असार १८, २०७३
कहिलेकाहीं भोजभतेरमा वा मीठो लागेर धेरै खाए अपच हुन्छ । पाचन प्रणाली कमजोर भएका कारण पनि अजिर्ण हुन्छ । त्यस्तो अवस्थामा जुन कारणले अपच भएको हो त्यसको विकल्प प्रयोग गर्न सकिन्छ ।
आँप धेरै खाएर असहज भए जामुन वा दूध वा सुठो र गुड मिसाएर खाँदा लाभ हुन्छ ।
भातका कारण अजिर्ण भए ज्वानो, दही, तातो दुध वा नरिवलको टुक्रा खानुपर्छ ।
मासको दाल अपच भए सख्खर खानुपर्छ ।
स्याउ धेरै खाएर अपच भए गुलकन्द एक चम्चा वा थोरै दालचिनी खानुपर्छ ।
केराउ नपचे अदुवा वा सुठो खाँदा लाभ मिल्छ ।
घिउ नपचेको अवस्थामा तातोपानीसँग मरीच खाँदा फाइदा हुन्छ ।