• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
जसले दरबार छाडे
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

जसले दरबार छाडे
माघ ७, २०७६

राजपरिवारको सम्भ्रान्त जीवनबाट स्वतन्त्र हुन चाहने धेरैले प्रेम सम्बन्धका कारण दरबारको सुखसयल त्यागेका छन् ।

बेलायती राजपरिवारलाई विश्वमा सर्वाधिक सम्मानित राजपरिवार मानिन्छ । राजपरिवारले पाउने सुख र आर्थिक सुविधा कहिलेकाहीँ व्यक्तिगत स्वतन्त्रताभन्दा कम रहेको उदाहरण बेलाबेलामा देखिने समेत गर्छ । पछिल्लो पटक त्यहाँका युवराज ह्यारी र उनकी श्रीमती मेगान मार्केलले ‘ड्युक अफ ससेक्स’ र ‘डचेज अफ ससेक्स’को उपाधि त्यागेर बेलायत र उत्तर अमेरिकामा स्वतन्त्र जीवनयापन गर्ने निर्णय गरे । उनीहरूले उक्त निर्णय लामो समय आपसी परामर्श गरेर गरेको बताए पनि यसले बेलायती राजपरिवारभित्रको कलहलाई बाहिर ल्याउन मद्दतसमेत गरेको छ । 

ह्यारी र मेगानको यो पछिल्लो निर्णयभन्दा अगाडि केही बेलायती राजपरिवारले पनि आफ्नो पद त्यागेका थिए भने अरू देशका राजपरिवारका सदस्यले पनि पद त्यागेका छन् । प्रेमिका, श्रीमती, आर्थिक हैसियत, स्वतन्त्रताजस्ता विषयलाई लिएर विश्वका धेरै राजपरिवारका सदस्यहरूले पदबी त्याग गरेको इतिहास रहे पनि हामीले केही उदाहरण यहाँ प्रस्तुत गरेका छौं । 

राजकुमारी डायना

बेलायती राजपरिवारकी सर्वाधिक चर्चित राजकुमारी डायनाले पनि ‘प्रिन्सेस अफ वेल्स’ को पदवी त्याग गरेकी थिइन् । बेलायती राजकुमार चाल्र्ससँग सन् १९८१ मा विवाह बन्धनमा बाँधिएकी डायनाले चाल्र्सबाट दुई छोरा विलियम र ह्यारीको जन्म दिएकी थिइन् । राजकुमार चाल्र्स अर्कै महिला केमिलासँग नजिक भएका सम्बन्धहरूको चर्चा आउन थालेपछि राजकुमारी डायनाको युवराजसँगको वैवाहिक सम्बन्ध बिग्रिएको थियो । मानवीय सहायता र जीवन रक्षाका विभिन्न संस्थासँग आबद्ध भएर काम गरेकी राजकुमारी डायनालाई त्यो बेलामा ‘जनताको राजकुमारी’ उपनाम पनि दिइएको थियो । डायनाले सन् १९९६ मा चाल्र्ससँग पारपाचुके गरेर सामान्य नागरिक सरहको जीवन बिताउने निर्णय गरेकी थिइन् । राज परिवारको पद त्याग गरेपछि उनको सम्बन्ध अरू पुरुषहरूसँग जोडिन गएको पनि थियो । सञ्चारकर्मीको विशेष चासोमा परिरहेकी डायनाको पेरिसको एक भूमिगत बाटोमा तीव्र गतिमा हुइँकिएको सवारी दुर्घटनामा परेर सन् १९९७ मा ३६ वर्षको उमेरमा निधन भएको थियो ।

अधिराजकुमार धीरेन्द्र

राजा महेन्द्रको कान्छो छोरा धीरेन्द्र वीरविक्रम शाहको विवाह राजा वीरेन्द्र वीरविक्रम शाहको कान्छी साली अर्थात् रानी ऐश्वर्यको कान्छी बहिनी प्रेक्ष्यासँग भएको थियो । अधिराजकुमार धीरेन्द्रको युवावस्था युवतीहरूप्रतिको आशक्ति र अवैध कारोबारमा बढी हुने गरेको थियो । राजपरिवारको आडमा उनले आफ्नो युवावस्थामा धेरै नै उदण्ड काम गरेका थिए, जसका कारण राजपरिवारको छवि पनि धमिलिँदै गएको थियो । विभिन्न महिलासँग विवाह गरेका धीरेन्द्रको पदवी भने विदेशी महिलासँग विवाह गरेपछि खोसिएको थियो । क्यानाडामा जन्मेकी बेलायती मोडल सुर्ले गुइनेलाई राजदबारमा ल्याउन थालेपछि रानी ऐश्वर्यले आफ्नो बहिनीको घर बिग्रिएको रिसमा अधिराजकुमारको पदवी खोस्न लगाएकी थिइन् । धीरेन्द्रको नारायणहिटी हत्याकाण्ड २०५८ सालमा हुँदा मृत्यु भएको थियो ।

एडवार्ड आठौं

बेलायती राजकुमारका रूपमा ‘राजकुमार एडवार्ड आठौं’ रहेका थिए । महारानी भिक्टोरियाका जेठो नाति एडवार्ड आठौंलाई ‘ड्युक अफ विण्डसोर’को उपाधिसमेत दिइएको थियो । उनले बेलायतको राजगद्दीमा छोटो समय मात्र राज गरे । राजकुमार रहेका बेला बेलायती राजपरिवारको पहिलो पाइलटसमेत रहेका एडवार्ड सन् १९३६ को जनवरी २० मा राजगद्दीमा बसेका थिए । पाइलट पेसामा रहने क्रममा उनको प्रेम अमेरिकामा दुई पटक पारपाचुके गरेकी महिला वालिस सिम्सनसँग भएको थियो । पारपाचुके गरेको महिलालाई साथै राख्ने वा राजगद्दी छोड्नुपर्ने दबाब राजप्रसादको कानुनले व्याख्या गरेपछि सोही वर्षको डिसेम्बर ११ तारिखमा एडवार्डले राजगद्दी त्यागेर सिम्सनसँग बाँकी जीवन बिताउने निर्णय गरेका थिए ।

आयाको मोरिया

जापानी राजपरिवारकी राजकुमारी आयाको मोरियाले सर्वसाधारणसँग विवाह गरेकै कारण राजपरिवारबाट पाएको पदवी परित्याग गरेकी थिइन् । नोरिहितो, राजकुमार ताकामादोकी कान्छी छोरीका रूपमा ‘राजकुमारी आयाको अफ ताकामादो’ को जन्म सन् १९९० मा भएको थियो । जोसाई युनिभर्सिटीबाट सामाजिक सेवामा स्नातक गरेकी आयाको भेट उनकै आमा हिसाको टोटोरी ‘प्रिन्सेस ताकामोदो’ ले केई मोरियाको परिवारसँग गराएकी थिइन् । केईको परिवार र हिसाको बीच पारिवारिक चिनजान समेत रहेको थियो । केई युनिभर्सिटीबाट ग्य्राजुएट मोरिया त्यो बेला एक पानीजहाज कम्पनीमा उपल्लो तहमै काम गर्थे । उनीहरूबीच भएको प्रेमले सन् २०१८ को अगस्टमा वैवाहिक रूप धारण गर्‍यो । जापानी राजपरम्पराअनुसार राजघरानाका सदस्यले सर्वसाधारणसँग विवाह गरेमा राजपरिवारको उत्तराधिकारी पद त्याग्नुपर्ने परम्पराअनुसार राजकुमारी आयाकोले सोही वर्षको अक्टुबरमा पदत्यागको घोषणा गरिन् ।

राजकुमार एण्ड्रयु

बेलायतकी महारानी एलिजावेथ द्वितीयकी माइलो छोरा राजकुमार एन्ड्रयुले पनि राजपरिवारको उपाधि त्याग गरेका थिए । राजकुमार एन्ड्रयु ‘ड्युक अफ योर्क’ राजगद्दीको दोस्रो उत्तराधिकारीका रूपमा रहेका थिए । उनी जलसेनाको उच्च तहमा बसेर काम गरिसकेका थिए भने फल्कल्यान्ड युद्धमा बेलायती सेनाको अग्र मोर्चामा समेत रहेका थिए । राजकुमार एन्ड्रयुले सन् १९८६ मा सराह फर्गुसनसँग विवाह गरेर सन् १९९६ मा अलग भएका थिए । सन् २०१९ मा उनी माथि यौन उत्पीडनको अभियोग लागेको थियो । अमेरिकामा यौनपेसामा कार्यरत महिला जेफ्री इप्सटेनविरुद्ध लागेको यौन अभियोगलाई बीबीसी टेलिभिजनले प्रसारण गरेपछि एन्ड्रयुले आफ्नो पदवी त्याग गरेको घोषणा गरेका थिए ।

राजकुमार फिलिप

बेलायती राजपरिवारकै महारानी एलिजावेथ द्वितीयका श्रीमान् राजकुमार फिलिपले पनि सन् २०१७ देखि आफ्नो राजपरिवारको कामबाट अवकाश लिएका छन् । ‘ड्युक अफ एडिनवरा’को उपाधि पाएका फिलिपले उमेर हदका कारण ९६ वर्षको उमेरमा अवकाशको घोषणा गरेका हुन् । विगत ७० वर्षदेखि बेलायती राजपरिवारको महत्त्वपूर्ण व्यक्तिका रूपमा काम गरेका फिलिप अहिले महारानी एलिजावेथसँगको सार्वजनिक समारोहमा मात्र देखा पर्ने गर्छन् ।

प्रिन्सेस मार्था लुइस

नर्वेका राजा हेराल्ड पाँचौं र रानी सोन्जाकी जेठी छोरी प्रिन्सेस मार्था लुइस रोलक्रमअनुसार राजगद्दीको उत्तराधिकारीमै पर्थिन् । लेखक तथा भ्युजल आर्टिष्ट एरी बेनसँग २००२ मा विवाह गरेकी मार्थाको वैवाहिक जीवन लामो समय भने चलेन । सन् २००७ मा पारपाचुके गरेकी मार्थाको अधिकांश समय व्यापार व्यवसायमा केन्द्रित हुन्थ्यो भने उनी थेरापिस्ट पनि थिइन् । पारपाचुकेपछि उनले आफैं थेरापिस्टको एक सेन्टर पनि सञ्चालन गरिन्, जसलाई उनले ‘एन्जल स्कुल’ नामकरण गरेकी थिइन् । यो स्कुल मृतात्माहरूसँग कुरा गर्ने काममा बढी केन्द्रित थियो । उनको यो कामको एकातर्फ विरोध हुन थालेपछि सन् २००२ मा उनको पदवी ‘रोयल हाइनेस’ लाई खोसिएको थियो । 

राजकुमारी ऐनी

बेलायती महारानी एलिजावेथ द्वितीयकी दोस्रो सन्तानका रूपमा जन्मिएकी एक्लो छोरी राजकुमारी एनीले पनि राजपरिवारको पदवी त्याग गरेर सामान्य जीवन बिताउने निर्णय गरेकी थिइन् । कल्याणकारी काममा बढी सक्रिय एनि ‘प्रिन्सेस रोयल’ २ सयभन्दा बढी अन्तर्राष्ट्रिय सामाजिक संस्थाहरूमा आबद्ध रहेकी छिन् । घोडचढीको राम्रो खेलाडीसमेत रहेकी एनीले घोडचढीको युरोपियन च्याम्पियनसिपमा सन् १९७१ मा स्वर्ण पदक जितेकी थिइन् । ओलम्पिक प्रतियोगितामा सहभागी हुने पहिलो राजपरिवारकी सदस्यसमेत एनी नै थिइन् । एनीले सन् १९७३ मा सेनाका क्याप्टेन मार्क फिलिपसँग विवाह गरेकी थिइन् । दुई सन्तान भएपछि एनि र फिलिपले सन् १९९२ मा पारपाचुके गरे । सोही वर्ष एनीले सेनाकै कमान्डर सर टिमोथी लाउरेन्ससँग दोस्रो विवाह गरिन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik