• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
हलिउडका केही रोचक घटनाक्रम
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

हलिउडका केही रोचक घटनाक्रम
पुस १८, २०७५

 

वर्ष २०१८ को अन्तिम महिनाको पहिलो साता लोकप्रिय गायिका शकिरामाथि ट्याक्स चोरीको आरोप लाग्यो । स्पेनका सरकारी अधिकारीहरूले शकिरामाथि १४ हजार ५ सय युरो ट्याक्स चोरी गरेको आरोप लगाए । शकिरा सन् २०१५ मा बहामासबाट स्पेनको बार्सिलोना आएर बसेकी थिइन् । सरकारी अधिकारीहरूका अनुसार शकीराले सन् २०१२ देखि २०१४ का बीच पनि स्पेनमा बसोबास गरेकी थिइन्, जसअनुसार शकिराले ती दुई वर्षबीच भएको आम्दानिको ट्याक्ससमेत स्पेनमै भर्नुपर्छ । शकिराले भने उक्त आरोपलाई गलत भनेकी छिन् । 

हलिउडका लोकप्रिय अभिनेता लियोनार्दो डिकेप्रियाले उपहारका रूपमा पाएको ओस्कार एवार्ड फिर्ता गरिदिएका छन् । दिवंगत अभिनेता मर्लन ब्रेडोले जितेको उक्त एवार्ड एक मलेसियन फाइनान्सरले डिकेप्रियोलाई उपहारमा दिएका थिए । धोकासम्बन्धी एउटा मुद्दाका कारण डिकेप्रियोबाट उक्त एवार्ड फिर्ता मागिएको हो । 

अमेरिकी ¥यापर टी पेनको नयाँ गीत ‘द्याट्स यो मनी’ माथि धुन चोरीको आरोप लागेको छ । टी पेनले उक्त गीतमा हिन्दी चलचित्र आशिकी–२ को ‘तुम हि हो’ को धुन नक्कल गरेको बताइएको छ । कपिराइटको आरोप लाग्ने बित्तिकै पेनले उक्त गीत आफ्नो यूट्युब च्यानलबाट हटाएका छन् । 

यही वर्ष हलिउड अभिनेता एडी मर्फी दसौं पटक बुवा बनेका छन् । उनले प्रेमिका पेज बुचरका तर्फबाट दसौं सन्तानका रूपमा छोरा जन्माएका हुन् । एडीले नोभेम्बर ३० का दिन जन्मिएका आफ्ना दशौं सन्तानको नाम मेक्स चाल्र्स मर्फी राखेका छन् ।

अमेरिकी गायिका एरियाना ग्रान्डेले सार्वजनिक गरेको नयाँ गीत ‘थ्यांक यू नेक्स्ट’ ले नौलो कीर्तिमान कायम गरेको छ । युट्युबमा अपलोड भएको आधा घण्टाभित्र उक्त भिडियो १० लाख पटक हेरिएको थियो, जुन भ्युज आजका मितिसम्म अन्य कुनै पनि गीतले पाएको छैन । 

अमेरिकी टेलिभिजन स्टार पेरिस हिल्टनले आफ्ना प्रेमि क्रिस जिल्कासँगको सम्बन्ध तोडेको घोषणा गरिन् । उनको उक्त घोषणालगत्तै क्रिसले इन्गेज्मेन्ट रिङ फिर्ता मागेका छन् । उक्त औंठीको मूल्य झन्डै २० करोड रुपैयाँ भएको बताइन्छ । 

हलिउडका लोकप्रिय अभिनेता रोबर्ट डी निरो तथा उनकी श्रीमती ग्रेस हाइटावरले २० वर्ष पुरानो वैवाहिक सम्बन्ध टुंग्याउने घोषणा गरेका छन् । ७५ वर्षीय रोबर्ट तथा ६३ वर्षीया ग्रेसले सन् १९९७ मा विवाह गरेका थिए । उनीहरूका २० वर्षीय छोरा तथा ६ वर्षीया छोरी छन् । 

लोकप्रिय कार्टुन पात्र मिकी माउस वर्ष २०१८ को नोभेम्बरदेखि ९० वर्षका भएका छन् । १८ नोभेम्बर १९२८ मा मिकी माउसलाई पहिलो पटक चलचित्र ‘स्टीबोट विले’ मा प्रस्तुत गरिएको थियो । गत नोभेम्बर महिनामा उनीहरूको ९० औं जन्मोत्सव मनाइएको हो । 

रियालिटी टेलिभिजन स्टार तथा मेकअप प्रोडक्ट निर्माता काइली जेनरलाई एउटा मेकअप कम्पनिले प्रोडक्ट चोरी गरेको आरोप लगाएको छ । शिरी कस्मेटिक कम्पनीले काइली तथा उनको कम्पनी काइली कस्मेटिक्समाथि बर्न टु स्पार्कल मेकअप लाइन चोरी गरेको आरोप लगाएको हो ।   

पप गायक जस्टिन बीबर तथा उनकी प्रेमिका गायिका/मोडल हेली बाल्डविनले सेप्टेम्बर महिनामा न्यूयोर्कको एउटा अदालतमा विवाह गरे । पेपर म्यारिज गरेका उनीहरूले विवाहको खबरलाई भने गोप्य राख्न चाहेका थिए । त्यसअघि उनीहरूले जुलाई ७ मै गोप्य रूपमा इन्गेज्मेन्ट गरिसकेका थिए । यसका साथै जस्टिनले अमेरिकी नागरिकता लिने भएका छन् । जस्टिनको जन्म क्यानाडाको ओन्टारियोमा भएपनि उनी अमेरिकालाई असाध्यै मन पराउँछन् । समाचारमा जनाइए अनुसार जस्टिन विगत ११ वर्षदेखि अमेरिकामै छन् । 

अमेरिकी ¥यापर म्याक मिलरको २६ वर्षकै उमेरमा निधन भएको छ । गत सेप्टेम्बर महिनामा ड्रग्सको ओभरडोजका कारण उनको निधन भएको बताइन्छ । उनलाई क्यालिफोर्नियाको आफ्नै घरमा मृत अवस्थामा फेला पारिएको थियो । 

२५ वर्षीया अमेरिकी गायिका डेमी लोवेटोलाई ड्रग्सको ओभरडोजका कारण अस्पताल भर्ना गर्नु प¥यो । गत सेप्टेम्बर महिनामा अत्यधिक मात्रामा ड्रग्स लिएका कारण उनको स्वास्थ्यमा नकारात्मक प्रभाव परेको थियो । उनी केही वर्षदेखि ड्रग एब्युजसँग संघर्ष गरिरहेकी छिन् । 

अमेरिकी गायिका एरियाना ग्रान्डेले आफ्नो शरीरमा ६० प्रतिशत स्पाम्पेन भएको बताएकी छिन् । डिसेम्बरको पहिलो साता एउटा पत्रिकालाई अन्तरर्वार्ता दिँदै उनले आफू निकै पियक्कड भएको बताएकी थिइन् । एरियानाले आफ्नो नाम नै स्पाम्पेन राखिएको समेत उल्लेख गरेकी छिन् । 

ओस्कार एवाड्समा होस्टको विवाद लामो समयदेखि थियो । अहिले आएर अभिनेता केविन हार्ट विवादमा आएपछि वर्ष २०१९ को ओस्कारको होस्ट कसले गर्ने भन्ने कुराले थप विवाद सिर्जना गरेको छ । हार्टलाई आगामी वर्षको ओस्कारको होस्टका रूपमा छनौट गरिएको थियो, यद्यपि उनी आफ्नो एन्टी–गे ट्विटका कारण विवादमा तानिए । हार्टले सन् २०११ मै उक्त ट्विट गरेका थिए, जसलाई उनले डिलिट गरिसकेका छन् । 

एभेन्जर श्रृंखलाको अन्तिम चलचित्र ‘एभेन्जर ः इन्ड गेम’ को ट्रेलर डिसेम्बर महिनाको पहिलो साता सार्वजनिक भयो । यद्यपि उक्त ट्रेलरले प्रशंसकहरूलाई भने दुःखी बनाएको छ । ट्रेलर नराम्रो भएर प्रसंशकहरू दुःखी भएका होइनन्, ट्रेलर हेरेपछि प्रसंशकहरू भावुक भएका हुन् । उक्त ट्रेलरमा संसारलाई जोगाउने सुपरहिरोलाई नै दुःखी र रोइरहेको देखाइएकाले प्रसंशकहरू दुःखी भएका हुन् । यो ट्रेलरले यूट्युबमा छोटो समयमा सर्वाधिक हेरिएको ट्रेलरका रूपमा कीर्तिमान कायम गरेको छ । 

हलिउडका सुपरस्टार ज्याकी च्यानकी छोरी एटा एन जी आफूभन्दा १२ वर्ष जेठी गर्लफ्रेन्ड एन्डी एटमसँग विवाह गरेपछि चर्चामा आइन् । उनीहरू एक वर्षअघिदेखि प्रेम सम्बन्धमा थिए । उक्त जोडीले विवाहको जानकारी सामाजिक सञ्जालमार्फत गराएको हो । उनीहरूले डिसेम्बरको पहिलो साता क्यानाडामा विवाह गरेको बताइन्छ । एण्डीले इन्स्टाग्राममा उनीहरूको जोडीको तस्बिर शेयर गर्दै लेखेकी छिन्– ‘पत्नी–पत्नीका रूपमा हामी हङकङ आउ“दैछौं । प्रेमले हाम्रो आँखा खोलिदिएको छ । अब मलाई डर छैन ।’ 

क्यालिफोर्नियाको जंगलमा लागेको आगोलाई अमेरिकी इतिहासकै सबैभन्दा भीषण आगलागीको संज्ञा दिइयो । उक्त आगलागीमा करिव ४४ जनाले ज्यान गुमाए भने हलिउडकर्मी जेरार्ड बटलर तथा माईली साइरसले समेत आफ्नो घर गुमाए । हलिउड चलचित्रका अभिनेता बटलरले इन्स्टाग्राममा सम्पूर्ण क्यालिफोर्नियाका लागि उक्त घटना दुःखद भएको उल्लेख गरे । उनले आगो निभेपछि आफ्नो घरको तस्बिर शेयर गरेका थिए । उक्त आगलागीमा गायिका माइली साइरसको घरसमेत ध्वस्त भयो । उनले ट्विट गर्दै आफ्नो घर नष्ट भएको उल्लेख गरिन् । साइरसले लेखेकी छिन्– ‘आगोबाट प्रभावित व्यक्तिहरूका लागि सम्पूर्ण रूपले आहत छु । म खुसी छु, मेरा घर पालुवा जनावर तथा मेरो जीवन जोगिएको छ । मेरा लागि यही नै महत्वपूर्ण कुरा हो ।’ उक्त घटनापछि हलिउड स्टार किम कार्दशियन तथा उनका श्रीमान् कान्ये वेस्टले करिब साढे ३ करोड रुपैया“ आगलागी पीडितका लागि हस्तान्तरण गरेका थिए । 

अमेरिकी र्‍यापर तथा संगीत निर्माता कान्ये वेस्टले आफ्ना नाम परिवर्तन गरेका छन् । उनलाई अब ये नामले चिनिनेछ । कान्येले ट्विट गर्दै आफ्नो नया“ नामका बारेमा जानकारी गराएका हुन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik