• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रोजिन शाक्य

सर्वाधिक कमाइ  गर्ने मोडलहरू
माघ १, २०७५

 

केन्डल जेनर

वर्ष २०१६ मा फोब्र्सको सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीको तेस्रो स्थानमा रहँदा सुपर मोडल केन्डल जेनरको कमाइ १० करोड अमेरिकी डलर थियो । गत वर्ष उनको कमाइ दुई गुणाभन्दा बढी हुँदै २ करोड २० लाख अमेरिकी डलर पुगेको थियो । यो वर्ष उनको कमाइ २ करोड २५ लाख अमेरिकी डलर पुगेको छ । यो कमाइलले केन्डललाई सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीको पहिलो स्थानमा उभ्याएको छ । २३ वर्षीया केन्डलको आबद्धता कस्मेटिक ब्रान्ड एस्टी लाउडर, स्र्पार्ट्स वेयर ब्रान्ड एडिडास तथा क्याल्भिन क्लाइन जस्ता ब्रान्डसँग छ । 

कार्ली क्लस

वर्ष २०१६ मा फोब्र्स पत्रिकाको वर्ष २०१६ को सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीमा तेस्रो स्थानमा रहँदा कार्ली क्लसको कमाइ १ करोड अमेरिकी डलर थियो भने गत वर्ष त्यो ९० लाख अमेरिकी डलरमा झरेको थियो, जसले गर्दा उनी गत वर्षको सूचीमा सातौं स्थानमा थिइन् । यो वर्ष उनको कमाइ ह्वात्तै बढेर १ करोड ३० लाख अमेरिकी डलर पुगेको छ र उनी यो सूचीको दोस्रो स्थानमा छिन् । भोग म्यागाजिनका विभिन्न संस्करणमा ३६ पटकसम्म कभर गर्ल भैसकेकी कार्ली क्लसको आबद्धता एडिडास, स्वारोस्की, एस्टी लाउडर जस्ता विश्व विख्यात ब्रान्डसित छ । 

क्रिस्सी टिएगन

फोब्र्सको सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीमा गत वर्ष पदार्पण गर्दै सीधै तेस्रो स्थान ओगट्न सफल क्रिस्सी टिएगन यो वर्षको सूचीमा पनि तेस्रो स्थानमै छिन् । स्पोर्टस् इलस्ट्रेटेड म्यागजिनको कभर गर्ल समेत रहिसकेकी क्रिस्सीको यो वर्षको कमाइ गत वर्षको तुलनामा घटेको पाइन्छ । यो वर्ष उनको कमाइ १ करोड १५ लाख अमेरिकी डलर रह्यो । जबकि गत वर्ष उनको कमाइ १ करोड ३५ लाख अमेरिकी डलर थियो । द लिप सिन्क ब्याटल नामक टेलिभिजन शोकी होस्ट तथा कुक बुककी लेखिका क्रिस्सीले यो वर्ष कुक बुकको दोस्रो संस्करणसमेत बजारमा ल्याएकी छिन् । 

रोजी हन्टिङटन ह्वाइट्ली

इङ्लिस मोडल एवं अभिनेत्री रोजी हन्टिङटन व्हाइट्ली फोब्र्स पत्रिकाको वर्ष २०१८ को सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीमा क्रिस्सी टिएगनसंगै तेस्रो स्थानमा छिन् । यो वर्ष उनको कमाइ गत वर्षको तुलनामा बढेर १ करोड १५ लाख अमेरिकी डलर पुग्यो । गत वर्षको सूचीमा पाँचौं स्थानमा रहँदा रोजीको कमाइ ९५ लाख अमेरिकी डलर थियो । उनको कमाइ आफ्नै ब्रान्डको लिङ्गरी, मेकअप तथा सुगन्धका कारण बढेको बताइन्छ । यसका साथै रोजी रोज इन्क नामक आफ्नै ब्युटी वेबसाइटसमेत चलाउँछिन् ।

गिसेली बन्डछेन

सन् २००२ देखि फोब्र्स पत्रिकाको वर्षको सबैभन्दा बढी कमाइ गर्ने मोडलहरूको सूचीमा अग्र स्थानमा रहँदै आएकी ब्राजिलियन मोडल गिसेली बन्डछेनको कमाइ विगतको तुलनामा निरन्तर ओरोलो लाग्दै गएको छ । उनी गत वर्ष दोस्रो स्थानमा धकेलिन पुगेकी थिइन् भने यो वर्ष अझ घटेर १० करोड अमेरिकी डलरमा समेटिन पुगेकी छिन् । वार्षिक कमाइ निरन्तर ओरालो लागे पनि फोब्र्सको वर्ष २०१८ मा सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीमा गिसेली पाँचौं स्थानमा छिन् । यस वर्ष उनले आफ्नो जीवनीमा आधारित लेसन्स शीर्षकको पुस्तक प्रकाशित गरिन् । उनको आबद्धता भिभारा तथा आरेजो नामक ब्राजिलियन ब्रान्डसँग पनि रह्यो । 

कारा डेलिभिङ्नी

बढी कमाइ गर्ने मोडलको सूचीबाट गत वर्ष बाहिरिएकी कारा डेलिभिङ्नी यो वर्ष पुन: फर्किएकी छिन् । उनको यो वर्षको कमाइ गिसेली बन्डछेन जत्तिकै अर्थात् १० करोड अमेरिकी डलर रह्यो । उनी यस वर्षको सूचीमा संयुक्त रूपमा पाँचौं स्थानमा छिन् । उनी फोब्र्सको २०१५ को सूचीमा दोस्रो स्थानमा थिइन् भने २०१६ को सूचीमा सातौं स्थानमा थिइन् । किड्स इन लभ तथा सुसाइड स्क्वाड जस्ता चलचित्रमा समेत देखा परिसकेकी काराको यो वर्षको कमाइमा डगलस कस्मेटिक्स, रिमेल, ट्याग ह्युगर, डिओर ब्युटीजस्ता ब्रान्डको योगदान छ । 

गिगी हाडीड

इन्स्टाग्राममा निकै लोकप्रिय मोडल गिगी हाडिड सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीको सातौं स्थानमा छिन् । गत वर्ष झैं यो वर्ष पनि गीगीले आफ्नो खातामा ९५ लाख अमेरिकी डलर जम्मा गरेकी छिन् । २३ वर्षीया गिगी मेबिलिइन्, टमी हिलफाइगर, भोग आइवेयर, मेस्सीका ज्वेलरी जस्ता टप ब्रान्डसँग आबद्ध छिन् ।

बेला हाडिड

फोब्र्स पत्रिकाको गत वर्षको सूचीमा नवौं स्थानमा पदार्पण गरेका बेला हाडिडको कमाइ गत वर्ष ६० लाख अमेरिकी डलर थियो । यो वर्ष उनको खातामा ८५ लाख मिलियन अमेरिकी डलर छ । योसँगै फोब्र्सको सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीमा बेलाको नाम आठौं स्थानमा छ । गिगी हाडिडकी सहोदर बहिनी बेलाको इन्टाग्राममा २ करोड १७ लाख फलोअर छन् । उनको कमाइको मुख्य अंश डियोर ब्युटी, बुलगारी तथा ट्याग ह्युअर जस्ता चर्चित ब्रान्डहरूबाट सम्भव भएको हो । 

जोआन स्मल्स 

प्युर्टो रिकोकी ३० वर्षिया जोआन स्मल्सको यो वर्ष कमाइ ५० लाख अमेरिकी डलर रह्यो । यो कमाइले उनलाई फोब्र्सको वर्ष २०१८ को सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीमा बेला हाडिडसँगै आठौं स्थानमा उभ्याएको छ । रनवेमा छाइरहने जोआन यसपटक एस्टी लाउडर तथा मोस्चीनोको सुगन्धको विज्ञापनसमेत देखा परिन् । 

डचेन क्रोज

डच पावर हाउसका रूपमा परिचित डचेन क्रोज सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीको दसौं स्थानमा छिन् । यो वर्ष उनको आम्दानी ८० लाख अमेरिकी डलर छ । लोरियाल कस्मेटिक्ससितको सम्झौता, पियागेट नामक ब्रान्डको ब्रान्ड मुहार हुनुका साथै उनको आफ्नै नामको काश्मिरी स्वेटरको व्यापार छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik