुराकानीमा भने, ‘लकडाउनपछि धेरै नघटेको सुसाइडमात्रै हो, अन्य अपराधका घटना खासै छैनन् ।’ 

मोरङ प्रहरी थुनुवा कक्षमा दैनिक औसतमा ४५ जना थुनुवा हुन्थे । लकडाउनपछि अहिले १५ जना छन् । मोरङ प्रहरीका डिएसपी मानबहादुर राईकाअनुसार जेल प्रक्रिया छिटो हुने, सामान्य केसमा थुनामा नराख्नेलगायतका केही कुराहरू सहज गरिएका कारण थुनुवाहरू कम भएका हुन् । ‘लकडाउनपछि भरसक नथुन्ने, अदालती प्रक्रिया छिटो हुनेजस्ता कारणहरूले अहिले थुनुवा घटेका छन् । ‘अन्य अपराधमा पनि झण्डै ७० प्रतिशत कमी आएको छ,’ उनी भन्छन्, ‘पहिले दैनिक ४५ देखि ९० जनासम्म थुनुवा हुन्थे । अहिले १५ जनामात्रै छन् ।’ यस्तै, ललितपुर, भक्तपुरलगायतका देशभरका अधिकांश ठाउँका प्रहरीका थुनुवा कक्षमा निकै कम मात्रै थुनुवाहरू छन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik