वीर्य स्खलन (इजाकुलेसन) हुनुअघि नै केही माक्रामा रहेको शुत्रकीट योनिमार्गमा रह्यो भने पनि गर्भ रहन सक्छ ? यस्तो अवस्थामा गर्भ रहन नदिन के गर्नुपर्छ ?
- सी.
गर्भधारणका लागि एउटा शुक्रकिट मात्र चाहिन्छ तर एकपटकको वीर्य स्खलन (इजाकुलेसन) मा लाखौ शुक्रकीट निष्कासन हुन्छन् । कुनै–कुनै अवस्थामा वीर्य स्खलनभन्दा अघि पनि केही माक्रामा वीर्य निष्कासन हुन्छ र त्यसमा शुत्रकिट रहने भएकाले गर्भ रहन सक्छ ।
गर्भ रहन नदिन कन्डम वा परिवार नियोजनको कुनै अन्य साधन प्रयोग गर्नुपर्छ । कुनै साधन प्रयोग नगरेको अवस्थामा पोस्ट एक्सपोजर पिल्स (आकस्मिक गर्भनिरोधक चक्कि) जस्तै ः आईपिल्स, ईकोन, ७२ घण्टे चक्कि प्रयोग गर्न सकिन्छ, तर यस्ता पोष्ट एक्सपोजर पिल्स (आकस्मिक गर्भनिरोधक चक्की)ले यौनरोगहरूबाट जोगाउँदैनन् र पटक–पटक प्रयोग गर्दा महिनावारीमा समेत समस्या सिर्जना हुनसक्छ ।
त्यसैले तपाईंले नजिकको प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श गरेर उपयुक्त परिवार नियोजनको साधन रोज्नु उपयुक्त हुन्छ ।