• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
ओलम्पिक र राष्ट्रिय खेलकुदको वर्ष
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

ओलम्पिक र राष्ट्रिय खेलकुदको वर्ष
चैत्र २७, २०७३

 

ओलम्पिकजस्तो विश्वकै सर्वाधिक ठूलो खेल महोत्सवमा नेपालको सहभागिता खालि सहभागिताकै लागि मात्र हो अथवा त्योभन्दा बढी केही हो ? यस्तै नेपालका लागि ओलम्पिकजत्तिकै महत्त्व राख्ने राष्ट्रिय खेलकुदको आयोजना खालि आयोजनाकै लागि मात्र हो अथवा त्योभन्दा बढी केही हो ? यी प्रश्न २०७३ ले फेरि एकपल्ट सोध्ने प्रयास गरेको छ, किनभने वर्ष २०७३ मा नेपाली खेलकुद यिनै दुई ठूला प्रतियोगिता वरिपरि घुम्यो । 

 

ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न ओलम्पिक खेलकुदमा अघिपछि जस्तै नेपालले कुनै पदकको आशा गरेको थिएन । रियो ओलम्पिकको उद्घाटन समारोहमा नेपाली टिमको नेतृत्व गर्दै राष्ट्रिय झन्डा बोक्ने भाग्यमानी खेलाडी रहिन्— २१ वर्षीया फुपु ल्हामु खत्री । जुडोकी यी खेलाडीको प्रदर्शन भने अपेक्षा गरे जत्तिकै रह्यो र उनी आफैंले पनि भनिन्, ‘मेरो प्रदर्शन राम्रै भयो ।’ उनी नेपाली जुडो इतिहासमा ओलम्पिक प्रतिस्पर्धामा पूरा समय टिक्ने पहिलो खेलाडी पनि हुन् । 

 

शिरीष गुरुङले रियो ओलम्पिकमा एकपछि अर्को कीर्तिमान बनाए । यसपल्टको ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी गौरिका सिंहलाई विदेशी मिडियाले लगातार पछ्याए । महिला सय मिटर ब्याकस्ट्रोकको हिट्समा उनी पहिलो पनि भइन्, तर उनको समय प्रतिस्पर्धाको अर्को चरण पुग्न पर्याप्त थिएन । अर्कातर्फ जितबहादुर मोक्तान ओलम्पिकमा सहभागी हुने पहिलो आर्चरी खेलाडी बने । उनले रियोमा अपेक्षाअनुरूप नै प्रदर्शन गरे । 

 

सरस्वती भट्टराईका लागि रियो ओलम्पिक–२०१६ धेरै अर्थमा सुखद रह्यो । ब्राजिल जानुअघि उनको एउटै लक्ष्य नयाँ राष्ट्रिय कीर्तिमान स्थापना गर्नु थियो र उनी त्यसमा सफल समेत भइन् । महिला १५ सय मिटर दौडमा उनको सबैभन्दा ठूलो लक्ष्य नै राष्ट्रिय कीर्तिमान मात्र हुन सक्थ्यो, किनभने त्यसमा कायम कीर्तिमान २६ वर्ष पुरानो थियो र त्यो राजकुमारी पाण्डेको नाममा थियो । सरस्वतीले रियोमा ४ मिनेट र ३३ दशमलव ९४ सेकेन्डको समय निकालिन् र हिट्समा सहभागी १४ खेलाडीमध्ये १३ औं स्थानमा रहिन् । यसको अर्थ उनी सेमिफाइनल पुग्न असफल भइन्, तर उनले निकालेको समय आपैंmमा ठूलो उपलब्धि थियो । राजकुमारीले सन् १९९० को बेइजिङ एसियाली खेलकुदमा ४ मिनेट ३४ दशमलव ४७ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् । तेक्वान्दोमा निशा रावलको प्रदर्शन पनि खासै रहेन । यी सबै अर्थमा रियो ओलम्पिक नेपालका लागि कुनै ठूलो उपलब्धि लिएर आएन । बरु यसअघि झैं बढी पदाधिकारी रियो पुगेर त्यसलाई अर्को विवादको विषय बनाए । 

 

हुने–नहुनेको अन्यौल र धेरैपटकको स्थगन पछि पूर्वाञ्चलले अन्तत: सातौं राष्ट्रिय खेलकुदको आयोजना गर्‍यो, तर यो मैदानमा प्राप्त हुने सफलताभन्दा खराब व्यवस्थापनका कारण चर्चामा रह्यो । भलै यो राष्ट्रिय खेलकुद एउटा ठूलो ब्रेक थ्रु थियो, तर त्यसले कमैलाई मात्र चित्त बुझाउन सक्यो । नेपाली घरेलु खेलकुदको सबैभन्दा ठूलो महोत्सव विराटनगरमा सुरु भएर धरानमा सम्पन्न भएको थियो । प्रतियोगिता जहिलेदेखि सुरु भयो, त्यसका सकारात्मक पक्षको भन्दा कमजोरीकै बढी चर्चा भयो । 

सबैको अनुभव थियो, अहिलेको जत्तिको खराब व्यवस्थापन राष्ट्रिय खेलकुदमा यसअघि कहिल्यै देखिएको थिएन । विवाद र अनुशासनहीनताका प्रसङ्ग पनि उत्तिकै बाहिर आए । आर्थिक चलखेल र अनियमिताका रहस्य पनि खोलिए । कमजोर भौतिक पूर्वाधारको दुखेसो पनि उत्तिकै गरियो । आयोजक सहरहरू तथा आयोजक राष्ट्रिय खेलकुद परिषद्का लागि यो जत्तिको नमज्जा सायद अरू केही थिएन । त्यसैले ओलम्पिक र राष्ट्रिय खेलकुदले धेरै उत्तर दिनुको धेरै प्रश्न खडा गर्‍यो । 

 

वर्ष २०७३ नेपाली खेलकुदका लागि अरू कारणले पनि निराशाजनक रह्यो, विशेषत: नेपाली क्रिकेट । खालि विवाद मात्र भैरहने नेपाली क्रिकेट यसपल्ट शून्यकै स्थितिमा झर्‍यो । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट निलम्बनमा रहेको स्थितिमा कुनै प्रकारको प्रगति हुन सकेन । विवाद अहिले पनि यथावत छ । भलै यसबीच राष्ट्रिय टिमले भने लगातार प्रतियोगिताहरूमा सहभागिता जनाई रह्यो । आईसीसी महिला विश्वकप छनौटमा पनि नेपालको प्रदर्शन कमजोर सावित भयो । उपलब्धिका रूपमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) भने सम्भव भयो । नेपालले यू–१९ एसियाकप तथा एसीसी इमरजिङ टिम्स कपमा पनि खासै केही गर्न सकेन । 

 

नेपाली फुटबलका लागि वर्ष २०७३ धेरै अर्थमा सुखद रह्यो । नेपालले एएफसी सोलिडारिटी कप जितेर एसियाकप छनोटको तेस्रो चरण खेल्ने अवसर प्राप्त गर्‍यो । भारतमा सम्पन्न वुमेन्स साफ

 

च्याम्पियनसिपमा भने नेपाल पहिलोपल्ट फाइनलमा पुग्न असफल भयो । अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आए पनि उसको नेतृत्वमा हुने प्रतियोगिता शून्यकै स्थितिमा रह्यो । सबैभन्दा ठूलो समस्याका रूपमा वर्ष २०७३ मा पनि लिग हुने सकेन र लिग कहिले हुने हो, त्यो पनि निश्चित हुन सकेन । लिगको अभावमा नेपाली फुटबलको भविष्य शून्यकै स्थितिमा झर्न सक्ने स्थितिले धेरैलाई चिन्तित तुल्यायो । नेपाली घरेलु फुटबललाई जोगाउने एक मात्र आधार मोफसलमा हुने प्रतियोगिता रहे । 

 

महिला बडी बिल्डिङमा ननिता महर्जनले पहिलो पदक दिलाएर इतिहास बनाइन् । यस्तै इतिहास बन्यो, पुरुष भलिबलमा । वर्षको अन्त्यतिर पुरुष भलिबलले यो खेलको इतिहासमै पहिलोपल्ट अन्तर्राष्ट्रिय पदक जित्यो । नेपालले भलिबलमा सहभागिता जनाउन थालेको ४१ वर्ष भैसकेको थियो र यस क्रममा पहिलो पदक रह्यो– कांस्य । नेपालले यो उपलब्धि माल्दिभ्समा सम्पन्न एभीसी सेन्ट्रल जोन भलिबलमा प्राप्त गरेको हो ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik