• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
हलिउडका उत्कृष्ट १० चलचित्र
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

हलिउडका उत्कृष्ट १० चलचित्र
पुस २१, २०७५

वर्ष २०१८ मा हलिउडमा प्रदर्शन भएका चलचित्रमध्ये उत्कृष्ट व्यवसाय गर्न सफल केही चलचित्रहरू :

1

एभेन्जर्स : इन्फिनिटी वार 

निर्देशक : एन्थनी रुसो तथा जो रुसो 

कलाकार : रोबर्ट डोनी जुनियर, क्रिस हेमस्वर्थ, मार्क रफ्लो, क्रिस इभान्स, स्कार्टेल जोहन्ससन आदि ।

२३ अप्रिल २०१८ का दिन प्रदर्शनमा आएको यो चलचित्र वर्षकै सबैभन्दा बढी आम्दानी गर्न सफल चलचित्र हो । यो एउटा अमेरिकी सुपरहिरो चलचित्र हो, जुन मार्वल कमिक्सको सुपरहिरो टिम एभेन्जर्समा आधारित छ । सन् २०१२ मा सार्वजनिक भएको चलचित्र द एभेन्जर्स तथा २०१५ को एभेन्जर्स : एज अफ अल्ट्रानको सिक्वेलका रूपमा प्रदर्शन भएको एभेन्जर्स : इन्फिनिटी वार मार्वल सिनेमेटिक युनिभर्सको १९ औं चलचित्र हो । साइन्स फिक्सनमा आधारित यो चलचित्रमा एभेन्जर्स तथा गार्जियन्स अफ द ग्यालेक्सीसँग मिलेर थेनसलाई रोक्ने प्रयास गरिएको छ, जो अलौकिक मणी संकलन गर्ने अभियान छ । यो चलचित्रलाई हलिउडको हालसम्मकै सबैभन्दा महँगो चलचित्र मानिएको छ । यसमा ३ सय २० मिलियन डलर लगानी गरिएको थियो । यो चलचित्रले विश्वभरिबाट २ बिलियन डलरभन्दा बढी संकलन गरेको बताइन्छ । 

2

ब्ल्याक प्यान्थर 

निर्देशक : रियान कूगनर 

कलाकार : चाडविक बोसम्यान, माइकल बि जोर्डन, लुपिता न्योङ, डानिया गुरिरा, मार्टिन फ्रिम्यान आदि । 

२९ जनवरी २०१८ मा प्रदर्शित चलचित्र ‘ब्ल्याक प्यान्थर’ यो वर्ष सर्वाधिक आम्दानी गर्ने चलचित्रको दोस्रो स्थानमा छ । यो एउटा अमेरिकी सुपरहिरो चलचित्र हो, जुन मार्वल कमिक्सको यही नामको चरित्रमा आधारित छ । यो चलचित्रमा अभिनेता चाडविक बोसम्यानले टी चाल्लाको भूमिका निर्वाह गरेका छन् । चलचित्रको कथा अनुसार टी चाल्ला सिभिल वारका घटनाहरूपछि वकाण्डाको राजाका रूपमा घर फर्कन्छन्, जहाँ उनी एक पुराना विरोधीबाट खतरा देख्छन् । समीक्षकहरूले यो चलचित्रलाई वर्षकै सर्वश्रेष्ठ चलचित्र मान्दै यसको सांस्कृतिक महत्वका बारेमा उल्लेख गरेका छन् । २ सय मिलियन डलर लगानी भएको यो चलचित्रले विश्वभरिबाट १३ अरब डलर आम्दानी गरेको थियो । 

