• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
जसको धाक सालभरी चल्यो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

जसको धाक सालभरी चल्यो
पुस २३, २०७५

लुका मोडरिच, फुटबल

सन् २०१८ का सबैभन्दा ठूला स्टार हुन्– लुका मोडरिच । उनको नेतृत्वमा क्रोएसियाले गत वर्षको विश्वकपमा फाइनलसम्मको यात्रा तय गर्‍यो । उक्त यात्रामा यी रियल म्याड्रिड स्टारको भूमिका महत्त्वपूर्ण रह्यो । उनले रियलका लागि पनि उत्तिकै गतिलो प्रदर्शन गरे र उनको क्लब युरोपेली च्याम्पियन भयो । लुका लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुवैलाई पछाडि छाड्दै गत वर्ष लगभग सबै अवार्डमा वर्षको उत्कृष्ट फुटबल खेलाडी चुनिए । 

क्रिस्टियानो रोनाल्डो, फुटबल

विश्वकप–२०१८ मा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले खासै ठूलो उपलब्धि त हात पार्न सकेन, तर उनको क्लब रियल म्याड्रिडले भने युरोपेली च्याम्पियन्स लिग जित्यो । युरोपमा रियलको लगातार प्रभावशाली प्रदर्शनमा सबैभन्दा भन्दा ठूलो योगदान रोनाल्डोकै मानिन्छ, तर गत वर्ष उनी रियल छाडेर इटालीको सिरी ए क्लब युभेन्ट्स पुगे । इटाली आएपछि पनि रोनाल्डोले राम्रै प्रदर्शन गरिरहेका छन् र क्लब लिग उपाधितर्फ उन्मुख छ । 

लियोनल मेसी, फुटबल

अर्जेन्टिनाका लागि लियोनल मेसीले पनि विश्वकप–२०१८ मा खासै केही गर्न सकेनन, तर पनि उनको चर्चा सेलाएन । अहिले उनी उत्कृष्ट लयमा छन् र आफ्नो स्पेनिस क्लब बार्सिलोनाका लागि फेरि एकपटक सम्मोहित गर्न सक्ने प्रभावशाली खेल खेलिरहेका छन् । बार्सिलोना अहिले स्पेनिस ला लिगामा मजबुत छ र उपाधिका लागि बलियो उम्मेदवार सावित भएको छ । यसको एक मात्र कारण मेसी नै हुन् । 

केयलिन एमबापे, फुटबल

गत वर्षको विश्वकपलाई कुनै युवा खेलाडीका लागि सम्झिइने छ भने ती हुन्, फ्रान्सका एमबापे । विश्वकपका क्रममा एमबापे १९ वर्षका थिए, तर उनले पूरा प्रतियोगितामा उमेर भन्दा धेरै परिपक्व खेल खेले र धेरैले उनलाई ब्राजिलका महान खेलाडी पेलेसँग तुलना गरे । फ्रान्सले फेरि एकपटक विश्वकप जित्नुमा उनको प्रभावशाली खेल निर्णायक रह्यो । 

मोहम्मद सलाह, फुटबल

क्लब फुटबलमा उत्कृष्ट प्रदर्शनका लागि सन् २०१८ मा सबैभन्दा सम्झिइने नाम हुन्, इजिप्टका मोहम्मद सलाह । इंग्लिस प्रिमियर लिगमा उनकै प्रदर्शनका आधारमा लिभरपुल शीर्ष स्थानमा छ । यसपटकको च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलको यात्रा पनि उनकै कारण सम्भव भएको हो । 

विराट कोहली, क्रिकेट

भारतीय क्रिकेट कप्तान विराट कोहलीलाई मन पराउने जति छन्, उत्तिकै मन नपराउनेहरू पनि छन् । कोहली आफ्नो आक्रामक व्यवहारका लागि प्राय: बदनाम भैरहन्छन्, तर विश्व क्रिकेटमा अहिलेको पुस्ताका खेलाडीमध्ये उनी नै सबैभन्दा ठूला स्टार हुन् । यी २९ वर्षीय खेलाडी सन् २०१८ भरीनै लयमा देखिए । टेस्ट क्रिकेटमा गत वर्ष उनी सर्वाधिक रन बनाउने खेलाडी हुन् भने, वान डे क्रिकेटमा पनि उनी उत्तिकै लयमा छन् । अहिले त्यसमा उनको औसत, सय रनको छेउछाउमा छ । 

जोए रुट, क्रिकेट

पारम्परिक क्रिकेट मन पराउनेहरूका लागि सबैभन्दा प्रिय हुन सक्छन् इंग्ल्यान्डका युवा कप्तान जोए रुट । टेस्ट क्रिकेटमा उनी लगातार लयमा छन् र उनको त्यही प्रदर्शनको मदतले इंग्ल्यान्ड फेरि एक पटक विश्व क्रिकेटमा बलियो टिम सावित भएको छ । रुट वान डे क्रिकेटका पनि राम्रा ब्याट्सम्यान सावित भएका छन् । 

नोभाक जोकोभिच, टेनिस

एउटा खेलाडीले आफ्नो खेल जीवनमा कति धेरै उतारचढाव बेहोर्नुपर्छ, त्यो नोभाक जोकोभिचको खेल हेरे पुग्छ । यी सर्बियाली खेलाडी केही समय अघिसम्म खराब समयबाट गुज्रिरहेका थिए । त्यही कारणले उनले प्रतियोगताहरूबाट टाढा रहेर केही समय आराम पनि लिए । जति बेला उनी कोर्टमा फर्किए, पुरानै लयमा आए । सन् २०१८ को अन्त्यतिर सबैभन्दा लयमा देखिएका खेलाडी जोकोभिच नै हुन् । यसैक्रममा उनले विम्बल्डन र यूएस ओपन दुवै जिते । 

सिमोना हालेप, टेनिस

रोमानियाकी सिमोना हालेप महिला टेनिसकी नम्बर १ खेलाडी हुन् । उनले गत वर्षको अन्त्यमा पनि त्यो स्थान गुमाइनन् । सन् २०१८ उनका लागि निकै सुखद रह्यो । उनीमाथि आरोप थियो, उनी राम्री खेलाडी त हुन्, तर ग्रान्ड स्लाम जित्न सक्षम छैनन, तर त्यसलाई गलत सावित गर्दै उनले सुरुमा फ्रेन्च ओपन जितिन् भने त्यसपछि अस्ट्रेलियनओपनको उप विजेता रहिन् । 

कोनर म्याकग्रेगर, मिक्ड मार्सल आर्टस

कोनर म्याकग्रेगर गज्जबका खेलाडी हुन्, यसका कुनै शंका छैन । खासमा उनी मिक्ड मार्सल आर्ट्सका खेलाडी हुन् । एक वर्ष मात्र भयो, उनले व्यवसायिक बक्सिङ खेल्न थालेको । यी दुई विधामा सफल भएर नै यी आइरिस खेलाडीले सन् २०१८ मा मनग्य कमाए र लगातार चर्चामा रहे । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik