• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
२०१८ का वैज्ञानिक उपलब्धि
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

२०१८ का वैज्ञानिक उपलब्धि
पुस २०, २०७५

सन् २०१८ विज्ञानका लागि निकै रोचक र नयाँ सम्भावना जगाएर समाप्त भएको छ । गतवर्ष आर्टिफिसियल इन्टेलिजेन्स, अन्तरिक्षमा जीवनको अस्तित्व एवं मानव इतिहासका लागि धेरै नयाँ जानकारी प्राप्त भएको छ । 

किलोग्रामको नयाँ परिभाषा

सन् २०१८ को नोभेम्बर १६ मा फ्रान्सको वर्सायमा जनरल कन्फरेन्स अन वेट्स एन्ड मेजरमेन्टमा ६० भन्दा बढी देशका प्रतिनिधिले भोटमार्फत अबदेखि किलोग्रामलाई प्लांक कन्स्टेन्टका आधारमा मापन गर्ने निर्णय गरे । १ सय २९ वर्षपछि वैज्ञानिकहरूले किलोग्राम (केजी) को परिभाषा परिवर्तन गरेका हुन् । अहिले किलोग्रामलाई ले ग्रान्ड के भनिने प्लाटिनियममा आधारित इनगट (पिण्ड) को तौलका आधारमा परिभाषित गरिँदै आएको छ ।

 मंगलमा आइस भरिएको ताल

मंगल ग्रहको दक्षिणी ध्रुवमा १ दशमलव ५ किलोमिटर गहिरो भागमा आइस भरिएको फराकिलो ताल फेला परेको छ । यो मंगलग्रहमा फेला परेको हालसम्मकै सर्वाधिक क्षमताको तरल पदार्थ हो । यसबाट मंगलग्रहमा केही नयाँ सम्भावना देखिएको छ ।

सर्वाधिक क्षमताको रकेट

स्पेस एक्सले हालसम्मकै सर्वाधिक क्षमताको रकेट फाल्कन हेभीलाई गत फेब्रुअरी १८ मा केनेडी स्पेस सेन्टरबाट सफलतापूर्वक प्रक्षेपण गर्‍यो । उक्त रकेटले अन्तरिक्षमा पुगेर टेस्ला रोडस्टर कारलाई शून्यमा छाडेको छ । यसलाई पुन: उपयोग गर्न समेत सकिन्छ । यसबाट आगामी दिनमा चन्द्रमा र मंगलमा समेत रकेट पठाउन सकिने सम्भावना देखिएको छ । 

पार्कर सोलार प्रोब

नासाले सूर्यको अध्ययन गर्न सूर्यको सबैभन्दा नजिक पुग्ने यानका रूपमा पार्कर सोलार प्रोब नामक यान गत अगस्टमा प्रक्षेपण गरेको छ जसले आगामी ७ वर्षसम्म सूर्यको कक्षलाई २४ चक्कर लगाउनेछ । नासाले यसको सहयोगले सूर्यको वायुमण्डल कोरोनाको विस्तृत अध्ययन गर्न चाहेको छ । त्यसैगरी यानले सौर्य आँधीको रहस्यका सम्बन्धमा पनि जानकारी बटुल्नेछ । यो यान ४ लाख ३० हजार माइल प्रतिघण्टाको गतिमा दौडिरहेकाले सबैभन्दा तीव्र गतिमा गुड्ने यान समेत भएको छ । 

 

अनौठो चट्टानी आकृति

मंगल ग्रहको अध्ययनका लागि सन् २०११ मा पठाइएको क्युरियोसिटी रोभर नामक यानले चट्टानमा अनौठो आकृति भएको तस्बिर पठाएको छ । उक्त आकृति प्राकृतिक रूपमै बनेको हो वा त्यसलाई कुनै प्रकारको जीवले बनाएको हो भन्ने विषयमा अझै केही थाहा हुन सकेको छैन । यसका बारेमा अनुसन्धान भैरहेको छ ।

 

७३ हजार वर्ष पुरानो पेन्टिङ

सेप्टेम्बर महिनामा दक्षिण अफ्रिकाको केप टाउन नजिक ब्लोमबोस नामक गुफाको चट्टानमा एउटा रेखाकृति फेला परेको थियो । उक्त रेखाकृति करिब ७३ हजार वर्ष पुरानो मध्यपाषाण युगको मानिएको छ । ९ वटा रेखाले मात्र बनाइएको उक्त पेन्टिङले यसभन्दा पहिले सबैभन्दा पुरानो मानिएको ३० हजार वर्ष पुरानो पेन्टिङको रेकर्ड तोडेको छ । यसबाट त्यो समयमा पनि मानिसले चित्रकला तयार गर्थे भन्ने कुरा प्रमाणित भएको छ ।

 

युरोपामा पानीको संकेत

बृहस्पति ग्रहको चन्द्रमा युरोपामा पानीको संकेत पाइएको छ । सन् १९९५ देखि २००३ सम्म ग्यालिलियो मिसनद्वारा युरोपाबाट जम्मा गरिएको डाटा अध्ययन गरिएको थियो । गत मे महिनामा यस विषयमा एउटा रिपोर्ट जारी गरियो । अन्तरिक्षमा जीवनको खोजी क्षेत्रमा यसलाई महत्वपूर्ण उपलब्धि मानिएको छ । युरोपाको दूरीका कारण त्यहाँ मानिस पुग्न मुश्किल छ तै पनि जीवनको अस्तित्व भए असम्भव भने छैन ।

 

मानिस भन्दा एआई क्षमतावान्

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई प्रोग्राम विकसित गर्न माइक्रोसफ्ट तथा अलिबाबा कम्पनी मिलेर कार्य गरिरहेका छन् । गत जनवरी १५ मा यसको साझा परिणाम सार्वजनिक गर्दा संसारका धेरै मानिस चकित भए । यस अनुसार एआई प्रोग्रामले एक औसत ब्यक्तिले पढेर सम्झिए भन्दा बढी प्रदर्शन गर्न सक्छ ।

 

३७.१ अर्ब टन कार्बन उत्सर्जन

ग्लोबल कार्बन प्रोजेक्टका अनुसार सन् २०१८ मा ३७ दशमलव १ टन कार्बन उत्सर्जन भएको छ र यो हालसम्मकै सर्बाधिक उत्सर्जन हो । गाडीहरूको बढ्दो संख्या तथा चीनमा कोइलाबाट विद्युत् निकाल्नु नै यसको प्रमुख कारण हो । यसका कारण जलवायु परिवर्तन हुने, तापक्रम बढ्ने तथा समुद्रको जलस्तर बढ्ने जस्ता समस्या सिर्जना हुनसक्छन् ।

 

ड्राइभरलेस कारमा संशय

चालकरहित अर्थात ड्राइभरलेस कारलाई यातायातको भविष्य मानिएको छ । यद्यपि गत मार्च महिनामा अमेरिकाको एरिजोनामा अनलाइन कार सेवा प्रदान गरिरहेको कम्पनी उबरद्वारा सञ्चालित यस प्रकारको कारले एक महिलालाई ठक्कर दिएर मारे पश्चात यो सम्भावनामा झट्का लागेको छ । यसलाई अटोमेसन प्रविधिका कारण भएको पहिलो मृत्यु मानिएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik