• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
वर्षका महँगा अभिनेता
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

वर्षका महँगा अभिनेता
पुस २५, २०७४

वर्ष–२०१७ मा हलिउड प्रविधिमा जति अघि बढ्यो, त्यही अनुपातमा त्यहाँका चलचित्रमा काम गर्ने अभिनेता/अभिनेत्रीहरूको पारिश्रमिक पनि बढ्यो । त्यसमा पनि करोडौं पारिश्रमिक लिएर चलचित्रका लागि काम गर्ने अभिनेता/अभिनेत्रीहरूको सूची वर्षको अन्त्यमा आएर सार्वजनिक भएको छ । हलिउडबाट प्रकाशित हुने अनलाइन पत्रिका द वार्पले सार्वजनिक गरेको सूचीलाई आधार मानेर तयार पारिएको १०–१० जना महँगा अभिनेता/अभिनेत्रीसम्बन्धी रिपोर्ट :

महँगा अभिनेता 

१. मार्क वाह्लवर्ग 

अमेरिकी अभिनेता मार्क वाह्लवर्ग पेशाले अभिनेता भए पनि उनी चलचित्र निर्माता, व्यवसायी, र्‍यापर, गीतकार तथा पूर्वमोडल समेत हुन् । ४६ वर्षीय यी अभिनेताले वर्ष–२०१७ मा दुईवटा चलचित्रमा मुख्य भूमिका निर्वाह गरे । उनले चलचित्र ‘ट्रान्सफर्मर्स : द लास्ट नाइट’ तथा ‘ड्याडीज होम टु’बाट ६ करोड ८० लाख डलर पारिश्रमिक पाएका छन्, जुन संसारभरका अभिनेताहरूले लिने पारिश्रमिकमा सर्वाधिक हो । 

२. ड्वेन ‘द रक’ जोहन्सन 

रेस्लिङको रिङमा द रकका रूपमा कहलिएका अभिनेता ड्वेन जोहन्सन ४५ वर्षका भए । चलचित्रमा आएदेखि उनले अभिनय गरेका प्राय: चलचित्र व्यवसायिक रूपमा सफल छन् । करोडौं दर्शकबाट रुचाइएका द रक सर्वाधिक पारिश्रमिक लिने अभिनेताहरूको सूचीको दोस्रो स्थानमा छन् । रकले वर्ष २०१७ मा अभिनय गरेका चलचित्रबाट कुल ६ करोड ५ लाख पारिश्रमिक प्राप्त गरेका छन् । यो वर्षको पूर्वाद्र्धमा उनको मुख्य भूमिका रहेको चलचित्र ‘जुमान्जी’ प्रदर्शनमा आउँदैछ । 

३. भिन डिजेल

अभिनेता भिन डिजेलको वास्तविक नाम मार्क सिन्क्लेर हो । अमेरिकी चलचित्रका अभिनेता, निर्माता, निर्देशक तथा लेखक भिन डिजेल ५० वर्षका भए । ‘फास्ट एन्ड फ्युरियस’ सिरिज तथा ‘एभेन्जर्स’बाट ख्याति कमाएका भिन डिजेलले ‘फास्ट एण्ड फ्युरियस’को आठौं श्रृंखलाका साथै ‘ट्रिपल एक्स : द रिटर्न अफ जेन्डर केज’ र ‘गार्जेन अफ ग्यालेक्सी’को दोस्रो श्रृंखलामा काम गरेबापत ५ करोड ४४ लाख डलर पारिश्रमिक लिएका थिए । 

४.एडम सेन्डलर 

५१ वर्षीय अभिनेता एडम सेन्डलर एकताका हास्य चलचित्रमा निकै छाए । हास्य अभिनेता, चलचित्र लेखक, चलचित्र निर्माता तथा संगीतकारका रूपमा उनले प्रसस्तै धेरै काम गरेका छन् । वर्ष २०१७ मा अमेरिकी अनलाइन तथा चलचित्र निर्माण संस्था नेटफिल्क्ससँग चारवटा चलचित्रका लागि अनुबन्धित एडमले ५ करोड ५ लाख डलर पारिश्रमिक लिएका छन् । 

५. ज्याकी च्याङ

मार्सल आर्टलाई चलचित्रमा भिन्दै ढंगबाट प्रस्तुत गर्ने हङकङका अभिनेता, स्टन्टम्यान, निर्देशक, चलचित्र लेखक, निर्माता ज्याकी च्याङ विश्व प्रसिद्ध अभिनेता हुन् । बालकलाकारका रुपमा चाइनिज चलचित्र हुँदै हलिउडका बिग ब्यानरका चलचित्रसम्म प्रभाव जमाउन पुगेका ६३ वर्षीय ज्याकीले वर्ष २०१७ भरी चाइनिज तथा अंग्रेजी भाषाका चलचित्रमा काम गरेर कुल ४ करोड ९ लाख डलर कमाए । 

 

६. रोबर्ट डाउने जुनियर 

५२ वर्षीय रोबर्ट डाउने जुनियर हलिउडमा आइरन म्यानका रूपमा परिचित छन् । मार्बल सिनेम्याटिक युनिभर्सका फेन्टासी चलचित्रमा काम गर्ने अभिनेताहरूमध्ये सर्वाधिक पारिश्रमिक लिने अभिनेता रोर्बटले वर्ष २०१७ मा ४ करोड ८ लाख डलर पारिश्रमिक लिएका छन् । 

७. टम क्रुज

टम क्रुज ५५ वर्षका भए, तै अझै पनि एक्शन चलचित्रका अभिनेताहरूको नाम लिने बित्तिकै उनको नाम पहिलो पंतिमा आउँछ । टमले मिसन इम्पोसिबल सिरिजबाट ख्याति कमाए । वर्ष २०१७ मा उनले चलचित्र द ममी र मिसन इम्पोसिबल सिक्सबाट ४ करोड ३ लाख डलर पारिश्रमिक पाएका थिए । 

८. क्रिस हेम्सवर्थ 

मार्वल सिनेम्याटिक युनिभर्सका सुपरहिरो चरित्रहरूमध्ये थोरको चरित्र निर्वाह गरेका ३४ वर्षीय अभिनेता क्रिस हेम्सवर्थ मार्बलबाट अत्याधिक पारिश्रमिक पाउने अभिनेताहरू मध्येमा दोस्रो हुन् भने उनी हलिउडमा सर्वाधिक पारिश्रमिक पाउने अभिनेताहरूमध्ये आठौं हुन् । क्रिसले यो वर्ष ३ करोड १५ लाख डलर पारिश्रमिक प्राप्त गरेका छन् । 

९. टम ह्यांक्स 

हास्य तथा नाटकिय चलचित्रमा काम गर्ने टम ह्यांक्स ६१ वर्षका छन् । सामाजिक चलचित्रहरूमा आफ्नो जबरजस्त प्रभाव बनाउने यी अभिनेताले वर्ष २०१७ मा चलचित्र द सर्कल, सुल्ली र इन्फेर्नोमा काम गरेर ३ करोड १ लाख डलर पारिश्रमिक बटुलेका छन् । 

१०. स्यामुयल एल ज्याक्सन

स्यामुयल एल ज्याक्सन बढी जसो नकारात्मक छनक दिने चलचित्रमा देखिन्छन् । ६९ वर्षका स्यामुयल एल ज्याक्सन सर्वाधिक पारिश्रमिक लिने सबैभन्दा बढी उमेरका अभिनेता समेत हुन् । स्यामुयलले बर्ष २०१७मा ‘कङ: स्कुल आइल्याण्ड’, ‘ट्रिपल एक्स : रिटर्न अफ जेन्डर केज’ तथा ‘द हिटम्यान्स बडिगार्ड’मा काम गरेवापत कुल ३ करोड ५ लाख डलर पारिश्रमिक प्राप्त गरेका थिए । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik