वैशाख १७, २०७६
गोडा पसारेर सीधा बस्ने । श्वास तान्दै दुवै हात माथि लाने ।
श्वास छाड्दै हातले गोडाका बूढी औंला समाउने ।
पञ्जालाई आफूतिर तान्दै हातका दुवै कुहिनाले जमिन छुने ।
निधारले घुँडा छुने ।
पूरा अगाडि झुक्ने, नसक्नेले बिस्तारै प्रयत्न गर्ने ।
पुनः श्वास तान्दै माथितिर छाड्ने ।
मोटोपनका रोगीहरूले निरन्तर ५ मिनेटसम्म यो अभ्यास गर्नुपर्छ ।
लाभ
मोटोपन तथा अन्य रोगमा पनि उपयोगी हुन्छ ।
महिलाहरूको आङ खस्ने समस्यामा लाभ मिल्छ ।
प्रजनन क्षमता वृद्धि हुन्छ ।
बालबालिकाको शारीरिक विकास हुनुका साथै आँखाको क्षमता वृद्धि हुन्छ ।
ठराग्नी बलियो हुन्छ ।
वीर्यसम्बन्धी विकारहरू समाप्त हुन्छन् ।