
साप्ताहिक संवाददाता

वर्ष २०१८ ले हामीबाट बिदा लिन अब चार दिन मात्र बा“की छ । यो वर्षले आम दर्शकलाई प्रशस्त मनोरञ्जन गरायो । राम्रा चलचित्र हेर्न पाए । मीठा–मीठा गीत पनि सुन्न पाए । बलिउडमा प्रदर्शन भएका चलचित्रका अधिकांश गीत दर्शक तथा श्रोताले मन पराए । यो वर्ष गुगलमा सर्वाधिक खोजिएको आधारमा उत्कृष्ट १० गीतकोसूची यस्तो छ :
1
दिलबर दिलबर
चलचित्र सत्यमेव जयते एक्सन प्रधान भए पनि यसको एउटा गीत गुगलमा वर्षकै सर्वाधिक खोजि गरिएको गीतको सूचीको पहिलो नम्बरमा छ । दिलबर दिलबर....शीर्षकको उक्त गीतको भिडियोमा नोरा फतेहीले आकर्षक नृत्य गरेकी छिन् । युट्युबमा मात्र दिलबर गीत ३६ करोड ९३ लाख पटक हेरिएको छ ।
2
दारु बदनाम
दारु बदनाम शीर्षकको एउटा गैर फिल्मी गीत गूगल सर्चको दोस्रो स्थानमा छ । यो एउटा भिडियो गीत हो, जसमा कमल कहलों तथा प्रेम सिंहको स्वर सुन्न सकिन्छ । उक्त गीतको भिडियोमा पनि उनीहरूले नै अभिनय गरेका छन् । यो भिडियो युट्युबमा ३८ करोड ६४ लाख पटक हेरिएको छ ।
3
तेरा फितुर
बलिउडको सफल चलचित्र गदर एक प्रेम कथाका निर्देशक अनिल शर्माका छोरा उत्कृर्षको डेब्यु चलचित्र ‘जीनियस’ को ‘तेरा फितुर....’ युवापुस्ताको जिब्रोमा झुन्डिएको तथा सर्वाधिक खोजिको तेस्रो स्थानमा छ । युट्युबमा १९ करोड पटक हेरिएको हिमेश रेशमियाको संगीत निर्देशनको यो गीतमा अरिजित सिंहको स्वर सुन्न सकिन्छ ।
4
क्या बात है
पञ्चाबका लोकप्रिय गायक हार्डी संधूको ‘क्या बात है’ लोकप्रिय गीतको चौथो स्थानमा छ । उक्त गीतको भिडियो युट्युबमा २० करोड १९ लाख पटक हेरिएको छ, जसमा गायक हार्डीसँग केरोलिया मोउरा फिचर छिन् ।
5
देखते देखते
शाहिद कपुर तथा श्रद्धा कपुरको चलचित्र ‘बत्ती गुल मिटर चालू’ को ‘देखते देखते’ पनि सर्वाधिक खोजी गरिएको गीतको सूचीमा पर्न सफल भएको छ । आतिफ असलमको स्वरको उक्त गीत युट्युबमा ६ करोड ६० लाख भन्दा बढी पटक हेरिएको छ ।
6
दिल दीयां गल्ला
यो वर्ष सर्वाधिक खोजी गरिएको गीतको छैठौं स्थानमा सलमान खानको चलचित्र ‘टाइटर जिन्दा है’ को ‘दिल दीयां गल्ला’ छ । विशाल र शेखरद्वारा संगीतबद्ध उक्त गीतमा सलमान खान तथा कटरिना कैफ फिचर छन् । उक्त गीत युट्युबमा ४४ करोड १८ लाख पटक हेरिएको छ ।
7
लौंग इलाइची
पञ्जाबी चलचित्र ‘लौंग लाइची’ को शीर्षक गीत ‘लौंग इलाइची’ लोकप्रिय गीतको सूचीको सातौं स्थानमा छ । गायिका मन्नत नूरको स्वरको यो गीत युट्युबमा ५६ करोड ७ लाख पटक हेरिएको छ ।
8
बज
गायिका आस्था गिलको ‘बज...’ गीत सर्वाधिक खोजि गरिएको गीतको आठौं स्थानमा छ । गायक बादशाहलाई फिचर गरिएको उक्त गीतको भिडियो युट्युबमा १६ करोड १५ लाख पटक हेरिएको छ ।
9
डेस्पासीटो
लुइस फोन्सीको ‘डेस्पासीटो’ शीर्षकको गीत सर्वाधिक खोजिको नवौं स्थानमा छ । स्पेसिन भाषाको यो गीत युट्युबमा ५ अरब ८१ करोड पटक हेरिएको छ । यो गीत नेपाल तथा भारतमा मात्र होइन विश्वव्यापी रूपमै सर्वाधिक लोकप्रिय छ ।
10
परदा
परदा...पञ्जाबी गीत हो, जसमा गायक जस मानकको स्वर सुन्न पाइन्छ । वर्षको सर्वाधिक खोजीको दसौं स्थानमा रहेको यो गीतको शब्द तथा संगीत पनि गायक मानकले नै तयार पारेका हुन् । यो गीतको भिडियो युट्युबमा ३८ करोड २० लाख पटक हेरिएको छ ।