• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
कुर्सीमै सूर्य नमस्कार
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

 प्रकाश रानाभाट

कुर्सीमै सूर्य नमस्कार
मंसिर २१, २०७६

कस्तो बेलामा गर्ने ?

कुर्सी सूर्य नमस्कार गर्नका लागि सकेसम्म खाली पेट भएको हुनुपर्छ । कार्यालयका कर्मचारीहरूले खाना खाएको तीन घण्टापछि गर्नु उपयुक्त हुन्छ । यो योग गर्दा मिलेसम्म शान्त ठाउँको प्रयोग गर्नुपर्छ । योगको समयमा इलेक्ट्रोनिक सामानको प्रयोग गर्नु हुँदैन । यदि ढाडको नशा च्यापिएको अवस्था, गर्भवती, हर्नियाका रोगी तथा महिनावारी भएका बेला नगर्दा उत्तम हुन्छ । 

सूर्यलाई उपासना गर्ने हेतुले प्राचीन समयदेखि नै मानिसहरूले सूर्य नमस्कार गर्दै आइरहेको पाइन्छ । नेपालीहरूले मनाउने छठ पर्व यसैको एउटा उदाहरण हो ।विगतमा सूर्य नमस्कार गर्नुमा कुनै वैज्ञानिक कारण नभेटिए पनि मानिसहरूले सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले कुर्सी सूर्य नमस्कार गर्दै आइरहेका थिए । समयको उतारचढावसँगै बिस्तारै हरेक कुराको विकास भएपछि विकसित देशहरूले सूर्य नमस्कारमा रिसर्च गर्न थाले । विभिन्न रिसर्चबाट सूर्य नमस्कारको सकारात्मक प्रभाव मानिसको शरीरमा पर्ने कारण भेटिएपछि यसलाई मानिसहरूले योग र व्यायाममार्फत पछ्याउन थालेको पाइन्छ । 

यद्यपि अहिलेको व्यस्त समयमा मानिसहरू फेरि बिस्तारै यो कुराबाट टाढा रहेका छन् । अहिलेको व्यस्त समयका कारण केवल आफ्नो काममा ध्यान दिने हुनाले मानिसहरू मानसिक तथा शारीरिक विभिन्न समस्याबाट ग्रसित भएका छन् । यस्तै व्यस्त मानिसहरू जो विशेष गरी कर्पोरेट सेक्टरमा काम गर्छन्, उनीहरूलाई मध्यनजर गरेर योग तथा पुनस्र्थापना विशेषज्ञ डा. विनोद घिमिरेले कुर्सी सूर्य नमस्कारको शैलीलाई अहिले प्रयोगमा ल्याएका छन् । यो शैलीबाट बुढ्यौली तथा शारीरिक रुपमा कठिन अभ्यास गर्न नसक्ने बिरामीहरूले पनि सूर्य नमस्कार गर्न सक्छन् । 

कार्यालयमा अधिक समय मानिसहरू कुर्सीमा बसेर बिताउँछन्, जसका कारण उनीहरू आँखा, घाँटी, कम्मर, हाडजोर्नीजस्ता रोगबाट पीडित भएका छन् । त्यसैले यस्ता रोगबाट बच्न तथा यसको प्रभावलाई कम गर्न कुर्सी योग उपयोगी हुने डा. घिमिरे बताउँछन् । कुर्सी सूर्य नमस्कारको १२ वटा आसन छन् । यो विधिबाट तनाव हटाउन सकिने तथा शरीरमा ताजापन ल्याउन सकिन्छ । कुर्सी योगको अवधारणा २० औं शताब्दीमा आइसके पनि त्यसको प्रयोग नभएका कारण कर्मचारीहरूलाई व्यायामका लागि यो आसन उपयुक्त हुने भएकाले पछिल्लो समय विभिन्न ठाउँहरूमा उनले यो आसन सिकाउँदै आइरहेका छन् । 

कुर्सी सूर्य नमस्कारका फाइदा :

    यसको प्रयोगले शरीरका जोर्नीहरूमा लचकता बढाउन सहयोग गर्छ ।

    कुर्सी योगले मानिसको तनाव हार्मोन (कोर्टिसोल) को मात्रा घटाई विश्राम प्रदान गर्छ ।

    यसले मानिसलाई तन्दुरुस्त, निरोगी, तथा दिनभर ताजा महसुस गराउँछ ।

    यो योगले रक्तसञ्चार सही ढंगले गराउने, पाचन क्रियामा सहयोग गर्ने काम गर्छ ।

    चर्मरोग बाट बचाउँछ । 

    कार्यालय तथा घरमा पनि कुर्सीको प्रयोग गरी योग गर्न सकिन्छ ।

पहिलो

कुर्सीमा बसेर दुवै हात जोडेर नमस्कार गर्ने । 

दोस्रो

लामो सास तान्दै दुवै हात टाउकोमाथि लैजाने ।

तेस्रो

सास छोड्दै अगाडि झुकेर दुवै हातले जमिन छुने प्रयास गर्ने ।

चौथो

दायाँ घुँडा खुम्च्याउँदै छातीमा जोड्ने, त्यसपछि दुवै हातले दायाँ घुँडाभन्दा मुनि समाई टाउको पछाडि लैजाने ।

पाँचौं

दायाँ घुँडा भुइँमा राखी बायाँतर्फ पनि त्यही काम दोहोर्‍याउने । 

छैटौं

दुवै हातले कुर्सीको भागलाई समाई दुवै खुट्टा अगाडि सीधा तन्काउने । 

सातौं

दुवै खुट्टा भुइँमा राखी दुवै हात टाउकोमाथि लगेर तन्काउने ।

आठौं

अगाडि झुकेर दुवै हातले जमिन छुने प्रयास गर्ने ।

नवौं

बायाँ घुँडालाई खुम्च्याउँदै छातीमा जोड्ने, त्यसपछि दुवै हातले बायाँ घुँडाभन्दा मुनि समाई टाउको पछाडि लैजाने । 

दसौं

दायाँ घुँडा खुम्च्याउँदै छातीमा जोड्ने, त्यसपछि दुवै हातले दायाँ घुँडाभन्दा मुनि समाई टाउको पछाडि लैजाने । 

एघारौं

दुवै खुट्टा भुइँमा राखी दुवै हात टाउको माथि लगेर तन्काउने । 

बाह्रौं

कुर्सीमा बसेर दुवै हात जोडेर नमस्कार गर्ने ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik