वैशाख १०, २०७६
पाठेघर झिकिएकी महिलासँग यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन ?
- ना.
पाठेघर झिकिएको भए पनि योनिमार्ग झिकिएको हुँदैन, तर आङ खसेर योनिमार्गबाट पाठेघर झिकिएको अवस्थामा योनिमार्ग सानो हुन सक्छ । त्यस्तो अवस्थामा यौनसम्पर्क गार्हो वा पीडादायक हुन सक्छ । अन्य अवस्थामा शल्यक्रिया गरेर पाठेघर झिकिए पनि यौनसम्पर्क गर्न मिल्ने र सामान्य हुन्छ ।
पाठेघरसँगै अण्डाशयहरू पनि झिकेको अवस्थामा वा पाठेघर झिकेको धेरै समयपछि कसै–कसैमा यौनसम्पर्क गर्दा चिप्लोपन कम भै पीडादायक हुन सक्छ, यद्यपि यसको उपचार सम्भव छ ।
डा.बालकृष्ण शाह
स्त्री तथा प्रसूति रोग विशेषज्ञ,
मोरङ सहकारी अस्पताल