3

जुरासिक पार्क : फलेन किङ्डम

निर्देशक : जे ए बायोना

कलाकार : फ्राङ्क मार्शल, प्याट्रिक क्रोली, बेलेन एटिन्जा आदि ।

यो २२ जुन २०१८ मा प्रदर्शनमा आएको साइन्स फिक्सन एड्भेन्चर चलचित्र हो । सन् २०१५ मा प्रदर्शित जुरासिक पार्कको यो सिक्वेल चलचित्र यही श्रृंखलाको पाँचौं चलचित्र हो । पहिलो पटक प्रदर्शन भएको जुरासिक पार्कको मिति अनुसार यो वर्ष जुरासिक पार्कको २५ औं वार्षिकोत्सव समेत हो । चलचित्रको इतिहासमै यो सबैभन्दा बढि लोकप्रिय तथा सफल श्रृंखलामध्ये एक मानिन्छ । युनिभर्सल पिक्चर्सको यो चलचित्रमा सन् १९९३ देखि जुरासिक पार्क श्रृंखलाका सबैभन्दा लोकप्रिय चरित्रमध्ये एक अभिनेता जेफ गोल्डब्लमलाई पछिल्लो श्रृंखलामा डाक्टर इयान मेल्कमका रूपमा समावेश गरिएको छ । यो चलचित्र थिम पार्क तथा लग्जरी रिसोर्ट जुरासिक पार्कलाई डाइनोसरले नष्ट गरेको दृश्यबाट प्रारम्भ हुन्छ । इस्ला नुबलर द्वीपलाई मानिसहरूले त्यागिसकेका छन् । यो चलचित्रमा डाइनोसरले जंगलमा राज गरेको प्रसंगलाई प्रभावकारी शैलीमा चित्रण गरिएको छ । १ सय ७० मिलियन डलर लगानी गरिएको यो चलचित्रले १३ बिलियन डलर आम्दानी गरेको बताइन्छ । 

4.

इन्क्रिडिबल्स– २

निर्देशक : ब्रान्ड विर्ड

कलाकार : क्राइग टी नेल्सन, होली हन्टर, सराह भोवेल, हङ्क मिल्नर, समुइल एल ज्याक्सन आदि । 

१५ जुन २०१८ का दिन विश्वव्यापी प्रदर्शनमा आएको यो चलचित्र थ्रीडी कम्प्युटर एनिमेटेड सुपरहिरो चलचित्र हो । यो चलचित्रमा एक जना व्यक्ति आफ्ना नयाँ शत्रुसँग लड्दै सामान्य जनतालाई बदल्ने क्रममा एउटा परिवारलाई पछ्याउँछन् । यो चलचित्रको कथा तिनै शत्रु तथा सामान्य परिवारबीचको संघर्षमा आधारित छ । १ घण्टा १८ मिनेट लामो यो चलचित्रको कथा अनुभवी लेखक ब्रान्ड बिर्डले लेखेका हुन् । कलाकारहरूको जीवन्त अभिनयसँगै प्रभावकारी कथाका कारण यो चलचित्रलाई दर्शकहरूले मन पराएका हुन् । २ सय मिलियन डलरमा तयार भएको यो चलचित्रले १२ बिलियन डलर आम्दानी गरेको थियो । 

5.

भेनम

निर्देशक : रुबेन फ्लेस्चर

कलाकार : टम हार्डी, माइकल विलियम, स्कट हेज, रिज अहमद, रेड स्कट आदि ।

१ अक्टोबर २०१८ मा प्रदर्शनमा आएको चलचित्र ‘भेनम’ यो वर्ष सर्वाधिक आम्दानी गर्ने चलचित्रको पाँचौं स्थानमा छ । कोलम्बिया पिक्चर्सले यो चलचित्र १ सय १६ मिलियन डलरमा निर्माण गरेको हो, जसले ८ सय ५४ मिलियन डलर आम्दानी गरेको थियो । भेनम पनि अमेरिकी सुपरहिरोमा आधारित चलचित्र हो । यो चलचित्र मार्बल कमिक्सको भेनम नाम गरेको पात्रमा आधारित छ । 

6.

मिसन इम्पोसिबल–फलआउट

निर्देशक : क्रिस्टोफर क्याक्वेरी 

कलाकार : टम क्रुज, हेन्सी 

काभिल, भिङ रम्स, सिमोन पेग, रेबेका फग्र्युसन आदि ।

२७ जुलाई २०१८ मा प्रदर्शित हलिउड सुपरस्टार टम क्रुजको यो चलचित्र १ सय ७८ मिलियन डलरमा निर्माण भएको हो । यो चलचित्रले ७ सय ९१ मिलियन डलर आम्दानी गरेको छ । द्वन्द्वप्रधान यो चलचित्र जासुसी लडाइँमा आाधरित छ । मिसन इम्पोसिबलको यो तेस्रो श्रृंखला एउटा मिसनमा आधारित छ । आईएमएफको लक्ष्य पूर्ण रूपमा विफल भएपछि विश्वले त्यसको गम्भीर परिणाम भोग्नु परेको थियो । चलचित्रका मुख्य पात्र ईथन हन्ट (टम क्रुज) असफलताको जिम्मेवारी स्वीकार गर्दै त्यही अभियानलाई पुरा गर्ने योजनाका साथ अघि बढ्छन् । यद्यपि सीआईएले उनको कामप्रति सधैं प्रश्न उठाइरहन्छ । विश्वलाई संकटबाट जोगाउन उनले हत्याराहरूका साथ–साथै आफ्नै पुराना सहयोगीहरूसँग पनि लड्नुपर्छ । प्लेटेनियम धातुलाई खतरनाक हातमा पर्नबाट जोगाउनु नै यो चलचित्रका नायकको मुख्य उद्देश्य हो । 

7.

डेडपुल–२

निर्देशक : डेविड लिच

कलाकार : रायन रेलाल्ड्स, जोश ब्रोलिन, मोरेना बेक्करीन, जुलियन डेनिसन, जजी बीटज आदि । 

१८ मे २०१८ मा प्रदर्शनमा आएको यो चलचित्र १ सय १० मिलियन डलरमा निर्माण भएको हो, जसले ६ सय ५७ मिलियन डलर बराबरको व्यवसाय गरेको बताइन्छ । यो अमेरिकी सुपर हिरो चलचित्र मार्वल कमिक्सको चरित्र डेडपुलमा आधारित छ । एक्स म्यान श्रृंखलाको यो ११ औं चलचित्र सन् २०१५ मा प्रदर्शित डेडपुलको सिक्वेल पनि हो । यो चलचित्र भविष्यबाट आएका एक जना सिपाहीले एउटा एक्स फोर्स शीर्षकको टीम गठन गरेर सुरक्षासम्बन्धी गतिविधिमा केन्द्रित रहने कथामा आधारित छ । 

8.

बोहेमियन र्‍यापसोडी 

निर्देशक : ब्रायन सिंगर तथा डेक्स्टर फ्लेचर

कलाकार : रमी मलिक, लुसी व्याइन्टन, ग्विलिम लि, बेन हार्डी आदि । 

२३ अक्टोबर २०१८ मा प्रदर्शनमा आएको यो चलचित्र एउटा बायोग्राफी हो, जसमा बेलायती सांगीतिक समूह क्विनलाई चित्रण गरिएको छ । चलचित्रमा उक्त ब्यान्डका गायक फ्रेडी मर्करीको जीवन चित्रण गरिएको छ । फ्रेडीले सन् १९८५ मा विम्ली स्टेडियममा दिएको कन्सर्टलाई चलचित्रको मुख्य विषय बनाइएको छ । यो बेलायती–अमेरिकी चलचित्रलाई ट्वान्टिथ सेन्चुरी फक्सले निर्माण गरेको हो । ५५ मिलियन डलर लगानी गरिएको यो चलचित्रले ६ सय ६७ मिलियन डलर आम्दानी गरेको थियो । 

9.

एन्ट–म्यान एन्ड वास्प

निर्देशक : पेटन रीड

कलाकार : पल रुड, इभान्जेलिन लिली, माइकल पेना, वाल्टन गोगिन्स, जोडी ग्रिर आदि ।

२५ जुन २०१८ मा प्रदर्शित यो चलचित्र १ सय ९५ मिलियन डलरमा तयार पारिएको हो, जसले ६ सय २२ मिलियन डलर आम्दानी गरेको छ । वाल्ट डिज्नीको यो अमेरिकी सुपरहिरो चलचित्र मार्बल कमिक्सको चरित्र स्कट ल्याङ/एन्ट म्यानमा आाधारित छ । 

10.

फेन्टास्टिक 

बिट्स : द क्राइम्स अफ ग्रिन्डवाल्ड

निर्देशक : डेविड येट्स 

कलाकार : इडी रेडमेन, क्याथराइन वाटरसन, डन फोथ्लर, एलिसन 

सुडोल आदि । 

९ नोभेम्बर २०१८ मा प्रदर्शनमा आएको यो एउटा फेन्टासी चलचित्र हो । जेके रोलिङको लेखनमा निर्माण भएको यो चलचित्रमा २ सय मिलियन डलर लगानी गरिएको थियो, जसले ६ सय १२ मिलियन डलर आम्दानी गरेको बताइन्छ । बेलायत तथा अमेरिकामा संयुक्त रूपमा निर्माण गरिएको यो चलचित्र दुई वर्षअघि प्रदर्शित फेन्टास्टिक बिट्स एन्ड ह्वेयर टु फाइन्ड देमको सिक्वेल हो ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik